Tag Archives: सुरेन्द्र राना – Surendra Rana

गीत : जिन्दगीलाई दुई टुक्रा

~सुरेन्द्र राना~ जिन्दगीलाई दुई टुक्रामा बाँडेर एक टुक्रा आफु, एक टुक्रा अरु साँची सहेछु सायद जिन्दगी पनि अंश लाग्दो रहेछ अलिकति आफू, अलिकति अरु बाँची रहेछु

Posted in नेपाली गीत | Tagged | 1 Comment

गजल : थामेर किन छोड्यौ हातहरु

~सुरेन्द्र राना~ एउटै यो मनलाई, दुःखाउनेहरू धेरै हुन्छन् हँसाउनेहरू कोही कोही रुवाउनेहरू धेरै हुन्छन् कति अन्यौल छन् यहाँ जिन्दगीका मोडहरू बाटो देखाउने कोही कोही भुलाउनेहरू धेरै हुन्छन्

Posted in गजल | Tagged | Leave a comment

गीत : जुनी जुनीलाई मेरी उनीलाई

~सुरेन्द्र राना~ जुनी जुनीलाई मेरी उनीलाई अरुलाई होइन चोखो माया मेरी उनीलाई केहि क्षणलाई होइन मेरो माया जुनी जुनीलाई मेरी उनीलाई जुनेली रातको शीतल पलहरु उषाको लालीको हो गुलाबी रङ्गहरु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : उस्तै हुन्छ माया

~सुरेन्द्र राना~ सबैले दिने उस्तै हुन्छ माया तर म नौलो प्रीत दिन्छु तिमीलाई नै सम्झी, सम्झिरहेको मुटुभरिको चोखो गीत दिन्छु भन्दिन म तिमीलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : थामेर किन छोड्यौ हातहरू

~सुरेन्द्र राना~ थामेर किन छोड्यौ हातहरू रोजेर किन तोड्यौ साथहरू छोडेर गयौ सारा यादहरू रोएर बिते मेरा रातहरू दुई किनाराहरू छोएर बग्ने तिम्रो बानी मैले चिन्न सकिन तिमी बग्यौ कुन सागरमा मिल्न लहरहरू मैले भुल्न सकिन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : भुल गर्ने रहर

~सुरेन्द्र राना~ यो मनको के भर हुन्छ बहकिने मात्र डर हुन्छ जानी जानी पनि यहाँ भुल गर्ने रहर हुन्छ छिनमै भत्केर जाने बालुवाको घर हुन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment