Tag Archives: Tribhuwan Chandra Wagle

कविता : निलो डायरी

~त्रिभुवनचन्द्र वाग्ले~ मेरो आत्मकथाको निलो डायरी भयो भो उसमा जिल्दा नलगाऊ ता कि उसलाई कृत्रिमता बुट्टेदार जिल्दाभन्दा सादा एक रङ्गी रहनु गर्व हुनेछ । कृत्रिमताः मेरो बैठकको गमला जसमा जीव छ, चराचर छैन भो तिम्रो गालामा जिल्दा नलगाउ पाउडरको

Posted in कविता | Tagged , , , , | Leave a comment

कथा : दीवारानी (१)

~त्रिभुवनचन्द्र वाग्ले~ धेरै लामो बसाइ भएन जुम्लामा । यस क्रममा सिंजा, महत गाउँ, विष्टबाडा र नाग्मामा केही दिन बिते । एक्लै बिष्टबाडा जाँदै गर्दा निकै थकाइ लाग्यो । तिर्खा लाग्यो । एउटा सम्पन्न जस्तो लाग्ने घरमा पानी खान पसेँ र … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कविता : स्वयंवर र भट्टीका साँझ

~त्रिभुवनचन्द्र वाग्ले~ जग्गेमा माडघुम्न बस्दा गतरातको बासी सितन झुसिलो डकार डुक्रन्छ सगर्व हिजो रात भट्टीमा सितन थप्ने साहुनीलाई भनेको थिएँ– “तिम्रो सितन क्या चाम्रो ! मध्यरातसम्म पनि चुरोटको धुँवा

Posted in कविता | Tagged , , , , | Leave a comment

निबन्ध : मान्छे र रूख

~त्रिभुवनचन्द्र वाग्ले~ वर र पीपलका रूख रहेकाले ‘वरीपिपल’ नामाकरण गरिएको छ मेरा पितापूर्खाले चर्चिएको बारीलाई । हुनुपर्ने थियो–वरपीपल । हाल त्यो बारी चौर भएको छ । सुरुमा यसको नाम वरपीपल थियो र क्रमशः जनजिब्रोले यसलाई वरीपीपल बनाएको छ । यसलाई … Continue reading

Posted in निबन्ध | Tagged , , , | Leave a comment

कविता : मेरो कार्यपत्र, धैर्य र भोक

~त्रिभुवनचन्द्र वाग्ले~ भान्सामा कसौडीका कसौडी अभाव पाकिरहेको छ र केटाकेटीहरू थालथालमा पस्केर खाइरहेका छन् भोक यो अभाव पाक्ने भान्सामा यो भोक पस्कने थालमा पख, पख, पख, बिहान ओर्लनासाथ आँगनमा मैले धैर्यका सम्बन्धमा एउटा कार्यपत्र पेश गर्नुछ

Posted in कविता | Tagged , , , , | Leave a comment

गीति कविता : मेरो देशको गीत

~त्रिभुवनचन्द्र वाग्ले~ हिमालले सिकायो गर्वले उठ्न विनम्रतामा तराईले झुक्न परन्तु सिकाए नेपाल आमा नेपाली भई एकतामा जुट्न………………..२ चिनारी काली पश्चिममा कुद्छ

Posted in गीति कविता | Tagged , , , , | Leave a comment

कविता : आमा

~त्रिभुवनचन्द्र वाग्ले~ हिउँदका चीसा रात कहाँ पाउनु मातृवात्सल्यको न्यानो काख शिशुहरू बेबी क्यारियरमा मातृ–काखको ताप धिताइरहेका छन् कुकुरका छाउराले मम्मीको काखबाट बेबी क्यारियरमा ब्यङ्ग्य भरिरहेका छन् आमाको मान्यता र शिशुको मूल्य विषयक कविता लेख्न बस्दा मौनता सिवाय विषय फुर्दैन, फुर्दै … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : पत्रकार नभएको भए म

~त्रिभुवनचन्द्र वाग्ले~ पत्रकार नभएको भए सायद म साहित्यकार हुन्थें कि साहित्यकार हुन नसकेको भए म सायद शिक्षक हुने थिएँ कि अथवा शिक्षक हुन नसकेको भए राजनीतिमा जम्ने थिएँ कि म सांसद वा मन्त्री पो बन्ने थिएँ कि, पत्रकार नभएको भए … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

व्यङ्ग्य कविता : साले त्रिभुवन

~त्रिभुवनचन्द्र वाग्ले~ साले त्रिभुवन खुच्चिङखाइस् चौथो अङ्ग भएको धाक खोक्थिस् देखेको लेख्ने र लेखेको बोल्ने गर्व बोल्थिस् हाल के छ ? बेहाल छ, हाल ! खुच्चिङखाइस् बेलैमा तलाई भनेकै हो– “भन्सार जाऊ संसार कमाऊ”

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , , , , , | Leave a comment

कविता : आरुको फूल

~त्रिभुवनचन्द्र वाग्ले~ दाजु अमारोको जुङाको रेखी नबस्दै बैनी अरुबखडा सिउँदोभरि सिन्दुर भरेर, अलिअलि नयन झारेर मलाई हेर्दै गई आमा शिशिरको प्रसुति वेदना निको नहुँदै छोरी–आरुफूल शौभाग्यवती भइछ लौ, मैले कानुनको ठेली पढ्न पाइन बालविवाहलाई कुन भाषाले व्याख्या गरेको छ कुन्नी

Posted in कविता | Tagged , , , | Leave a comment

कविता : मजवुन र मजवुनहरू

~त्रिभुवनचन्द्र वाग्ले~ मैले पिएको जाँडले साँझ चुलोमा कफर्यू लाग्नसक्छ छोराको स्कुलको पोशाकले आज घरमा हड्ताल गर्नसक्छ श्रीमतीको भग्नावशेष हृदय कविताको पारिश्रमिकले जीर्णोद्धार गर्ने गरेको छु विदेशी बन्दुकमा बारुद भर्दाभर्दै

Posted in कविता | Tagged , , , , | Leave a comment

लघुकथा : विज्ञापन

~त्रिभुवनचन्द्र वाग्ले~ रुँदारुँदै उसको आँशु सकियो । जलिरहेको आमाको चिता हेर्दै ऊ त्यहाँबाट उठेर हिड्यो । कहाँ गयो ? कसैलाई चासो भएन । आमाको तेह्रौ नसकिदै ऊ बेपत्ता भयो तर उसले गाउँ र गाउँलेलाई नजिकबाट हेरिरह्यो । आमाको वार्षिकीमा ऊ … Continue reading

Posted in लघुकथा | Tagged , , | Leave a comment

कविता : मायाको परिभाषा

~त्रिभुवनचन्द्र वाग्ले~ आमाले दूधले पखालि दिनुभएको गालामा माया गर्ने पश्चिमे संस्कृतिमा तिमीले जुठो चुहायौ मैले घिनमान्न पाइन, त्यो आतुरतामा आमाले मलाई जन्मदिनको शुभकामनामा ढ्याब मार्दा पिठ्युँमा सेतो सर्टमा दाग लाग्यो धुँदा सर्ट तिमीले दागा ध-यौ– “कसले मैलायो सर्ट”

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : आमा

~त्रिभुवनचन्द्र वाग्ले~ हिउँदका चीसा रात कहाँ पाउनु मातृवात्सल्यको न्यानो काख शिशुहरू बेबी क्यारियरमा मातृ–काखको ताप धिताइरहेका छन् कुकुरका छाउराले मम्मीको काखबाट बेबी क्यारियरमा ब्यङ्ग्य भरिरहेका छन् आमाको मान्यता र शिशुको मूल्य विषयक कविता लेख्न बस्दा

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : आँगन गुमाउनेहरूलाई

~त्रिभुवनचन्द्र वाग्ले~ आँखामा धुलो पर्नसक्छ भो बन्द गरे पनि हुने सडकमा ब्याडमिन्टन खेल सडक हो कसले भन्छ दुर्घटना हुँदैन दुर्घटना हो कसले भन्छ यो विनाश होइन आँखामा धुलो पर्नसक्छ म्याराथन गन्तब्य रोकिए पनि सडकमा खेल्ने ए नानीहरू

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : प्यास, प्यारी र धाराहरू

~त्रिभुवनचन्द्र वाग्ले~ जताततै पानीपानी पिउने थोपा छैन पानी । पूर्णकलश दाहिने पारी आफ्नो समुद्री यात्रा सुरुगरें मैले बिर्सिएको छैन काँधमा पानीको तुम्लेट बोक्न अँ, यो जल–यात्रा हो र त पिउने पानी लैजान बिर्सन हुन्न हामी पानीमा बग्छौं यद्यपि प्यासले सुक्छौं … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

गीत : आँसु भर्ने कुवा

~त्रिभुवन वाग्ले~ आँखा पनि परेलीमा आँसु भर्ने कुवा भए आँसुसँगै जवानीका वाचा कसम खेर गए सूर्यलाई अर्घजस्तै एकातर्फी माया दिएँ रात धेरै तिम्रा लागि कचौरीमा शराब पिएँ

Posted in नेपाली गीत | Tagged , , , | Leave a comment

कविता : विजय बजिमयलाई

~त्रिभुवनचन्द्र वाग्ले~ ए दाजु तिम्रो गाउँ र मेरो जन्म ठाउँ नजिकै हो नि तर के गर्ने म पयरले सयर गर्छु तिमी विचारले विचरण गर्छौ यति भनेपछि भन्नुपरेन म आकार हुँ तिमी निराकार म माछापुच्छ्रे हेर्न तिम्रो गाउँ आउँछु

Posted in कविता | Tagged , , , , | Leave a comment

समीक्षा : भाइटीकामा मितेरी साइनो

~त्रिभुवनचन्द्र वाग्ले~ भाइटीकाको दिनमात्र खुल्ने रानीपोखरीस्थित भातृत्तेश्वर महादेव मन्दिरमा धेरै दाजुभाइहरूले टीका थाप्छन् । राजधानी काठमाडौंमा अन्जली दिदीले विगत केही वर्षदेखि धेरै भाईहरूलाई टीका लगाइदिंदै आउनु भएको भएको छ । यसमाथि ओम शान्तिका दिदीहरूले जनै पूणिर्माको अवसरमा राजनीतिक र सार्वजनिक … Continue reading

Posted in समीक्षा | Tagged , , , , | Leave a comment