Tag Archives: nepali sahitya

कविता : लोडसेडिङ

~प्रेम ओली~ लोडसेडिङ्गले आजभोलि उल्का उल्का ल्या’को छ मैन बत्ती बाल्दा खल्ती पनि ख्या’को छ जादा सुटुक्क गए पनि आउँदा ठुलै पुरुस्कार पा’को जस्तो केटाकेटी पनि सिट्ठी फुक्दै होहल्ला नै मच्चाउछन बाउ लाहुरबाट आ’को जस्तो । राइस कुकरमा भात बसाल्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : बाध्यता

~मदास~ अरुले खाए लाएको देखी भित्र असह्य हुनु, हाम्रो बाध्यता बर्बर कोर्कालीहरुमाझ प्रतिष्ठित हुन खोज्नु हाम्रो खाद्यता । असल भनाइन खोज्दा खोज्दै खराब बन्न जानु असाध्यता शान्तिको नाममा अशान्ति सिर्जनु हाम्रो आराध्यता (बाध्यता)

Posted in कविता | Tagged | Leave a comment

गीत : मनमा तिमी बस्यौ

~दीपेन्द्रसिंह थापा~ आँखामा त केके बसे मनमा तिमी बस्यौ फूलभित्र सुवासजस्तै नदेखेरै पस्यौ, अँध्यारोमा हराउँदा जून पाएजस्तो शून्यतामा अनायासै धून छाएजस्तो, नसोचेको नदेखेको सुख बनी खस्यौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आजका जोगी

~यज्ञेश~ मलाई छोटा कपडाभन्दा छोटा विचारसँग सरम लाग्छ, मूर्खको बातभन्दा महापण्डितको उपदेश झिज्यार लाग्छ! बहिरालाई मुस्कुराएको वचन सब मिठो हुन्छ, बेवाकूफ दर्शकलाई बकबके लवारपाँडे विद्धवान हुन्छ,

Posted in कविता | Tagged | Leave a comment

कथा : मधुमासको भोली

~विनय गौतम~ मेरो फोनको घन्टी जोडजोडले कराएर वरपरका सबैलाई उठाईसकेछ तर म भने ब्युंझन सकिन।मधुरो स्वरमा कसैले मलाई कानमा रामक्रिष्ण ढकालको गीत सुनाईरहेको थियो। विहान उठनेबितिकै हिमाल देख्न पाईयोस ………………. विहानको आठ बजिसकेको रहेछ। लाजले कसैको अनुहार नहेरी वाथरुम छिरे।विवाहको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सिगानेकी अामा

~ध्रुव रिजाल~ खैरो छानोबाट उछिट्टिएका पहेला बाछिटाहरूको संग्रह पिएर उसले आफ्नो प्यास मेटायो उस्को तृप्ती भित्र खडेरिले खण्डहर बनेका पहेला गहुँका बोटले पाएको शीत तृप्तीको प्रतिविम्ब विम्वित हुन्छ गरिविको चित्र कोर्ने एक चित्रकारले उसको प्रतिविम्बलाई असभ्य देख्छ हो उ एक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलको परागसेचन

~तीर्थ संगम राई~ धुपि सल्लाको बोटहरुमा बशन्तले हात हल्लाई रहदा लाली गुराँसहरु मुस्कुराई रहेका छन् । तर राष्ट्रिय बिभूति बोकेको लाली गुराँस हिजो आज दन्त्य कथाको पात्र बनेर किराँत प्रदेसका पाखाहरुमा पाठ्क्रमका पानाहरुमा चिप्किएर ईतिहास बनेको छ ।

Posted in कविता | Tagged | Leave a comment

कथा : गुराँस फुल्ने लेक

~ध्रुवसत्य परियार~ अहिले पो बजारिया ऐना पाइन्छ । उहिले त जमेको पानीमा बैँस हेर्नुपथ्र्याे । मेरो बैँस ढल्यो । बल ढल्यो । आँट ढलेको छैन । अझै पनि बेला–बखत, म देउराली पुग्छु । लामो सुस्केरा हाल्छु । त्यहाँ पुगेर सुसेल्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बिहानै बिहानै

~श्याम राज रानाभाट~ किन आँखा राता बिहानै बिहानै ! पियौ कि मदिरा बिहानै बिहानै !! के थियो र त्यस्तो पिडा मन भित्र ! गयौ मधुशाला बिहानै बिहानै !!

Posted in गजल | Tagged | Leave a comment

गजल : खान्छु हीरा मर्न देऊ

~लक्ष्मी प्रसाद देवकोटा~ दिल कचौरा यो उचालौं खान्छु हीरा मर्न देऊ रित्तो कर को यो भिखारी बर्छ आँशु झर्न देऊ । एक निलमको छ ढोका जो कुवेरको द्वारमा हीरा ढुकुटीबाट एउटा दाना केवल झर्न देऊ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो भाग्य

~जीवन्त रुकु~ मेरो भाग्य लेख्ने बेलामा भावी साह्रै कठोर भैछस्, पत्थरै पत्थर काँ डा काँ डा मात्र तैले लेखिछस् वर्ष मा घुम्छन ऋतुहरु अलग अलग सुबाश लिई, तैले तर मलाई एउतै शिशिर ऋतु मात्र दियिछस् फुल फूलने बोट हैन काँडे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

आर. आर. चौलागाईंका ४ मुक्तकहरु

~आर. आर. चौलागाईं~ -१- यहाँ हरदम खुट्टा तान्नेहरू धेरै छन् ढुङ्गालाई देउता मान्नेहरू धेरै छन् खै, किन किन ! ठिक बेठिक के हो पटक्कै छुट्टयाउँदैन मान्छे यहाँ दूध हैन रक्सी छान्नेहरू धेरै छन् । २०७२ माघ २० -२- मान्छेहरू आफूले … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

विज्ञान कथा : ह्याकर

~मनोज बोहरा~ सूर्यको प्रकास सिधा बन्दुकमा परेकाले होला, अचम्मैले चम्किए झैँ देख्दैछु। यसमा कम्प्युटर चिप जोड्नु पर्ने हुनाले बन्दुक खोलें, त्यसमा भएको ट्रिगर निकालेर फाल्दिएँ। मोटरबाट निस्केको तार कम्प्युटर चिपमा जोडिदिएँ। मोटर घुम्दा अंकुसे सँगसँगै ट्रिगरमाथि रहेको स्प्रिङ्ग तानियोस् र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : कतै भूल्यौ कि त?

~केदार न्यौपाने~ हामी त उस्तैछौं तिमीलाई के भा’को विर्स्यौ कि आजभोलि किन नआ’को तिमी आउँदा नि यो हाम्रो सानो झुप्री घर अहिले पनि उही नै छ पानी तररर परालमा सुत्थ्यौ हामी यौटै थालमा खान्थ्यौं

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यक्तीत्व समीक्षा : गिरीको याद

~शङ्कर लामिछाने~ कवि अगमसिंह गिरीप्रति शङ्कर लामिछानेको कलमको प्रेम र श्रद्धाभाव यस लेखोटको सार हो । हामीले यसलाई यहाँ यस रूपमा प्रस्तुत गर्नुको कारण त्यो श्रद्धाभावलाई पाठकसमाजमाझ छनक दिनु मात्र हुँदै होइन । बरू हो- गद्यलेखनमा प्रयोगशिल्पी भनी चिनिएका र … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : हाम्रा प्रेमगीतहरु

~मनोज न्यौपाने~ वर्षौवर्ष अघि मैले मनलाई मैन बनाएँ र, लेखेँ त्यसमाथि तिम्रो नाम मैन न हो, पग्लियो र, मेटियो तिम्रो नाम । त्यसपछि मैले मनलाई पत्थर बनाएँ

Posted in कविता | Tagged | Leave a comment

समालोचना : ‘नारीचुली’का लेखक प्रर्साई हुन् या राणा

~पुष्कर लोहनी~ केही दिनअगाडि मेरो हातमा एउटा मोटो किताब आइपुग्यो- सुनौला अक्षरमा लेखिएको WOMEN WRITERS OF NEPAL- झण्डै छ सय पृष्ठको । अनि नारी चुल्ठो अर्थात् बटारिएको कपालको तस्वीर- अस्मिना रंजीतको कला हो कि – Profiles and Perspective लेखिएपछि अनि … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

निबन्ध : यसकारण केयरगिभरको काम कठिन हुन्छ

~दीप्स शाह~ काम भनेको सबै नै गाह्रो हुन्छ । कुनै काममा मानसिक तनाव ज्यादा हुन्छ त कुनैमा शारीरिक कष्ट बढी । हुन त सबैमा केही न केही गाह्रो त हुन्छ नै । तर सबैलाई अप्ठ्यारा र समस्या आफ्ना जटिल लाग्छन् … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : दौंतरी

~टेकब कोइराला~ बुटो–बुटोमा चाहार्दै कट्मेरो बेलौती टोकेर आधा तिमी खान्थ्यौ आधा म खान्थें ब्याङ्ग–ब्याङ्गभित्र लुक्दै ऐंसेलुको मसिना टोपी टिपेर कसको सोली ठूलो प्रतिस्पर्धामा तिमी जित्ने गर्थ्यौ म हारिदिने गर्थे

Posted in कविता | Tagged | Leave a comment

कथा : यसरी भत्किए कविजी

~माधव सयपत्री~ अगाडि कवि महेश प्रसाईं छन् र पछाडि म छु । उनी हाकिरहेका छन् आफ्नो दुई खुट्टे अश्व यन्त्र अर्थात् मोटरबाइक । सडकको अस्तव्यस्त ट्राफिक अवस्था र सवारी साधनहरुको कुइरीमण्डल उपस्थितिलाई कविजीले छलाईछलाई आफ्नो साधन हुँइक्याउन पनि भ्याएका छन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पर्ख

~सुरेम देशार~ एउटा सुदिनसम्म पर्ख एउटा प्रगतिशिल दिनसम्म हाम्रा भावनाहरूबाट सृजित परिवर्तनका वाहवसम्म पर्ख अन्धकारमा उदाउने चन्द्रमासम्म युगौयुगदेखी लेऊ परेका नदीसम्म

Posted in कविता | Tagged | Leave a comment

कविता : आजको आवाज

~युद्धप्रसाद मिश्र~ भावना बलिदानकोले देश भै बिध्वंशकारी रक्त क्रान्तिका बबण्डर आउँदैछन् वेग मारी नीच हत्याराहरूका भावनामाथि चढी

Posted in कविता | Tagged | Leave a comment

गीत : शहीद बिष्णुलाल महर्जन

~विजय सुब्बा~ महल बनायौ जीवन सजायौ मेरो बलिदान टेकेर कता डो-यायौ हिँड्नेहरूलाई मेरो सपना देखेर मेरा पनि तिम्रा जस्तै आफ्ना थिए प्यारा-प्यारा तर देश भनेर जनता मानेर त्यागिदिएँ सारा-सारा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : म बाँचे भने भगवान मर्छ

~उमेश राई ‘अकिञ्चन’~ एक हरफ शब्दले संसार जित्न खोज्ने ए कवि ! कोर एउटा नानी रोएको आवाजजस्तो कविता छापामारको कैमोफ्लेज लुगाजस्तो टाटे पाङग्रे विश्वको नक्सामा ए भिक्षु ! विपरित बहिरहेछ हावा

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाको नोस्टाल्जिया

~गोपाल पराजुली~ युग समय दिनेछ र नयाँ दिनको प्रारम्भ हुनेछ सपनाहरूले दृश्य पाउनेछन् द्वन्द्वको तस्बिरमा देखिएको देश हराएर नयाँ इतिहास बनेपछि देश अर्को तस्बिरमा आउनेछ बालकहरू आफ्ना बाबुको हत्याको खबर सुनेर आमाहरूसँग प्रश्न सोध्ने छैनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : बुँख्याचा

~बिमल रेग्मी~ खेतबारीको बीचमा ठिङ्ग उभिएर बसेको छ बुँख्याचा लाग्छ बुँख्याचा बच्चा र बटुवाहरूलाई तर्साउन बसेको भुत हो हात फिजारेर उभिएको छ बुँख्याचा आफ्ना मालिकको बाली जोगाउन थोत्रो मैलो लुगा लगाएर एउटा डरलाग्दो रूपमा छन् बुँख्याचाहरू। बुँख्याचा आज पनि उभिरहेकै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : राताराता झन्डा बोकी

~राजेश नेपाली~ उठ्नै पर्ने भयो फेरि राताराता झन्डा बोकी रोकिंदैन पदचाँप अब जनताको कोटीकोटी हातमा हात जुटाउँदैछन् अब यहाँ जनताहरु तह लगाउन हिंड्नेहरुलाई झुटो नाराहरु खोली

Posted in गजल | Tagged | Leave a comment

कविता : हे कठोर आत्मा

~मणि बनबासी~ सपना धेरै देखायौ तिमीले बिपना मारेर। कल्पना मात्रै जिन्दगी भन्ने भ्रममा पारेर।। मीठो बोली र मुस्कान दिन्छौ खुकुरी धारेर। फोगटाहरु बनाउदैछौ रे गह्राचाहि खारेर।। दुनियादारी फकाउछौ तिमी फुल बुट्टा भरेर। घरभित्र स्वागत गर्‍याछु भन्छौ ढोका नै बारेर।।

Posted in कविता | Tagged | Leave a comment

कथा : सन्त्रास

~जानुका बराल~ पृथ्वी हुस्सुको बाक्लो च्यादरमा लपेटिँदै थियो । आकाश शीत लहरसँगै एकनासले रोइरह्यो । सिरेटो विजय उन्मादमा नाचिरहेकोले उसको ताण्डव सहेर बस्तीहरु कक्रिरहे । आँगन जोडिएका आठ दश घर सतारहरुको सानो बस्ती पनि यही कठ्यांग्रिनेहरुको सूचीमा पथ्र्याे । कुनै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो गाऊं, बसन्त र नयाँ बर्ष

~भुवनेश्वर शर्मा~ कौडेको लेकमुनी मेरो सानो गाऊं छ | डांडामथिको मेरो गाऊंबाट सेताम्य हिमाल देखिन्छ | बिहानीको नीलो आकाशमुनि पहिलो घामको किरनले,

Posted in कविता | Tagged | Leave a comment

गीत : तर मन त पत्थरकै जाती

~नवराज दाहाल~ जीवनको गोरेटोमा बाधा अनि अड्चनहरुमाझ अल्झिएर पछारीनु त छँदैछ साथी, चर्किन सक्छ, चोइटिन सक्छ यो मन …तर मन त पत्थरकै जाती। प्रहार त पक्कै सहनु पर्छ, समयको नियतिको भाग्यको चोट सहनुपर्दा चोटै चोट माथि, कुच्चिन सक्छ, टुक्रिन सक्छ … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

देउडा गीत : कठै मेरी जनम थली

~दिपक साउँद~ डडेल्धुरा उग्रतारा, दिपाईल डोटी सेति कठै मेरी जनम थली, सम्राई लाग्छे यति किरमणी अईसेलु झूल, बन पागी रै छ काफल गेणी रुख डाली, सम्राई लागी रैछ

Posted in देउडा गीत | Tagged | Leave a comment