Tag Archives: nepali sahitya

समीक्षा : कवि भूपि शेरचनको जीवनीको छोटो झलक

~सुकुम शर्मा~ भूपि शेरचनको जन्म विक्रम सम्बत् १९९२ पुस १२÷१० गते धवलागिरि अञ्चलको, मुस्ताङ जिल्लाअन्तर्गत टुकुचे भन्ने गाउँमा भएको हो (परिवर्तन, २०१० भूमिका, कुँवर २०२३ र सुवेदी, २०३७) । सुब्बा हितमान शेरचन र पदमकुमारी शेरचनका कान्छा छोरा भूपि शेरचनको खास … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : साथीलाई सघाउने प्रण

~आर. आर. चौलागाईं~ तिमी सङ्घर्षका गीतहरू लेख्दै जाऊ म पालैसित सङ्गीत भर्दै जान्छु तिमी हतियारमा साँध लगाउँदै जाऊ म ब्वाँसाहरूका गर्धन रेट्दै जान्छु । तिमी खाँटी मटितेल खन्याउँदै जाऊ म सलाईका काँटीहरू कोर्दै जान्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : भद्रगोल स्थिति

~विनिता स्वधर्मी~ भद्रगोल छ अहिले यहाँको स्थिति हाटहुट लाटलुट चाटचुटले बिगारिरहेझैँ लाग्छ मति ऊभन्दा ऊ जान्ने हुँदा भोगिरहेछन् जनता दुर्गति । जो पनि शोषणै गर्न खोज्ने जो पनि घोषणै गर्न रोज्ने

Posted in कविता | Tagged | Leave a comment

कथा : नादिया र परेवाहरु

~मणि लोहनी~ ‘उनी मलाई आत्मघाती बमवर्ष भएको देख्न चाहन्थे ।’ आङ्खना पतिका बारेमा उनले मलाई बताएको कुरा यही थियो । उनका पति अमेरिकी सेनाको सिकार बने । आङ्खनो भूमिमा भएको अमेरिकी हस्तक्षेपको विरोधमा उनका पति अफरोज हुसेन लागेका थिए । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उपद्र सिवाय

~टिमुरमान लामा~ केही रच्न सकेको पाइन्न दलहरुले हैरानी सिवाय केही भोगाएको पाइन्न छलेहरुले । उपद्र.. मुखले जनताको नाम लिने कामले भने तिनलाई दुःख दिने बेइमानी सिवाय केही बर्तेको पाइन्न कचिंगलेहरुले ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बांगे कलमका कुरा

~प्रेम ओली~ औठ्याँ बौठ्याँ कुरा खोजी खोजी झिरिप्प खायो रोजी रोजी त्यस्तै शब्द रौसी जस्तै चिरिप्प लायो हल्लिँदै पल्लिँदै सडकमा आयो छोरादेखि बाउसम्म छोरीदेखि माउसम्म शिरदेखि पाउसम्म सरक्क हेฅयो तितो, कोक्याउने, टर्रो पिरो, चिलाउने, झर्रो

Posted in कविता | Tagged | Leave a comment

युगल गीत : हे कुन्जमा गुञ्जियो

~माधव घिमिरे~ केटा – हे कुन्जमा गुञ्जियो केटि – स्वर कोइलीको केटा – हे बासना छरियो केटि – बेली चमेलीको केटा – हराभरा यो बाटिकामा हो, तार मन बिनाको आफै लौ झंकियो

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : विभेदना

~उषा शेरचन~ उसले राष्ट्रिय रुपमैँ आफ्नो प्रतिष्ठा आर्जन गरेपछि एकदिन सञ्चार माध्यम मार्फत उसले सगर्व घोषणा गर्यो —‘बिवाह पूर्व नै कुमार चाहिँ थिइन है म । यो भरिसभामा उद्घोष गर्नकुनै संकोच छैन मलाई कि मेरो पहिलो शारिरिक सम्बन्ध कुनै एउटी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : सिनु र मान्छे

~रवि प्राञ्जल~ सिनु गनाउँछ मरेको शरीर को सिनु । तर सिनु त्यति गनाउँदैन जति गनाउँछ मान्छे, जिउँदै मरेको मान्छे हर क्षण गनाउँछ डुंगडुंग । मान्छेको बिचार गनाउँछ मान्छेको चेतना गनाउँछ मान्छेको बिबेक गनाउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : दृष्टी

~आभास~ मैले टोपी फेरेँ र फेरेँ मथिँगलका अनेकौँ कचिँगलहरू सम्यक् भएर यात्रामा निस्केँ सोचेँ— मेरा पुराना मांसकोष मरिसके/मरिरहेछन् म विलकुल

Posted in कविता | Tagged | Leave a comment

कथा : मारिया

~मनोज पनेरु~ म उनीहरु बीचको कुनै पनि सम्बाद लेख्न असमर्थ छु किनकि म उनीहरुले बोल्ने भाषा बुझ्न असमर्थ थिँए। तर सधै अभिव्यत्ति बुझ्न भाषा मात्र चाहिने होइन रहेछ। यो मेरो निजी अनुभब हो। भाषा र प्रस्तुती कुनै पनि सम्बादका परिपुरक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

आधुनिक गीत : तिमी बाहेक जिन्दगीमा

~कृष्ण प्र. पाण्डे~ तिमी बाहेक जिन्दगीमा बढि आशा छैन मात्रै यो पनि पिरतीको परिभाषा हैन मुहार आँफै फूल बन्छ तिमीलाई देखे वर्षौंको प्यास मेटिन्छ नि तिमीलाई भेटे तिमीतिरै छ मेरो खुशी अरु दिशा छैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : तिम्रै सम्झना

~कल्पना तुम्रोक~ तिमी आउछौ भन्ने आशमा चौतारीमा एक्लै कुर्न सकिन नयाँ बाटो रोजेर चौतारिलाई छोड्न पनि सकिन । छल्किएका नयनहरु, भिजेका परेलीहरु एक्लै एक्लै हिडि रछु बोकेर तिम्रै सम्झनाका तरेलीहरु ।

Posted in कविता | Tagged | Leave a comment

कथा : मलाई धेरै माया नगरेको भए हुन्थ्यो

~विश्वराज अधिकारी~ मेलै फोनमा भने- सुन्दर जी, तपाँईलाई यो थाहा पाएर आश्चर्य लाग्ला वा नपत्याउनु होला, तर यो साँचो कुरा हो, मैले, मेरो वाइफ उषालाई डिभोर्स गर्दै छु वा भनौ हामी कानूनी रुपमा नै छुट्टिदै छौ। डिभोर्सको प्रक्रिया आउने महिनाको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : समय-प्रस्थान

~जोतारे धाइबा~ मनतातो हाउभाउसहित एकैफेरा जाग्नु छ अकस्मात् सुर्योदयसँग र निभ्नु छ कुनै साँझ जस्तो चिसो एस्ट्रेमा, ताप्नु छ आफैँलाई भरदिन हाल्नु छ आकाङ्क्षाको तरल-तरल बग्दैजाने तेलधारा थप्नु छ खिइँदै गएको ठूटे उत्साहमा नयाँ सलेदो यसरी नै त जिउनु छ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : भविष्यवक्तासँग

~टेकब कोइराला~ तिमीले मेरो अतीतलाई पढ्यौ मैले कुनै प्रतिवाद गरिन तिमीले मेरो वर्तमानलाई पढ्यौ मैले कुनै प्रतिकि्रया गरिन तर मेरो भविष्य थाहा पाउन मलाई कुनै उत्सुकता छैन किनभने

Posted in कविता | Tagged | Leave a comment

गजल : मज्जा बेग्लै थियो

~प्रकट पगेनी~ हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो सारीको सप्को अलि माथि सार्नुको मज्जा बेग्लै थियो वारिबाट पारिसम्म छोटो बाटो भएपनि आले टाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो

Posted in गजल | Tagged | 1 Comment

कविता : बादशाहको मृत्यु

~अनमोल मणी~ जन्मोत्सवको भोज मनाएर खुसीहुनेहरु होस गर छिट्टै व्युँतिनेछन् हत्या गरिएका निर्दोष आत्माहरु र खुले आम मारिने छ यौटा निरंकुश राजा । पाता कसेर काटिएका र गोलीले उडाइएका छोराहरु वा जबरजस्ती नङ्ग्याएर ओछ्याइएका छोरीहरु खोज्दै हातमा निर्दोष आफन्तका तस्वीर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा: अन्तिम मान्छे  

~नव सिलवाल~ “ति मी मलाई छाडेर कसरी जान सक्छौ यसरी ? हामी जीवनको अन्तिम सँघारमा पुगिसकेका त छैनौँ ।” सकिता कदाचित् आवेशमा थिइन । ऊ आफ्नो अनुनयलाई कृत्रिम आवरण दिइरहेकी थिई । आवाजमा न्यानो अनुरोधभन्दा औपचारिकता बढी मिसिएको थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : समुन्द्र भरी

~गोविन्द गोदार~ समुन्द्र भरी पानी नै त हुन्छ मुटु भरी माया –माया घाम लाग्दा उज्यालो नै हुन्छ रुख मुनी छायाँ तिमीले हेला गरे पनि लागी रहन्छ माया – माया कल्पनाको सागरमा पनि

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्रतियोगी कविलाई सुझाव

~निर्भीक रार्इ~ (खेलकुदको जस्तो कविताको प्रतियोगिता नहुने) पुरस्कार थाप्ने अवसर मिल्न त परै जावोस् वाचन गर्ने मौकाको आसले पनि कविता प्रतियोगितामा तिमीले कविता नभिडाउनु । निर्णायक मण्डलको आँखाहरुले कमसेकम एक खेप पिइदिने आसले प्रतियोगितामा कविता भिडाउनु सम्म ठीकै हुने ।

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : जिराफको कथा

~चण्डी सुवेदी~ एकादेशमा एउटा जंगल थियो रे। त्यो जंगलमा लामो घाँटी भएको जिराफ बस्दथ्यो रे। त्यो जिराफ दिनभरी खेलेर बस्दथ्यो रे। अनि त जाडो मौसम आयो रे , अनि त जताततै भयो रे। तर त्यो सानो जिराफले जहिले सुकै हान … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : घरमा एउटी परी आएकी छ

~सन्दिप बडाल~ सजिएको मुलढोका नाघी, ऊ भित्र आउँदा सजाएर राखेको कोक्रोमा सुस्तरी सुस्ताउँदा बिस्तारै आँखा खोली, मलाई हेर्दै मुस्काउँदा, मैले थाहा पाएँ, घरमा एउटी परी आएकी छ उसले आफुसँगै मेरा, खुशी बोकी ल्याएकी छ ऊसँगै हर समय बिताउन पाउँदा उसका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : साथ दिने कसम

~सार्थक सिम्खडा~ तिमीले हाइ भन्दा हेलो मैले भन्दिएकै हो अपरिचित भएरपनी मित्रताको हात थामिदिएकै हो एकोहोरो तिम्रो नजर घरी घरी मलाई पर्दा असहमतिमै भएपनी मन्द मुस्कान छर्दिएकै हो बरपिपलको चौतारीमा घन्टौ मलाई तिमी कुर्दा बाध्यतामै भएपनी हात समाइ हिडिदिएकै हो

Posted in कविता | Tagged | Leave a comment

गीत : झस्किन्छु

~कृष्णकला वनेम ‘करिना’~ झस्किन्छु तिम्लाई सम्झी अधेरी त्यो रातमा संसारलाई बिर्सी दिन्थे तिम्रो त्यो साथमा मीठो गीत सुनाउँथ्यौ छाती माथी टाँसी मायाँ गरि सुम्सुम्याउँथ्यौ मेरो केश रासी ओठहरु चुमी दिन्थ्यौ गोधुली त्यो साँझमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : बा ! उठ भूकम्प आयो

~सन्दीप खत्री~ ७ सात वर्षको दिपु साथीहरुसँग घर अगाडि आगनमा थियो । शनिबार आएपछि उसलाई ठूलै चाड पर्व आए जस्तो हुन्छ । त्यसैले शनिवार भएकाले आफ्ना सहपाठीसँग रमाईलो गर्दै खेल्दै थियो । यत्तिकैमा उसको बुबा श्यामप्रसाद भित्रबाट हक्कानिदै बाहिर आएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली उपन्यास : अद्भुत प्रेम परीसँग

~राजनप्रसाद निरौला~ अद्भुत प्रेम परीसँग | नेपाली उपन्यास | राजनप्रसाद निरौला रातभर पानी प-यो; कदाचित् डर पनि भयो । सबैजना आगोको वरिपरि बसिरहे, कोही रापका कारण निदाए पनि । उनीहरु ठूलठूला चट्टानले घेरेको, बीचमा निकै फराकिलो ठाउँ भएको ओडारमा छन् … Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कविता : झोला

~संगीतश्रोता~ झम्के साँझमा ढकढक्यायो कसैले मेरो डेराको ढोका चुकुल खोलेर हेरेँ सँघारछेउमै देखियो एउटा अनौठो झोला र भन्यो- ‘गुड इभिनिङ कविज्यू, गुड इभिनिङ ‘ देखेँ, त्यो झोलामा थियो चे ग्वेभाराको रातो तारा अंकित टोपी त्यही झोलामा थियो महात्मा गान्धीको चस्मा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पहिरोको माखेसाङ्लो

~ठाकुर बेलवासे~ पहिरोको माखेसाङ्लो रहेछ मान्छे पहिरोको मध्यभागबाट यात्रा गरेर पहिरोमै अडेको बासमा पुग्नु छ । जीवनको यति लामो यात्रामा नभेटिने होइनन् सहयात्रीहरू सबैको मन कुनै दुर्गम पहाडी क्ष्ाेत्रमा खनिएको नयाँ मोटरबाटोजस्तो छ पाइलापाइला ठूलठूला इच्छाका पहिरोहरू गइरहने । जीवन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कैदी नं २१

~राजु स्याङ्तान~ वर्षौं पुरानो बार्दलीको डिलमा बसेर एउटा पन्छी कराइरहेको छ गोपीकृष्ण कहु पट्टु गोपीकृष्ण कहु पट्टु । उसको आफ्नै सुनको दरबार छ चाँदीको थाली छ र छ, छेस्कारूपी हीराको बिछ्यौना पनि । हुरीमा, धूपमा, झरीमा, निष्पट्ट रातमा, उजाड बिहानीहरूमा

Posted in कविता | Tagged | Leave a comment

गीत : लौ आमा म आएँ

~कल्पना खनाल~ आमा- वर्ष है दिनको यो ठूलो चाड, तीज है आयो नी वर्षा है मासको खोलाले मीठो, गीत है गायो नी झल्झली आउँथ्यो आँखामा मेरो, यही मुहार गाजलु सम्झी नै रहन्थ्यो मनले मेरो, यही आँखा मायालु

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : शैलेश

~शिरिष लामिछाने~ घडीको टिकटिक अनि रातको रमझम विदेशको बसाइँ अनि गाउँको घरजम आफ्नो साइकल घनश्यामको गाडी बैकुन्ठेको रोलेक्स आफ्नो खाली नाडी! रामेकी बुढी आफ्नो रित्तो भुँडी

Posted in कविता | Tagged | Leave a comment