Tag Archives: nepali sahitya

कविता : तिमी

~पवन शर्मा ~ रातभरी सँगी बनी सँग सँगै हिँडिरह्यौ विहानीको उषा सँगै धुमिल बनी बिलाइगयौ निष्ठुरी जून तिमी, मेरो खुशी छोपेर गयौं मलाई मात्र आफ्नो भनी प्रेमरस पिलाइरह्यौ

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो प्रेमको कथा

~सागर अधिकारी “आकाश”~ तिमी हाँस्दा चन्द्रमा हाँसे जस्तो लाग्छ तिमी बोल्दा कोईलीको कुहु कुहु लाग्छ तिमीले बोलाँउदा म बिरानो हैन जस्तो लाग्छ तिमीले गाली गर्दा पनि माया गरे जस्तो लाग्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : सबै ढलाएर गयौ!

~श्रृजना क्षेत्री~ सजाएका सपना सबै ढलाएर गयौ! चितामाथी जिउदै आज जलाएर गयौ! जुन मुटु मा बसाएथे तिमी लाई मैले त्यही मुटु मा छुरा आज चलाएर गयौ!!

Posted in गजल | Tagged | 1 Comment

कविता : मुङलाने मन

~केवल गंगा गुरुङ~ यी रुखका हाँगा पातहरुले उचाई छापी दिएर मेरो जिन्दगीको लहरा मौलाउँन पाएन फेदमै गुज्रिरहेको मेरो जिन्दगीलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि–कामना

~दुर्गाप्रसाद पोखरेल~ साँझ बिहानी उडिरहेछन् उडान तिनको छोप्न सकूँ भाव निर्झरी उलिर्रहेछन् ल्याई कविता रोप्न सकूँ अक्षर वैभव वाग नभेटी जीवन ढल्न नपाओस् कर्मठपनको सुन्दर मनको यौवन गल्न नपाओस् । शुद्ध भावको रत्न जडेर हार्दिकताको चहक बढाऊँ

Posted in कविता | Tagged | Leave a comment

कविता : पप्पी फूल र गोरखाली

~राजकुमार श्रेष्ठ ‘दीप’~ पप्पी बनी फूलेछन् पूर्खाहरु त्यस्तै रहेछ पौरख पोखिएका रगतका फाल्साहरु खै ! के गर्नु गौरव !! चित्कार कसले सुने होलान्

Posted in कविता | Tagged | Leave a comment

गजल : बाँचेकी छ भनिदिनु !

~राधा भट्टराई~ उनले सोधे मेरो बारे बाँचेकी छ भनिदिनु ! मनमुटुमा आशा धेरै साँचेकी छ भनिदिनु !! साँझपख मेरो यादमा उन्को आँखा रसाएमा ! बगरमा लाखौँ खुशी नासेकी छ भनिदिनु !!

Posted in गजल | Tagged | Leave a comment

स्रष्टा परिचय : अनि केर्छन् पुनः लेख्छन्, कठैबरा बिचरा भूपि शेरचन !

~श्यामल~ भूपी शेरचन भन्थे- मैले आफैंलाई उछिन्न सकिनँ भने किन लेख्ने ? आधुनिक नेपाली कविताका सर्वाधिक लोकपि्रय कविका रूपमा भूपि शेरचन ज्युँदै छन् । उनी राणाशासनको रापले पोलेको नेपालमा जन्मे, पैसा र सामानको लेनदेनलाई नै जीवनको मूल मार्ग बनाउने थकाली … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कविता : देश

~गणेश पुर्बछाने मगर~ आज भोली लौ हेर हाम्रो देश नेपाल को गति / छैन नया केही पनि यहाँ कस्को लाग्यो नजर मति? आखिर कहा गए यहाँ सबै नेता हरुको बुद्धि ? देशै उल्टो जवना नि उल्टो भए नेपाल को कहिले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : घरदेशी परदेशी

~भावना परिष्किृत सुनुवार~ घरदेशी- फेरि पनि भन्दैछु पटक पटक सम्झाउदै छु म पनि आउन चाहान्छु दामको रोपाइँ बाह्रामासे चल्ने त्यो भूमिमा जसोतसो जगेडा गरेर हरियो रंगको सानो बुक पाएकोछु पहिलो पटक हवाई गिरनमा सपनाको सानो झोला च्यापेर यो हरियो बुकको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : गल्ती मैले मात्र गरेको थिईन

~अभागी मिनम घायल असफल~ गल्ती मैले मात्र गरेको थिईन तिमी पनि त समिल थियौ माया मैले मात्र गरेको होइन तिमी पनि त राजी थियौ स्वार्थी रै’छौ माया तिमी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मेरो पिडा

~शोभा सुनुवार~ मेरो मात्र कस्तो जीवन ? चोट पनि मेरै हृदयमा बज्रपात पनि मेरै टाउकोमा पीडा पनि मेरै मनमा कस्तो हो लिला हे दैब !. पहाड्ले मलाइ नि थिच्नु पर्ने प्रकृतिले नि मलाइ हेप्नु पर्ने समयले नि मलाइ उल्टो गर्नु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : उत्तर आधुनिक जन्मोत्सव कार्यक्रम

~टी एन रिजाल~ डिसेम्बर महिनाको दिन लण्डनको चार्ल्टनमा पिटपिट पानी परिरहे पनि मन चङ्गा झैँ खुशी थियो । धेरै वर्षपछि सम्झेर टेक्स्ट मेसेज पठाएछन् राजुले । जसमा ‘जन्मोत्सवमा जसरी पनि आउनु है, चुल्हो निम्तो छ’ लेखिएको थियो । अहिले उनको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कुचोको आत्मकथा

~कोइँचबु काःतिच ‘उत्तम’~ कतै पार्टी नेताको लाउके भएर कतै सडकमा चक्काजाम गर्ने टाउके भएर कहिले वाइसिएल कहिले युथ फोर्स कहिले स्वेत सेना कहिले जनसेनाको नाइके भएर कुनै प्रक्रियाले बाँध्न नसकेका कुनै सिद्धान्तले छाँद्न नसकेका चोक चोकका गुजिल्टिएर बसेका हल्लाको खेतीमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वरको खोजीमा

~कोइँचबु काःतिच~ ओ प्रिय, म तिमीलाई कसरी ढाँट्न सक्थेँ ? तर पनि, तिमी भन्छौ – नढाँट्नु है नढाँट्नु, मलाई चाहिँ नढाट्नु मलाई ढाँट्नेलाई ईश्वरले एक दिन देखाई हाल्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा लामखुट्टेको आतंक

~गोविन्दप्रसाद आचार्य~ सानो जीउको सानो आवाज धुन वा गुनगुन कानकानमा सुनाउँदै आइरहेछ प्रकृतिले धुन भरेर पठाएजस्तो एउटा सानो जीव उडिरहेछ ! जति उडेपनि कैले कुजिदैनन कैलै थाक्दैनन् परेवाहरू धुन भरिएको सानो जीव कहिल्यै रोकिदैनन् आवाजहरू कति वाठो छ लामखुट्टे फकाइ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : जन्मदिनको शुभकामना

~रुमन न्यौपाने ‘अमन्त’~ You think the hills are mute- I call them eloquent. Oh yes, friend! I’m free in my inebriation- that’s just the way I am. -Laxmi Prasad Devkota घुम्न निस्कीए । एक्लै । मध्यान्नमा । जाडोको मौसम । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मात्तिएको मन पर्छ

~आचार्य प्रभा~ कहिलेकँहि नशाले तिमी , मात्तिएको मन पर्छ नशाको झोंकमा मसँग, तात्तिएको मन पर्छ । मन हो बहलाउन,जे सुकै गर तिम्रो खुशी नशाले छाडेपछी फेरि,आत्तिएको मन पर्छ ।

Posted in गजल | Tagged | 4 Comments

कविता : ए समय..पर्ख

~रश्मिला कवाङ~ ए समय..पर्ख तोतेबोली सँगै लहराएका लहरहरु उच्चतम् उचाइमा पुगेर फन्को मार्दैछन् गतिशील समय सँगै भिड्न नसकेका पथहरु बीचबाटोमै विश्राम लिन्दैछन् ठुलो ठुला सपनाहरू मात्र गगन्चुम्बी आकारका त्यसभित्र न त धैर्यता छ न त लगाव नै छ त केवल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन

~नवराज योन्जन~ मेरो आगमन संगै देख्ने आफन्तजनहरु भन्नुहुन्छ | उज्यालो खोज्दै पाँच ज्ञानेन्द्रिय सहित कहाँ काँहा…काँह रुँदै निस्किएको एक मासपिण्ड “म”

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरी

~मुक्ति गौतम~ उफ्रनुहुन्न छोरी बोल्नुहुन्न छोरी खेल्नुहुन्न कतै जानहुन्न र केहि गर्नुहुन्न छोरीले, समाज लाज र ईज्जतको कुरा आउँछ ।

Posted in कविता | Tagged | Leave a comment

अनुभव मञ्जरीका केही मुक्तकहरु

~अनुभव मञ्जरी~ १ उनको रूप झल्को उही दिलायो रातको जुन २ मनको ऐना हेर्दैछ तिमीभित्र छलिया रूप

Posted in हाइकु | Tagged | Leave a comment

गजल : देशमा संकट पर्याछ रे

~लिल बहादुर खत्री ‘ललित’~ हिजो आज देशमा संकट पर्या छ रे भन्ने सुन्छु स्वाभिमानी नेपालिको मान झर्या छ रे भन्ने सुन्छु। एकै देशका दाजु भाई मारामारी किन गर्छौ दशगजा नि अलि वर सर्या छ रे भन्ने सुन्छु ।

Posted in गजल | Tagged | Leave a comment

कविता : चरित्रचर्चा

~अतित मुखिया~ “बडाले जे गर्‍यो काम, हुन्छ त्यो सर्वसम्मत”। गुरु सिकाउनु हुन्थ्यो मलाई नितीश्लोक कतै श्रुतिका कुरा कतै स्मृतिका कुरा कतै पुराणका कुरा कतै कुराणका कुरा अनि भन्नेगर्नु हुन्थ्यो बलियाका जे पनि हतियार लाठो होस वा अरुनै केही, जे ठान…।

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रेमनगरी

~निराजन प्रभात~ बिहानै उठे मोबाइल चेक गरे एस एम एस थिएन,फेसबुक खोले त्यहाँ नि थिएन ।इमो भाइवर कतै उनको म्यासेज थिएन । हैट केटाको आइडियाले काम गरेछ मक्ख पर्दै धन्यवाद दिए । फोन गर्न खोजे ब्यालेन्स नभएको जानकारी आयो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आँसुले भीजेका सेता धरती

~भूपेन्द्र काफ्ले ‘नयन’~ फहराउदो पहेंलो धोती त्यसैमा किचीएको सेतो धरती अनि किचीएका कंयौ रहर र कल्पना झरी झै झरेका आमाका अरती वालसुलभतामा पलाएका ठुला हुने चाहना भर्भराउदा कलीला यौवन अनि बिवसताले कुल्चीएको भबिष्य त्यस माथीको पारीवारीक बन्धन थाहै नपाई पाएको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई थाह भएन

~विरही काईला~ मेरो सालनाल कहाँ गाडियो यकिन साथ भन्न सकि रहेकी छैनन् मेरी आमा बोजुलाई थाहा हुनु पर्नेमा उनी मास छर्न गइसकिन अब फर्किन्न जाँतो कुनामा सुत्केरी आमा मसित सुतेकी थिइन धारिलो चोयाले सालनाल काटेर

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रबासी भूमिबाट प्रियसीलाई पत्र

~योगेन्द्र गिरी ‘संघर्श’~ हे मेरी प्राण भन्दा पनि प्यारी प्रियसी यो प्रबासी भूमिबाट आज म तिमीलाई यो पत्र कोर्दै छु सन्चै छौकि बिसन्चो छ तिमीलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : उमंग

~बिकास सुबेदी~ मेरा डाडा मेरै भिरहरु आज रोइरहेछ | कोइलीको त्यो मधुर स्वर आज कहाँ गएछ ? यही चन्द्रागिरी शिखरमा खोइ मान्छे हासेको ? ती आमाबाको मन आज कहाँ छ खोइ फसेको ?

Posted in कविता | Tagged | Leave a comment

हास्य गीति नाटक : दुलहीको खोज

~प्रमोद अमात्य ~ अमेरिकामा: ममी- आउन छोरा एउटा कुरा जरुरी गर्नुछ नेपाल गई दुलही एक तिमीले हेर्नुछ । छोरा – ममीको मन जरुर राख्छु नेपाल म जान्छु नेपाल जाने टिकट पनि अहिले म किन्छु । नेपालमा दुलही खोज्दै:

Posted in नाटक, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

मुक्तक : छपक्कै देखियौ

~योको खड्का~ लगाउदा मेहन्दी हात हत्केलाहरुमा धपक्क देखियौ। साउनको पहिरनले सजिएर तिमी छपक्कै देखियौ । वाह् तिम्रो सुन्दरतालाई त मान्नैपर्छ मैले सिलसिला

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : मायाको बिउ छरे मैले !

~सुरेन्द्र खौलराठी~ बाँझो थियो दिल उनको मायाको बिउ छरे मैले ! साँचो माया गरि उनलाई के अपराध गरे मैले ! कहिले सम्म तड्पी बस्थें जवानीको मरुस्थलमा, कल्पनामा उनि संगै कयौं सागर तरे मैले !

Posted in गजल | Tagged | Leave a comment