Tag Archives: nepali sahitya

गजल : मनमा छोएर हल्का

~सुविद गुरागाई~ लहर आयो गयो मनमा छोएर हल्का । जाँदा–जाँदै माफी माग्यो रोएर हल्का । किन आयो किन गयो ? भनेन केही, जिन्दगीमा अनुभूति भएर हल्का । नीलो–नीलो हुँदै थियो चाहना मेरो,

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : आखिरीपल

~बिक्रम श्रेष्ठ “सागर”~ आखिरीपल घात माझ बिचमा निम्ता भयो दैवको। छाडी जान सकूँ म प्राण सहजै सारा सबै वैभव। आँसू पात्र बनेर साथ सबले पर्खी बसे काल त्यो। चिन्ता पीर रहेन साथ अब लौ मूठ्ठी भरि स्वासको।

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : माया त रहिरहनेछ

~सन्दिप बडाल~ मैले प्रशंसा नगरुँला, तिम्रो कोमल तनको मैले वास्ता नराखुँला, तिम्रो भरिलो जोवनको तिमीले त्यसमा पीर नमान्नु, ती जालान् एकदिन क्षीण भएर माया त रहिरहनेछ सधैँ, तिम्रो मेरो मनको म तिम्रै हाँसोसँग मात्र रमाइरहुँला म तिम्रो शरीरसँग मात्र रत्तिरहुँला

Posted in कविता | Tagged | Leave a comment

कविता : नियति काठमाडौको

~पशुपती कार्की~ काठमाडौ, थाहै पाउदैन डाँडा पर के हुदैछ, अनविज्ञ छ छितिज पारी के भयो, उदासिन छ झुपडीमा बस्नेप्रति ब्यर्थ रटान दिन्छ राष्टियता को, रातदिन,बाटोमा,गल्लिमा,चौरमा मौन बस्छ सिमा मिचिदा नारीमाथी अन्याय हुँदा, बरु सँरक्षण मै ब्यस्त छ, कालोबजारी,अपराध र भ्रष्टाचारको, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : स्वाभिमान

~दीप्स शाह~ आँधी बोकेर असमन्जस्यतामा अल्झिरहेको छ उसको मन। शायद जीवनमै पहिलोपटक होला यसरी ऊ कुनै कुरालाई लिएर टोलाउन पुगेकी नत्र त सबैले उसलाई सानैदेखि भन्ने गर्थे “यो हक्की छे ,तुरुन्तै तर ठीक निर्णय लिना सक्छे।” कैयन कुराको बाढी मनमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जन आवाज

~सुदेश सत्याल~ एक्लै हासिरहेर अर्थ छ र के देशै दुखेको भए के होला शिर उच्च खै सगरमाथा नै झुकेको भए । जे जे होस् न निधरमा हरघडी यै मृत्तिका लाउला गर्नेले उपहास नै गरिरहुन् राको लिदै आउला ।। यस्तो सृष्टि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा दासको घोषणा–पत्र

~राजु स्याङ्गतान~ आफ्नै चिहान माथि चुपचाप निधाइरहेको यस युगको असली दास हुँ म कोर्रा लगाएको छैन आज तर कुटिएको छु आफ्नै हातले नेल देख्दिनँ खुट्टामा तर बाँधिएको छु आफ्नै मस्तिष्कले निधारमा छैन कुनै मूल्यसुची तर बेचिएको छु प्रत्येक पल यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : अनाथ

~राजन पण्डित~ म रमाउन चाहन्थे, उनीहरु कमाउन। समयको परिबन्दमा म फँसेको थिए, बडेमानको कुर्सीमा उनीहरु बसेका थिए। म अनभिज्ञ थिएँ उनीहरुलाई ज्ञान रहेछ। मेरो व्यथा, पीरमर्कामा डलर फल्दो रहेछ। म आगो हुँदा उनीहरु पानी भए, मैले दुःख पाउदा उनीहरु दानी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : त्यो पल

~सार्थक सिम्खडा~ तिम्रो निदार रातो टिकाले भरिएको पल मेरो बैतरनी गरिरहेको हुन्छहोला तिम्रो घरमा नौमती बाजा बजेको पल मेरो घरमा एकोहोरो सङख बजिरहेको हुन्छहोला तिम्रो घरमा जन्तीको लश्कर आएको पल मेरो घरमा मलामिको लश्कर आइरहेको हुन्छहोला

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कविताको उपयोगीताहरु

~निर्भीक रार्इ~ (म कवि भएको औचित्य) मेरो कविताहरु मेरो गुरुहरु भएको । जसले ज्ञानको राँको बाली अँध्यारोमा मलाई डोर्‍याउने । मेरो कविताहरु मेरो अभिभावकहरु भएको । जसले गलत बाटोमा हिँड्न मलाई रोक्ने ।

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : सिंह खरायो कथा

~चण्डी सुवेदी~ एकादेशमा एउटा जंगल थियो रे। जंगलमा एउटा सिंह राजा थियो रे। समय बित्दै गयो र सिंह पनि बूढो हुदैँ गयो र शिकार गर्न सकेन। अनि उसले जंगलका सबै जनवारलाई बोलायो र भन्यो । ” सुन सबै जना , … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

गीत : जीवनमा साथ दिने

~कृष्णकला वनेम ‘करिना’~ जीवनमा साथ दिने वाचा गर्यौ किन डोर्याएर बिच बाटोमा साथ छोड्यौ किन जस्तो परिवेशमा पनि साथ दिन्छु भन्थ्यौ बिर्सीयौ तिमीले भने मरी दिन्छु भन्यौ यो मनमा चोट दिन मायाँ लायौ किन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आमाको चित्कार

~अविचन्द्र र्इङनाम~ कहालिएर चिच्याउदै रोइ रहेछिन आमा भन्छीन आउबचाउ मेरो अश्मितालाई बिभिन्न रङ्ग र रुपका भए ता पनि मेरा सन्तती नै हौ तिमीहरु सबै भबिश्य तिमीहरुकै लागी हो – २ ति क्रुर हिंस्रक आत्मा घाती निर्दयीहरुले काटन लागे ति मेरा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सैदान्तीक मृत्यु

~अप्जसे कान्छा~ ढुङ्गा कट्टी बन्दुक मोर्टर रकेट मीसाइल अणु बम रासायनिक बम जैविक बम दार्शानिक बम राजनैतिक बम थाहा भएका थाहा नभएका विनाशक बम बनाउने चलाउने जुनसुकै देश

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : मेरो बाल्यकालको कुरा

~लेखनाथ गौतम~ जताततै बाहुनले पेलेको, बाहुनले शोषण गरेको, बाहुनले शासन गरेको, बाहुनले अत्याचार गरेको अनि बाहुनले दलित, मधेसी, जनजाती र पिछडिएका जातजातिविरुद्ध अमानवीय व्यवहार गर्दै सँधै उनीहरुलाई पीडित बनाएको कुरा सुनिराखेको यो बेलामा म भने अलि भिन्नै प्रसंग, भिन्नै अवस्थाको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : माया र घृणा

~र्इश्वर चाम्लिङ~ माया गर्छ यो मन माया गर्नेहरूलाई घृणा गर्छ यो मन घृणा गर्नेहरूलाई किन घृणा गर्नु कसैलाई… घृणा नै पाउनलाई…घृणीत हुनलाई माया गरेर सबैलाई के घाटा हुन्छ तिमीलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : आवेग

~बिमल गिरी~ तिमी सङ्गको मेरो प्रेमको उर्लदो आबेग जिन्दगीको मिठो अनुभुती साझ बिहान बिभत्स रोइरहेछ धरमराउदै अगाडि बढिरहेछ सडकका किनारहरुमा तोलिन्दो र धुपिका बुट्टाहरुमा । किन रुन्छन

Posted in कविता | Tagged | Leave a comment

कविता : ति बुढी आमा

~चम्पा देवी खड्का~ बर्ष दिनको यती ठुलो चाडमा बुढी आमा टुक्क्रुक बसिन हनुमान ढोकामा चाडको दिन टाढा कहिबाट छोरी आईपुग्छेकी भन्ने ठुलो आशामा सबैका छोरी रातै र पहेलै भएर गये मेलामा आफ्नो त छोरी खाली हात आ छ केही छैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : निलो पल्सर

~सुरञ्जन घिमिरे~ शुरुमा मेरो भट्टी सानो थियो । सानो यसर्थमा कि–म त्यतिबेला अहिलेका जस्ता ब्राण्डेड रक्सी बेच्दिनथें, शिवाय लोकल । मन नभएर होइन, लगानी नभएर । त्यहि भए पनि मैले कुनै पनि ग्राहकहरुलाई–‘आज रक्सी छैन’ भन्नु परेन । तर व्यापारलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : टुँडालमा लागेका धमिराहरू

~वैरागी जेठा~ मेरो मुटुकाट्ने आँसीहरु झुमिमरहेछन् भुजेलका आँगनमा माखाहरुझैँ मशालकाआँखाहरु थलाजुङ,हर्मे हेरिरहेछन् मसँगै भुजेलका टुँडालमा चमेराझैँ झुण्डीएका धमिराहरु मेरा छातीमा बुटबजारिरहेछन् मेरो यात्रा रोक्न कुँइत्रो लागेका कपडाझैँ

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँको वृद्धालय

~प्रोल्लास सिन्धुलीय~ बुढाबुढीमात्र छौं गाउँमा छोराछोरीहरु छैनन् सखारै चराजस्तै चिर्बिराउने नातिनातिनाहरु छैनन् आँगनको डिलमा फूल छ तर टिप्ने कलिला आँखाहरु छैनन् त्यो अम्बाको बोट जसमा चरासँगै झुत्ती खेल्दै हुर्किएथे केटाकेटीहरु त्यो पाक्दै खस्दै गर्न थालेको पनि वर्षौं भयो बिहान जसरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : को कसको हो

~किरण खरेल~ को कसको हो को कसको हो, कसले चिन्न सक्छ र सिन्दूर हो या धुलो हो जिबन, कसले भन्न सक्छ र आँखा नै हो मिठो सपना, देख्नु गल्ति होइन २ मुटु नै हो चोखो माया गर्नु गल्ति होइन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : म

~गणेश पुर्बछाने मगर~ म त एक रातो गुलाफ को फूल हु आखिर मेरो त अस्तित्व नै राम्रो छ लाग्छ त्यसैले होला म त अरुको नजर मा भाग्य मानी पो छू की केहो म त केवल स्वच्छ मन सुगन्ध र मिठो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

देउडा गीत : झल्को गाउ घरको..

~शिब थापा~ झल्को गाउ घरको कठै केई गर्याले मेट्टीदैन.! मेरा जनम भुमी जसो ठौर काई गयाले भेट्टीदैन.!! लागन लाग्यो बसन्त रितु हरीयाली छायको होला.! डाली बसी दोफहरी का धुप कोयलीले गायको होला!!

Posted in देउडा गीत | Tagged | Leave a comment

कथा : छोरीहरुका लागि

~भरतराज गौतम~ ऊभन्दा अगाडि दुईवटा छोरीहरु जन्मिसकेका थिए । तैपनि उसको आमालाई अझै छोराको चाहना रहेछ । मैले उसको आमालाई छोराको लागि जिद्धी नगर त भनेकै हो तर धेरै जिद्धी नगर भन्न सकिन । ऊ नजन्मुन्जेलसम्म पनि हामीलाई थाहा थिएन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : कुकुर स्तुति

~जे बी शेर्पा~ शीर्षक हेर्दै गाईजात्रा उत्सव को उपलक्षमा लेखिएको कुनै गाइजात्रेलेख होला भन्नेठान्नुहोला तर यो गाइजात्रे प्रस्तुति नभएपनी एउटा समसामयिक व्यंगपूर्ण कुकुर लेख हो भन्ने ठोकुवा चाहीं गर्ने आँट गरेकोछु ! नपत्याउने विचारगर्नु भएको भए एकैछिन समय दिनुहोसन त … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

एकाङ्की : याचना

~बिपुल सिजापति~ पात्रहरु युगा – धनी व्यापारीकी पत्नी सुभद्रे – काम गर्ने आईमाई राजासाब — युगाको व्यापारी पति (छायाँ चरित्र) साईला — सुभद्रेको पति (छायाँ चरित्र) (एउटा आलिसान साजोसामानले भरिएको कोठामा युगा सोफामा किंकर्तव्यबिमुढ बसेकी हुन्छे । मञ्चको छेउबाट मञ्चमा … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

कविता : क्यारे

~विचित्र डंगोल~ क्रान्ति भन्नु भताभुंग पार्नु नै रहेछ क्यारे जताततै भग्न स्थिति देखिन लागिरहेछ परिवर्तन भन्नु पनि अदल बदल नै रहेछ क्यारे मान्छेले नियत बदलेको पाइन लागिरहेछ विकास भन्नु पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : हाकिम साहेब भन्दा त पियेन दाइ नै राम्रो

~बिष्णु सुबेदी दोलखे~ हाकिम साहेब भन्दा त पियेन दाइ राम्रो कम्तिमा पियेन दाइले बसौ हजूर त भन्छन, गजधुम्म आकाश झै हाकिम साहेब सुन्निएको बिरामी जस्तो चुपचाप चुपचाप मनमा कुरा खेलाएर आफ्नै धुनमा मस्त रहन्छन , पियन दाइ यसो मर्का बुझेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : यहाँ बाँच्ने हर

~गोपाल योन्जन~ यहाँ बाँच्ने हर जीवनलाई आफ्नु आफ्नु स्वार्थ प्यारो छ २ यहाँ माया गर्ने को छ र, यहाँ माया पाउनै गाह्रो छ २ बादलले हात फैलाई, आकाशलाई प्यार माग्दछ २ तारा अरिसले जल्दछ २, बादल रोएर झर्दछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

छोक : दुष्मन प्रोहित

~युद्धप्रसाद मिश्र~ पत्र र पुस्तक अघि-अघि सार्दै मरिसकेको धर्म फलाक्दै मानिस मर्दा जुँगा मुसार्दै तस्मै मार्दै पैसा झार्दै स्वतन्त्र मानवलाई बिगार्दै

Posted in कविता | Tagged | Leave a comment

कथा : पवित्रा

~अनन्त लम्साल~ पवित्रालाई दिनभर फुर्सदै जस्तो हुन्छ । बिहानको खाना ख्वाएर पतिदेवलाई स्कुल पठाएपछि घरमा त्यस्तो केही हुदैन । साँझ-बिहान पूजा आरतिको लागि बत्ती कात्छिन् फुर्सदमा । गाईवस्तु छैनन् घाँस काट्नलाई । पहाडको घरमा वस्तुभाउ नभएपछि गर्ने काम नै पो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment