Tag Archives: nepali sahitya

गजल : प्रिय के कुरा गरार्इ भो

~इप्सुल मगर~ नजिक र टाढाको प्रिय के कुरा गरार्इ भो सम्झीनै पर्छ भनेर मैले के अह्रार्इ भो लाग्छ कति वेला हाम्रो मायामा पनि समझदारी कता बसार्इ सरार्इ भो

Posted in गजल | Tagged | Leave a comment

कविता : सोध्नु

~इस्माएल सुब्बा~ ढुङ्गालाई सोध, पानीलाई सोध, र सोध हावालाई पनि। अफ्रिकाको ढुङ्गालाई सोध्नु कि त्यसमा र इजिप्टको ढुङ्गामा के छ र फरक? के त्यो दुवै मिलेर बनाउन सक्दैनन् र एउटा सुन्दर घर?? सोध्नु टिस्टा-रङ्गीतलाई

Posted in कविता | Tagged | Leave a comment

छोक : नयन भरि

~गणेश पुर्बछाने मगर~ नयन भरि रोदन आँसु छ गहभरी तिमि आफै भन छोडी जाने निर्मोही

Posted in कविता | Tagged | Leave a comment

गजल : प्रेमिकाले भनेको..

~सुरेन्द्र खौलराठी~ लगन जुरी सक्यो, बिहेको सुरसार हुनेछ ! जति रोउ तिमी अब, उस्लाई हतार हुनेछ ! जीवनभरी साथ दिने, साथी मिलोस तिमीलाई, दैव संग संधै मेरो, बिन्ती पुकार हुनेछ !

Posted in गजल | Tagged | Leave a comment

कथा : फुस्सा !

~टि.एन. रिजाल ~ शनिबार छुट्टीको दिन । त्यस्तै बिहानको ९ बज्दै हुदो हो । निन्द्रा पुगीसक्दा पनि तन अल्छीको वशमा भएकाले मन बिस्तारा छाडन मान्दैन । त्यस्तैमा मोबाइल फोनमा घन्टी बज्यो । फोनको स्क्रीन हेरे,पुरानो मित्रको परेछ । रिसिभ गर्दै भने,“हेल्लो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : ही धर्ति उही आकाश

~भगवति बस्नेत~ तिमी मैले रूने हाँस्ने उही धर्ति उही आकाश तिमी मैले मर्ने र बाँच्ने उही धर्ति उही आकाश । मनभरी नयनभरि उही प्रेमिल आकृति छ सागरको पानीसरि अथाह नै पिरती छ ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सपना र जिन्दगी

~गंगा पौडेल~ सायद सुन्य निर्जन बाताबरणले मेरो मस्तिस्कलाई एकोहोरो बनाई रहेको थियो सुनसान अन्धकार एक कुनामा म

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : यो कर्मभूमिको आँगनमा

~राजेन्द्र रिजाल~ यो कर्मभूमिको आँगनमा कर्मको उदाहरण प्रस्तुत गरेर देखाउँ यहाँको धर्ती बाँझो छैन २ विकासको फूल फुलाउँ २ यो कर्मभूमिको आँगनमा कर्मको उदाहरण प्रस्तुत गरेर देखाउँ

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गीत : ए दिल जलाई गयौ

~सागर कार्की~ ए दिल जलाई गयौ । मनको तलाब चलाई गयौ ।। ए दिल….. बजारमा बिक्ने दिल तिम्रो रैछ गरिब मान्छे किन्नै सकिन निश्चल माया दिएकै थिए

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : यस्तो लाग्छ

~कुन्साङ तामाङ~ आफ्नो त जेल जस्तो घरवार लाग्छ। जिन्दगी बारे सोच्छु,बडो दिक्दार लाग्छ ।। त्यो जमिन त्यो दरबारको मालिक। सिर्फ एक चिहानको जमिनदार लाग्छ।।

Posted in कविता | Tagged | Leave a comment

गजल : काम हजुर

~राजन पोखरेल~ जित हुन्छ जताततै, गरेपछि काम हजुर कहाँ बन्छ देश राम्रो ? गरेपछि जाम हजुर । अझै पनि कति गर्छौ ? कुरा त्यही छल छामको भोकालाई कहिले मिल्छ ? दुई छाक माम हजुर ?

Posted in गजल | Tagged | Leave a comment

कविता : हामी

~सन्तोष सागर~ होईन !होईन, त्यो एउटा संयोग होईन,अनि कुनै त्यस्तो स्वार्थ होईन,फूललाई फुल्न सिकाउनु पर्दैन,घामलाई उदाउन पनि सिकाउनु पर्दैन।चिरविर चिरविरगर्दै भुर्र भुर्र उड़्न खोज्ने त्यो सानो चरीले कहिल्यै सिक्नु पर्दैन।किनकी यी सबै प्राकृतिक हुन्।यी सबै एउटा पूर्व कल्पनाहरू हुन्।

Posted in कविता | Tagged | Leave a comment

कथा : मामा

~निर्मल ज्ञवाली~ टिभीमा एउटा समाचार आएछ, अमेरिकामा दादुराको खोप लगाउँदा एउटालाई क्यान्सर ठीक भयो रे ! ठीक भो, राम्रै भो । तर समस्या मलाई भो, समाचार सकिन नपाउँदै मेरो मोबाइलमा कलको वर्षा हुन थाल्यो । मामाले फोन गर्नु भो, “तुरुन्तै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : के गर्ने होला ?

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ नचिनेकी केटी के गर्ने होला ? गर्छे मरिमेटी के गर्ने होला ? देख्दा काली तर हिस्सी परेकी आफुभन्दा जेठी के गर्ने होला ?

Posted in गजल | Tagged | Leave a comment

कविता : देश बचाउनुपर्छ

~ललितकुमार न्यौपाने~ पृथ्वी तिम्रो दुख:ले आज्र्याको मुलुकमा आज , ठुलो संकट आएको छ । तिम्रो दुई ढुंगाबीचको तरुलमा आज , सबै खाले प्रहार भएको छ ।। घुस खाने भ्रस्ट ,स्वार्थी , विदेशी दलालहरुले देशलाई रसातल तिर धकेलिरहेछन् । कालाबजारी र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा ! मोबाइलमा इन्टरनेट हालेको छु

~महेश दाहाल~ एक दिन त सोधिन् आमाले दिनैपिच्छे के कोट्याउँछस् हौ त्यो मोबाइलमा ? भनेथेँ मैले- घर बसेरै संसार देख्न थालेको छु मैले पनि दुनियाँ बुझ्न थालेको छु आमा ! मोबाइलमा इन्टरनेट हालेको छु। आमाका रङ्गी-बिरङ्गी सपनाजस्तै सहरहरू आमाकै समयका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : वोली खानेलाई

~सूर्यविक्रम याक्खा~ के भनऊ खरो वोली खानेलाई , दुःखेको घाऊमा गोली खानेलाई ।१। आँशु झारी रुन्छी ऊनी गाँऊ सम्झी , कति भने एक चोली खानेलाई ।२।

Posted in गजल | Tagged | Leave a comment

गजल : म बोलिन कत्ती

~मनोज आचार्य~ ऊनी बोलीनन् अनी म बोलिन कत्ती लगातर तड्पीयो मन , म बोलिन कत्ती * सजीएर आइन उनी भेट्न भनी मलाई एकोहोरीन् के मा खै , म बोलिन कत्ती

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो सपना अनि चाहाना

~अभागी मिनम घायल असफल~ पँक्षी बनी आकाश चुम्ने रहर थियो तर मेरो रहर खोटो रहेछ रहर-रहरैमा सिमित भईदियो ! सुन्दर फुल बनी सुबाश छर्ने ईच्छा थियो तर मेरो इच्छा अपुरो रहेछ फुलको अस्तिथ्यो भुइमा झरी गयो !!

Posted in कविता | Tagged | Leave a comment

कविता : आफनै धर्ति प्यारो

~तारा पौडेल~ छिद्राबाट चिहाएर हेर्न मैले खोज्या । आफ्नो देश छोडी मैले विदेशलाई रोज्या ।। अर्थहिन संसारमा अस्तित्व नै मेट्या । जात धर्म, भेष भूषा सबै अर्कै भेट्या ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : आज मेरो सालिकको अनावरण

~यतिराज अजनबी~ मलाई कुनै उदभास थिएन न थियो कुनै आस नै समय शेक्स्पियर बन्छ भन्ने तर थाहा पाऍ जब म छक्क परें म बाँचिरहेंको थिएँ नाचिरहेंको थिएँ मेरै दुनियाँमा तर मलाई विधीका सांसदहरुले

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : भगवान निदाएको ठाउँ

~प्रभास बिप्लब~ साँझको समय छ । मन्दिरको भित्तामा एउटा हातले अडेस लागेको छु । भगवानहरु सधै निदाएको ठाउँ हो, मन्दिर । जहॉ मान्छेहरु निदाएको भगवानसँग भक्तिको हल्ला गर्छन् । मैले पनि आफूलाई हिन्दुत्वको भावले अडेस लागेको ठान्दछु । तिहारको मौसम … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : अर्काइभको लागी

~निर्जला अधिकारी ~ आमा! आज म कोर्दै छु तिम्रो, मेरो वा हाम्रो चित्र कतै धुमिल कतै तिख्खर रंङहरु र बाङ्गो अनुभवको कुचिले तिम्रो टुटेको सपना

Posted in कविता | Tagged | Leave a comment

कथा : अदृश्य मूर्ति

~विन्दु सुवेदी~ जापान छोडेको यतिका वर्ष भइसक्दा पनि मलाई त्यो देश मानव विम्बहरूमा आइरहन्छ। त्यहाँ भेटेका मानिस र तिनका कथाहरू अहिले पनि पटकपटक क्षितिज जस्तै खुल्छन्। मैले अत्यन्त नजिकबाट चिनेको एउटी जापानी महिलाको जीवन कथा र तिनको कला र जीवनका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तरंगको बम

~गोविन्दप्रसाद आचार्य~ विचारलाई बमले खान्न किन जानेनौं बम भन्दा विचारको तेज मानेनौं बम हारेको इतिहास सम्झौताको पाऊमा विचारविहिन बमको धम्की कवाडीको भाऊमा (१) हारेकाले पेट पाले बमको धाक लाएर माफी मागी सक्याछन् सम्झौतामा झुकेर मागी खाने भाँडो हो बमको धाक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : खोट !

~रमेशप्रसाद तिमल्सिना~ एउटा सुन्दर गाउँ थियो । उक्त गाउँमा असल नियतका मानिस धेरै बस्थे । सृष्टिको रचनामा केही नराम्रा मान्छे -स्वभाव नराम्रो) पनि बनाइएको छ । उक्त गाउँमा विवाह, ब्रतबन्ध आदिको भोजभतेरमा एउटा खलक -जिजुबाजे एउटै भएको दाजुभाइ खलक) जहिले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लामो कथा : दस्तावेज

~रामप्रसाद दाहाल~ पूर्वकथा टेलिफोनको घण्टी बजिरहेको थियो। डाक्टर अविजितले पहिलो घण्टी नै सुने पनि त्यसलाई उठाउन चाहेन। पुषको मध्यरातमा सिरकभित्र स्वास्नी अँगालो मारेर सुतेको लोग्नेमानिसले त्यो तातोपन छोड्न पटक्कै चाहेन। ऊ डाक्टर नै भए पनि इमर्जेन्सी कल ऊ कहाँ आउदैनथ्यो। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जिन्दगी

~अभागी मिनम घायल असफल~ जिन्दगीले बाटो भुल्यो मेरो संसार अन्धाकार भैदियो जिन्दगीले गल्ती गर्‍यो सजाय आज मैले भोग्नू पर्‍यो

Posted in कविता | Tagged | Leave a comment

बहरवद्ध गजल : किन सताएकी ?

~इलामेली टीकाराम दुलाल~ छन्द : तिमाल प्यारी प्यारी मेरी रानी, किन सताएकी ? के भो गर्छौँ आनाकानी, किन सताएकी ? कामैले हो मेरो साच्चैँ अलि ढिला भाको केही बोले हुन्थ्यो सानी किन सताएकी ?

Posted in गजल | Tagged | Leave a comment

गजल : निधार बेग्ला बेग्लै

~मनोज काफ्ले ‘मनसुन’~ मानव हुन् एउटै तर निधार बेग्ला बेग्लै सानो ठुलो कोहीछैन बिचार बेग्ला बेग्लै अजम्मरी छैनन् कोही जन्मेपछी मर्नैपर्छ यो जिन्दगी अन्तहुने किनार बेग्ला बेग्लै

Posted in गजल | Tagged | Leave a comment

कविता : उदाश

~सागर कार्की~ तिमी छौ र त मायाको आश छ । जसै फूलमा मिठो सुवास छ ॥ म नखरा गर्छु तिमी गालि गर्छौ अनि लाग्छ जिवनमा प्रकाश छ ॥

Posted in कविता | Tagged | Leave a comment

कविता : यो मेरो संकल्प हो

~इप्सुल मगर~ लालीगुराँसको रंग भन्दा गाढा वनोस् शिर ठडाएको सगरमाथा भन्दा उच्च वनोस् आ – जीवन हाम्रो सम्वन्धमा वषन्त छार्इरहोस् यति मीठो र अटल हाम्रो सम्वन्ध वनोस् ताकी प्रत्येक पल कोईलीले पनि

Posted in कविता | Tagged | Leave a comment