Tag Archives: nepali sahitya

कविता : शहर, मृत्‍यु र म

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ आज मृत्‍युलाई भेट्नु छ यो बन्द कोठाभित्र जीवनका दुर्गन्धित संवेगहरुसगँ सतरंज खेलको घोडा हुन सिक्दासिक्दै हारेको अनुभुती हुन्छ उफ् यो मिनेटमिनेटमा कत्रो अन्त्य पेट्रोल नहुँदो हो, के ले पोल्दा हुन् हँ लास शहरका मान्छेहरु ?

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्दर बुकी फूल तिमी

~जे.बी. शेर्पा ~ एउटा कालखण्डपछि , आजै त हो, मैले तिमीला , बेस्सरी सम्झिएको , समयको पत्र पत्र मुनि किचिएर , विस्मृतप्राय तिमी ! धन्य छ ट्युलिप , तिम्रै रंगीन दुनियाँले , आज मलाई , मेरो बिरानोझैँ बुकी फूल सम्झाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरो लागि साँचीराख

~तीर्थ संगम राई~ थोरै आँशु थोपा-थोपा मेरो लागि साँचीराख । पीर नगरी पल-पलमा मेरो लागि बाँचीराख ॥ सक्छौ यदि प्रतिक्षाको क्षण-क्षणलाई बाँधीराख । सम्झनाले पीरोल्छ भने तस्वीर चुम्दै हाँसीराख ॥

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रस्तावना

~ठाकुर बेलवासे~ रबरजस्तो कति तन्काउनु मनलाई आरनजस्तो कति पिटिरहनु बुद्धिलाई कहिलेकाहीँ मनलाई झिकेर, आफैँबाट सङ्लो पानीमा धोइबस्छु अनि, अरूको मनमा खुसी हुन्छु, कति खाँद्नु उही ओसिलो बुद्धि खप्परमा कहिलेकाहीँ बुद्धिलाई खप्परबाट झिकेर घाममा सुकाउँछु अनि, अरूको बुद्धिमा आनन्द लिन्छु जन्मिएदेखिका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : सन्दर्भ लक्ष्मी जयन्ती

~शंकर लामिछाने~ २००७ सालको पुस महिनाको जाडो साँझ । मैतीदेवीको फाँटको बीच खेतमा टायलको एउटा घर । त्यसको ढोकामा म चिच्याउँदै थिएँ- ‘देवकोटाजी हुनुहुन्छ ?’ माथिबाट कुनै अंग्रेजी ऐतिहासिक किताब जोरसँग घोकेको शब्द आइरहेको थियो । मेरो मनमा लाग्यो सायद … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : हिलोको फुल

~बिटु केसी बराल~ अकबरी सुनलाई कस्सी लाउनु पर्दैन त्यस्तै सुन बन्नु धेरै पढ्नु नानी हजुरआमा भन्नुहुन्थ्यो न पढाइमा अब्बल भएँ न गतिलो कुनै कामै गरे । थाहा छैन के भएँ , जे भएँ सुनले नलोभ्याउने भएँ । एक सामान्य बचपन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

देउडा गीत : सात गते फागुनका मैना

~चन्द्र कुवँर ‘चन्द्रमा’~ सात गते फागुनका मैना , दुई हजार सात साल । अन्त्य भयो जहाँनिया , शोसक राणा काल ।। चार जना नेपालका सपुत , अमर सहीद भया । देशको लागी रगत बगाई , स्वर्ग्या लोक गया ।।

Posted in देउडा गीत | Tagged | Leave a comment

कविता : मध्यरातको उपज

~शिरिष लामिछाने~ स्थिर छ समय कालो यो रातमा दुई शब्द म कोर्दै छु कलम समाइ हातमा सोध्दै छु आफुलाई छ के मा रमाइलो? निस्पट्ट अन्धकारको शुन्यता या मधुर बिहानीको सुनौलो?

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : कछुवा ,मूसा, काग र मृगको कथा

~चण्डी सुवेदी~ एकादेशमा एउटा जंगल थियो रे। जंगलमा एउटा मुसा, कछुवा, मृग र काग थिए रे। सबैजना साथी थिए रे। उनीहरु एकदम मिलेर बसेका थिए रे। एकदिनको कुरा हो कछुवालाई बसिराखेको नजीकैको पोखरीमा बस्न झ्याउ लाग्यो र। “ म यो … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : जिउन सँगै सक्दिनन रे

~सार्थक सिम्खडा~ राम्री गोरी मेरी प्रेमिका म परे ध्वान्से काले नजर जुधे ओठ बोले माया जुर्मुराउन थाले मोटी थसुली मेरी प्रेमिका म परे ख्याउटे मरनच्याँस अधर् मिले इशारा पाएँ मेटाएँ जवानीको प्यास

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्द भिस्सा पुन खोलीयोस्

~पूर्णिमा पिम्मी~ विहानको मिर्मीरे घामको किरणसँगै सुरुहुन्छ हङकङको जीवन मनमा असंख्य पीडा भए पनि वाध्यताले काम गर्नु परेको छ नि सबको आआफ्नै पीडा अनेक पीडा नभएको त नहोला एक सुन्दर छ गर्व लाग्छ हाम्रो देश तर त्यो भईसक्यो एकादेश

Posted in कविता | Tagged | Leave a comment

कथा : मर्यादाहीन

~भाउपन्थी~ जुम्रा मार्दै गरेकी तरुनी हाँसी। माथि काछसम्म उचालिएको धोतीले गर्दा नाङ्गिएका उसका तिघ्रामा कुनै अश्लीलता थिएन। धोती उसले जुम्रा मार्न उचालेकी थिई। यसरी नै दिनहुँ म यो बाटो हिँड्छु तर यो माग्ने तरुनीले आजै हो धोतीका जुम्रा मारेकी। हुनसक्छ, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : झुपडी देखीको माया

~दीपेन गर्बुजा~ हाम्रो माया चोखो थियो तर तिमी रहेछौ निष्ठुरी झुपडीमा बस्ने कसम खाएका थियौ आखिर किन बनेउ पर्देसी ? ती बिगतका यादहरुले सताईराख्छ तिमीलाई भुलौ म कसरी ?

Posted in कविता | Tagged | Leave a comment

गीत : केहि चोटले ज्ञानी

~गोपाल योञ्जन~ केहि चोटले ज्ञानी हुन्छ, धेरै चोटले बानि हुन्छ मेरो मन भांच या साँच, मलाई अब जे गरे हुन्छ मान्छेले गर्ने कर्महरु, के ले असल खराब हुन्छ आफ्नो अपजस हातहरुले, जे गर्यो त्यहि खराब हुन्छ डढेको मन बाँकि राख, … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : भाव

~मुक्ता सापकोटा~ खुशी के हो ? सायद म बुझ्दिन या बुझ्न चाहन्न तर पनि त्यस्को अभावको महसुसले सताउछ लाग्छ म मा भावना नै छैन यद्ध्पि स-साना अनि झिना मसीना समस्याको आभासले सताउछ यस्तै यस्तै आभास नै त भावना हुन् तर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमि बिना….

~ज्ञानेन्द्र स्थापित~ तिमि पाउने सपना देख्नु, मेरो लागि पाप भो छातीमा मुटु पोल्छ, जिन्दगी एक श्राप भो | संगै जिउने संगै मर्ने, बाचा धेरै खाए पनि मलाई छोडी तिमि गयौ, सपना सबै सखाप भो |

Posted in गजल | Tagged | Leave a comment

गीत : केहि मिठो बात गर

~काली प्रसाद रिजाल~ केहि मिठो बात गर, रात त्यसै ढल्किंदैछ भरे फेरि एकान्तमा रुनु त छंदैछ २ रमाइलो कुरा गर, सपनाको कुरा गर २ सँग सँगै बिताएको सम्झनाको कुरा गर दु:ख छोड दु:खलाई त जिन्दगानी छँदैछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : राजमार्ग छेउको पसल

~विश्व घिमिरे~ राजमार्गको छेउमा २ पुरिया चाउचाउ १ जर्किन ठर्रा र केही बिस्कुटका पोकाहरु राखेर के आम्दानी होला र कसरी जीवन गुजारा होला भन्ने प्रश्नले मलाई कोट्टाएको धेरै अघिदेखि हो। समयसँगै सबै कुरा थाहा होला नि भन्ने ठान्थें। आफूलाई कौतुहलता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : धेरै सुतेछौँ अब जाग जाग

~इलामेली टीकाराम दुलाल~ छन्द : ईन्द्रबज्रा आफै हटाऊ ननिका बिचार आफै जगाऊ दिल भित्र प्यार देखाइ बाटो अघि लाग लाग धेरै सुतेछौँ अब जाग जाग ।१। ज्ञानी बनेको छ नि कर्मलेनै बाढेर बाचौँ प्रित मर्मलेनै माया छ ठूलो रिस राग … Continue reading

Posted in छन्द कविता | Tagged | 2 Comments

कथा : आ–आफ्नो धरातल

~शुषमा मानन्धर~ विदा शुरु भैसकेको थियो। परीक्षाअघि लाइब्रेरीवाट ल्याएको किताब बुझाउन कलेज जानु थियो। त्यसैले साथीको प्रतिक्षा गर्दै म घर बाहिर उसैलाई कुरिरहेकी थिएँ। विपरित दिशाबाट गाडीमा आउँदै गरेका उनी म उभिएको ठाउँनिर एकै छिन रोकिएका थिए। उनको खिरिलो व्यक्तित्व, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उस्तै रहन्छ सबथोक

~ठाकुर बेलवासे~ सबै उस्तै रहन्छन् उस्तैउस्तै हिजोजस्तै रहन्छन् बाँच्नुसँग सम्बन्धित सारा वस्तु र मान्छेहरू मृत्युपछि पनि सबथोक उस्तै रहन्छन् मृत्यु नआउञ्जेलको ठूलो त्रास अनि ठूलो भ्रम सधैँको भूकम्प सम्झानासाथ सधैँको निराशा मृत्यु रगतसँग हरपल ओहोरदोहोर गरिरहेको हुँदोरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : यस्तो नहोस

~चकेन्द्र राई “कैदी”~ मायाँमा अडिएको छ दुनिया विश्वासले चलेको छ संसार प्रेमी प्रेमिकामा धोका नहोस। श्रीमान श्रीमतिमा घात प्रतिघात नहोस। सानो भएर पनि सिङ्गै विश्व अट्न सक्छ यो दिलमा सानो तिलिङ्गा रुपी आगोले संसार नजलाओस। हामी टाईटानिकको यात्रु जस्तै….. आफु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : असुरक्षा

~टंक वनेम~ ओजनतह ओर्लेर आँधी निम्त्याई रहेछ आगोका लप्कोहरु जयगान गाइ रहेछन् विध्वंसको घडामा बारुद भरिएर बन्दुक पड्काई रहेछ तोप नारि रहेछ बाइलोजिकल केमिकल र न्यूल्कियरको भट्टीबाट बिनासको दुर्गन्ध उडी रहेछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : चित्रकार बुवा

~डी. वी. पालुङ्वा~ मेरो बुबा असल चित्रकार हुनुहुन्थ्यो र यो कलात्मक चित्र अपेक्षाकृत दर्शन र ब्रम्हाण्डको एउटा कुनामा आफनो खेत इमान्दारिताका साथ खन्दछ र आफनो खेत खन्दा अर्काको सांध नमिचेर एउटा आदर्श किशानको अहम् भूमिका निभाएर मुन्धुम फलाक्ने त्यो चित्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : थोपा–थोपा

~सुविद गुरागाई~ प्रकाशपुरमा जून र जूनको पूर्णता पर्खिरहेका सोझा चन्द्रवंशीहरूबीच कोसीको अर्को किनारबाट उडेर कालो बादल फैलिएको भर्खर हो, खरमयुरलाई जिल्याउँदै अज्ञात दूरीबाट आएको आगन्तुक बादलभित्र आद्र्रताको मात्रा बढी भएको पनि भर्खरै हो, भर्खरै हो नीलो शिरीषको पातबाट एउटा थोपा

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : रातो राम्रो गुलियो मीठो

~दयाकृष्ण राई~ शीर्षकमा उद्धृत गरिएको शव्द अत्यन्तै प्रचलित नेपाली लोकोक्ति हो । तर मलाई कहिल्यै पनि रातो राम्रो लागेन । अहिले नेपाली जनमानसमा रातो रङ्गको चर्चाले सञ्चार जगत तात्तिएको छ । र यो रातो भन्ने शव्दले स्मृतिपट भित्रको धुमिल स्मरणहरूलाई … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : छेक्न पाए पनि हुन्थ्यो

~इन्द्रकूमार श्रेष्ठ ‘सरित्’~ लम्की लम्की आउने रातलाई छेक्न पाए पनि हुन्थ्यो मेरी मायालुलार्इ उजेलीमै देख्न पाए पनि हुन्थ्यो । दिन बित्छ क्षणभरमै तर रात किन लामो हुन्छ छटपटीको कथा मैले जम्मै लेख्न पाए पनि हुन्थ्यो ।

Posted in गजल | Tagged | Leave a comment

कविता : हिड्ने तस्वीरहरू

~यतिराज अजनबी~ यात्राको सिल्शिलामा म एउटा कन्क्रिट जण्गलममा आइपुगेकोछु यो जङगलमा कोब्राहरू छैनन् ँब्वासा, बाघ, हात्तिहरू पनि छैनन् मान्छेहरू त झन हुन सक्ने नै भएनन् यो जंगलमा आइपुग्दा मलाई यस्तो अनुभुत भैरहेछ

Posted in कविता | Tagged | Leave a comment

गजल : दियौ किन

~बिष्णु नन्द चाम्लिंग~ मुटु बस्ने छाती मेरो उधारी दियौ किन सजाएर राखेको थेँ बिगारी दियौ किन तिमीलाई मुटु भरिभरिको माया दिएँ आखिरिमा दिनु सम्म दिग्दारी दियौ किन

Posted in गजल | Tagged | Leave a comment

कथा : झरी र कफी

~रोबिन मानन्धर~ बिहान सबेरै उठ्ने बित्तिकै मैले मेरो प्यारो मित्रलाई खोजें । कोठा बाहिरको बार्दलीमा आएर हेरें, तर उनलाई देख्न सकिन । एकछिन त न्यास्रो लाग्यो किनकी मैले आज बिहानै उठेर मेरो प्यारो मित्रलाई हेर्न पाईन, उनले मलाई कति धेरै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : तिम्रो तश्विर भेटियो

~मनोज काफ्ले ‘मनसुन’~ घामको लालीमा तिम्रो तश्विर भेटियो फुलको डालीमा तिम्रो तश्विर भेटियो । शहरमा पर्चाभेटें तिम्रो मात्र चर्चाभेटें उनका तालीमा तिम्रो तश्विर भेटियो ।

Posted in गजल | Tagged | Leave a comment

गीत : तिमी कुन जमानामा छौ

~कृष्णहरि बराल~ आँफै पो खोज्नु पर्छ जुनी काट्ने आफ्नो साथी घरकाले खोज्छन् भन्छौ तिमी कुन जमानामा छौ आफूले भोग्नुपर्ने दु:ख र सुख सारा अर्काले रोज्छन् भन्छौ तिमी कुन जमानामा छौ अड्डा छन् अदालत छन्

Posted in नेपाली गीत | Tagged | Leave a comment