Tag Archives: Suresh Khanal ‘Birkhe Maila’

कथा : पर्खाई

~सुरेस खनाल~ उसले चुरोटको अर्को लामो सर्को तान्यो। बस, टेम्पो, मोटरसाइकल, साइकल र मान्छेहरु सबै अधैर्य देखिन्थे ऊ जस्तै। धुलो त मानौँ भुईँबाट बसाइँ सरेर हावामै कतै आफ्नो साम्राज्य फैलाऊन खोज्दैथियो। चुरोटको धुवाँ उडाउने बित्तिकै उसले एकपटक नराम्रो संग खोक्यो … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : पहिलो प्रेमोत्कर्ष र सम्बन्धबिक्षेद्

~सुरेस खनाल~ प्रेमोत्कर्ष- तिमीले ढोका खोल्यौ, म थाहा नपाईकन भित्र पसेछु! संघारमा एकछिन, अल्मलिएको त अवश्य हो तर खै, अनायाशै, पाइला भित्रतिर बढेछन्!

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : प्रेम: ईश्वर

~सुरेस खनाल~ तिम्रो एक मुस्कान भए पुग्छ, म ईश्वर भूल्ने हिम्मत राख्छु! तालमा एऊटा डुङ्गा चल्यो, छालले किनार छोयो, तिम्रो सोचाइको तरंग जस्तै। कलकल नदी बग्यो,

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : चौबाटोको रुख, मेरो सफलता!!

~सुरेस खनाल~ सधैँ बिच बाटोमा, ठिङ्ग उभिएर, सँधैँ ‘उता’ र ‘यता’ को कल्पना बुनेर, सधैँ आउने जाने मोटरहरुलाई हेरेर, सधैँ आउने जाने बटुवाहरुलाई हेरेर, टाढा, टाढाको यात्रा पर्खँदै, जमीनमुनि माटो भित्र कतै, दर्शनढुङ्गामा जरा ठोक्छ; यो चौबाटोको रुख, मेरो सफलता!!

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : मानव! हे मानव!

~सुरेस खनाल~ मानव! मानव! हे मानव! कति मानवताको हत्या गर्छौ? तिमीलाई पुगेन अझै? तिमीले हिरोशिमा पोल्यौ र मुर्दा शान्तिको बिगुल फुक्यौ! तिमीले पोलपोट जन्मायौ र मानव खप्परको संग्रह गर्यौ

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कथा : पुरेले के गर्यो?

~सुरेस खनाल~ पुरे बिउँझियो। बाहिर चराहरु कराईरहेका थिए र पर कुनै मन्दीरमा घन्टबजिरहेको थियो। मान्छेहरुको कल्याङमल्याङ अश्पष्ट स्वरहरु पनि वातावरणमा फैलिएका थिए। एक पटक हाई गर्दै जिऊ तन्कायो र फेरि सिरकमा गुटुमुटु भएर घुँडा खुम्च्याउँदै कोल्टे फर्कियो र भित्तामा टुलुटुलु … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कविता : आकर्षण

~सुरेस खनाल~ माछापुछ्रेलाई बिस्तारै बादलले ढाकेर, फेरी बादल हटेर, माछापुछ्रे हाँस्दै अन्नपूर्ण संग जोडिएको, मैले सरानकोट बाट नियाल्दा, निलो आकाशले जसरि मलाइ छोप्छ;

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : तिम्रो माया र मेरो बेहोशि

~सुरेस खनाल~ तिम्रो माया र मेरो बेहोशि, संग संगै बढेछन् र संग संगै ओइलाएछन्! मेरो बेहोशिमा, शायद् म थिइन शायद तिम्रो माया थिएन; बस, तिमी थियौ सदैव! कहिले धमिलो! कहिले कन्चन!

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : कुरा फेरि रक्सीकै

~सुरेस खनाल~ जब तिमी, सुस्तरी मेरो यादमा आउँछौ, सुकेका मेरा आँखामा मुल फुट्छन्, र मेरो अगाडि भएको रक्सिको गिलाँसमा, म त्यसलाई भर्न खोज्छु! अचानक झस्किन्छु,

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : बाध्यता

~सुरेस खनाल~ मैले हत्केलाले छोप्न खोज्दा खोज्दै फुत्त निस्केर भागेको, कुनै उड्दै गरेको सिमलको भुवा जस्तो तिम्रो माया; उड्दै उड्दै हावाको तालमा, पटक पटक कालावाजी खाँदै, तातो स्पर्शको क्षणिक मादमा, घाम घाम चुलिँदै र ढल्किँदै, चिसो भुइँमा बजारिँदा,

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : खस्रो गुलाब

~सुरेस खनाल~ बास्ना आफ्नो ठाउँमा छ, कोमलता आफ्नो ठाउँमा छ, सौन्दर्य आफ्नो ठाउँमा छ, र फक्रेर बिहानि बोलाउने कोपिला आफ्नो ठाउँमा छ!

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कथा : बेरोजगारि व्यथा

~सुरेस खनाल~ मनमा कुरा खेलाउँदै हिड्दा ऊ, कुमारीपाटी तिर जानु पर्ने एकान्तकुना तिर लागेछ! निकै पर पीपलबोटमा पुगेपछि मात्रै ऊसले चाल पायो। नमिठो मुख बनायो, हात झड्कार्र्यो र आफैँलाई एउटा फोहोर गालि गर्दै ऊ फरक्क फरक्यो। बिहान उठे देखि नै … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

गीत : मेरो सम्झनाले कतै तिम्रो मुटु काँप्छ भने

~सुरेस खनाल~ मेरो सम्झनाले कतै तिम्रो मुटु काँप्छ भने मेरो तर्कनाले कतै तिमीलाई पिडा हुन्छ भने बुझिदेऊ नियती मेरो पनि उस्तै छ! जानिदेऊ जिन्दगी मेरो पनि उस्तै छ! के भूल के गल्ती छरिएका कयौँ छन् के माया के समर्पण फैलिएका … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

कविता : यो हिउँद

~सुरेस खनाल~ चिसो पट्टयारलाग्दो सर्दीमा, गजधुम्म परेर कपास ओडेका, ती एकोहोरो ठाडा रुखहरु; मेरो नियती जस्तै, आफुमाथि क्रमश: थपिँदै गएको बोझ हल्का हुने आशामा, अरु बोझ थप्दै गइरहेका छन्!!

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : रक्सी र म

~सुरेस खनाल~ हरेक साँझ, मनभरि भएका गुनासोहरु केलाउँछु र म पाउँछु आफूलाई; कहिले परिचितहरुका जालहरुमा जेलिएको, कहिले जीवनका सवालहरुले घेरिएको, कहिले एक्लोपनाका हालहरुमा हराइरहेको, र कहिले, जवानीका जंजालहरुले बिथोलीरहेको!

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : भुतपूर्व प्रेमिका

~सुरेस खनाल~ अलिकता म हड्बडाएँ, अलिकता म झस्किएँ। आत्तिएकै त म हैन, तर, अलिकता म धकाएँ। मान्छेको भिड थियो एकछिन अघि सम्म। अहिले भर्खर, म एक्लिएँ। मुख रसिलै थियो शायद;

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : तुषाराहरु

~सुरेस खनाल~ तुषाराहरु, मेरा कल्पनाका ओसलाई कण कण गर्दै, चिस्याउँदै जान्छन्! यथार्थहरु, जुन मलिलो देखिँदै थिए हिजो सम्म;

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : नेपाल एक दिन फर्कन्छु ..!

~सुरेस खनाल~ नेपाल एकदिन फर्कन्छु, अमेरिकामा रमाउन सकिन्न! संकल्प धेरै पटक मनमा आए। तर, पढाइ त पुरा होस! कलेज – डेरा, डेरा – कलेज पढाई पनि सकियो। यतिका बर्ष बिताईयो, खालि हात के जानु! नेपाल एकदिन फर्कन्छु, अमेरिकामा रमाउन सकिन्न!

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : साकी प्याला भरिदेऊ

~सुरेस खनाल~ साकी, भरिदेऊ अझै प्याला माथि प्याला! सबै पिएको हैन मैले, आधि गिलाँस त छचल्किएरै पोखिएको हो। तिमिलाई थाहा छैन, आज अझै चुर हुनु छ मलाइ। भर्खर त साँझ पर्रयो, भर्खर त मेरो गाला र घाँटि रसिलो भयो।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

छोक : बेकार लाग्छ

~सुरेश खनाल ‘बिर्खे माईला’~ बास्ना आफ्नो ठाउँमा छ, कोमलता आफ्नो ठाउँमा छ, सौन्दर्य आफ्नो ठाउँमा छ, र फक्रेर बिहानि बोलाउने कोपिला आफ्नो ठाउँमा छ! तर सुगन्ध भेट्न जरा देखि उकालो लागेको म;

विधा : छोक | | प्रतिकृया छोड्नुहोस्

हाँस्य-गजल : कानो गोरुलाई औँशि न पुर्ने

~सुरेश खनाल ‘बिर्खे माईला’~ कानो गोरुलाई औँशि न पुर्ने, तिम्रो त मेरो बिहे कहिले जुर्ने? मुखमा राम राम बगलिमा छुरा तिम्रो बाउ संग गरौँ बिहेका कुरा।

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

कथा : पर्खाई…

~सुरेश खनाल ‘बिर्खे माईला’~ (पहिले नै लेखेको र अरु ठाउँहरुमा पोस्ट गरेको थिएँ, यहाँ पनि गर्न मन लाग्यो) उसले चुरोटको अर्को लामो सर्को तान्यो।

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : मेजरनी

~सुरेश खनाल ‘बिर्खे माईला’~ आज पनि १२ बजिसक्यो मेजर अझै फर्केको छैन। “कतै गएर धोकिरा होला नि सुङगुरको झोल?” मेजरनीले मुख नमिठो बनाईन् र मनमनै बोलिन्। तत्कालै झ्याल बाट बाहिर हेरिन्। उता पट्टिको कटेरोमा बत्ति निभिसकेछ। “ थाकेको थियो, बिचरा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : बस स्टप

~सुरेश खनाल ‘बिर्खे माईला’~ एउटा पुरानै कथा वार्तालाप शैलीको! बस स्टप- ” हाssssई! खै त यार, बस त आएन त?” ” मान्छे समात्दै कोच्दैहोला नि बसमा उता थापाथली तिरै..”

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्