Tag Archives: nepali sahitya

कविता : निलो आकास !

~जुनिता सुब्बा~ फुलको गुच्छाले हान्दा दुख्ने भएसी झरेकी थिएँ, आकासको छानाबाट समुद्र सिरानी बनाई निद पुर्याउन ! बार-बार तिमि समुन्द्रतटमा यादहरु बिछाईरहदा

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~शिरिष लामिछाने~ नयाँ वर्ष, धेरै आशा कयन् प्रतिज्ञा। नयाँ वर्ष, पुरानै किताब तर नवीन पाना।

Posted in कविता | Tagged | Leave a comment

कविता : नव वर्ष

~मदास~ सृजनाको रहर फूलझैँ फुलाएर सबै जनमा ताजा उत्साह जगाएर आउने गरेको देखिइन्छ उहिल्यैदेखि यहाँ नववर्ष कोही उभो लागून् वा तल झरुन् नगरी केही परवाह बोकेर सम्भावना स्मरणमा अथाह फैलाउने गरेको पाइन्छ यसले उहिल्यैदेखि अनन्त हर्ष नव वर्ष विकार र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मौलोको बलि

~शकुन्तला जोशी~ भुवा सिमल हुँ म बिस्तारै छोऊ थिचिएर तिम्रा औंलाको दबाबले नखजमजिऊन् मेरा रेशाहरू बिग्रिए भने यी रेशा केको बनाउनु नरम तकिया र आरामले निदाउनु रातभरको निद्रा? बिस्तारै छोऊ म भर्खर पलाएको पालुवा हुँ नलुछ अहिल्यै मसिना हाँगाहरू

Posted in कविता | Tagged | Leave a comment

छोक : क्रान्तिकारीहरु

~तीर्थराज अधिकारी~ “शहीद“ लाई “सहिद बनाएर निकै गर्व गर्ने हाम्रा कान्तिकारी भाषाविद्हरु नारायणहिटी दरवार नै सङ्ग्रहालयमा परिवर्तन भइसक्दा पनि

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : नमस्कार खै !

~वैकुण्ठ ढकाल~ गोजीबाट एक सय रुपैंयाको नोट चालकको हातमा थमाउँदै भने– कार्ड छ है ? खोई देखाउनुहोस, अझै पढ्न पुगेन ? मैले पनि जवाफ दिएँ– मलाई त पुगेको थियो, तर यो कार्डलाई पुगेन ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : घरेलु हिंसा

~सागर बस्नेत~ एकजना दुइजना गर्दै एकैछिनमा आँगन भरियो, मान्छेहरुको ताँतीले | आफ्नाहरू पनि आए पराइहरू झन् धेरै आए| जो जो आए सबै मलाइ कर्के नजरले हेर्दै विनितालाई सहानुभूति दिनेहरु नै आए | अधिकारबादी, स्कुलका माष्टर, गाउँका नेता, बुढापाका, बिभिन्न समूह … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : स्वर्गकी रानी

~रत्न शमशेर थापा~ स्वर्गकी रानी मायाकी खानी, नजाऊ तर्केर लाजै नमानी रिसाउने बानी, छाडी आउ फर्केर रेशमी घुम्टो हाली हो हाली, ओंठमा हल्का लाली प्रीतिका दीप बाली, हो.. बदामी आँखा काली रात जुनेली बेली चमेली, बसेका पर्खेर, हो..हो..

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अनुरोध

~अभागी मिनम घायल असफल~ अब नरोक है म हिंड्ने बाटो दु:खलाई साथी बनाइ सकेछु नखोज है तिमी मलाई म तिमी भन्दा धेरै टाढा गई सकेछु

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : हात धुने दिवस

~डा सुमनराज ताम्राकार~ राजुलाई उसका हजुरबुबाले खुब माया गर्नुहुन्थ्यो । उहाँले प्रत्येक ६–६ महिना जुँकाको औषधि ख्वाउनुहुन्थ्यो । अहिले आएर औषधि झोल, ट्याब्लेट, क्याप्सुल, सुई, ग्यासका रूपमा हुँदारहेछन् भन्ने कुरा थाहा पाएका राजुले त्यो बेला जुँकाको औषधि झोलका रूपमा खाएका … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : चराहरु

~लोक सिंगक~ सिनुमा लडार्इ स्यालहरुको अवाक बस्ति हरेक साँझ ब्वासाहरुको झगडा यहाँ रातको राजले बिध्वम्स मच्चाएको छ । बेखवर चराहरु सकी सके ओत लाग्ने रुखहरु खङग्रङ्ग बुढो रुख चीलहरु सुकेको हाँगाहरुमा ।

Posted in कविता | Tagged | Leave a comment

गीत : नशालु छ हेरार्इ

~कृष्णकला वनेम ‘करिना’~ नशालु छ हेरार्इ तिम्रो बोल्छौ मीठो बोली सुनाई दिन्छौ काखमा राखी दिलको कुरा खोली तिमी मेरो मनमन्दिर तिमी मेरो मनको राजा कहिले लान्छौ डोली चढार्इ साथमा पञ्चे बाजा कोमल मनमा थापी दियौ पीरतीको झोली

Posted in नेपाली गीत | Tagged | Leave a comment

छोक : विद्रोह भएछ भित्रभित्रै

~आभास~ अस्तिसम्म यो आरु विधवा जस्तै ठिङ्ग उभिएथ्यो बारी छेउमा मेरो मन हुँडलिएथ्यो घट्ट झैं निराशाले एउटा गीत गाइथी र घाँटीमा भक्कानो पारी गएथ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशिएर

~पञ्च विस्मृत~ मनभित्र कतै बज्छ सौन्दर्यको तीखो आवाज म सुन्छु म हेर्छु परेलाहरुमा अडिएर टिलपिल टिलपिल आँशु साँच्ची यहाँ बसेपछि त प्रेमनगर पनि देखिंदोरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : उस्तै कुराहरु

~मुक्ति गौतम~ बाटोमा, फूलहरु भेटिए फूलहरुले फूलकै कुरा गरे सुगन्ध र शुन्दरताको झरी र बतासको पुजा र उपहारको कैद र फूलदान या चुडिनु र कपालमा सजिनुको;

Posted in कविता | Tagged | Leave a comment

गजल : घरवार डुवे अरे

~यस बि खनाल~ तिम्रा एक नजरमा कतिका ति घरवार डुवे अरे देश डुबे, भेष डुबे छदा खाँदाका दरबार डुवे अरे के गर्छौ हो त्यस्तो तिमी एकवार हैन दोवार हैन वारम्वार डुवे अरे तिम्रा एक नजरमा कतिका ति घरवार डुवे अरे

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : नारी देह – बजारवाद र व्यापारीकरण

~सुरज दाहाल~ के नारी सौर्न्दय प्रतियोगिताको विषय हो ? दुई नारी लाइ तराजुमा दुवैतर्फ हालेर को ज्यादा सुन्दरी भनेर जोख्न मिल्छ ? यो मिस नेपाल कुनै सुन्दरी र प्रतिभा छनोट गर्ने प्रतियोगिता हैन । यो बजारवाद-उपभोक्तावादमा नारी को प्रयोग गर्ने … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : भित्र भने चाँदि रहेछिन

~दिपक घर्ति मगर~ बाहिर हेर्दा सुन जस्ति भित्र भने चाँदि रहेछिन २ मायाँ गर्ने नाटक गर्दै भित्रि मुटु खाँदि रहेछिन २ कस्तो दिन मा लाएछु माया अहिले पछुतो लाग्यो २ आफू जाति हुनलाई मनको कुरा बाँदी रहेछिन २

Posted in गजल | Tagged | Leave a comment

कविता : आफैँसम्म यात्रा

~दीपेन्द्रसिंह थापा~ केवल हिँडिदिनु छ केवल हिँडेजस्तो गरिदिनु छ आफैँदेखि आफँैसम्मको यात्रा न हो न केही पाउनु छ न केही गुमाउनु छ । केवल रित्तिनु छ केवल सिद्धिनु छ शून्यदेखि शून्यसम्मको हिँडाइ न हो

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : सुन्तला र सुन्तली

~रत्न प्रजापती~ सुन्तलागाउाको ठूलो सुन्तलाको बोटमा एउटा सुन्तला र एउटी सुन्तली सँगसँगै फलेका थिए  । दुवैको उमेर एउटै थियो  । उनीहरू एकै दिन फलेका थिए  । सँगसँगै हुर्के र बढे  । कुनै कीराले दु:ख नदेओस् भनेर किसान दाइले बोटमा बेलाबेलामा … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : झोलाभित्र विश्वयात्री

~मुकुन्द पोखरेल~ जति जति सिक्दै, जान्दै गयो उति उति विज्ञभन्दा नयाँ विद्यार्थी बन्दै आउने त्यो कस्तो ज्ञान हो ? कस्तो शिक्षा हो ? मान्छेकै शैलीमा टेबलमा टुक्रुक्क बस्छ काखमा सपक्क च्यापिन्छ त्यो झोलाभित्र बसेर पनि विश्वयात्री बन्न मन पराउँछ । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विद्यार्थी आवाज

~युद्धप्रसाद मिश्र~ दानवताकन दूर धकेल्दै जनजागृतिको दैलो खोल्छु न्याय उठाउन बन्दूक खुकुरी खुर्पि खुँडाको भाषा बोल्छु नेपालीको ज्यान बचाउन भर्तिकेन्द्रको बाटो मास्छु शहर शहरमा जुलुस निकाल्छु पर्चा छर्छु पोष्टर टाँस्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई काम गर्न देऊ

~अमन महर्जन~ मुटु भरी संगालेका अनेकन चाहना हरु यो देश, जनता र सगोल समाज का लागि नै भनेर समर्पित मेरा यी प्रण अनि भाबना हरु कुंठित गर्न आई लागेका भरौटेहरु शाबधान मलाई काम गर्न देऊ पहाड़ फोड़ने यी हत्केला हरु

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्नोत्तर

~शिरिष लामिछाने~ “अमेरिका किन आयौ त राम?” एक प्रश्नको अनेक उत्तर राम खोज्दै छ अहिले कहिले भन्छ,”पढ्न आएँ यार” त भन्छ कहिले, “नेपालमै पनि त नपढेको होइन सायद कमाउनै आएँ होला यार।” अमेरिका छिरेको ३ वर्षपछि राम घोरिँदै छ

Posted in कविता | Tagged | Leave a comment

कथा : खाडलभित्र

~भाउपन्थी~ उनीहरू आठ-दस जना एउटा राजनीतिक भोजबाट फर्किरहेका थिए । उनीहरू मस्त पनि थिए किनभने सबै कुरा उनीहरूकै अधीनमा छ । राज्य, सत्तँ र ढुकुटी । राजनीतिक भोज भनेपछि बेहिसाब भव्य नै हुने भयो । उनीहरूले भोजमा गिलास उचालेर देशको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म तिमीलाई कत्ती चाहन्न अब!!

~सन्दिप बडाल~ म तिमीलाई कत्ती चाहन्न अब तिम्रो नाम लेख्न आफ्नो रगत पनि सुकाउँदिन न त तिम्रो नाममा आँशु नै बगाउँछु म तिमीबिना नै जिउने छु तिमीबिना नै आफ्नो संसारको निर्माण गर्नेछु तिमीले दिएको धोकाको बदला लिनेछु चोटको बदला चोटनै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : न बन्न सके

~सार्थक सिम्खडा~ न बन्न सके माकुने जस्तो पाखन्डी न बन्न सके प्रचन्डे जस्तो घमन्डी शायद त्यसैले त होला जिन्दगीमा बाँध्नै सकिन मायामा हत्कडी न लिन सके ओसामको जस्तो बैर्यता न लीन सके ओबामाको जस्तो धैर्यता शायद त्यसैले त होल जिन्दगीमा

Posted in कविता | Tagged | Leave a comment

कथा : छोटोमोटो सन्ताप

~ध्रुवचन्द्र गौतम~ सामुन्नेको रूखबाट पात झर्न थालेछ । दिनदिनै बढारिन्छ, दिनदिनै झर्छ । मैले थाहा पाएदेखि नै यो रूख छ । तर कसैले केको रूख हो भन्न सकेको छैन । चिन्न खोज्छन्, तर रूख चिनिनदेखि फुत्केको छ । आँधीपानी चलेका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

आधुनिक गीत : तिमीलाई चाही मरी मेटेकै हो

~कृष्ण प्र. पाण्डे~ तिमीलाई चाही मरी मेटेकै हो छिचोलेर बाधा मैले भेटेकै हो तिमीलाई मेरो बिन्ती लागेन तिमीले मायाको गला रेटेकै हो भाग्यको लेखानै सम्झ तिमीले यसरी फेरि भेटिनु रै`छ त्यो पनि भाग्यकै लेखा भनौं भो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मुफ्तको शौदा शुभकामना

~अजम्बरध्वज खाती~ नदिने बराजु जस्ता छन् हाम्रा नेताहरू दिन पर्दा बुधबार पनि बार्छन्, नाँच्न आफै जान्दैनन् आँगनलाई दोष दिन्छन्, लाज ढाक्न खोज्छन् लाज ढाक्ने कुरा टाउकोमा बाँध्छन् जहाँ ढाक्नुपर्छ उघारै राख्छन् यिनीहरूलाई थाह हुँदाहुँदै पनि ढाँटेको कुरा काटे मिल्दैन नकचरा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : तथास्तु

~डा रविन्द्र समीर~ ईश्वरलाई आप्mनो सृष्टिप्रति वितृष्णा जाग्यो । कोही आलिसान महलमा सुखसयल भोगिरहेका छन् भने कोही सडकमा सुत्न बाध्य छन् । यो दूरावस्था देखेपछि ईश्वरले नारदलाई साथमा लिएर दानकर्मको लागि पृथ्वीमा ओर्लिए । ‘प्रभु ! मेरो पाँचतले घर छ, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : एक तारा टुट्दैमा

~राजेश नेपाली~ नठान्नु आकाश शुन्य हुन्छ एक तारा टुट्दैमा हाम्रो यात्रा रोकिंदैन केही यात्री छुट्दैमा लाखौं फूलको बगैंचामा एउटा फुल झरे के भो थाल बनाउन रोकिंदैन टपरीहरू खुट्दैमा जुन रूखले हिजो ओत्यो आज त्यही काटे पनि

Posted in गजल | Tagged | Leave a comment