Tag Archives: nepali sahitya

गीत : बाँचीदिएकै छु

~शशीकला थापा सुब्बा~ टुक्रा-टुक्रा जिन्दगी यो, बाँचीदिएकै छु. मन्द-मन्द निस्वास यो,साँचीदिएकै छु. सधैभरी बसन्त नै, कहाँ झुलिरहंछ. ऋतुसंगै जीवन यो, यहाँ डुलीरहन्छ. चाहनाको फूलहरु, झर्न नपाउदै.

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आदिम मान्छे र डुलुवा ख्याँक

~नरेश सुनुवार~ आदिम मान्छे र डुलुवा ख्याँक को होला त्यो ? त्यो को होला ? जो सदियौं देखिको डुलुवा ख्याँक जस्तै डुल्दैडुल्दै चिह्याउँदै-चिह्याउँदै लुत्त पस्दछ भित्र सियो बनेर भास्सिदै भास्सिदै भित्र, झन् भित्र जति भेट्टाउँछ कमलो र मलिलो बुताले भ्याएसम्म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : साच्ने नगर

~सुमित सुबेदी ‘प्यासी’~ मेरो आँखा हेर्दै माया, जाच्ने नगर । भने हुन्छ मनको कुरा, साच्ने नगर ।। भेट हुन्छ आउँदा जादा, दोबाटोमा कहिलेकाही बोलाँउदा ओठ टोकी, हास्ने नगर ।। भने हुन्छ मनको कुरा, साच्ने नगर ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : म स्वर्गपुरी सँग दाँज्छु सधै मेरो देश

~ज्ञानशाली घिमिरे~ म स्वर्गपुरी सँग दाँज्छु सधै मेरो देश लेक बेसी फलाई राख्छु, सयपत्री गुरास मेरो, धर्ति हराभरा पारी सधै भरी शुख शान्ति ल्याई छाड्छु तराई गाउ बेसी लेकभरि चराई दिहड्छु कस्तुरी र मृग

Posted in कविता | Tagged | Leave a comment

गजल : कर्णाली भाइहरु

~गुरुप्रसाद कुमाल ‘बुलबुल’~ खोजिरहेछ युवाहरुलाई कर्णाली भाइहरु । तर फर्किन्छन् बाकसभित्र नेपाली भाइहरु । दोष के हुन्छ र नवपालुवाको, हुर्कन दिइन्न कोपिलामै निमोठिरहेछन् ती माली–भाइहरु ।

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : लोकतान्त्रिक पदावलीको प्रयोग !

~बासु शर्मा~ लोकतन्त्रमा लोकतान्त्रिक आचरणहरु अपेक्षित भएझैँ बोलचाल र लेखापढीका शब्दहरु पनि लोकतान्त्रिक भावना अनुरुप हुन जरुरी छ । सबैले आपूmलाई सो अनुसार अद्यावधिक गर्नै पर्ने हुन्छ । धन्य हो इन्टरनेट ! अनलाइन खबर साइटहरुको उपलव्धताले ज्ञानलाई अद्यावधिक गर्न साह्रै … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : जीवनको कथा

~रामकृष्ण पौडेल ‘अनायास’~ कसलाई सुनाउ खै जीवनको कथा जसलाई भने नी घट्दैन ब्यथा न त जान्छ प्राण आज न त बाँच्न सक्छु आदि हाँसो आदि खुशी यस्तै यस्तै म’ता / दुख ले रुदै झरेको आँशु बुझाउ कसरि

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : हिउँको जाडो

~भिम बहादुर थापा~ हिउँद यो सारेर सर्दैन चिसो यो टारेर टर्दैन नजाती उही छाउँदो पो छ श्वेत-शैतान यो हिउँको जाडो। ** चिनीसरी बर्षा झर्छ जादू-दृष्य जस्तै लाग्छ बिर्सुं भन्दा झनै गाढा बेचैनीको विशाल यो हिउँको जाडो।

Posted in कविता | Tagged | Leave a comment

छोक : निरन्तरता

~कोइँचबु काःतिच ‘उत्तम’~ आँशुका नदी जिन्दगीले फड्को मार्दा मार्दा एक दिन त भेलले भेटी त गो । न आँशु रहृयो न जिन्दगी न खोला

Posted in कविता | Tagged | Leave a comment

गीत : यो कस्तो व्यथा

~ईश्वर बल्लभ~ यो कस्तो व्यथा हो लिएर मनमा हिंडिरहेछु २ यी भत्कीरहेका पाइलालाई सोधें के भो भनेर केहि होइन भन्छन यी चर्किरहेका भित्तालाई सोधें

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : धड्कन दिइरहेछन्

~दिनेश राज पुरी~ छोराले खै के दिन्छन् बाले धड्कन दिइरहेछन् आमाहरुले प्रत्येक सासको कम्पन दिइरहेछन् खै यो पागलपन या प्रेम? प्रेमी प्रेमिकाहरु जस्ले मुटु चुड्छ उसैलाई मन दिइरहेछन्

Posted in गजल | Tagged | Leave a comment

बहरवद्ध गजल : चञ्चल छु

~इलामेली टीकाराम दुलाल~ छन्द : तोटक म त चुल्बुल गर्छु र चञ्चल छु ति मिठास नि छर्छु र चञ्चल छु ।१। पर भाग्न नखोज न आज यहाँ म तिमी निर सर्छु र चञ्चल छु ।२।

Posted in गजल | Tagged | Leave a comment

सिजो : उज्यालो दिन

~किशोर पहाडी~ उज्यालो दिनसँग माया लागेको छ अँध्यारोलाई रातसँग

Posted in सिजो | Tagged | Leave a comment

कविता : बुढा भएका मनहरू

~कृष्ण पहारी~ हिजो आज त मनहरू बुढा भएछ्न र मन ले गर्न सक्ने कामहरू पनि अव त गर्न छोडेका छन् पीडित मनहरू कैले काही सानो कुरामा पनि कुडिन्छन् मनहरू भित्र भित्र दुख्छन् डाको छोडेर रुन थाल्छन बुडा भएका मनहरू यस्तै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : समुन्द्र पारी आउँदैछु

~सूर्य चेम्जोङ~ आज म सात समुन्द्र पारी आउँदैछु तिमीलाई भेट्न आबुधाबी आउँदैछु यात्रा भरी काँडाहरु छेकिदिन्छ बाटो पन्छाउँदै काँडा भागी भागी आउँदैछु

Posted in गजल | Tagged | Leave a comment

गीत : सँगाल घुम्टोहरु

~गोपाल योन्जन~ सँगाल घुम्टोहरु सजाउ केशहरु म आएँ आँधी बोकेर सम्हाल बेगहरु २ आँधीले उडाईदेला लाजका ती पर्दाहरु बतासले खोसी देला ओठका ती हाँसोहरु

Posted in नेपाली गीत | Tagged | 1 Comment

गजल : लाउने छैन बुझ्यौ!

~श्रृजना क्षेत्री~ तिमी सँग माया अब लाउने छैन बुझ्यौ! भेट्न भनी दोबाटोमा आउने छैन बुझ्यौ! निश्चल माया गर्दा पनी शंका गरिरह्यौ भुलेर नि पापी मनमा छाउने छैन बुझ्यौ!

Posted in गजल | Tagged | Leave a comment

गजल : भेट होला जस्तो लाग्दैछ

~केशब आचार्य ~ तिमीसँग फेरी भेट होला जस्तो लाग्दैछ प्यास मेरो हृदयको फेरी किन जाग्दैछ । बिछोडका घाऊहरु आलै छन छात्तिभित्र जिन्दगीले फेरी किन तिमीलाई माग्दैछ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : म राष्ट्र सेवक

~आकाश ताम्राकार~ नेपाल आमा रोहि रहेछिन याहा आफ्नो अंस बण्डामा शाशक बर्गहरु लागी रहेका छन जन्ता भाड्ने धन्दामा। एक आमाको छातिलाई ६ भागमा चिरा पार्न खोज्दा चार भाई मात्र मिलेर खाना खोज्छन आमाको यो ममता।। ६०१ भाई जन्माएकी नेपाल आमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एक तर्फीप्रेम

~नवराज योन्जन~ “प्रेमले,न मर्न दिन्छ,नत बाँच्न दिन्छ” सम्झे मैले तानाशाह ति हिटलरलाइ र भने प्रिय…. जीवित सास रहुन जेल आस भन्छन् | आफ्नो स्वार्थ पुरागर्दै जित खोज्नेहरुको सहरमा तिम्रो प्रेम संग लडाई खेलेको धेरै भइसक्यो | लड्दा लड्दै न जित … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मलाई तिम्रो पीर लाग्छ

~गणेश कार्की~ मेरो कथा के सुन्यौ, र भन्यौ, “मलाई तिम्रो पीर लाग्छ” मनमा खै के गुन्यौ, र भन्यौ, “मलाई तिम्रो पीर लाग्छ” ! बिना संकोच पात झार्ने, पिपलको रुख जस्ती तिमी पात मलाई चुन्यौ, र भन्यौ, “मलाई तिम्रो पीर लाग्छ” … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : अरबको कथा

~अभागी कान्छा गाउँले~ तलब आएको पहिलो शुक्रबार को बिहानी, करिब ७ बजे मोबाइल बज्यो आँखा चिम्सो पार्दै हेरें- उनैको थ्यो ! ‘उनी’ अर्थात ‘फूलमाया’ एउटा क्लिनिङ्ग कम्पनीमा काम गर्छिन् उनी स्वर मा मिठास भर्दै ‘हेल्लो’ भनें ”सुतिराख्या हो ? सुन्नु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : फालौँ बिष त्यो

~डा. हेमनाथ घिमिरे~ कालो मेघ मडारियो गगनमा धर्ती मलीनी भईन् । सारा अन्ध भयो यहाँ जगतकी ज्योती कहाँ ती गईन् ।। चारैतर्फ बगे नदी रगतका, बस्ती जले दन्दनी । आयो के कलि यो अहो यति छिटै दाह्रा किटी फन्फनी ।। … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : यो कस्तो नियम

~ईश्वर शाही~ विधुवाले होली खोज्न नहुने यो कस्तो नियम ।। भबिस्यको भोली खोज्न नहुने यो कस्तो नियम ।। बिचराको के दोष त सुवाग मै त्यस्तो भयो ।। अब अर्को डोली खोज्न नहुने यो कस्तो नियम ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : नभएको चैन हजुर

~प्रकाश सापकोटा~ किन मलाई यति साह्रो नभएको चैन हजुर पग्लिँदैछु भित्रभित्रै भए क्यारे मैन हजुर आनन्दको कन्दमुल मुग्लानको जंगलमा कति खोजेँ, कति खोजे यहाँ पनि छैन हजुर

Posted in गजल | Tagged | Leave a comment

गजल : न्यानो लाग्न थाल्यो

~लक्ष्मन सागर ~ सूर्य मलाई सधैं भरि न्यानो न्यानो लाग्न थाल्यो दुबईको मायाहरू भित्री मनमा जाग्न थाल्यो रोल्पा सल्यान बसको सयर ४९३७ बाट गर्यौ टिभी देखाई दाङ घोराहिमा हर्ष माग्न थाल्यो

Posted in गजल | Tagged | Leave a comment

कविता : मलाई भन्न मन लाग्छ…….

~ऋषि पाण्डेय~ मलाई भन्न मन लाग्छ, देश बनाउँछु भन्नेहरुलाई नयाँ नेपाल बनाउन पुरानो नेपाल भत्काउनेहरुलाई । मलाई भन्न मन लाग्छ, कानुन बनाउने महामहिमहरुलाई कानुन पालना गराउने महासयहरुलाई टेबुल मुनिबाट रकम असुली कालोलाई सेतो बनाउनेहरुलाई ।।

Posted in कविता | Tagged | Leave a comment

गीत : सुख दुःख सगै रमाउ

~बिमल गिरी~ कैयौ बिते हिउदहरु तिमी आउने आसमा कैले खोज्छु मिरमिरेमा कैले बतासमा बाझिगए भस्मेहरु बाली नलाई पाखामा तडपी रहन्छु साझ बिहान निन्द्राछैन आँखामा सुख दुःख सगै रमाउ आफ्नै स्वदेशमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

आर. पि. आचार्यका तीन मुक्तकहरु : याद

~आर.पि.आचार्य~ # कहिले याे मन एक्लै गुनगुनाउछ यतै नजिक छाै कि सुम्सुमाउछ मुटुमा सजाएर पनि नपाएपछि पागलबनी याे मन त्यसै फुुलफुल्याउछ # सबैकुरा सिक्न माया लाउनु पर्दाेरहेछ

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : शान्ति तिमि फर्की आऊ

~गणेश पुर्बछाने मगर~ शान्ति तिमि फर्की आऊ हेर तिम्रै प्रतिक्ष्यामा यहा रुदैछिन तिमरै नेपाल आमा शान्ति तिमि फर्की आऊ हेर तिम्रै यादमा यहा निरास छन् लाली गुरास सारा

Posted in कविता | Tagged | Leave a comment

कविता : अब केहि होला कि

~बिमल महत~ प्रचण्डलाई पत्र लेखे त , तुरुन्त जवाफ दिनु हुनथ्यो होला । बामदेवलाई भने के भयो, झट्ट कारबाहि हुन्थियो होला । गिरिजालाई त के सोध्नु, बूढाको ऊठ्नै आटो चोला । माकुने को त महासचिब फुत्केर , छात्तिमा कति हान्दो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : दोषी चश्मा

~आभा~ ‘महिला सँधै आफ्नो समस्या मात्रै भन्न रुचाउँछन् । राष्ट्रियता, दर्शन, ज्ञानविज्ञान तिनका डिक्सनरीमा हुँदैनन्, चाहे ती गृहिणी होउन अथवा साहित्यकार, लेखक या पत्रकार ।’ धर्म दर्शनका अनेकन आयामको प्रवचन दिने प्रख्यात गुरु चियापसलमा विद्वता पर््रदर्शन गर्दै थिए । चियाको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment