Tag Archives: nepali sahitya

कविता : म भित्र

~सूर्यविक्रम याक्खा~ म भित्र गुम्सिएको छ कयौ -व्यथाहरु निश्पट धव्वामा त्राहिम-त्राहिम काकाकुलहरु………. । म भित्र-भित्रै मायालुका सम्झनाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्द कोठाबाट बाहिर निस्क

~दीपेन गर्बुजा~ बन्द कोठाबाट बाहिर निस्क मुर्खहरुसँग धेरै न जिस्क चारै दिशा ढोकाहरु खुलाछन आफ्नो खुबी अनुसारको दिशा रोज तन,मन अनि धन एकै दिशामा केन्द्रीत गर आफु भन्दा बुद्दीमानी ब्यक्तिको सहयोग खोज अन्धो,अपाङ्ग अनि टुहुराहरुलाई माया गर

Posted in कविता | Tagged | Leave a comment

गीत : पल पल

~आभास~ पल-पल जिन्दगीको पात खस्दै गयो गोधूलिको संघारमा रात खस्दै गयो आफैँलाई बिर्सँदै म पराई माझ पुगेँ धेरै बिहान झुल्किएँ म धेरै साँझ डुबेँ मलाई आफ्नै सपनीको प्यास लाग्दै गयो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : शेषनागको जिब्रो

~मनोज बाबु पनेरु~ ट्याइँ…………. गाडिको आवाज, कस्तो कर्कश स्वर। एकहुल मिनिर्स्कर्ट लगाएका ठिटीहरु बाटो हिड्दैछन्। “यो मेरो कान्छी” जुल्फे करायो, हुलमा आएकी मध्य एकले आँखा तरी, “औंला हो” कान्छी औंला देखाउँदै जुल्फेले वाक्य पूरा गर्‍यो। स्कूल क्याम्पस पनि ग्ल्यामर क्षेत्र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिमीहरुलाई मैले माफ गरिदिएँ

~जे.बी. शेर्पा ~ संसार रमाइलो लाग्ने रहरै रहरको, एक तमाशको चाहनामा, घामको पहिलो किरण झै ! लामा लामा पाइलामा, संसार चुम्ने प्रयास के गरेथे, संसार भेट्ने प्रयास के गरेथें ! कर्कलाको टिल पिल टिल पिल पानीसँग के खेलेथे !

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले देखेको यथार्थ………॥

~तीर्थ संगम राई~ आदिम कालमा पारुहाङ्ग र सुम्निमाले साकेला शिली गाउँदै नाँच्ने यो धरतिको सुन्दर गाँउ बस्ती र शहरहरुमा खोलानाला अनि ताल तलैयाहरुमा मैले हिजो आज देखिरहेको छु सडिएका कुहिएका दुङ्ग-दुङ्ग गन्हाईरहेका नृशप शरीरका डङ्गुरकहरु खाटो बसेका राताम्यै तैरी रहेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : पारी पुगे पछि

~तारा ज्ञवाली~ हिंजो नजिक थिएं आज पारी पुगे पछि कसले बोक्छ थप बोझ भारी पुगे पछि हेर्दै थियौ नियाली मैले छोडेको बाटो खुशी भयौ कि त जिम्मेवारी पुगे पछि

Posted in गजल | Tagged | Leave a comment

कविता : बिक्रीमा राखिएका सपना

~शिरिष लामिछाने~ जसरी न्यूरोडको एक भैय्याले बटुवालाई चना-चटपट र एक गिलास सोडा बेच्छ त्यसरी नै अम्रिकाले प्रत्यक सेकेन्ड मानिसलाई हजारौँ सपनाहरु बेच्छ विद्यार्थीलाई राम्रो कामको व्यापारीलाई राम्रो दामको परिवारलाई ठुलो घरको टुहुरोलाई आडिलो भरको आफ्ना आँखाले देखिने

Posted in कविता | Tagged | Leave a comment

कथा : थ्री स्टपस्

~प्रतिक्षा रेग्मी~ ‘कस्तो रमाइलो हउ आज !’ जुगपछि भेटेको । मेरीटोनको तन्ना कति ऽऽऽ सँगै मिलाइयो । अहिले देख्नु नि मुश्किल हुने । अनि कस्तो चल्दैंछ हौं जिन्दगी केटीहरु ?’ बबिताले आशा र कमला दिदीलाई देख्नासाथ सोधिहाली । कमला दिदी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जुनतार टिपेर

~गोविन्द गोदार~ जुनतारा टिपेर दिन सक्दिन म आफु त यथार्थमा बाँच्ने मान्छे चन्द्रमामा हनिमुनका कुरा गर्दिन म म त केवल निश्चल माया गर्ने मान्छे एक पटक आफैं मुस्कुराएर त हेर कैयौ रहस्य सो प्रकट हुने छ

Posted in कविता | Tagged | Leave a comment

गीत : आई दियौ

~कृष्णकला वनेम ‘करिना’~ आई दियौ मायाँ लिई बैशाकको हुरी भई छार्इ दियौ आँखा भर रिंगीचंगी सपना भई पहाड तिमी वनि देउ हिउँ वनि छोपी दिन्छु किनार भई साथ देउ सागर वनि चुमी दिन्छु वजाई दियौ वासुरी मन छुने धुन भई

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कथा : पूजा

~विमल भौकाजी~> टिङ्… टिङ्… टिङ्… टिङ्…घरको पूजाकोठाबाट बजेको घन्टको आवाजले आज पनि उही समयमा विकासलाई बिउँझायो । आवाजसँगसँगै सधैंझैं आमा पनि बडबडाइरहेको सुने उनले । तर आज सधैंझैं सुतेको सुत्यै बसिरहेनन् । जुरुक्कै उठे । र, चाल मारेर माथि उक्लिए … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : कुर्सीमाथि फर्सी

~नरनाथ लुइँटेल~ डम्म पेट पुड्को मान्छे सुसुपाल खुट्टा यो भन्दा नि ठूलो कुरा बोल्छ सधैं झुट्टा आजै गर्ने कामलाई भन्छ भोलि पर्सि हेरहेर के आश्चर्य कुर्सीमाथि फर्सी । तलकालाई सधँै हेप्छ माथिकालाई सलाम टोपी झिकी हिँड्ने गर्छ ज्युँदाहरूको मलाम रातो … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : शुभकामना

~अभागी मिनम घायल असफल~ जित तिम्रै हो हार मैले स्विकारेकै हुँ खुसी जती सबै तिम्रै हो दु:ख मैले अङ्गालेकै छु तिम्रो लागि खुसिको नयाँ बर्ष मेरो लागि एक्लो बेसाहरा यात्रा

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : चोरी पुराण

~नरनाथ लुइँटेल~ “जो चोर, उसैको ठूलो स्वर” यो उखान धेरै पटक, धेरै जनाको मुखबाट प्रस्तुत भएको सुनिएको थियो । चोर नाथेको पनि ठूलो स्वर कसरी हुन्छ होला र, भन्ने पनि लाग्दथ्यो । चोरलाई सानै स्वरले चोर भन्दियो भने पनि उत्पातसँग … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

देउडा गीत : बैशाख जेठ काँ जानोहो

~प्रकाश जे धामी~ बैशाख जेठ काँ जानोहो,बर्खा सुसाउन्या भेल । जिन्दगी भरी नबुझ्ने भयो,भगवान तेरो खेल ।। जन्मेको ठाउँ पराई बनाई,खाडी मुलुक बाँस । दु:खी जिबन बेहाल बनाई,परानी भयो नाँस ।।

Posted in देउडा गीत | Tagged | Leave a comment

कथा : कार्नेसन, धुवाँ र तिम्रो झझल्को

~अनमोलमणि~ साँझ अबेर बितिसकेको छ। पिनाज मसानी र अविदा परविन सुनिरहेको छु। र तिम्रो झझल्को आँखामा टाँसिएको छ। शहरको लामो सडक त्यसैगरी तन्किरहेको छ। तर गाउँमा काटिएको झोलुङ्गे पुल बनाइएको छैन। शहरका पुलहरु पनि मक्किसकेका छन्। भाँच्चिने सम्भावना धेरै छ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : आमाको माया

~पवन आचार्य~ असाध्यै गहिरो प्रेमको एक जोडी। प्रेम यात्राकै क्रममा प्रेमिकालाई सनक चढेछ। आफ्नो प्रेमीले आफूलाई कत्तिको माया गर्दो रहेछ भन्ने जाँच्न मन लागेछ। एक दिन प्रेमीलाई सोधिछन्- तिमी मलाई साँच्चै माया गर्छौ ? प्रेमीलाई आफूप्रति शंका गरेको देखेर अचम्म … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : तिम्रो हत्केलाको परिधिमा

~बिन्दु प्याकुरेल ‘लुना’~ ब्रम्हान्डको परिधी मैले नाप्न कहाँ सक्छु र ! सिवाय तिम्रो मायालु हत्केलाको प।रिधी । ° अथाह माया बर्षाउने तिम्रो हत्केला मेरो निम्ती कुनै भबसागर भन्दा के कम्ती छ र ! ° पिर रापले पोल्दा हिर्दयमा शितलता दिने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नीला पाइला टेक्ने राता मान्छेहरू

~ठाकुर बेलवासे~ म ढुङ्गाको छाती खोपेर सहिष्णुताको आवाज सुन्न आतुर मान्छेको मन्दिरस्थापना सोचिरहेको छु रगतले मुख धुन इच्छा राख्ने ईश्वरप्रति मेरो खेद छ ताराहरूका छाती कुल्चिएर आप्mनो अधिपत्यको उचाइगर्व खोज्ने ईश्वरमा जीवनका शुभकामनाहरू छरिन सक्दैनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : महाभारत

~प्रकाशचन्द्र न्यौपाने~ स्वार्थका तिखा तीरहरु गाडिएर घाइते छ भिष्मको राष्ट्रवाद अँध्यारोमा कुर्सीको लम्वाई–चौंडाई र आकृति छामिरहेछन् अन्धा धृतराष्ट्रका औंलाहरु एकलव्यहरु फिर्ता माग्दैछन्, गुरु–दक्षिणा औंलाको बदला द्रोणचार्यको सिङ्गै हात छ गुणा बढेको छ, संख्या भाञ्जाहरुको

Posted in कविता | Tagged | Leave a comment

कथा : यात्रा कलेजको…

~रोबिन मानन्धर~ हिजो बेलुकादेखि नै सिमसिम पानी परिरहेको थियो । आज बिहान पनि सिरसिर बतास चलिरहेछ साथमा सिमसिम पानी पनि परिरहेछ । साउने झरी कहिले थामिने हो थाहा नै हुन्न । आज मेरो कलेजको पहिलो दिन… कस्तो हुने होला । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : शुभकामना

~सार्थक सिम्खडा~ सुर्यको किरण जस्तै झुल्कने तिमीलाई,दुई अक्षरको “प्रेम” साउनेझरी जस्तै रुझाउने तिमीलाई,तीन अक्षरको ”बधाई” कालरात्री जस्तै छाउने तिमीलाई,चार अक्षरको “उपहार” बादलले जस्तै आकाशढाक्ने तिमीलाई,पाँच अक्षर को “शुभकामना” !!

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरी तिमी

~पुरुशोत्तम बाबु~ मलाई मेरो दिलभित्र तारा उगाइदिने बनी हेर तारा माटो टिपी त्यो सिरमाथी लाई चन्द्रै सरी चादनी छप्प पाइ लेपेर सिउदो कलाको बनायौ कल्पन्तसम्मै पनि गुन पायौ कस्तो राम्रो चम्किने चन्द्र तारा मुहार नै बन्दछ ज्योति सारा पहाड माथि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्धिजीवीहरूसँग

~युद्धप्रसाद मिश्र~ संगिन रोपी गर्भवतीको पेटभित्रको बालक मारी कसरी सक्छौ भुल्न, दिएको हात्तीद्वारा बस्ती उजाडी पीडाको चित्कार नसुन्ने बहिरा छौ कि हे विद्वतवर्ग तुच्छ स्वार्थतिर कलम झुकाई वास्तवदेखि भाग्छौ किन पर

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : सानो चरीको कथा

~चण्डी सुवेदी~ एकादेशमा एउटा चरी थियो रे। चरी एकदम बदमाश थियो रे घरी एउटा रुख बाट भुर्र उठ्छ , घरी अर्को अर्को रुखमा जान्छ , थुपुक्क एउटा हाँगा बस्ने त होइन। त्यो चरीको मामु लाई त हैरान भयो रे। एकदिन … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

गजल : रातो गुलाफ

~सुशिल ताम्राकार~ लुकाइ ल्याएको दिल लिएं अनि फर्काएं रातो गुलाफ, स्विकारोक्ती तिम्रो त्यही भनी अर्थ्याएं रातो गुलाफ। रेट्ने फूल भेट्ने धेरै हुन्छन् भन्छन् यो संसारमा, समेत्ने फूल त्यही हो भनी चोख्याएं रातो गुलाफ।

Posted in गजल | Tagged | Leave a comment

कविता : हस्तबहादुर मगरको हत्यापछि

~हरिगोविन्द लुइँटेल~ फलानो मिडिया च्यानलका लागि टि. भि. जर्नालिष्ट ढिस्कानुको नाममा आज साँझ तिमीले राम्रै न्यूज रिपोर्टिंग गर्यौ मेरा मित्र संचारकर्मी, कसरी तीन सय रुपियाँमा किनेर ल्याएको एक बोतल पेट्रोल छर्केर कसले आगो लगायो कसलाई र मार्यो जलाएर प्रष्ट पारिदियौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वार्थी रैछौ नानु

~गणेश पुर्बछाने मगर~ स्वार्थी माया साट्ने रैछौ आखिर किन आएऊ निश्चल प्रेम बियोगी झै बनेर झूटो कसम खाने रैछौ आखिर किन आएऊ तिमी सत्य शाबित्री झै बनेर भनेकै थे मैले नानू तिमीलाई

Posted in कविता | Tagged | Leave a comment

कथा : आई एम सरी

~नोवल निरौला~ “इन्टरनेटपनि कस्तो अचम्मको चिज रहेछ। तिमीहरु धेरैजना बाहिर नै छौ, तैपनि मलाई यहीँ कतै नेपालमा छौ जस्तो अनुभव हुन्छ यार” – रमेसले दुई महिना अगाडि गरेको अन्तिम च्याटको कुरा सम्झिदै छु म। मैले भनेको थिएँ – “यो फेसबुकले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तिमीले भनेका सारा देब छोएर

~विश्वम्भर प्याकुरेल~ तिमीले भनेका सारा देब छोएर म किरिया खान कहाँ सक्छु र यदि मान्छौ भने म तिम्रै देब भनेर म त खाई दिन्छु कसम आफैलाई भाकेर तिमीले भनेका…. तारालाई साक्षी राखेर, बाचा नै कहिले खाएथें पानीमा औंला चोपेर, सन्धि … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~उत्तम कृष्ण मज्गैंया~ क्यालेण्डरमा सिंगारिएर कालको पलायनको निष्कर्ष आयो पुनः नयाँ वर्ष ! गन्नेछन् पुनः स्नातकले भोकै बसेका रातहरू विदेश ओह्रालो झर्नेछन् छानिएका जातहरू हुनेछ सुनौला वर्ष यो इतिहासको पानामा गुनासो स्वयम् दब्नेछ साँझ-बिहानको मानोमा

Posted in कविता | Tagged | Leave a comment