Tag Archives: nepali sahitya

कविता : नेपाल बन्द

~शिरिष लामिछाने~ सुनियो फेरी नेपाल बन्द भयो रे रमाइलो नै भयो रे स्कूलाँ गेट लाग्यो रे, सडकाँ टायर नी बल्यो रे जाडोको बेलाँ राती मसाल जुलुसको आगो अनी दिउँसो गोरखकाली टायरको राँको सबले मनग्ये तापे रे साँच्चीकै रमाइलो भयो रे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमीलाई सम्झी

~दिव्य गिरी~ रातभर जून रोयो तिमीलाई सम्झी दिन पनि उदास रहृयो तिमीलाई सम्झी । फुलेका थे मखमली, बेली-चमेली गुलाफको फूल छोयो तिमीलाई सम्झी ।

Posted in गजल | Tagged | Leave a comment

गजल : आसुँ सुक्दा पनि

~इप्सुल मगर~ रसार्इरह्यो गह अझ आसुँ सुक्दा पनि बोक्नै नसक्ने ब्यथा रै’छ हेर्दा हृदयमा खनि पूर्णिमाको रात मलार्इ वन्दा काल रात्री अव शायद मेरो भाग्यले गर्दा होला मनोमानी

Posted in गजल | Tagged | Leave a comment

कविता : पिडा केहो ?

~लिल बहादुर खत्री ‘ललित’~ पिडा केहो भन्ने धोका खाएकालाई मात्र थाहा हुन्छ जतिखेर मुटुको देव्रेपट्टि केहि असजिलो भएको हुन्छ । व्यथाको गहिरो चोट आँसु पिएकालाई मात्र वोध हुन्छ कसैले दिएको चोट सोच्न सक्ने नसामा गएको हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : जेल रैछ माया

~सुरेश पोखरेल~ एक्लै तड्पी बाँच्नु पर्ने जेल रैछ माया हेर्दा हेर्दै डाँडा काट्ने रेल रैछ माया मिठो माया सम्हालेर हाँसी खुसि जिउँला भन्थें रुने अनि रुवाउने खेल रैछ माया

Posted in गजल | Tagged | Leave a comment

गीत : हाम्रो तेन्जिङ शेर्पाले

~धर्मराज थापा~ हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा गम्केर बजा खैँजडी, झम्केर नाँच मुजुरा सगरमाथि चम्किने नेपाल तारा तेन्जिङलाई छक्कै परी विश्वले स्याबासी दिन्छ हेर भाइ हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा चिसो हिमाल चुलीको तातो मुटु तेन्जिङ हो हिमालचुली … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

निबन्ध : पातुको बगर

~टंक गौतम~ बर्सिन्छन् अभावका बादलहरू, प्रत्येक बस्तीहरूमा । सुकेका आँतहरू आकाश हेर्दै भक्कानिन्छन्, र पीडा पिउँछन् प्रत्येक दिन । हो, मेरो जन्मभूमि हो यो, मेरा पुर्खाको रगत र पसिनाले भिजेको माटो । हेर्छु, पटुका कसेका पेटहरू र टल्किएका करङ्हरू । … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : ताप्नै छ बाँकी दिनको पहार

~तीर्थराज अधिकारी~ फुल्दै थियो कोमल लोकतन्त्र निल्दै उठ्यो गोमन झोँकतन्त्र उमान्दको बन्दुकको रजाइँ खप्दै बिते दर्जन वर्ष रोई । बाढी, हुरी, भोक असङ्ख्य रोग छन् प्यास, अत्यास यतै वियोग बनेर चिल्ला सर –कार चढ्छन् पसेर भ्रप्रा किन दर्द बुझ्छन् ?

Posted in कविता | Tagged | Leave a comment

कथा : भाइ र फूल

~अमर न्यौपाने~ उसलाई थाहा छैन आफू पा“च वर्ष भएको बाबुले बिर्से पनि आमालाई एक दिन अझ भनौ एक घन्टा पनि फरक नपर्ने गरी थाहा छ । उसको सानो भाइ छ महिनाको भयो । भाइ छ महिना भएको पनि थाहा छैन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : शंकालु त श्रीराम धेरै

~गणेश कार्की~ खोज्दै जाँदा कहाँ रोकिने, गुणमा कि अवगुणमा? पत्याउँथ्यो रे रावणले, शंकालु त श्रीराम धेरै ।। स्यालको कर्कश आवाज, रात भन्दा बिहान धेरै फेरि नहोस् यस्तो कहिलै, पिर्का भन्दा चिहान धेरै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्तिको ध्वनि छर्दै जाऊ

~चाँदनी शाह~ पुस माघ महिनाको जस्तो पारिलो घाम बनेर यो आकास धरतीबिचको कुहिरो हटाइदेऊ तिमी ध्रुवतारा जस्तै सधैं सत्य अटल अमर बनेर विकासका लक्ष्य र बाटाहरू पहिल्याइदेऊ तिमी यी पाइलाहरू तिम्रा सधै बढिरहून यसरी नै हर गाउँ गोठ आगन पँधेरीमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा जीवनी : राजाको गद्दीमा बस्ने पहिलो नेपाली केदारमान व्यथित

~नरेन्द्रराज प्रसाई~ नेपाली भाषासाहित्यको सङ्गठन र सृजनामा समर्पित थिए- केदारमान व्यथित । उनी सङ्गठनका महारथी र सृजनाका सम्राट् थिए । उनी त्यत्तिकै न्यायिक पनि थिए । राणाकालीन युगमा देशको चौतर्फी विकास र जनताको सुक्खसमृद्धिको माग राख्ता उनी पक्राउ परे । … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

कविता : हाँसिरहेको छु

~मदन मुस्कान~ हो म हाँसिरहेको छु बेदना अनि बिबशताको हासो असफलता अनि लजस्पदताको हासो समस्या अनि अभाबताको हासो करुणा अनि बिच्छुकताको हासो! किनकि म रित्तिएको छु अदैृत अनि उमंग बाट म नाङ्गि सकेको छु अब स्वाभिमान र अस्मिता बाट मैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : अर्कै तिर सरेउ अरे..!!

~हरी गौतम~ झुटो आरोप लगाई मलाई अर्कै तिर सरेउ अरे..!! सुने खबर पराईको सिन्दुर पनी भरेउ अरे..!! दौलतको तराजुमा जोखाएर मोल-तौल गरी”- चोखोँ प्रेम लत्तायर मधेश तराई झरेउ अरे..!!

Posted in गजल | Tagged | Leave a comment

कविता : मरेको छैन त्यो जीउदो छ अझै

~ठाकुर मान लामा~ मरेको छैन त्यो जीउदो छ अझै देशको निम्ति मर्नेहरु अमर हुन्छ सधै एउटा तारा खसेर के भो असंख्य तारा भेटिन्छन् देशको रक्षार्थ निम्ति कयौं वीर सपुतहरु जन्मिन्छन् डराउदैनन् उनीहरु बरु बनिदिन्छन् शहिदहरु मरेको छैन…………….

Posted in कविता | Tagged | Leave a comment

कविता : अग्लिरहेछ

~लारा राइ~ अग्लिरहेछ……….. प्रश्नहरुको पहाड़ र, प्रत्येक मोड़हरुमा अनि औसत मान्छेहरुका हुलबाट अलग्गिएर भूगोलको यो गोलार्द्धमा अग्लिरहेछ………….. प्रश्नहरुका पहाड़ कुन नियतिले डोर्र्यायो होला? रहर/बाध्यता या, लहै लहै!

Posted in कविता | Tagged | Leave a comment

सिजो : रात र दिन

~भीष्म उप्रेती~ रात र दिनलाई एकै गरेर बसिरहेँ फूलको छेउमा काँडासँगसमेत

Posted in सिजो | Tagged | Leave a comment

व्यङ्ग्य गजल : गाउँमा फर्किन्छन् यिनै

~मरुभूमि नारायण~ जब चुनाब आउँछ गाउँमा फर्किन्छन् यिनै जितेर शहर पस्छन् परपर तर्किन्छन् यिनै । सोझा जनतालाई बलिको बोको बनाई घोक्रे स्वरले हामी माथि गर्जिन्छन यिनै ।

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : नियति

~भिम बहादुर थापा~ व्यस्त संसार, खुल्ला निश्वास, पेवा होइन कसैको यो आनन्दको सर्वोच्चता, सर्वव्यापी फुल्दैन यो, सजिव इच्छा छेकिंदो छ, रोचक कथा जिन्दगी यो विवेकको वशभित्र, झुल्दो छैन नियति यो, ** समस्याको खडेरीमा, अठोटहरु छिपेपछी

Posted in कविता | Tagged | Leave a comment

छोक : चोखो माया

~गणेश पुर्बछाने मगर~ बनेर अन्जान गरे चोखो माया भएछ म बाट भूल क्ष्यण भर को निम्ति राख्यो उस्ले संगाली पाए धोका स्वार्थी धमिलो रैछ माया छोडेर गईं सम्झना को फूल

Posted in कविता | Tagged | Leave a comment

कविता : म काठमाडौंको मान्छे

~कर्मठ सुवेदी~ म काठमाडौंको सम्भ्रान्त परिवारमा जन्मेको मान्छे म काठमाडौंको Boarding मा अङ्ग्रेजी रटेर हुर्केको मान्छे, मलाई तिम्रो गरिवीले काँही छुदैंन मलाई राष्ट्रियताको बोल सुन्ने बानी छैन । मेरो शहरको वरिपरि, जस्तै विपत्ती पनि थेग्न सक्ने बलियो पर्खाल उभिएको छ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कलम तिमी

~अमन महर्जन~ घात र प्रतिधातको कसिमा बांघेको प्रतिगामी कलम सड़कछाप र ड़कैतहरूले रमाएको कलम मसानमा बल्दै धुंआंस्रिएको आगोमा हाँसेको कलम रोदन र आंसुमा नाचेको कलम कहिले तिमी असत्यलाई सत्य बनाउँछौ

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अनधिकृत बस्ती

~रमेश विकल ~ माथि लेकमा त्यस रात एक्कासी असिन्धारे पानी परेर त्यसको काखमा बसेको गाउँ बस्ती सोलोलो तुल्याए–पैरो गएर ! गाउँका बासिन्दा पैरामा पर्ने परि गए, उम्किएकाहरू बचाउन सकिएका धनमाल र बस्तुभाउ कुम्लोकुटुरो पारेर एक रात तल तराई बेसी झरे। … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

सुनिता सापकोटाक १० मुक्तकहरु

~सुनिता सापकोटा~ मुक्तक 1 हुदैन रात नढली बिहान हुदैन अनि लक्ष्य बिनाको अभियान हुदैन हो,सधै बेकुफ बनेर किन दौडिन्छौ?? मान्छे नगाडी कतै पनि चिहान हुदैन ======== मुक्तक 2 भिरमा जाने गाइलाइ अगालेर हुदैन पानी माथी आगो कहिल्यै बालेर हुदैन तिमी … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : क्याम्पस गेटकि बहुलाई

~कमल ढकाल~ २०६५ साल माघ महिना l प्रकृति लाई चुनौती दिंदै अर्धनग्न  हिंड्ने युबतीहरु पनि आजभोली छाला रंग को लेगिन्स लगाएर हिंड्न थालेका थिए l यिनीहरुलाई थाहा छ आँखाको कमजोरी, सत्य देख्दैन सतह देख्छ l र  निरीह बुद्धि को दुर्बलता, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : माछापुछ्रे

~आभाष~ बोकेर केही थान आइस क्यूब लेक साइडतिर झर्छ– माछापुछ्रे छिर्छ मधुरसले सजिएको कुनै ब्रान्डेड बारभित्र अर्डर गर्छ एउटा लार्ज पेग ह्विस्की

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरा रहरहरु ज्यूदा छन्

~गणेश कार्की~ म छु सँगै तिमी छौ अनि मेरा रहरहरु ज्यूदा छन् बग्दछ माया यत्र तत्र, नदि नहर हरु ज्यूदा छन् । अभावमा तिम्रो साथ पाएँ, सुखमा पनि तिमी खोज्छु आशा छन्, सयौं सपना छन्, अनि प्रहरहरु ज्यूदा छन् ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : कमाई गर्नेहरु…

~अज्ञात मित्र सागर~ सल्लाहको शुल्क माग्छन्, कमाई गर्नेहरु… सेवा नै हो धर्म भन्ने, भनाई गर्नेहरु… ज्यानै बाजी थाप्ने योद्धा, साहसी छन् भन्थेँ, मृत्युसँग भाग्दा रैछन्, लडाई गर्नेहरु…

Posted in गजल | Tagged | Leave a comment

गीत : पारि गाउँको निष्ठुरी

~केवल गंगा गुरुङ~ वादलुले छेकिदिएर हो कि ? मायालुको गाउँ देख्नै पाइन आज दिन बित्यो नैराश्यतामा कता कता चस्को पर्‍यो यो मुटु माझ । उनको घरको टल्किएको टिनको छानोदेखि

Posted in नेपाली गीत | Tagged | 1 Comment

गजल : गजलकार आज

~ईश्वर शाही~ त्यै भट्टी छिरेछ गजलकार आज ।। बैमानी भिरेछ इमानदार आज ।। के बयान गरौ र पत्याउनै गाह्रो , रावण भएछ मिलनसार आज ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : पाँच वर्षकी छोरी

~दिव्या बज्राचार्य~ छोरीलाई बुद्धि छैन भन्दै गाली गर्छु तर तीर्खा लाग्दा छोरीले पानी ल्याइदिन्छे थकाई लाग्दा विस्तारै खुट्टा सम्सुम्याइ दिन्छे कस्तो लाटी होला भन्छु म दुखि हुदा मलाई हसाउँन खोज्छे

Posted in कविता | Tagged | Leave a comment

कथा : समानता

~रामप्रसाद दाहाल~ मुसोले हात्तीसँग विहे गरेको कुरा विश्वभरि फैलियो र सबैले हात्तीको उदारता र मुसाको बहादुरीको प्रशंशा गरे। उनीहरू समानताका अनुपम उदाहरण भए र उनीहरुको कार्यलाई असमानताको अन्त्य गर्ने पहिलो व्यवहारिक खुटकिलो मानियो। त्यही उपलक्षमा भोज भए, उत्सव गरियो र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment