Tag Archives: nepali sahitya

कविता : म बिक्दै छु

~मोनिका नगरकोटी~ म बिक्दै छु यहाँ हो , म बिक्दै छु । मलाइ बचाउ , म बिक्दै छु । मलाई लैजाउ उतै मेरो देसमा , अरबमा म पाक्दै छु , म त सीता कि छोरी । भुकुटी नारी । चुपचाप … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रो सहरमा

~शेर्पीनी कान्छी ‘निम’~ इक्षा आकान्क्षाका बलि चडाए तिम्रो सहरमा तिमिलाई खोज्दा आफै हराए तिम्रो सहरमा।। चहानाको दियो वालि मायाको फूल फुलाउदै आफैलाई तिखो काडा बनाए तिम्रो सहरमा।।

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : प्रयोग र साहित्य

~नरेश शाक्य~ साहित्यमा प्रयोगको स्थान, उपस्थितिलाई लिएर एकथरिका साहित्य समालोचकहरू हिलो छ्यापिरहेछन्, वितण्डता मच्चाइरहेछन् । उनीहरू प्रयोगको प्रवेशलाई जर्मनको पर्खाल उभ्याएर निषेधको चेष्टा गरिरहेछन् । जर्मनको पर्खाल त ढलिसक्यो तर यी एकथरिका समालोचकहरूको दिमागी पर्खाल भने अझ ढलेको छैन, यथावत … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

रामचन्द्र कार्कीका ४६ मुक्तकहरु

~रामचन्द्र कार्की~ १. आँशुको मुल्य बुझ र बोल, मनको देउता पूज र बोल । निर्धालाई अब हँसाउ अनी, पहाड सँग जुझ र बोल । २. सक्छु भन्छौं मलाई ढाँट्न, मनभित्रको ईश्वर हेर, जता फर्क हामी तिम्रै, सोचि देउन एकफेर । … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

देउडा गीत : आमा बुवा

~मान बहादुर के.शी. ‘देउडाप्रेमी’~ आमा हजुरले मेरा लागि जो कष्ठ उठाया नौ महिना गर्भमा राख्या धेरै दु:ख पाया रुया बेला दुध पिलाया छोडि सबै काम हाथ समाई हट्न सिकाया कठै मेरि आमा

Posted in देउडा गीत | Tagged | Leave a comment

कविता : बादलको स्वागत

~लक्ष्मी प्रसाद देवकोटा~ ओहो पङ्खे मोती–पोल्टी सागर–चेली चाँदी छाल ! वाष्पिल सिंहमा वायुपङ्खी, हिउँचुलीमा छहरी याल ! भूतल शीतल पारी सियाली, कलिली निलाई पर्वत ढाल, बुरबुर डाली कुइरो चीनी, सल्ला सियामा मर्मर जाल, कृषियुगका सब आदिम गाना गर्छन् छहरी मोती … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँकै कविता लेख्छु म

~कृष्ण पहारी~ गाउँका कबिताहरु सहरका भन्दा अलि फरक हुन्छन आक्रोसित हुदैनन किनकी गाउँ गरिब छ र सहरमा झै गाउँका कबिताले फुर्ती लगाउदैनन चाकडी र चाप्लुसिमा कबिताले सान देखाउदैनन । गाउँका कबिताहरु नरम स्वभाबका हुन्छन अनि कबिता लेखने हात पनि नरम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गज़ल : कतै मस्ती कतै पीडा

~कोमल प्रसाद भट्ट~ कतै मस्ती कतै पीडा, कतै बस्छन गुनासाले कतै भोका कतै प्यासा, कतै रुन्छन निराशाले सबैको जिन्दगी लाग्यो, कथा उस्तै व्यथा उस्तै दगुर्दै छन दिनै पिच्छे, सबै ठूला सुखाशाले

Posted in गजल | Tagged | Leave a comment

कविता : शरशैयामा छ देश

~दीपक कुमार ज्ञवाली~ शर शैयामा लेटेको छ आज देश । सञ्जीवनी सुघाईदिने देख्दिन पौरुष । छिया छिया परेका शरिरका अवयव । कालकुट पिएर सम्हाल्ने देख्दीन पात्र । १ शनै शनै स्खलीत राष्ट्रिय स्वाभिमान । सत्तासंग साटीने गरेकोछ स्वाभिमान । कोशी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : महादेवको त्रिशूल

~आषिश श्रेष्ठ~ आज बाटोमा महादेवसँग भेट भयो, शरण परें पाउमाथी,बिस्तारै हातले माथी उठाएर, ग्वाम्लाङ्ग अन्कमाल गरे,चिसा हातले ! म मौका छोपेर कुनै वर माग्ने सुरमा थिएँ, बुढा अचानक घोप्टो परेर रुन लागे, मैले मेरो कान चिमोटें,म विपनामै थिएं,बुढा होशमै थिए … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य व्यङ्ग्य तीज गीत : तीजको लहर

~प्रमोद अमात्य ~ तीजको लहर आयो बरिलै म बुडालाई ज्वरले पार्यो ठहरै बुडीको नयाँ सारी आयो बरिलै बुडीले सुनको चुडी लायो बरिलै

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : साथ छुटे पछी रोएँ

~टिका खड्का ‘राष्ट्रप्रेमी’~ तिम्रो मेरो साथ छुटे पछी रोएँ । अन्तै तिम्रो नाता जुटे पछी रोएँ । तिम्रो मायाँ मन भित्र सजाँएको थिएँ । निर्दइले सबै लुटे पछी रोएँ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : झुक्ने छैन अब !

~राधा भट्टराई~ धेरै झुकेँ सम्झौतामा झुक्ने छैन अब ! धेरै चुकेँ विवशतामा चुक्ने छैन अब !! रहर र कहरमा प्रवाशको वास भो ! छुटेँ निकै कर्तव्यमा छुट्ने छैन अब !!

Posted in गजल | Tagged | Leave a comment

कविता : म त तिम्रै हुँ नि आखिर

~पुष्पा खनाल~ किन यति सताउँछौ किन चाँडै रिसाउँछौ म त तिम्रै हुँ नि आखिर किन डाँडा कटाउँछौ माया गर्छु भन्थ्यौ धेरै मन पराउँछु भन्थ्यौ धेरै मैले हुन्न भन्दा पनि तिमी त हौ भन्थ्यौ मेरै

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : लेखस्व

~रुमन न्यौपाने ‘अमन्त’~ ‘भिरबाट लड्ने गोरुलाई राम राम भन्न सक्छु, मिस । ल आउनुहोस मलाई अँगालो हाल्नुहोस’ । उनले मलाई च्याप्प समातिन र जथाभाबी प्रेम बर्षाउन थालिन । कुरा के भयो भने, केहि घन्टा अघि उनलाई भैंसेपाटिको एक खरिबोट मुनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : आई मस्त चर्यौ आँसु

~कमल प्रकाश पौडेल ~ उदास् मनको चहुरमा, आई मस्त चर्यौ आँसु यस्तो मन नि डढाएर, गर्नु घात गर्यौ आँसु ।। तिमीले त हल्का लियौ, पर्नु पीर मलाई पर्यो मन, मुटुभित्र भित्रै, विष प्याला छर्यौ आँसु ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : हुरीका पत्कर

~भैरव अर्याल~ आफैं आफैंदेखि हराएको आफैं आफैंदेखि डराएको आफैं आफैंबाट हराएको यो सुकेनासले सताएको मान्छे, आजको मान्छे मान्छे भन्ने मान्छे- सुत्छ प्रत्येक रात मृत्‍युको वारण्ट पुर्जी सिरानमुनि घुसारेर, उठ्छ प्रत्येक प्रात फरिया र थाङ्नाको फेटा बाँधेर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : खेतको दृश्य

~डिल्लीराज बस्याल~ गगन सारा घनघन गरि धर्तिमा नीर पोखियो वृक्षका पात पात पखाली शुद्धता सारा छचल्कियो उर्लँदो वैँशको मात बोकि नदि बहिन वेगले सारा किसानको प्यास बुझि हर्ष दिइन् मेघले। खेतका पट्पट् फुटेका धाँजा टिलपिल सारा पानीले रोपाइको हतार भो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पलायन प्रकृति

~त्रिचन्द्र प्रतीक्षा~ रुमलिरहेथ्यो डाँफे चरी यो निलो आकाशमा गन्तव्य विहिन स्वतन्त्र मन वैंशको सफरमा । थिएन शब्द व्याख्या गर्ने उसको रुपलाई अभेद्य गथालो टाल्न खोजेथें मेरो यौवनलाई ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सके लुटेरै आइज गोरे !

~रुपकेशरी उलक~ गोरे ! मैले सुनेको तिमी अमेरिकातिर उड्दैछौ अरे अमेरिका त ठूलो महादेश मैले नक्सामा देखेको त्यहाँ पुगेर नि गोरे ! त्यहाँका साँच्चिकैका गोरेहरूलाई दुई चार प्रश्न सोध्न नभुलेस् है गोरे। तिनीहरूको मन केले बन्दो रैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : अमेरिका, ओ अमेरिका ! तिमीलाई मेरो एउटा प्रश्न

~रमेश सुवाल~ तिम्रो छातीमा ब्रिटिस बुट बज्रेको बेला, ‘स्वतन्त्रताको लडाइँ’ लड्ने तिम्रा जर्ज वाशिङ्गटनहरु, तिम्रा जेफर्सनहरु, तिम्रा ह्यामिल्टनहरु, आतङ्ककारी थिए या देशभक्त? क्रान्तिकारी थिए या मानवअधिकारविरोधी? बेलायती साम्राज्यले तिम्रो देशलाई नाकाबन्दी लगाएको भए, ‘दुष्टहरुको मण्डली’ भन्दै तिम्रो खेदो खनेको भए,

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरालाई चिठ्ठी

~केवल गंगा गुरुङ~ प्रिय छोरा तिम्रो आनन्दमय जीवनमा म दुखी रहेको तिम्री आमा नेपालको तर्फबाट धेरै मायाँ कसरी सुनाउँ तिमीलाई मेरो खवर छोरा साँझ विहान करैकरले खान्छु कहिले मुटु मै घोच्छ त कहिले पैताला तिर लुच्छ यो शरीर सवै एकै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना

~सागर कार्की~ धुलो जस्तै छरपष्ट अनगिन्ती छरिएकाछन् सपना मेरा आखाँभरी लम्पसार लडिरहेका छन् । कहिले पानी बनेर आँखाका डिलबाट खस्दा च्यातिएर मुटु रगत खसेझै लाग्छ, अनी हतार हतार पुछ्दछु सपना कतै बग्दै बग्दै प्रियसीका आँखा नभिजाओस्

Posted in कविता | Tagged | Leave a comment

कविता : लालसलाम छ मेरो पनि

~विष्णुकान्त आचार्य~ समाजवादी गणतन्त्र मान्नेहरुलाई गरिबको कथाव्यथा जान्नेहरुलाई लालसलाम छ मेरो पनि लालसलाम छ है। शिक्षा, स्वास्थ्य, रोजगारीको ठेक्का लिनेलाई। विस्तारवादको सामु उभी धावा दिनेलाई लालसलाम छ मेरो पनि लालसलाम छ है

Posted in कविता | Tagged | Leave a comment

कविता : अब चुप रहनुहुन्न

~देविका खुलिमुली~ सबको आवाज बुलन्द गर्दै आज म चिच्याइरहेछु म कराइरहेछु म गुहारिरहेछु मेरो अस्तित्वमा कुनै दाग छैन जसरी गङ्गा पवित्र छिन् मेरो सोचाइमा कुनै स्वार्थ छैन। आजको युग हाम्रो हो आजका राम दश वर्ष वनवास गई

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘ह्वाइट केन’ उपन्यास पढ्दा

~सुलोचना मानन्धर~ ‘ह्वाइट केन’ दृष्टिविहीनका लागि स्वतन्त्रताको प्रतीक हो। स्वतन्त्र गमनशीलताको प्रतिविम्ब। यात्राको सहारा। अझ भनुँ जीवनकै सहारा। यही केन लिएर अन्नगिन्ती गल्ली, सडक, किनारा, खुट्किला, सिंढी सबैतिर उक्लिन्छु म।’ उद्धृत भनाइ साङ्ग्रिला पुस्तक प्रा.लि.द्वारा प्रकाशित मनीषा गौचनद्वारा लिखित दोस्रो … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : छातीभरि देश दुख्छ

~जानुका नेपाल~ परदेशमा बित्यो जीवन छातीभरि देश दुख्छ । जति सम्झ्यो उति झन्झन छातीभरि देश दुख्छ । सपनामा देश देख्छु कल्पनामा त्यतै पुग्छु सम्झनामा त्यही रनवन छातीभरि देश दुख्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रेम गीत

~दिव्य गिरी~ मोडमा आँखा जुधेपछि मुटुको ढुकढुकी अझ बढेपछि मनभित्र मायाको भुल्का उठेपछि छातीभित्र पिरतीको ज्वाला सल्केपछि तिम्रो तस्बीर दिन-रात सजाएकै हो आँखामा र तिम्ले हाँसिदिँदा मात्र पनि छातीभित्र भुर्इंचालो जाँदा मनको शान्त तलाउमा

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : विचरो गौंथली

~विजय गिरी~ भक्तपुर कमलविनायक नजिकै एउटा पुरानो घरमा गौंथलीको गुँड बनाउन थालेको हुन्छ। परालका त्यान्द्रा र नल टिपेर मेहेनत गरेर त्यस सुधो चरोले केही समयमा गुँड पनि तयार गर्छ। समय बग्दै जान्छ नदीजस्तै, गौथलीको गुँडमा पहिले अण्डा र पछि स–साना … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : तेसैले त तिमीले..

~रामु गैरे~ मेरो घरको झुपडिको बास मन परेन होला तेसैले त ठुला ठुला महल रोज्यौ दाउरा बाल्ने चुलो मन परेन होला तेसैले त शहरको अटोमेटिक ग्यास खोज्यौ । मटीतेलमा बाल्ने बत्ती मन परेन होला तेसैले त शहरको उज्यालो बिजुली रोज्यौ

Posted in कविता | Tagged | Leave a comment

कविता : झिमझिम तारा

~सरोज गोसाईं~ शैशव कालमा हरेक दिन विद्यालयको बिहानी प्रार्थनामा झिमझिम ताराको गीत गाउँथ्यौं ताराको अर्थसित मतलब नाईं ! कति आँखा आकासका रातमा आँखा झिम्काउँदै जिस्काउँछ सगर दिनमा कता गए आश्चर्य मनमा

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : असफल नेताको सफल घोषणा

~डा.रामकुमार पाँडे~ हे लाटालाटी लुलालङ्गडा, पटमूर्ख र पठमूर्खहरू हो हेर्दाहेर्दै देशमा पानी मरूवाको जनसङ्ख्या बढेको, भाउवेशाले जागिरे पेशामा मार परेको, सज्जन, भद्रजन लडेको, ल्वाँठ लठैत माथि चढेको, नेतृत्व गर्नेको दिमाग सढेकोले बाध्य भएर देश हैन देशवासीलाई नेता असफल भएको सफल … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment