Tag Archives: nepali sahitya

कविता : गन्तव्यबिहिन जिबनको यात्रा

~योगेन्द्र जोगी ‘संघर्ष’~ कोर्दा कोर्दै सकिने भयो जिन्दगीका पानाहरू हेर्दा हेर्दै सकिने भयो मनका सबै चाहनाहरु मुना मदनकै कथा भयो मिलनका सारा परखाईहरु तडपिरहयो मन बल्झिरयो बिछोडका कथाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : पीडा वोध र उन्मुक्ति

~केवल गंगा गुरुङ~ टेकिएका कोमल धर्तीमा जव अप्रत्यासीत चट्याङ्गहरु बेजोडले बर्षीदिन्छ यी अल्हादित मनहरु टुक्रा टुक्रा वनि उछीट्टीन पुग्छ तव जोड्नलाई अस्विकार गर्छन् यी संसारका प्रशिद्ध विचारहरु कतै अलच्छिनाको लान्छाना लगाउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : गुन्द्रुकको परिभाषा

~स्यानु पाईजा~ जीवनलाई बुझ्न खोजेको बेला जीवन गुन्द्रुक जस्तै अमिलो छ तिमी यस्लाई के भन्छ्यौ ?? म अमिलोलाई मिठो मानेर खान्छु जीवनलाई मैले हरेक कोणमा दाँज्दा हेराई, बुझाई, सोचाई फरक हुन सक्ला समाय र परिवेशमा अलग ब्याख्या होला कोहि भन्दछन- … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : यो जिन्दगी यस्तै हो

~सुमलकुमार गुरुंग~ “नेपालबाट ट्रङ्ककाल आ’को छ मनप्रसादलाई छिट्टो बोलाएर ल्याउँ बत्तीस” भनेर कम्पनी बाबुजीले रनरलाई उसको आर्मी नम्बरबाट पुकारेर अह्राउँछ । रनर (सेनामा दस्तावेज र सञ्चारवाहकको काम गर्ने) दौडदै गएर छेउको ब्यारेक अघि हतियार सफा गरिरहेको मनप्रसादलाई खबर दिन्छ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : पूजा किन गर्छन होला

~बसन्तमोहन अधिकारी~ मान्छे मार्दै मन्दिरमा पूजा किन गर्छन होला रगतको खोला बिच मान्छे कहाँ तर्छन होला जन्म पछि मृत्यू हुन्छ, मानवको शरिर यो मान्छे भई मान्छे मार्दै किन पाप भर्छन होला

Posted in गजल | Tagged | Leave a comment

कविता : कठै ! यो बर्तमान

~आचार्य प्रभा~ अक्सर म बर्तमानसँग सोध्ने गर्छु आखिर यो संघर्ष,यो लडाईं केका लागि त ? कहिले मन थाक्छ लखतरानसँग कहिले मस्तिष्क थाक्छ हैरानसँग फेरी पनि आउछन समस्याहरु बिभिन्न रूप अवधारण गरी अनी आश्वासनको मल्हम पोँतिन्छन

Posted in कविता | Tagged | 1 Comment

लघुकथा : अवसर

~जीवन दहाल~ एक बिहानै लुगासुगा लगाएर चिटिक्क परि बाहिर जान निस्किएको छोरालाइ राम रतन झाले हकार्‍यो “कहाँ जान लागिस रे बबुवा, यति बिहानमै ?” “मधेसिको नाका बन्द गर्ने आन्दोलमा बापु”-छोरो राम आषिसले छोट्करिमा उत्तर फर्कायो । “हँ ! यो नाका … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : दृश्य र म

~टंक सम्वाहाम्फे~ दृश्यहरु म देखिरहेछु र हेरीरहेछु मन्त्रमुग्ध भएर एउटा रमितेले झैं क्षण क्षण बद्लीरहने अनेकौ दृश्यहरु लागिरहेछ दृश्यहरु म जुन देख्छु ती दृश्यहरुले मलाई पनि हेरीरहेछ जसरी म दृश्यलाई हेरीरहन्छु

Posted in कविता | Tagged | Leave a comment

कथा : सहरयात्रा

~पुरुषोत्तम दाहाल~ “ह्वात्त टाउकोमा केही बजि्रयो र ह्वास्स नाकमा दुर्गन्ध पस्यो । जीउभरि केही खोस्टा, छोक्रा र लिँडका टुक्राहरू भरियो । न आँखा सिधा उघ्रिन सक्यो, न हातखुट्टा नै चले । माथि कताबाट हो कुन्नि स्त्री स्वर सुनियो ‘विनावी’ ।” … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पागल मान्छेहरू

~मोतीराज बम~ जब उर्लन्छ वेगले धनवान खहरे तब गतिहीन भएर बग्छ विवेकको नदी जब मडारिँदै तमासा देखाउँछ क्षितिजमा दम्भको कालो बादल तब लुसुक्क किनारा लाग्छ क्षमताको किरण जब हुङ्कार गर्छ आडम्बर हुरी बनेर सर्वत्र तब निहुरिन्छ आफैँ स्वाभिमानको धुपिसल्ला भन्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : सबै आफ्नो

~दिलिप योन्जन~ सबै आफ्नो पराइ भए, बाच्नु केको लागी तल बगाई माथी खोज्ने,मान्छे कति स्वार्थी ! एउटा मुटु दुइटा भयो, लागे पछि खोट बाच्नु भन्दा मर्नु निको, लागे पछि चोट बाहिर जती हासे पनि, मनै रहेछ पापी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : थुक्क म पत्रकार !

~डिल्लीराम अंमाई~ मेरा शब्द घोरिइरहेछन् भाव गंगा किनारभरि मित्र, म कहाँनेर छु ? म कसैभित्र छु रू वा मभित्र कथित अभिशप्त निर्देशित चाह बसेको छ ? हो, मभित्र केही छ जुन मैले चिमोटी रहन्छु अनि, ऊसले मलाई चिमोटी रहन्छ ।

Posted in कविता | Tagged | Leave a comment

छोक : बनेर अन्जान

~गणेश पुर्बछाने मगर~ बनेर अन्जान गरे चोखो माया भएछ म बाट भूल क्ष्यण भर को निम्ति राख्यो उस्ले संगाली पाए धोका स्वार्थी धमिलो रैछ माया छोडेर गईं सम्झना को फूल

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्रा मिथकको गडतिरमा

~टंक वनेम~ मिथक हो सावाला खोला कहाँ बग्थ्यो खोलाको पानी धमिलो थियो कि ? नीलो थियो मिथकले सप्रसंङ्ग ब्याख्या गर्दैन तर एउटा कुरा चाहि पक्कै हो सावाला खोला वारि पारि मृत्युमा बिजोर बिजोर र उत्सवमा जोर नाल बन्दुक पड्किन्थ्यो उसो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रो सुकमोल हार

~सूर्यविक्रम याक्खा~ दिन्छौ भने देऊ तिम्रो सुकमोल हार , प्रस्ताव राखी झुक्यौ किन, बारम्-वार !१! म त आउथे लिन डोली संजाएर , अझै भन्छौ पर्ख , तिसौ वसन्त पार !२!

Posted in गजल | Tagged | Leave a comment

गीत : ए हावा

~सागर कार्की~ कस्तो छौ के गर्दै छौ, कति सुन्दर भयौ कुन्नी । सम्झी मलाई पर्खिराछौ कि, कि त अन्तै गयौ कुन्नी ।। ए हावा सुनाईदे मेरो कथा मेरी मायालुलाई परदेशीको व्यथा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मनको व्यथा

~अभागी मिनम घायल असफल~ साचो कुरा भनी दिदा, झुटो सम्झी सबै कान थुन्छन ! मनको पिडा सुनाइ दिदा , काल्पनिक भावना भनी दिन्छन !! मुटुको दुखाइ सुनाइ दिदा , कुनै कविको रचना सम्झी दिन्छन !!! दु:खले भरिएको ब्यथा सुनाइ दिदा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : क्या चाल छ

~इप्सुल मगर~ वाह ! आधुनिकताको क्या चाल छ युवाहरुमा खाली कूलत र मायाँ जाल छ रमिता हेर्ने भन्दा रमिता देखाउँने धेरै त्यसैले त प्रत्येक विषयमा हड्ताल छ

Posted in गजल | Tagged | Leave a comment

कथा : क्यानभासभित्रको देवीप्रसाद

~गोपाल दुलाल~ देवीप्रसादको घरमा त्यो रात खुसी छाएको थियो । यसपालीको तिहार भने साँच्चै नै रमाईलो होला भन्ने विश्वासमा थिए उनीहरु । आजै मात्र ऊ घर फर्किएको थियो, बहिनीको उपचार गरेर, । जन्मजात चिरिएको ओठ लिएर जन्मिएकी देवीप्रसादकी बहिनीको मुहार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उही अभिव्यक्ति, अनिद्राको

~शिरिष लामिछाने~ भेट्न नआएकी निद्रा र घुर्की लाउँदै गरेको भोको पेटको सुरमा म भने, निस्पट्ट अन्धकार अनि एक अचम्मको शून्यताबीच आफ्नो कलम नचाउने प्रयासमा छु कलमले नाचेर

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमी बिना

~प्रमोद अमात्य ~ तिमी बिना ज़िन्दगी यो, जिउन साह्रो भो जीवनका पाइलाहरू अब, चाल्न गाह्रो भो । सबै छन् यहाँ, मात्र तिमी छैनौ सबथोक छ, तर केही बाँकी छैन जूनेली रात छ, तर छैन कतै जून तिमी बिना बाँच्ने, कुनै … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : म बेचिएको चेली हुँ

~चकेन्द्र राई “कैदी”~ मेरो हासो खुसि र आकांक्षाहरु केहि छैन जिवन जिउनुको अर्थ र सार्थकता पनि छैन किन कि म बेचिएको चेली हुँ भन्छन बेचिएको चेलीको कुनै रहर हुदैन रे । सप्तरगीं सिंगारमा सजिएर हिड्नु नारी पर्व तिज र भाईटिकाहरुमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : पाहुना

~रामप्रसाद दाहाल~ आखिर जुठेल्नेामा कसैले भाँडा बजारेको सुनियो र आमाको हातबाट चिया समाएर सुर्को तान्नै आँटेकी मञ्जरीले झस्केर सोधी– “के भयो फेरि? कसले भाँडा बजार्छ त्यसरी?” आमाले दिक्क मानेको स्वरमा भनी– “खै ! त्यो लाटी राँडी बौलाएकी छ आज फेरि। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : एउटै घाम जून

~लक्ष्मी गाइजू~ आगनीमा सबको खेल्ने एउटै घाम जून आफ्नो बिरानो नछुट्याउने एउटै घाम जून को ठूलो को सानो छुवाछुत किन हो सानो ठूलो सबको दैलो छिर्ने एउटै घाम जून

Posted in गजल | Tagged | Leave a comment

कविता : जिन्दगीको नियम र रिती

~अभागी मिनम घायल असफल~ कागजको डुङगामा राखी जिन्दगी नदिमा बगाइ दिउ जस्तो लाग्छ धर्ती छोडि आकाशमा बादल सँगै उडिजाउ जस्तो लाग्छ तर जिन्दगीको नियम यस्तै रैछ यो पापी दुनियाँमा जिउन वाध्य छ! चितामा राखी आफ्नै जिन्दगी जलाई दिउ जस्तो लाग्छ

Posted in कविता | Tagged | Leave a comment

बहरवद्ध गजल : कतै आउला

~इलामेली टीकाराम दुलाल~ छन्द : शार्दूलविक्रीडित पानीसंग नखेल दङ्ग परदै बाडी कतै आउला गट्टा गट्टि नखेल है सडकमा गाडी कतै आउला ।१। यो मैदान हुदा त छैन भर खै लाग्ने अहो ठेस लौ भो बिस्बास् नगरेस है सफरमा खाडी कतै … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो वर्तमान

~टंक वनेम~ भुण हत्याको भागीदार जूनघाम जुठो पारेको अभियोग कण्डमले खोसेको बीर्य स्वतन्त्रता न्यूमेरस नियन्त्रण गर्न नसकेर आधुनिकताको रङमा रङगिन्दै सडक नाप्छ पाइतला घाम हराए पनि या जून उदाए पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : राजमार्ग र गुरुजीहरु

~टेकब कोइराला~ पहिले पहिले राजमार्गहरु अग्घोरै चल्तीमा थिए चक्काहरु गुड्थे रातोदिन यो बिसौनीपछि ऊ बिसौनी फलानो बस्तीपछि ढिस्कानो बस्ती गुरुजीहरुलाई मनग्गे ‘मालुम’ थियो। आजकल राजमार्गहरु अग्घोरै उराठलाग्दा छन् चक्काहरु महिनौसम्म जाम हुन्छन् मंसिरको चार–पाँच गते चक्का गुड्छ फेरि अर्को पालो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चिठ्ठी

~इस्माएल सुब्बा~ तिमीले त केवल सजाउन चाहेको थियौ एउटा अर्थपूर्ण जिन्दगी, र नै मागेको थियौ, केहि महत्वपूर्ण कुराहरू… एउटा टुक्रन्दै गएको पेन्सल, जसले कोर्न थियो जिन्दगीका उकाली-ओरालीहरू, अग्लो अग्लो आशाका पहाड, र चौडादार भित्ताहरू प्रयासको। लेख्नु थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : कर्णाली !

~सुरज दाहाल~ कर्णाली ! उनी चट्टानहरु सग जुध्दै मानसरोवर बाट झर्छिन भिमकाय पहाडलाई छल्दै मुगुमा स्वास फेर्छिन हजारौ जलचरलाई गर्भमा बोकेर कालीकोटेलाई चुम्बन गर्दै रारा ताल सग सहबास गर्छिन डोटीको पसिनाको तालमा अछामको सपनाको छालमा उनी हजारौ वर्ष हराएकि छन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : कठै बिचरा

~वाचस्पति रेग्मी~ हजारौ मान्छेका मनमा हजारौं सपनाहरु हुन्छन् । सपनाहरु परिस्थिति र समयको भेलसगै उतार चढाव भैरहन्छ । एक मान्छेको एक सपना भए पो हुन्छ र । एउटै मान्छेको धेरै इच्छा, चाहना र सपनाहरु भएपछि मान्छे असनको भिडमा अलपत्र परे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नामर्दकी साली

~विमल नेपाल~ आज म स्फुर्त छु । किनकी प्रकृती अनपेक्षित खुसि देखिएकी छ । उसलाई यतिको खुलेको देख्नु नै आजभोलीको मेरो खास खुसी हो । जागिर, पैसा लगायतका अन्य प्रप्तीहरु फिक्का हुन्छ । उनको मुहारमा प्राकृतिक चमक देख्न पाउनु नै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment