~कार्तिकेय घिमिरे~
रमेशले पुरस्कार पाउँदा सबैले ताली बजाएको सुवासले हेरिरहेको थियो । उसलाई त्यतिबेला खल्लो लागिरहेको थियो । उसले मनमनै सोच्यो – “मैले खेल्न सक्ने खेल पनि भइदिएको भए, मैले पनि यसरी नै पुरस्कार पाउँथे होला ।” यिनै कुरा सोच्दासोच्दै उसको मन कटक्क खायो । उसले अँध्यारो अनुहार लगाएर आˆनो वैशाखीमा हेर्यो ।
“म किन लङ्गडो भएँ हुँला, मलाई भगवान्ले किन लङ्गडो बनाएका होलान् ?” सुवास यिनै कुरा सोच्दै निक्कै टोलायो । उसलाई सबै साथीहरू पुरस्कार जितेर अबीर लगाई रमाउँदै हिँडेको देख्दा रोऊँरोऊँजस्तो लाग्यो । ऊ दुःखी भयो । Continue reading