Tag Archives: nepali sahitya

कविता : धोकेवाजहरु

~विनोद न्यौपाने~ अचेल एक हुल बाजहरु, सहर पसेकाछन्, परेवाको खोल ओढेर र उपदेश दिइरहेछन् त्याग र सहिष्णुताको अनि आँखा छल्दै घाँटी निमोठिरहेछन् परेवाहरुको । रगतले रंङ्गिएका चुच्चा र नङ्ग्राहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा कुकुर मरेछ रे !

~राजकुमार श्रेष्ठ ‘दीप’~ के तिमी सुन्ने ? आज पनि एउटा कुकुर मरेछ रे ! खैरे, काले, पाँग्रे कुनै होइन हिजोसम्म यही गल्ली र चौरस्ता घुमी हिँड्ने आफन्तसँग झुकी दिने पराई देखे भुकी दिने कहिले पुच्छर हल्लाई हल्लाई मालिकको स्वागतमा तयार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : अर्थ छैन अब।

~कृष्ण पौड्याल~ बिरहका गजल गाउनु अर्थ छैन अब। दोबाटो उन्का निम्ती धाउनु अर्थ छैन अब॥ झुठो रैछ बाचा कसम झुठै रैछ माया। प्रकटमा कसैको आउनु अर्थ छैन अब॥

Posted in गजल | Tagged | Leave a comment

गजल : च्याङ्ग्रा मारेका छन्

~असफल गौतम~ दसैँ तिहार मनाउन भनी च्याङ्ग्रा मारेका छन् कसरी खाउ कुन मिठो भन्दै तेलमा तारेका छन् खोई त यहाँ पशु अधिकार ? हनन् भएन हजुर ? मान्छेको जिब्रोलाई पशुको स्वादसँग नारेका छन्

Posted in गजल | Tagged | Leave a comment

कविता : अत्भुत पराजय

~अतित मुखिया~ सिंगो एउटा कोष बिकशित हुदै सहस्र भयो जिवाणु जिव बन्यो शरीरमा आवश्यक अंग पलाउदै गयो अनावश्यक सायद विलाउदै गयो जलचर, स्थलचर, उभयचर भै यत्रतत्र सर्वत्र छायो । सृष्टीको यो गुह्य भेद सृष्टिकर्ताले जन्तरवनाई डार्विनको गलामा झुण्डायो विकाशबादको डार्विन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : सुशुप्त कथा

~कोइँचबु काःतिच ‘उत्तम’~ आज विहान आचानक नयाँ बानेश्वरमा दुर्गासँग भेट भयो । छोराको स्कूलमा हिडेकी रहिछे साथीहरुसँग । नाम त उसको दुर्गादेवी भट्टर्राई हो । तर म उसलाई दुर्गा भन्न रुचाउँछु । ‘मामे मेरे मेरे बाप-फो । मादुक हाइ दे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म अर्थात हामी

~दिव्य गिरी~ म अर्थात हामी दौडिरहेछौं सदिऔंदेखि सपनाको पछिपछि सपनाकै भारि बोकेर पिठयूँमा अफसोच ! सपनाले नै लखेटिरहेछ निरन्तर सपनाले नै डसिरहेछ युगयुगान्तर धेरैधेरै सपनाहरू राखेर आँखामा धेरैधेरै चाहनाहरू समेटेर मनभित्र सपनाकै महल निर्माणमा जुटेका म

Posted in कविता | Tagged | Leave a comment

कथा : मिनर्वा

~रामप्रसाद दाहाल~ म सँग चिनापर्ची भएकै दिन बिहाबारीको प्रशंग चल्नासाथ मिनर्वाले भनेकी थिई – “मेरो त चौध वर्षको उमेरमा नै बिहे भएको, सौमी दी ।” तीस वर्षको लग लागेकी मिनर्वाले त्यो तथ्यलाई बढो गर्वका साथ सुनाएकी थिई मानौं कुनै ठूलो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत :दुखियाको दु:ख

~दोषबिहिन टुहुरी~ यसपाली नि बाढीपहिरो गाउँ बग्यो अरे दुखियाको दु:ख माथी चोट थप्यो अरे पोहोर पनि यस्तै भेलले गाउँ रुवाए थ्यो तल्ला घरे ठुलीको त सिउँदो पुक्षिए थ्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्मरण : जीवनको मोडमा रोन

~बिकल आचार्य~ हिजो बेलुकी म टेलिभिजन हेरेर बसिरहेको बेलामा टेलिफोनको घण्टी बज्यो, मैले हत्तपत्त गएर उठाएँ । ‘ए ! म रोन बोलेको, के छ तिमिहरुको हालखबर ?’ ‘सबै ठिक छ । बरु के छ तपाईको हालखबर ?’ मेरो पनि ठीक … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

पुस्तक समीक्षा : अपरितुष्टि, बेलायती–नेपाली डायस्पोरा र मानन्धर

~डा. रुपक श्रेष्ठ~ वि.सं.२०५८ मा प्रकाशित ‘अपरितुष्टि’ बेलायती–नेपाली डायस्पोरामा लेखिएको सम्भवत पहिलो उपन्यास हो । ईश्वर मानन्धरकृत यस लघुउपन्यास नेपालबाट सन् १९७० को दशकमा कामको शिलशिलामा बेलायत प्रवेश गरेका नेपालीहरुको प्रतिनिधि कथा हो । कथाका मुख्य पात्र बिक्रम लन्डनमा एक … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : गाउँ हरायो

~निरोज मास्के~ आज, फेरि एउटा ठाउँ हरायो ! ए बटुवा, ए मनुवा, तिमिले देख्यौ कि कतै, मेरो आफ्नै गाउँ हरायो ! यो गोरेटो पारी थियो, त्यो घोरेटो वारी थियो ! नजिकै एउटा, चौतारी थियो !

Posted in कविता | Tagged | Leave a comment

गजल : मीठो आश रैछ

~आचार्य प्रभा~ जिन्दगी कहिल्यै नमेटिने मीठो आश रैछ निराशामै अल्झिदिने जिउँदो लाश रैछ । जस्तो चल्छ,चल्दै जान्छ भोग्नै पर्छ आखिर पीडा,ब्यथा बिर्सिएमा जीवन आहा!खास रैछ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : नेपाली हो साझा नाम

~गीता खरेल~ बुद्ध अनि सगरमाथा शान्ति विम्व बनी चिनिएको देश मेरो प्रकृतिकी धनी हिमाल पहाड तराईको चुल्ठी कोरी बाटी सजिएकी सौन्दर्यले नेपाल आमा खाँटी । एउटै सिङ्गो पहिचान एउटै जात धर्म नेपाली हो साझा नाम, नेपालीत्व मर्म

Posted in कविता | Tagged | Leave a comment

भावना परिस्किृत सुनुवारका सात हाइकुहरु

~भावना परिस्किृत सुनुवार~ आफ्नै धर्तीमा रायोको डकुसँग मिठो छ गाँस ! स्वाद बिहिन बरगर र पिज्जा अमिलो मन !

Posted in हाइकु | Tagged | Leave a comment

कविता : भोक

~होम सुनुवार दशुचा~ कल्पनाका भेलहरुमा डुबुल्की मार्दै भावनाको पलङ्गमा भाते निन्द्रामा घुर्दै ममताको महलमा राज गर्ने किन रोएका ? मध्यराति सुनसानमा किन चिच्याएका ? चित्तामा जल्न लागेका लाश जुर्मुराईरहेका मलामीहरु एक अर्का आफै भौँतारिरहेका आज मसानघाटमा बिरमसान पो जागेछ उसैको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई यो जिन्दगीले

~रामु गैरे~ मलाई यो जिन्दगीले…….. चोटै चोट दियो कहिले सम्म दिदोरहेछ सिरानी पनि आसुले भिज्यो कहिले आफ्नैले चोट दियो अनी त कहिले पराइले नै अहिले मैले दु:ख पाएको छु

Posted in कविता | Tagged | Leave a comment

गजल : न्यानो माया मार्दै जानू

~कमल प्रकाश पौडेल ~ आस्तै–आस्तै म तिरको, न्यानो माया मार्दै जानू अनर्थ कल्पना हैन, भुल्ने बानी पार्दै जानू ।। मैले हैन हतारमा, वल्छी थाप्ने तिमी नै हौ दुवोमाला लगाउने, उसैलाई तार्दै जानू ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : नचलाऊ मलाई

~सागर कार्की~ यस्तै रहन देऊ समय बिथोल्न नखोज अस्थिर मन म त भरिएको गाग्री जस्तै बनेको छु पोखीन सक्छु नचलाऊ मलाई ।। मर्न सक्छु बरु तिम्रो लागि

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना छोडि जाने निष्ठुरिलाई

~चकेन्द्र राई “कैदी”~ तिमी आफुलाई शिक्षित ठान्छौ आधुनिक र सभ्य हुँ भन्छौ मैले पनि तिमीलाई मानब जातिकै असल पात्र मानेको थिए तर तिमी त एकै समयमा जन्ती र मलामी हुन चाहन्छौ……। माया गर्छौ भने अलिकति मायाको चिसो चाख

Posted in कविता | Tagged | Leave a comment

लेख : लेखकीय शिष्टता र मर्यादा

~बासु शर्मा~ आज मलाई लेखकीय शिष्टता र मर्यादाका बारेमा लेख्न मन लाग्यो । व्यक्तिहरु बीचमा विचारको भिन्नता भएकै कारणले अभिव्यक्ति र लेखनकार्यमा कुनै विषय वा मुद्दामा फरक विचारहरु आउनु स्वाभाविक हो । कसैले आफ्ना विचारहरु शालिन र शिष्ट रुपमा व्यक्त … Continue reading

Posted in लेख | Tagged | Leave a comment

कविता : शुक्रबार एघार बजे राती

~लक्ष्मी प्रसाद देवकोटा~ क. आज शुक्रबारको भो एघार बजे राती धन्य ! मुक्रि जाती ! सानो यो निर्वाण मेरो, एक घडीको साथी ! सकल प्राणी सुत्दछन्, दिन छ मेरो जाती । ख. हृदय पुग्छ आर्को जगत्, नित्यको, विलास झ्याल खोलूँ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्देह

~अभय श्रेष्ठ~ यी बादलका अनेक चित्रहरूले कोरेका सुन्दर कोलाजमाथि सन्देह गर पानीका सुन्दर तालमा देखिने विविध रङको अस्तित्व र बादलका टुक्राझैँ तिम्रा हातमा पर्न आएको हिउँको सौन्दर्यमाथि सन्देह गर । अखबार र टेलिभिजनका सनसनीपूर्ण समाचार कविका फूलबुट्टे सुकिला कविता

Posted in कविता | Tagged | Leave a comment

गजल : तारा रोएको कहानी लेख्छु

~दिलिप दोषी~ एकतमास तिमीलाई हेर्दा, तारा रोएको कहानी लेख्छु । सिरानीमा नयनले रातभर, जिन्दगीको बिहानी लेख्छु । तिमी त बिरानो भएर गयौ, मेटिएन खै ! ती यादहरु । तिमीसँग बिताएका पलहरु, सोच्दै एक जवानी लेख्छु ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : जवानी नै कालो भयो

~कमल प्रकाश पौडेल ~ कसैलाई जोडी हेर्दा, जवानी नै कालो भयो माया गर्छु भन्दै जाँदा, वखानी नै कालो भयो ।। कहाँ सहज् मानेथेंर, स्वयम्वरी दिन सोच्न रुढी ग्रस्त समाजमा, वगानी नै कालो भयो ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : होला जस्तो लाग्दैछ

~केशब आचार्य~ तिमीसँग फेरी भेट होला जस्तो लाग्दैछ प्यास मेरो ह्रीदयको फेरी किन जाग्दैछ । बिछोडका घाऊहरु आलै छन छात्तिभित्र जिन्दगीले फेरी किन तिमीलाई माग्दैछ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : कुरा नसुन्नु है तिमी !

~सजना गुरुङ~ कोट हेर्ने दुनियाँको कुरा नसुन्नु है तिमी ! नोट हेर्ने दुनियाँको कुरा नसुन्नु है तिमी ! सत्कर्मले फेर्नु पर्छ सब्को गलत् सोंचलाई खोट हेर्ने दुनियाँको कुरा नसुन्नु है तिमी !

Posted in गजल | Tagged | Leave a comment

कविता : कुशे औँशीको लागि

~शिरिष लामिछाने~ मस्त निद्रामा सुतिरहेको अबोध बालक थिएँ म अँध्यारोमा नै रमाउने बाहिरको उज्यालोबाट बन्चित एक निरक्षर थिएँ म तर तिमी त्यहाँ थियौ मेरो लागि सधैं टाढाको क्षितिज हेर्दै प्रकाश देखाउदै अझै भन्थ्यौ,”आँखा खोल् छोरा चीर निन्द्रामा सुत्लास् कुनै दिन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो प्यारो गुल्मी

~मन्जु भण्डारी खरेल~ आतिथ्य मिठो मधुरो मुस्कान, गुल्मीको रनवन रिडि र रुरुको सम्झना बढ्दा, फुल्दछ मेरो मन पर्यटक आउँछन् भिड बढी जान्छ, जीवनको यो खेला गहका आशुँ छल्केर आउँछन्, माघेनी त्यो मेला

Posted in कविता | Tagged | 2 Comments

कविता : मेरो मन्दिर

~बीके पाण्डे~ मेरा एउटा मन्दिर छ जसको आकार छैन, निराकार छ जसमा मूर्ति छैन तर स्वरुप छ जसमा पूजा छैन तर आस्था छ जसमा घण्टा छैन तर चेतना छ भक्त छैनन् तर साधक छन् भजन छैन तर साधना छ प्रवचन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : वास मेरो मरुभूमि

~रमेश केसी~ खाडिको ‘म लाहुरे हजुर’ वास मेरो मरुभूमि । साँझ, बिहान टाल्नु पर्ने ‘गाँस’ मेरो मरुभूमि ।। मरी मेट्छु भविष्यमा केही कुनै गर्छु भनी, अनिश्चत यो भुवँरीको ‘आश’ मेरो मरुभूमि ।।

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : मृत्युसँग एकै क्षण

~श्रेष्ठ सत्य ~ मानिसको जीवनमा सबै कुराहरु अनिश्चित छन् तर निश्चित छ त केबल एउटै तत्व – त्यो हो मृत्यु । मानिसको जीवनसँगै मृत्यु पनि गाँसिएको हुन्छ । जीवनको प्रारम्भिक छेउ जीवन हो भने अन्तिम छेउ त मृत्यु नै हो … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment