Tag Archives: सुरेन्द्र महर्जन ‘अमर’ – Surendra Maharjan ‘Amar’

गीत : अल्झें कता

~सुरेन्द्र महर्जन ‘अमर’~ हिँड्दा हिँड्दै कहाँ पुगें पुग्नु थियोे कता अल्झें कता बिरानो गाउँ भेटें को मान्छे छु यता मन पुग्यो कता । आफ्नो भन्ने धेरै भेटें झुठो सपनाहरू बाँड्ने कति यस्तै होला दुनियाँ आफ्नो बनी पुर्‍याउँछन क्षति ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

सुरेन्द्र महर्जन ‘अमर’का दुई हाइकुहरु

~सुरेन्द्र महर्जन ‘अमर’~ हल्लायो धर्ती भागाभाग मानव भूकम्प गयो ! फुलेको फूल

Posted in हाइकु | Tagged | Leave a comment

स्वदेश गान : देशको माया

~सुरेन्द्र महर्जन ‘अमर’~ मुटुभित्र पनि देश भेट्छु परेलीमा झन सँधैभरी नेपाली हुँ त्यसैले होला देश दुख्दा पीडा वरिपरि । मान्छेसँग देशको माया होस यस्तै चाहन्छु मुटु आफ्नो धड्कन देशको बन्न चाहन्छु, हिमाल झैं अटल माटोको शान बनु सँधैभरी

Posted in नेपाली गीत | Tagged , | Leave a comment

मुक्तक : बाँच्ने आधार

~सुरेन्द्र महर्जन ‘अमर’~ जीउन खोज्नु यही जिन्दगी हो श्वास रहे आश बाँच्ने आधार हो दुनियाँमा जे पनि देखिन्छ बाँचे

Posted in मुक्तक | Tagged | Leave a comment

स्वदेश गान : देश बाँची रहोस्

~सुरेन्द्र महर्जन ‘अमर’~ बाँचेर सँधै हाँसी रहूँ हृदयको चाहना म मर्छु देश बाँची रहोस् यही सपना । चन्द्र अनि तारा चम्की रहोस् सँधैभरी म मरे नि देश बाँची रहोस् सँधैभरी ।

Posted in नेपाली गीत | Tagged , | Leave a comment

स्वदेश गान : विशाल नेपाल चाहिन्छ

~सुरेन्द्र महर्जन ‘अमर’~ ठुलो छ चाहना चन्द्र छुने धर्ती र आकाश चाहिन्छ हिमाल, पहाड र तराईको विशाल नेपाल चाहिन्छ । जन्मभूमि मेरो नेपाल मलाई नेपाल देश चाहिन्छ जातीय राज्य चाहिँदैन नेपालीको माया चाहिन्छ ।

Posted in नेपाली गीत | Tagged , | Leave a comment

लघुकथा : ईश्वर

~सुरेन्द्र महर्जन ‘अमर’~ साउन महिना मान्छेहरू पूजाकोलागी मन्दिरमा भीड अनि व्रत बस्नेहरू कति कति देखें । हुन त साउन नै किन र ? आइतबार, सोमबार, मंगलबार, बुधबार, बिहिवार, शुक्रबार र शनिबार हरेक बार हरेक महिना पूजा गर्ने भक्तहरू मैले नदेखेको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : नचाहेर पनि

~सुरेन्द्र महर्जन ‘अमर’~ नचाहेर पनि पिउनु परेको छ जीउनलाई सुख दुःख आउँछ बाचूँ आँसु पिउनलाई । उमंगको सपनाहरू देखें सिसा झैं फुट्यो बिउँझी हेर्दा मनको रहर खै कसले लुट्यो, साथ कोही भेटिँदैन सोधुँ कि सपनीलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment