Tag Archives: योगेन्द्र ‘प्रकार अन्तर’ – Yogendra ‘Prakar Antar’

कविता : झरीको सन्देश

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ अहो ! यो कस्तो लहडको लहर ! यौटा मान्छे ! घाममा पानी उचालिए झैँ, सागरको । त्यती वितत छैन मान्छे । स्वार्थ, लिप्सा, इच्छा र रहरहरुले खुम्चिएको परिधीमा कती निच बनेको छ मान्छे ।

Posted in कविता | Tagged | Leave a comment

गजल : के गर्ने होला ?

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ नचिनेकी केटी के गर्ने होला ? गर्छे मरिमेटी के गर्ने होला ? देख्दा काली तर हिस्सी परेकी आफुभन्दा जेठी के गर्ने होला ?

Posted in गजल | Tagged | Leave a comment

कविता : अगेनाको छेउबाट

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ एउटा भेटमा जब हामीले आगो फुक्यौं ताप्यौं र निभायौं, मैले उसलाई संतोषको स्वरमा भने- यो सुख मलाई उद्विकासले दिएको होस्

Posted in कविता | Tagged | Leave a comment

कविता : त्रास

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ ब्रह्मलाई शुन्य बाकसमा राखेर म भुँडी मात्र लिएर बाटोमा हिंड्छु म स्वतन्त्रताको सिमाभित्र छैन म बाहिर छु यहाँ,मान्छेहरु अराजकतालाई नै स्वतन्त्रताको सगरमाथा ठान्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुरोध

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ हे अतिरन्जित चमकहरु हो ! मेरा आँखाहरुको ज्योति लैजाउ र चम्क तिमीहरु अझ धेरै तिम्रा प्रकाशहरुमा विभेदको कालो जिउ झन छर्लङ्ग भएर देखियो

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन-मृत्‍यु

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ जीवन टेबुलमुनी पैसा लिन्छ जीवन टेबुलमाथी दस्तखत गर्छ । जीवन हतार हतार बस चढ्छ अर्को जीवन आउँछ र घचेट्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : शहर, मृत्‍यु र म

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ आज मृत्‍युलाई भेट्नु छ यो बन्द कोठाभित्र जीवनका दुर्गन्धित संवेगहरुसगँ सतरंज खेलको घोडा हुन सिक्दासिक्दै हारेको अनुभुती हुन्छ उफ् यो मिनेटमिनेटमा कत्रो अन्त्य पेट्रोल नहुँदो हो, के ले पोल्दा हुन् हँ लास शहरका मान्छेहरु ?

Posted in कविता | Tagged | Leave a comment

कविता : पसिना उत्सव

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ यौटा पहाड: म अझै अग्लिन्छु । यौटा म: म अझै उक्लिन्छु । अब आफै पन्छाउनु पर्छ काँडाहरु डोकोभरी पहाड बोकेर बिसाइदिन्छु पहाड चौतारीमा उफ ! उ पनि ठाउँ ठाउँ भत्किएछ छाड्दिनँ उक्लन ठाडो उकालो साँझमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : भैंसी हो काठमाण्डौ

~योगेन्द्र राज शर्मा~ एउटा चढ्छ उत्रन्छ अर्को चढ्छ उत्रन्छ फेरी अर्को चढ्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नै कठघरामा घण्टाघर

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ त्यो रात नारायणहिटी देख्ने घण्टाघर थियो । त्यता गोली चलिरह्यो- ड्याङ, ड्याङ, ड्याङ, ड्याङ…. यता ऊ बजिरह्यो आर्तध्वनि- ट्याङ, ट्याङ, ट्याङ, ट्याङ…. ऊ जागा बसेर निदाईरहेको शहर

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी घाम नै हौ

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ लाग्छ, धेरै ताराहरु मिलेर तिमी बनेकी हौ तिम्रो अनुहारमा म रातको आकाश देख्छु लाग्छ, तिमी घाम हौ तिम्रो उज्यालोमा मेरा आँखाहरु हुनुको अनुभूती गर्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : समर्पण

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ शहरमा, चेतना बन्धकी छ तिमीले देखिनौ ? आर्यघाटमा मात्र खरानी हुँदो रहेनछ जीवन । शहरमा, अनौठो छटपटी छ म संसारको सबैभन्दा धेरै पर्यटक हुँ त्यहीं त हो नि -लण्डन हिजै त हो गाडी चढेर गएको

Posted in कविता | Tagged | Leave a comment

कविता : विश्वास

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ १. मलाई आस्थाका बिम्बहरु मन पर्छ फूलका पत्र-पत्रहरु, त्यहाँ अडिएका शितका थोपाहरु, बिहान उदाउने घाम र त्यही शितको ऐनामा त्यसको प्रतिबिम्ब ! मलाई प्रतिबिम्बहरुमा विश्वास छ केही बिम्बहरु भयानक हुन्छन् के भयानक हुँदैमा

Posted in कविता | Tagged | Leave a comment

कविता : केही विम्बमा रत्नपार्क

~योगेन्द्र राज शर्मा~ एउटा मान्छे, रत्नपार्कतिर छाता किन्छ-समय ओढ्छ । घडी किन्छ-समय हेर्छ । किताब किन्छ-समय पढ्छ । चस्मा किन्छ र देख्छ समय- निलो,पहेंलो,कालो,रातो……… व्यस्त फुटपाथको एउटा कुनामा, अक्टोपस-ज्योतिषले हात हेर्यो, अनिश्चित जीवनको

Posted in कविता | Tagged | Leave a comment

कविता : रीत

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ एकजोर चरासँग तिमीले जवानी साट्यौ चरा भएर उड्ने बेला बचेराहरुले केही छाडेर गए तिम्रो काखमा । जब तिमी सुक्यौ उनीहरु उड्ने बेला तिम्रो पतझर हाँगामा यौटा पुरानो गुँड थियो ती तिम्रै छातीको प्वालमा बस्थे त्यहाँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्रम

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ तिमी र म मिल्यौं भने एउटा भ्रम अवश्य हुन्छ तर त्यो, आकाश र धरती मिलेजस्तो अनन्त र अमर अवश्य हुँदैन हामी क्षणिक छौं जवानी मैं हो यस्तो भ्रम रच्ने जवानी मैं हो प्रेममा फस्ने बुढ्यौलिसम्म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरी सुवासिनी

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ लेक-बेसी गर्दै होली, मेरी सुवासिनी लडिन्छ कि डर्दै होली, मेरी सुवासिनी म एक्लै परदेशमा, उ देशमा एक्लै एक्लै जंघार तर्दै होली, मेरी सुवासिनी

Posted in गजल | Tagged | Leave a comment

कविता : विसंगत

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ विसंगत सपनाहरुको संभोग म के संगत ! बोझिल पहाडको छाती चरक्क चिरेर निस्कन्छन् खोलाहरु खोलाहरु सँगै केही पिसाचहरु केही रहस्यहरु चुपचाप ! चुपचाप !! केही खुँखार मसानहरु नारायणहिटी/हनुमान ढोका हनुमान ढोका/नारायणहिटी

Posted in कविता | Tagged | Leave a comment

छोक : गोठालो दृष्टि

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ यो समय आहाल बसिरहेको भैँसीमाथि बसिरहेछन् भ्यागुताहरु र कुरिरहेछन् भैँसीको भव्य प्रस्थान । केही समयअघि

Posted in कविता | Tagged | Leave a comment

कविता : सर्वोच्च प्रेम

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ तिमी सर्वोच्च छालको शिखरमा छौ र यो छाल अटल ! मेरै मुटुको सागरमा उठेको छ । नडराउ, यहाँ हिंस्रक सामिप्य छैन र यो दुरताबाटै मैले तिमीलाई प्रेम गरेको छु । सम्झ, यहाँ शान्त,शालिन र शुभ्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : कुकुर हो रिङरोड

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ दिनभर रातभर एकनास … घुमिरहन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : घामदेखी डराएन सत्य

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ चौतारीमा साईकल अड्याउँछ र एकैछिन सियाँलले जिउ भिजाउँछ । जुवाडेहरुको छेउ बसेर आखाँ तन्काई तन्काई सत्यले हेर्दैन; खेल्नु त परै जाओस् । ‘कुन रङ बोल्ने ?’ वास्तवमै सत्यले तासको रङ चिन्दैन, सत्य बेकम्मा भएर बस्दैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकार चोर

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ मान्छे मान्छेसँग र मान्छे बाटोसँग लाज मान्छ र झ्यालमा पर्दा लगाउँछ । मान्छे मान्छेसँग र मान्छे बाटोसँग डराउँछ र ढोकामा चुक्कल लगाउँछ । हरेक मध्यमवर्गीय कोठाहरु पर्दाभित्र हिनताबोध गरिरहेका हुन्छन् केही घरहरु धनी हुन्छन् तर … Continue reading

Posted in कविता | Tagged | Leave a comment