Tag Archives: nepali sahitya

कविता : परसरेकी छे कविता

~नरेन्द्र पराशर~ एकरसताको महानिद्रामा स्वप्नदोष्ले स्खलित आकाश तुष्ट देखिन्छ नजिकै सिर्जनाका स्वप्नपुष्प लुकाएर ख्यालठट्टै धर्ती अवैध गर्भवती भएकी छे सौन्दर्यको दुनियाँँमा आनन्दको भाग खोस्न संसार अगाडि सर्दा आजै परसरेकी छे कविता !

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : एक्लो यात्री

~अभागी मिनम घायल असफल~ लक्ष्य पहिल्याँदै हिंडेको एउटा यात्री धेरै पर पुगिसकेको हुन्छ । तर गन्तब्यमा कहिल्यै पुग्न सकेको हुँदैन ! सुनसान गोरेटो उराठ लाग्दो हावाको आवाजहरु मात्र सुन्छ । चारै तिर सुन्यता नै सुन्यता ! अन्तत: उ अलमल्लमा पर्छ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : ​घोडावालीको तखतको साबुनहरु

~पौल भाट~ एकदिन म कटासे बजार घुम्दै थिए ! बजार माथि माथि पुल तिर बढ्ने क्रममा थियो ! दिउसो को समय थियो , कहिले कहिँ साग मुला लिएर बिक्रि गर्ने बजार कटासे थियो ! जाँदा सोझो गाउको बाटो , आउदा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : किन्न नसकिएको इज्जत

~दीपक घिमिरे~ नाइँ नाइँ हँुदैन । अरु एक क्वाटर त थप्नुपर्छ यार । ओखरेले मान्ने वाला थिएन, उसलाई आज मात्ने गरी रक्सी पिउन मन लागेको छ सायद । तर मलाई खै किन हो आज रक्सी पिउन नै मन छैन । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित सिजो : पहाड

~याङ्ग सा-इओन~ पहाड जति नै अग्लो होस्, यो स्वर्गकै मुनि त हो चढ, चढ र माथि चढ्दै

Posted in अनुवादित साहित्य, सिजो | Tagged , | Leave a comment

गजल : म के गरुँ

~लिल बहादुर खत्री ‘ललित’~ आखै भरी तस्विर त्यो झल्किदिन्छ म के गरुँ आखा चिमले उहि रुप टल्की दिन्छ म के गरुँ। जति टाढा उति गाढा तिम्रो माया हृदयमा पोल्दै छाति दिलमा राको सल्किदिन्छ म के गरुँ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : धूँवा देखियो पाखामा

~दिलमान राई ‘चोट’~ कुइरोले आगो सल्काए छ धूँवा देखियो पाखामा। सम्झौतामा सिमल फुलेछ भुवा देखियो पाखामा।। जिन्दगी लथालिङ्गै छ जता हेर्यो उतै अन्धकार। रंगीन चस्माको दोष भो सपना देखियो आँखामा ।।

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : सम्झना कार्डको झापड

~बसन्त विवश आचार्य~     सबै गोजा टक्टकाए पाईन्ट र सर्टका अहँ खुसीको एक टुक्रो घाम पनि भेटिएन । राति देखिको मनको उकुसमुकुस अन्ततः निराशाको किनारा लागेर जुन सँगै कुलेलम ठोक्यो । जुन हराए पछि त साँझसम्म आनन्द भयो तर यो अत्यास फेरि … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : बतासले चोट लाग्दा

~करूण थापा~ तिमी छेउ छैनौ भन्ने आभासले चोट लाग्छ । टुक्रिएको फूल हुँ म बतासले चोट लाग्छ । धेरै रोएँ जिन्दगीमा अब पत्थर हुन्छु भन्थें यति कोमल मन छ कि कपासले चोट लाग्छ ।

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : केही उखान र केही बूढी

~भैरव अर्याल~ एउटा पुरानो नेपाली रिकर्डमा बराबर सुनिने गथ्र्यो– ‘लौरो टेकी पोइल जाने दाँत फुक्लेकी बूढी’ यो लोकसाहित्यबाट चोरेको तक्मा हो कि गायकले नै जोरेको तुक्का हो– थाहा थिएन । तर यसले एउटा हा“सो उठ्दो चित्र भने मनको आँखा अगाडि … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिम्रो अनि मेरो देश

~रश्मिला कवाङ~ उ भन्छ तिम्रो देश स्वर्ग हो म भन्छु तिम्रो देश भुस्वर्ग हो सम्पनतामा लहराएका उसका वालापन उसलाई कतिपनि रमाईलो लाग्दैन यस भौतिकताको सुविधायुक्त युवापन अनि बोझयुक्त बृद्धावस्थाकाृ क्षणहरु दिक्दार लाग्छ अरे, कृतिम लाग्छ प्रकृतिको सुन्दर छटाले मोहित भएका

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना

~नवराज योन्जन~ “सपना”____ तिमी को थियौ ..? कसैको छोरी थियौं कि बुहारी पनी हौ | मेरो बन्द यी दुवै नेत्र सुन्यतामा अँध्यारो कोठा भित्रको हावा जस्तै अनन्त यात्रा अपरिचित त्यो मुहार

Posted in कविता | Tagged | Leave a comment

कविता : म मातिएको बेला

~पुष्पा खनाल~ नआऊ मेरो सामू, म मातिएको बेला जे पनि हुन सक्छ, म पातिएको बेला भन्छन्, रक्सीले भन्दा पनि, वैंशले धेर मातिएको हुन्छ मान्छे, जवानीमा हेर

Posted in कविता | Tagged | Leave a comment

समालोचना : ‘भक्ति थापा’ खण्डकाव्य : एक दृष्टि

~डा. धनपति कोइराला~ क) विषय प्रवेश : निलमकुमार न्यौपानेद्वारा लिखित ‘भक्ति थापा’ एउटा खण्डकाव्य हो । यो ऐतिहासिक विषयमा आधारित छ । नेपालका राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा १८७० सालमा तत्कालीन नेपाल सरकार र तत्कालीन इष्ट इन्डिया कम्पनी सरकारका बीच … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

गजल : कुरा नगरौं

~कृष्ण पौड्याल~ अनगिन्ती छन प्रेमका खातका कुरा नगरौं। जिन्दगिनै पछुताउने बातका कुरा नगरौ॥ मद्दत गर्न सक्दैनौ त दु:ख किन दिएको। जरो सँगै खोदेपछी पातका कुरा नगरौ॥

Posted in गजल | Tagged | Leave a comment

गजल : सम्झन्छु तिमीलाई

~लिल बहादुर खत्री ‘ललित’~ आकाशको जुन धर्तिमा चम्कदा सम्झन्छु तिमिलाई आफुले आफैलाई भुलेको बेखत सम्झन्छु तिमिलाई । पिरतिको हाम्रो त्यो बगैचा भित्र झुमेको यादमा वसन्ति हावा डुलेको बेला सम्झन्छु तिमिलाई ।

Posted in गजल | Tagged | Leave a comment

गजल : भेटिन्छ ऊ

~स्वामी सुभाष चन्द्र~ तिम्रो दिलको सरकारमा भेटिन्छ ऊ र ईज्जतदारको,बजारमा भेटिन्छ ऊ चर्चा संगै व्यस्तताको,कुरा नगर्नुस काठमान्डौ कहिले तपोबनमा भेटिन्छ ऊ

Posted in गजल | Tagged | Leave a comment

गजल : गाउँमा

~मुक्ति गौतम~ जलाशयमा पानी छैन, बिजुली बाल्ने खोला सुक्यो रे गाउँमा मूल सुके, युध्दले मन सुके, बजारको आयतन माँत्र फुक्यो रे गाउँमा कपडा कोचेर बनाएको पुरानो मोजाको भकुण्डो खोज्न जाँदा लुकाएको बम भेटेछ सानेले, सानेको मृत्यूमा सबैको शीर झुक्यो रे … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : बाध्यतामा हाँसेको छु

~कृष्ण के.सी.~ खुसी किन्न वर्षौ देखि, मरभूमिमा बाँचेको छु रोदन बिक्ने यो शहरमा, बाध्यतामा हाँसेको छु हाँस्न यहा बन्देज हुन्छ, पीडाहरूको भीडमा तर पनि तिम्रै लागि,आफ्नो यौवन मासेको छु

Posted in गजल | Tagged | Leave a comment

कविता : सपना

~सागर कार्की~ कोही सपनीमा आउछ मुस्कुराउछ, र मिठो सपना देखाएर क्षीतिज पारीको सूर्यजस्तै विलीन भएर जान्छ । सपना मिठो हुन्छ, प्रियसीको ओठको हाँसो जस्तै सपना भित्रको सपना झनै सुन्दर हुन्छ, आँखामा फुलेको गुरास भन्दा पनि बाबै ।

Posted in कविता | Tagged | Leave a comment

गजल : यो पापी जीवन

~भूपेन्द्र काफ्ले ‘नयन’~ सोचे जस्तो हुन्न रैछ यो पापी जीवन गंगाजलले धुन्न रैछ यो पापी जीवन चोटै चोटले सजीएका फुलबारीका फुल झै जाल नै मात्र बुन्न रैछ यो पापी जीवन

Posted in गजल | Tagged | Leave a comment

कथा : ईश्वरको गर्भबाट

~रुमन न्यौपाने ‘अमन्त’~ पहिला, कथामा आईपुग्ने पात्रहरुको सामान्य जानकारी । जसले यो कथालाई एउटा आशालाग्दो आकार दिन सभ्भब भएका छन् । protagonist सगं नजिक हुने केही पात्रहरु । charlain: चार्लेएन, कथाकारको भान्छामा काम गर्ने मान्छे । उ आवशकता भन्दा बडी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हिरोशिमाका परेवाहरु

~आभास~ जब म एकान्तमा बसेर मुरली बजाउन थाल्छु हिरोशिमाका परेवा मेरो सामु आउँछन् वमले छिया छिया भएका शरीरका मासु देखाउँछन् आँसुले भिजेका पँखेटा फट्कार्छन् आँसुले सेचन गरिदिन्छन्

Posted in कविता | Tagged | Leave a comment

कथा : क्याफे लभ

~गजेन्द्र बोहरा~ पहिलो भेटमै त्यो केटी (बिहे भइसकेकीलाई के भन्ने?) ‘साइको’ लागेथी । यो हाम्रो पाचौँ भेट थियो काठमाडौं । उही क्याफे, उही कफीको चुस्की अनि उही मधुर संगीत…. । यसपालिको लुक्स अलि ट्यापे थियो मेरो । कानमा टप, फुलेकै भएपनि लामो कपाल । हातमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : बिर्सेर फेरि मलाई नहेर

~गोपाल योञ्जन~ बिर्सेर फेरि मलाई नहेर २ यहाँ एक जीबन आँशुमा डुब्छ निको भैसकेको पुरानो त्यो घाउ अनायास नै फेरि बल्झेर दुख्छ बिर्सेर फेरि मलाई नहेर

Posted in नेपाली गीत | Tagged | 1 Comment

कविता : अव्यक्त प्रेम

~गजेन्द्र बुढाथोकी~ मान्छे, बल्ल आफूले पिडा पाएपछि अरुका पिडा बुझ्छन्। हो, तिमीले प्रेममा गुमाएपछि बल्ल मेरो प्रेम बुझ्यौ जति बढी कष्ट सह्यो उति पलाउँछ/फैलिन्छ प्रेम न घृणा बन्छ, न बदला लिन्छ कहिल्यै

Posted in कविता | Tagged | Leave a comment

गजल : गुलावको फूल थियो

~कमल प्रकाश पौडेल ~ तिमीलाई नै साँचेको, गुलावको फूल थियो मृगतृष्णा पछि भेटी, बोल्ने बातको हूल थियो ।। सम्झेकै हुँ तिमी नै हौ, मेरो प्राण प्रिय पात्र तिमी र म कैल्यै पनि, नतरेको पुल थियो ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : म एक्लो छु,नितान्त एक्लो !!

~चकेन्द्र राई “कैदी”~ म माटो भएर ढुङ्गा सगै टासिन जानिन …… किनार भएर नदी सगै गासिन जानिन…… अन्यायको जातोमा मकै सरी पिसिन जानिन…… आकाश भएर क्षितिज सग मिसिन जानिन…… त्यसैले….. म एक्लो छु , नितान्त एक्लो !

Posted in कविता | Tagged | Leave a comment

रामचन्द्र कार्कीका केही हाइकुहरू

~रामचन्द्र कार्की~ १. चिसा यी आँखा मायाको बियोगमा हाँसेको मन । २. घाम न पानी रमाउदै छातामा साझको बेला ।

Posted in हाइकु | Tagged | Leave a comment

कविता : तिम्रो सम्झनामा

~कृष्ण पहारी~ एक हिक्का बाडुली काडेर आजकाल मात्रै तिमिलाइ सम्झनेगरेकोछु। तिम्रो अभाबमा छट्पटिएको मन कुन्नी किन हो सिथिल बन्दै गएकोछ तिम्ले नपत्याउन सक्छेउ

Posted in कविता | Tagged | Leave a comment

कविता : पैसाको लोभ

~रामु गैरे~ कुबेर बन्नु थिएन मलाई पिरितिको मायामा आगो लगाइ घर परिवार सबै सँग बिछोड गराइ अनी आफ्नो मान्छे पनि बनायो पराइ आफ्नै सन्तानले पनि बुवा नदेखेको धेरै भैसक्यो अनी उमेर पनि ३ भागको २ भाग गैसक्यो पैसाको जात कालो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो सिउदो

~योगेन्द्र गिरी ‘संघर्श’~ सप्तरंगी सिन्दुर तिम्रो सिउदोमा सजाइ दिउला मुस्कुराउदै तिमी भित्र मेरो दिल

Posted in कविता | Tagged | Leave a comment