Tag Archives: Tirtha Sangam Rai

कविता : छापामार योद्धाको डायरी

~तीर्थ संगम राई~ स्काफफोल्डिङको पच्चिसौं तल्लामा झुण्डिएर जीवनको युद्ध लडिरह“दा प्रिय कमरेड ! म मृत्युसँग हारिसकेको छु । हारेको छु— आफन्तहरुका निर्दोष अनुहार छोराछोरीहरुका रहरलाग्दो सपना र, हारेको छु— आफ्नै जीवनसंगिनीको आशालाग्दो घाम झैं मुस्कान र जूनझै रहर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नै देशमा सुकुम्बासी भएको छु

~तीर्थ संगम राई~ पोहोर सालका बसन्तहरू ईलामको चिया बगानभरि छरिएको देख्दा लाग्थ्यो, यसपाली चाँडै फूलहरू फुल्नेछन् आगनका डिलभरि सयपत्री र मखमलीसँगै शरदले पनि खुसियाली मनाउनेछ तर हैन! यो मेरो क्षणिक भ्रम रहेछ, ती फूलका डालीहरू बिछिप्त बनेर मृत्यु शैय्यामा लडिरहेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मार्यो मलाई

~तीर्थ संगम राई~ आखाँ तिम्रा सारै नशालु आहा !! कर्के हेराईले मार्यो मलाई । ओठ को त के कुरा भो र पि्रय दन्ते मोहनीले मार्यो मलाई ॥ वक्षस्थल त झनै बैशालु वाह !! नशा-नशामा चढ्यो जवानी । नितम्बको कुरै छाडौ … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : टुक्रा-टुक्रा भयो देश

~तीर्थ संगम राई~ टुक्रा-टुक्रा भयो देश झिटी झ्याम्टा कसे अरे बुढा-खाडा सबै छाडी युवाहरू विदेश पसे अरे ॥ खोल्सा-खोल्सी छताछुल्ल रक्त कुण्ड बगेपछि भाग-बण्डा नपाउनेले पिठ्यूँमा छुरा धसे अरे ॥

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो देश रोएको बेला………

~तीर्थ संगम राई~ मेरो देश रोएको बेला……… छचल्किन्छन्…। पोखीन्छन्……। तप्प- तप्प चुहिनै रहेको छ अविरल आँशुका थोपाहरु…। तिमी भने मेरो जीवनको संघारमा मेरो स्वागतको निम्ति हातमा एक अाजुली मुस्कान सहित प्रेम पत्र लिएर उभिरहेकी छौ ॥ तिमीलाई म के भनुँ

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरो लागि साँचीराख

~तीर्थ संगम राई~ थोरै आँशु थोपा-थोपा मेरो लागि साँचीराख । पीर नगरी पल-पलमा मेरो लागि बाँचीराख ॥ सक्छौ यदि प्रतिक्षाको क्षण-क्षणलाई बाँधीराख । सम्झनाले पीरोल्छ भने तस्वीर चुम्दै हाँसीराख ॥

Posted in गजल | Tagged | Leave a comment

कविता : मैले देखेको यथार्थ………॥

~तीर्थ संगम राई~ आदिम कालमा पारुहाङ्ग र सुम्निमाले साकेला शिली गाउँदै नाँच्ने यो धरतिको सुन्दर गाँउ बस्ती र शहरहरुमा खोलानाला अनि ताल तलैयाहरुमा मैले हिजो आज देखिरहेको छु सडिएका कुहिएका दुङ्ग-दुङ्ग गन्हाईरहेका नृशप शरीरका डङ्गुरकहरु खाटो बसेका राताम्यै तैरी रहेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमीले बारे पछि

~तीर्थ संगम राई~ उदास तिम्रो मुहारमा खुसी तिमीले बारे पछि । आँशु झार्न हुदैनथ्यो मलाई माँया मारे पछि ॥ हिजो सम्म तिम्रा लागि कयौं रातहरु रोए मैले । आज माँया गर्छु भन्छौ अरुले माँया सारे पछि ॥

Posted in गजल | Tagged | Leave a comment

कविता : मानव अस्तीत्व

~तीर्थ संगम राई~ मेरो शीर माथिको सुन्यता मेरो पैतला मुनिको भू-गर्भ मैले टेकेको यो सुन्दर धर्ति मानव सभ्यता सगै जीवन उत्पतिका क्रमहरु राम पिथेकसका सन्तानहरु यो धर्ति भरी छरीएका अस्तीत्व मेरो लागि सोच्ने बिषय बनेको छ । मेरो लागि अनुसन्धानको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे नै मान्छेको यो शहर

~तीर्थ संगम राई~ अरव महासागरको बिचमा रेगिस्थानको यो धरातलमा घामको तातो राप खपेर शिशिरको चिसो सिरेटो सहेर कयौंको सपनाहरु पुरा गर्दै समुन्द्रि छालसँग बयेली खेल्छ मान्छे नै मान्छेको यो शहर टाउकै टाउकाले भरिएको भीडहरु तरवार गेट को वारी पारी

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरी अर्को युद्ध र क्रान्ति..!

~तीर्थ संगम राई~ रात क्रमश ढल्दै गयो, हुल मच्छडहरु, एक हुल हुच्चिलहरु, अनि…….., ब्यासोका बथानहरु बिस्तारै मानवहरुका शिकार , तछाड मछाड गर्दै गठ बन्धन गर्दै अराजकताको साजाल लिएर

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलको परागसेचन

~तीर्थ संगम राई~ धुपि सल्लाको बोटहरुमा बशन्तले हात हल्लाई रहदा लाली गुराँसहरु मुस्कुराई रहेका छन् । तर राष्ट्रिय बिभूति बोकेको लाली गुराँस हिजो आज दन्त्य कथाको पात्र बनेर किराँत प्रदेसका पाखाहरुमा पाठ्क्रमका पानाहरुमा चिप्किएर ईतिहास बनेको छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जीत भन्नु नै हार हो

~तीर्थ संगम राई~ चार आँखा जुधे पछि किरे कशम पनि खायौ र_िक्स बोकि मेरो आगन धेरै पटक तिमी धायौ धरो धर्म तिम्रो कशम तिमी बिना मरी हाल्छु भन्दै तिमी रहेक रातमा चाँदनीको कुरा गथ्र्यौ तर अचम्म ! बिहे गरेको पहिलो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो दृष्ट्रिकोणमा तिम्रो बहु अस्तीत्वहरु

~तीर्थ संगम राई~ बिहानीको पारीलो घामसँगै तिमी के उदायौ एक हुल ब्वाँसोहरु तितिर बितर भएको देखें तिमीले ती ब्वाँसोहरुलाई खेदि-खेदि धपायौ तर मैले त तिमीमा नै ब्वाँसोको आकृती देखें तिमी ूतिमीू नै हौ परीचय दिईहरनु पर्दैन तिमी सायद योद्धा हौला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पत्र साहित्य : सुखमय जीवनको शुभ-कामना

~तीर्थ संगम राई~ दिनाङ्क- २०५३।११।१२ मोरङ्ग-७ लेटाङ्ग श्वेता, कहाँबाट लेखनको सुरुवाद गरुँ बिषय वस्तुलाई जताबाट घुमाउन चाहे पनि वृत बनेर ह्दय भित्र अल्झिरहने हुँदा पुनः मन भरीका विभत्स अनि कुण्ठित् भावनाहरुलाई नलेखि रहन सकिन । क्षमा चाहान्छु फेरी नदोहोर् यााउने गरी … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कविता : म अनि मेरा बस्तीहरु

~तीर्थ संगम राई~ सुन्दैछु पि्रयसीका एकाध बस्तीहरुमा दोहोरी गीत नगाएको धेरै भो रे रोधीघर पनि नधाएको धेरै भो रे त्यहि भएर होला सायद यु्वाहरु बिदेशीएको मात्र देख्छु मरुभु्मीको वालुवामा मात्र भेट्छु ॥१॥ अफसोच मेरो बिकट तर निकट बस्तीहरुमा बिरह र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

युगल गीत : छरी दिउँ की मुस्कानसँगै

~तीर्थ संगम राई~ केटा- घुम्तिहरु सयौं आए हामी दुईको जीवनमा तिम्रैं साथहरु पाई रहुँ सधै भरी मिलनमा केटी- भरी रहुँ की सिउँदोसँगै पि्रयतम्का मीतहरु छरी दिउँ की मुस्कानसँगै पिरतीका गीतहरु केटी- आँखा चिम्ली हेर्छु जब तिमी आउँछौ सपनीमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : मेरो सामु नआऊ अब

~तीर्थ संगम राई~ परायाको सिन्दुर हाली मेरो सामु नआऊ अब अरुसँग मलाई जस्तै झुटो माया नलाऊ अब सुहागरातको बिछ्यौना तिम्रो प्रिय हुन्छ जब सतीत्वको स्वाङ् पारी उसलाई पनि नदाऊ अब

Posted in गजल | Tagged | Leave a comment

एकाङ्की : मृत्युउत्सव

~तीर्थ संगम राई~ विहानको ४ बजेको हुँदो हो । सडकमा मानिसहरुको फाट्टफुट्ट पदचाप सुन्न थालिसकेको छ । मजदुरहरु काम तिर जान थालेको अनुमान लगाउन सकिन्छ । भालेको दोस्रो डाक सकिएको छ । बिस्तारै उज्यालोले आफ्नो साम्राज्य फैलाउन थालिसकेको छ । … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment