Tag Archives: nepali sahitya

कविता : देश छाड्दै गर्दा

~गौतम सागर राई~ देश छोड्नुको पिडा त मलाई पो थाहा छ जसरि समयले मान्छेलाई छोड्छ बचेराहरु गुडमै माउले छोड्छ अनी एक्लिन्छ मन अभाब , पिडामा हो देश छोड्नुको पिडा त मलाई पो थाहा छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो स्वदेशमा

~तुलसी राम पाण्डे~ राजनीतिलाई चलाउने हरु ब्यस्त छन् खानलाई अगाडी बढी आउनु पर्यों युवाहरु देश बचाउनलाई गरि खान पनि दिने छैनन् कोहि हाम्रो नेपाललाई देशको रक्षा गरौ हामी युवाहरु भविस्य को पिढीलाई ल्याउनु पर्यों नेपाललाई राम्रो बनाउने योजना हरु निकाली … Continue reading

Posted in कविता | Tagged | Leave a comment

रुबाई : निजि हुन्छ

~भोला सिवाकोटी ‘पुरानाघरे’~ एक ठानेको थियौ हावापानी धर्ती खास निजि हुन्छ। मौसम फेरि चलिरहन्छ कहाँ बतास निजि हुन्छ ?? घाम लाग्दा संसार उज्यालो मख्ख पर्न हुन्न साथी

Posted in रुबाई | Tagged | Leave a comment

गीत : चुमेर पाना भरि

~गोपाल योन्जन~ चुमेर पाना भरि यति म लेखि दिन्छु प्रितिका बाचाहरु जाने जति लेखि दिन्छु रातभरी भरि एउटै सपना देखेको हुन्छु २ देखेका सपनाहरु सबै म लेखि दिन्छु निस्प्राण कागजका टुक्रा हेरी नमस्की दिनु

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : सानुमायाँ र पुरुष छाया

~जे.बी. शेर्पा ~ नमस्ते सर ! मुसुक्क हाँस्दै नरे सरासर भित्र आउँछ र दुवै हातमा बोकेको थाललाई गाउँमै बनाईएको काठको बांगोटिङ्गो टेबुलमाथि राख्छ र तरकारी लिएर आउंछुहै सर भन्दै हुईकीएर लगतै बाहिर निस्कन्छ ! तात्तातो वाफ उडिरहेको ताजा परिकार उनीहरुको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : पर्खिनुको मजा

~बिबश बलिभद्र कोइराला~ सयौँ बार कसैलाई पर्खिनुको मजा मलाई मात्र थाहा छ मुटु चर्किनुको मजा पहाड नाघ्ने हिमाल नाघ्छन् हिमाल नाघ्नेहरूले त के बुझ्थे र काखमै जीवन धर्किनुको मजा

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : क्षतिपूर्ति

~निर्मला खड्का~ दुइ दिन देखि को लगातार बर्षात पछी आकाश खुलेको थियो…..पुष महिनाको पारिलो घाम..मन लोभियो र घाम ताप्न भनि आँगनमा फुलबारी नजिकै कुर्सि तानेर बसें म पनि…केहि बेर अघि मात्र यसो खसार खुसुर पारेर गोडगाड पारेको फुलबारीबाट माटोको मिठो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : मार्दो रैछ यहाँ

~आचार्य प्रभा~ नखाएको बिषले पनि मार्दो रैछ यहाँ षड्यन्त्रको जालमा पनि पार्दो रैछ यहाँ। जिन्दगीलाई जितै जितमा राख्छु भन्नेले जानी जानी बाजी पनि हार्दो रैछ यहाँ ।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : अपरिपक्वता

~दिवाकर स्वप्नील~ “ए , सन्तबहादुर !” “हजुर सर” “गाडीमा तेल छ ?” “छ सर” “ए , ल तयार होउ,आज बाहिर जानुपर्छ”

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : खिचडी कहिले पाक्ने भो

~बालमुकुन्द कार्की~ वीरवल हजुर हो… खिचडी कहिले पाक्ने हो ? धुँवा मात्र पुत्तपुत्तिएको छ । रोल्पा र डोल्पाहरुमा हुर हुर चुलो बाल्नु छ कणर्ाली तरेर नुन बाँड्नु छ रोपेको धान पनि पाकी सक्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : राजनीतिक पार्टीहरु

~मधु गुरुङ~ राजनीतिक पार्टीहरु तानातान गर्छन् महँगीले जनताहरु भोकभोकै मर्छन् अराजकता बढ्यो देशमा शान्ति नहुनाले बेरोजगारी बढ्यो उद्योगधन्दा नखुल्नाले सबै मिली उठाउँ एक स्वर शान्ति विकास समृद्धि रोजगार लोकतन्त्र ल्यायौँ हाम्ले ज्यानको बाजी लगाई

Posted in कविता | Tagged | Leave a comment

कविता : सिक्सीको

~अतित मुखिया~ खै किन किन साथी ? कहिल्यै परेन घामको ओभानो पैतला मेरो आगनको हिलोमाटो माथी । करेसाका कोपिलाहरु परदेश फुल्न बाध्यछन अंकुरण पहेंलिएको छ केवल बनमारा झप्केका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : भावनाको बगैँचामा…

~अनुभव मञ्जरी~ भावनाको बगैँचामा एकै क्षण टहल्न मन लाग्यो प्रकृतिको सबै रङ्ग टिपी जीवनको पानाभरि पोत्न मन लाग्यो गराहरू बाँझै छन् घारीहरू बुटृयानले भरिएका छन् कता कति सतहीरूपमा बाँझो फुटाउन सुरु भएको छ भस्मे फाँडिने योजनामा छ

Posted in कविता | Tagged | Leave a comment

कविता : वीर अधिकारी जिन्दावाद !

~दीपेन्द्र केसी~ हिजो एकसाथ पढें मैले धेरै समाचारहरु । न्यायका भिखारी नन्दप्रसादले कालो पोतेर गणतन्त्रलाई सुकेको डाँठजस्तो भोको र हलुको शरीर जिम्मा लगाए यमराजलाई । लोकतन्त्रको सबैभन्दा शक्तिशाली हतियार “अनसन” जसले, झुकायो सिँगो व्रिटिश सरकारलाई गोर्खासामु कुनैबेला झुकेथ्यो गान्धी सामु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : भोली पनि बेग्लै हुन्छ

~दिपेन्द्र राई ‘अश्रुमाली’~ हिजो बेग्लै आज बेग्लै भोली पनि बेग्लै हुन्छ ।। जिन्दगीको भोगाइसँगै चोली पनि बेग्लै हुन्छ ।। हुँदा खेरी मै हुँ भन्ने स्वाभब नै हो मानिसको । हेरी बुझ बर्र्ष याममा खोली पनि बेग्लै हुन्छ ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो मृत्यु कविता

~नरेश शाक्य~ मेरो मृत्यु साधारण हुनेछ घटित हुनेछ सामान्य घटनासरह कसैलाई थाहा पनि हुने छैन न कुनै रोदन न कुनै क्रन्दन मेरो पार्थिव शरीरलाई स्वजनहरूद्वारा छिटोभन्दा छिटो उठाएर लगिने छ र दफनाइनेछ माटोमा एकपटक माटोमा मिलेपछि त्यो सदाको लागि विस्मृत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बालुवाको मरूभूमिबाट

~जीवन खत्री~ बाध्यताको आँधी घरभित्र छिरेर नबगाएको भए बाको अनुहारबाट घाम नचोरेको भए आमाको आँखामा चम्कने जून फूलजस्तो मुस्कान प्रियाको ओठबाट नखोसेको भए नानीबाबुको स्कुल पुग्ने बाटो नभत्काएको भए पुर्खाले उपहार छाडीगएको जिउँदो घर र ताराहरूले गुच्चा खेल्ने आकाशजस्तो आँगनसँग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कालीगण्डकी

~जीवन क्षेत्री~ कालीगण्डकी सुस्याइरह्यो यो युगको व्याथा बोकेर मधुर गतिमा बगिरह्यो मानव रगतका आहालहरू अमानवीयताका पराकाण्ठाहरू चुपचाप हेर्दै कालीगण्डकी ओरालो झरिरह्यो

Posted in कविता | Tagged | Leave a comment

गीत : गुलाबी अधर त्यो

~रवि प्राञ्जल~ गुलाबी अधर त्यो अलि मुस्कुराऊ लजाएर नजर अरु न झुकाऊ तिम्रो छेउ आउँदा ढुकढुकी बढ्छ सक्दिन थाम्न नजिक नआऊ गालाभरि त्यो मधुमास लाली देखेर झुम्छ मन डाली डाली

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : मन पोख्दैछ

~देबेन्द्र पौडेल~ सम्हाल्दिने मान्छे भए, मन पोख्दैछ छ कोही तयार रात काटन ?धन पोख्दैछु । । कसी लगाए हुन्छ यहाँ भर्जिन भने पनि हुन्छ अघी बढ उठाउन लाई जोवन पोख्दैछु । ।

Posted in गजल | Tagged | Leave a comment

गजल : रहर हैन मेरो

~कृष्ण पौड्याल~ वास्तविकको गजल कोर्ने रहर हैन मेरो। हजुरलाई दु:खीत पार्ने ठहर हैन मेरो॥ सके दिनुस आश्वासन ब्याथा थप्नु हुन्न बिन्ती। मलाई मद्दत गर्नु भन्ने कहर हैन मेरो॥

Posted in गजल | Tagged | Leave a comment

गजल : फुललाई पो बात लाग्यो

~उद्धब ओझा~ भमरालाई भन्दा पहीले फुललाई पो बात लाग्यो कोपीलामै आज तिम्लाई जवानीको मात लाग्यो तिम्लाई पाउने झुटो आसमा म कतिन्जेल जिउन सकु त्रिस्ना मेट्ने भमरा को तिमलाई धेरै खात लाग्यो

Posted in गजल | Tagged | Leave a comment

गजल : बाँचेकै छु हजारमा

~रामलाल जोशी~ हाँसेकै छु सयौंबीच, बाँचेकै छु हजारमा तिमी छैनौ र पो एक्लो भएँ आज बजारमा । छोडिगयौ कहाँ एक्लै प्रतीक्षा नि लामो भयो तिमी आउने बाटो हेर्दै बसेको छु दिवारमा ।

Posted in गजल | Tagged | Leave a comment

कविता : विदेशिएको मन

~लिल बहादुर खत्री ‘ललित’~ देशको सक्षम जनशक्ति गै सक्यो खेर माृतिभुमी सुन्यपारी कहीँ नजानु हेर। आजभोली गर्दा गर्दै गाउनै शून्य भय विदेशिदा कोही कोहीले त देशनै भुल्ने भय।। गरे पछि आफ्नै देशमा के छैन र हेर सच्चा मनले कार्य गरे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : के आत्महत्या नै समस्याको समाधान हो त ?

~सजना गुरुङ~ समय कति परिवर्तनशील छ, समयको परिवर्तन हुनु नौलो कुरा होइन किनकी हामी सबै यो कुरा जान्दछौ तर मानिसको जिन्दगीमा आएका कतिपय परिवर्तनहरुले मानिसको जिन्दगीको रुपरंग नै फेरेर राखिदिंदो रहेछ । मैले कहिल्यै सोचेको थिइन, जिन्दगीको अन्तिम पलसम्म हरेक … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : बेमौसमी बर्षात्

~रसिक रमण~ चुहिन आतुर भएका निसा ओढेर अकल्पनीय प्रहार गर्न तम्सिएका पहाड र जङ्गलका फेद तथा बिचतिर उछिट्टिएर उत्रिएका मेघका धब्बाहरुसङ्ग ठोकिएर कोमल नयनबाट पिडाका अश्रुधारा बगाइरहेकी प्रकृति ,

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रो खै कस्तो छाप थियो

~कर्मठ सुवेदी~ थाहा छैन मेरो जीवनमा तिम्रो खै कस्तो छाप थियो जहाँ म पुगे पनि साथमा तिम्रै पदचाप थियो मन यो ठण्डा हुँदा भित्र भित्रै कति कामको थियो न्यानो पार्ने यो मनलाई तिम्रै मायाको राप थियो

Posted in गजल | Tagged | Leave a comment

‎गजल‬ : थर हटाइनु पर्छ

~लोक राज भट्ट~ बिभेद देखिने मान्छेको,थर हटाइनु पर्छ, बुलन्द हुनुपर्छ आवाज,डर हटाइनु पर्छ। ए सरकार त्यो कानुन, बनाइएको किन हो? कि पालना होस नत्र, फोस्रा अक्षर हटाइनु पर्छ।

Posted in गजल | Tagged | Leave a comment

गजल : आँसु झर्छ प्रिय

~राकेश कार्की~ नझारुँ भन्दा भन्दै जब आँसु झर्छ प्रिय छाति चित्त सबै पो फाटे जस्तो गर्छ प्रिय दु:ख्दै दु:ख्दै बगेर झर्दै झर्दै मिठा याद खोल्सो खहरे हुँदै समुद्र नै भर्छ प्रिय

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : विद्यार्थी को जिज्ञासा

~बिकास सुबेदी~ यसैबर्स एस.एल.सी. दिने हुनाले म बर्षे बिदामा टुसन् पढेर राम्रो अंक ल्याउने मेरो इच्छा छ | यसै अनुरुप हाम्रो विद्यालयले पनि बिहान ६ बजे देखि १० बजे सम्म चारवटा बिसयमा टुसन पढने ब्यबस्था मिलाएको छ | आज पहिलो … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : बाबु कहाँ छस् ??

~आषिश श्रेष्ठ~ बाबु कहाँ छस् ?? आन्दोलनमा छु बाबा, ध्वस्त शहरको ब्यस्त आन्दोलनमा… भाला रोपेर रगत झार्दैछु, मुख छोपेर मान्छे मार्दैछु, लाशहरुमाथी पाइला सार्दैछु, देश टुक्राउन खाएको कसम, पाइला पछाडी मोडेको छैन, पुलीस होस् या 2 बर्षे बालक, कसैलाई पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : मेरो नेपाल

~प्याट्रिक सिठलिङ~ तिमीलाई म भुल्न सक्दिन, जहाँ जाउँ तिम्रो याद आइरहन्छ यो खोला, यो नाला, यो पहाड भञ्ज्याङले मलाई बोलाइरहन्छ मेरो नेपाल, मेरो नेपाल, मेरो नेपाल मेरो देश मलाई लाग्छ प्यारो डाँडा काँडा हरियाली यहाँ आँगनै भरी

Posted in नेपाली गीत | Tagged , | Leave a comment