Tag Archives: nepali sahitya

अनूदित कथा : रेखा

~शशीकला मानन्धर~ अनु : तुल्सीदास महर्जन बास्केट बोकेकी रेखालाई देख्नासाथ रविन्द्र मुस्कुरायो । रेखाको कलेज पढ्दाको साथी । जवाफमा रेखा पनि मुस्कुराई । सधैंजसो सन्चो, विसन्चो अनि अरु साधारण कुराकानीपछि रेखा हिँड्न हतारिई । ‘पख रेखा, आज एकदिन तिमी जान … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : आमा

~निराजन प्रभात~ गाडीबाट उत्रेपछि सिधा ओरालो लागे तमोर नदीलाई भेट्न,भारी मन अनि पिडाको पोको बेकेर।सधैँ लगेजको भारी लिएर आउने म आज नितान्त रित्तो रित्तो थिएँ,थियो त केबल दुखको पोको मुटुभित्र गाठो परेको बेदना।ओरालो नै ओरालो लागे माझी धारो हुँदै,बाटो भरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हिउँद

~उमेश राई ‘अकिञ्चन’~ दिनको आयु छोटिएर क्रुसमा प्रस्तरको समाधिस्थ छानामाथि उदाउँछ रातको लकेट क्रिसमसको पाइलामुनि फुल्छन् हिउँका फूलहरू बाँडेर शीतको दाह्री हराउँछ कतै सान्तक्लज हुस्सुको सेतो सिरकभित्र चोइटिएर फप्लेटा घाम शीतको चश्माले हेर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : बढ्दै जाओ बढ्दै जाओ

~युद्धप्रसाद मिश्र~ नयाँ निसाना, नवजागृति, नवचेतनाका साझा हो हलो, कोदालो, खुकुरी, हँसिया, खुर्पि खुँडाका ताजा हो पीडित जनले नगरी नहुने घोर क्रान्तिका बाजा हो दलित गलित हुन बाध्य भएका जनमानसका राजा हो तिम्रा जयकार विक्रमतामा देशवासीका लोलुप आँखा हाम्रा झुपडी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रवास र आइमाइ मान्छे

~पञ्च विस्मृत~ भुत्रोको मोलमोलाइमा अल्झिएका यी कदम धुमिल बन्दैगएछन् लक्ष्य, गन्तव्य र सपनाहरु प्रत्येक स्पर्श प्रत्येक चुम्वन प्रत्येक आरोह अवरोह

Posted in कविता | Tagged | Leave a comment

कविता : सनाखत

~बिमल गिरी~ अतित भन्नु मात्र हो समय त बगिरहेछ निरन्तर अनौठो अनुभुति बर्तमानको थालनीमा आएर बगेको नदी फर्कदैन समयले पर्खदैन एक धर्सो गल्तिहरुमा बिगतका काला भित्ताहरुमा

Posted in कविता | Tagged | Leave a comment

कविता : समर्पण

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ शहरमा, चेतना बन्धकी छ तिमीले देखिनौ ? आर्यघाटमा मात्र खरानी हुँदो रहेनछ जीवन । शहरमा, अनौठो छटपटी छ म संसारको सबैभन्दा धेरै पर्यटक हुँ त्यहीं त हो नि -लण्डन हिजै त हो गाडी चढेर गएको

Posted in कविता | Tagged | Leave a comment

कविता : म जङ्गली बन्न चाहन्छु!

~यज्ञेश~ ईश्वरको सृष्टिमा मानिसले टाङ् अडाएकोले वसुदेवझैँ जीवनको कैदी बनेको छु, आधुनिक्ता मेरो थुनुवा हो, सभ्यता मेरो कंश हो, मानिस मेरा दूारपाल हुन्, त्यसैले मुक्तिको खोजिमा म जङ्गली बन्न चाहन्छु! आफ्नो देशको एक मुट्ठी माटो हातमा खेलाउन चाहन्छु,

Posted in कविता | Tagged | Leave a comment

कविता : आउ खेलौँ होली

~राकेश कार्की~ देश विदेश जताततै यो कस्तो उमंग आयो फागुन होलीको थरिथरिको रङ्ग एकआपसमा मिलेर भिँडमा रमाइरहे मौसम नै मज्जा आनन्द रङ्गमै डुबाइरहे

Posted in कविता | Tagged | Leave a comment

कविता : यो सन्देश हामी सबैलाई

~गणेश पुर्बछाने मगर~ उठ जाग सबै नेपाली दीदी बहिनी दाजू भाई यो सन्देश हामी आम नेपाली जति सबैलाई आखिर किन हामी बस्छौ सबै यँहा डराई? आयो पालो हाम्रो देखाऊ पौरख सबैलाई अब कतिन्जेल बस्ने एस्तो डरपोक काएर भएर ?

Posted in कविता | Tagged | Leave a comment

कविता : मित्र तिमी दलित कसरी भयौ ?

~सुरज दाहाल~ मित्र मैले समानता लेख्दै लेखिन हामीमा भिन्नता देख्दै देखिन तिमी भोकमा थियौ तर मान्छेको मासु खाएनौ तिमी शोकमा थियौ तर कसैको लासमा रमाएनौ मित्र, तिमी नग्न थियौ तर कसैलाई निर्वस्त्र बनाएनौ !

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रतिरुपण : स्वतन्त्रता

~कुमार सिंखडा~ आकाशमा बादलको छनक एक टुक्रा पनि थिएन । मध्ये भागमा सूर्य झलमलाइरहेको थियो । यद्यपि आङ् सिरिङ्ग पार्ने गरी चिसो हावाको लहर अर्को एक पटक फैलिएर चौर पार गर्दै वरिपरिको पैयुँका रूखमा ठोक्कियो । तिनै पैयुँका रूखहरूबिचबाट कोइलीको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : भाग्यमानी मोरीहरु !

~सागर भाई~ निथ्रुकै भिजेकी उनी रन्थनिँदै घर पुगिन्। आफ्नो रुममा छिरिन्। ढोका ढ्याम्म लगाइन्। हेन्ड्ब्याग फ्यात्त भुँइमा पछारिन्। र ऐना अगाडि उभिएर सयौँ लोला बजि्रएको आफ्नो निरिह शरीर नियाल्दै फत्फताइन् ― ‘असत्तीहरुले मैलाई अचानो देखे। सुनिती, रमी, चन्द्रीलाई एउटै लोला … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

स्वदेश गान : नेपालले के गर्यो मलाई

~विश्व बल्लभ~ नेपालले के गर्यो मलाई भन्न छोडिदेऊ नेपाललाई के गरें मैले सोच्न थालिदेऊ सृष्टिको विहान सृजना गर्ने शिव त्यो तिम्रै हो विश्वमा शान्ति फैलाइदिने बुद्ध त्यो तिम्रै हो विश्वको शिखर उठाइदिने सगर त्यो तिम्रै हो

Posted in नेपाली गीत | Tagged , | Leave a comment

कविता : कुर्सीको झगडा

~डा तारानाथ शर्मा~ कुर्सीको झगडा उठेर तगडा नेपाल नै रन्कियो सारा देशविकासको अब कुरा ठप्पै भयो थन्कियो गाई कोरली भोग्न बृद्ध जब त्यो साँढे जमेरै बस्यो ईर्ष्या, भेद र फूटको मुलुकमा सेना डटेरै पस्यो -१- कुर्सी, गाई दुवै म धान्दछु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिज आयो

~शरद लामा~ तीज को बेला नाचेको मेला हेर्न लाई आयको, केहि कुरा भन्छु हे बुढी आमा मनमा लायको !! *********************************** मेरो त माइती दैब ले लग्यो अचाक्ली भयको, तिमीलाई देख्दा याद आयो आमा माइत मा गयको !! **************************************

Posted in कविता | Tagged | Leave a comment

गीत : कस्तुरी है बास आउँछ

~चेतन कार्की~ कस्तुरी है बास आउँछ भन्छन २ सुनमाया आउँदैन त्यो किन हो यो दिनैमा हो…पहिले माया हाँसेर लायौ २ सुनमाया अहिले पो चाल पायौ हो यौ दिनैमा तिम्रो माया छ एकातिर २

Posted in नेपाली गीत | Tagged | Leave a comment

देउडा गीत : काँ मैना भोजन खान्छै

~दिपक साउँद~ काँ मैना भोजन खान्छै, काँ मैना उणन्छै काँ मैना घर छ अचेल, काँ मैना बसन्छै मैना तेरा फेरन्या बन, मइ हू पानी मुल

Posted in देउडा गीत | Tagged | Leave a comment

कविता : जयजयकार गरौं

~त्रिशंकु~ भुच्चुक कोर्कालीहरु सन्काएर तिनबाट अनेक उपद्र गराएर जे जति गडबड गरियो यहाँ त्यसको निम्ति जयजयकार गरौं । निर्घिनी देश भँडुवाहरुको अनेकतन्त्रको नाम लिएर भ्रमपूर्ण विविध षड्यन्त्र रचेर

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : धाँधली

~डा. टीकाराम पोखरेल~ सुनसान मध्यरात । उनी मस्त निन्द्रामा थिए । हठात् उठेर खै को नि के–के बर्बराउन थाले । श्रीमतीले आवाज मात्र सुनिन्, कुरा बुझिनन् । कुरा नबुझेपछि श्रीमानलाई घच्घच्याउँदै सोधिन्– ‘हजुरलाई के भयो हँ ?’ श्रीमतीको आवाजले उनी … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अब जीत यो थीर रहला

~पुरुशोत्तम बाबु~ जितै को उत्सब्को बिजय घडीको आश खुशीको बुन्यो मन्ले राम्रो तरङ्ग मनमा गजबको हेरिरहुँ लाग्ने नेपाली सुखको आनन कला देखी रहुँ मैले जीत अब नेपाली सुख पला उतै हेर्छन आँखाहरु सब पनि आश गरदै खुशी छन ति सारा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रवास

~मुकेश बराल~ ऊ अझै उत्सुक हुन्छ, प्लेनको उडानको उचाइ क्रमश घट्दै गर्दा। प्लेन अडिन्छ बिस्तारै भर्‍याङ्बाट ओर्लँदै अलि अप्ठ्यारो अनुभव हुन्छ, तातो हावाले उकुसमुकुस हुन्छ। लामो लामो सास लिँदै आँफैलाई सन्तुलित बनाउँछ। दुबई आउनु उसको कुनै रहर थिएन, न त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गोधुली क्षितिज र डायनोसर नियति

~टेकेन्द्र अधिकारी~ हामी जहां छौं हामीले पाइला टेकेको धर्ती यही हो हामी लडेको माटो यही हो पूर्खाले प्राणको बाजी लगाएर जोगाएको अस्तित्व पनि यही हो सुदूर क्षितिजमा चम्केको जून देखेर आशाको तन्द्रामा जीवन काट्दै हामीले हेरेको क्षितिज त्यही हो मुटुभन्दा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : फरक

~सुरञ्जन घिमिरे~ तिमीलाई सबै कुरा ठीक छन् जस्तो लाग्छ किनकी तिम्रो कोठाको भित्तामा टाँगिएको फोटो फ्रेम ठीक छ तिमीलाई सबै कुरा ठीक छन् जस्तो लाग्छ किनकी तिम्रो कोठाको घडी ठीकसँग चलिरहेको छ

Posted in कविता | Tagged | Leave a comment

कथा : सिद्धान्तवादी

~अनमोलमणि~ अपवाद नै भन्नु पर्छ उनलाई अमेरिका जाने सोख थिएन। नेपालीका लागि अमेरिका ‘नशा’ लागेका बेला पनि उनलाई अमेरिका जान मन नलाग्नु अपवाद नै थियो। जानु नजानु उनको इच्छा। तर विनयध्वज अमेरिका नगएपछि सहरमा उनको निकै चर्चा भयो। उमेरले ४५ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चर्को मध्यान्न

~सुविद गुरागाई~ २०६५ साल भदौ २ गते मङ्गलबार दिउँसो १२ः३० बजे यो त्यही बेला हो जतिबेला तिमीलाई आभास थिएन कुनै प्रलयको तिम्रो बलौटे विश्वासमाथि एउटा थोपा पहिलो धक्का दिन उत्तेजित भइसकेको थियो रति विश्वास थिएन तिमीलाई तित्रीगाछी भङ्गालोले नाघ्ने बेला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : हजुर मुस्कुराईस्यो

~प्रकट पगेनी~ टाढैबाट मलाई हेरी हजुर मुस्कुराईस्यो, नजिक आई हेरी फेरि हजुर मुस्कुराईस्यो हजुरको नाम प्रकट भन्ने सुन्न पाउँदा म धन्य भएँ मेरो नाम मृदुला भन्दा हजुर मुस्कुराईस्यो

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : भ्रष्टाचारको भाङ्: ब्यङग्यको चाङ्

~गणेश घिमिरे ‘मार्मिक’~ मेरो हातमा एउटा जिम्मेवारीसहित एउटा व्यंग्य निबन्ध संग्रह कृति प्राप्त भएको छ । कृतिकार नेपाली साहित्यका एक सशक्त हस्ताक्षर युवराज मैनालीका रचनाहरु चाहे विभिन्न अखवारहरुमा स्तम्भका रुपमा हुन् या साहित्यिक पत्रिकाहरुमा, चाहे कथाकृतिमा होस् या समालोचना विधामा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : मेरो साथ छिन मेरी आफ्नै आभा

~सन्दिप बडाल~ मेरो साथ छिन मेरी आफ्नै आभा त्यो सुर्य निदाए मलाई के भो र? शितल शान्त शशी मेरै हृदय नभमा घटीबढि उदाए त्यो चन्द्रमा के भो र? चमचम मेरी रत्न मेरै आँखा-नानी भित्र टिमटिम तारा गगनमा जगमगाए के भो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुत्नु मेरो नियती

~हस्त गौतम मृदुल~ सुत्नु मेरो नियती होइन तै पनि सुतेकै छु। निरही यो जीन्दगीमा मृत्युलाइ थुतेकै छु। खै कहाँ छन मैले उठाएका ति मान्छेहरु खै कता थन्किएका छन मेरा ति सृजनाहरु खोक्रा आदर्शमा रमाउन सिकेको यो युगमा बाध्यताले सुत्नु परेको … Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : बा ले घडी किनेका छैनन् !!

~समर्पण श्री~ कयौँ साल भो बा ले घडी किनेका छैनन् फाटेको सुरुवाल पनि टाल्दै टाल्दै इज्जत धानेका छन् ***** बा टोपी महिलियो मैले भने छाड् “यो त मेरो उचाइ हो, उचाई घटाउनु हुन्न बाबु” **** बा स्वाभिमान को प्रतिक हुन् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खोजी मेरो

~जानकी घिमिरे~ मेहनत गर्ने उद्धोगको खोजी मेरो हा, बाँझो चउरको छेउ भेटेको छु । वर पिपल रोपेर चौतारीमा लेट्नु पर्ने हातैले छेकी घाम सियालको रहर मेटेको छु। कर्ममा व्यस्त जीन्दगी जीउने सपना थियो

Posted in कविता | Tagged | Leave a comment