Tag Archives: सुधीर छेत्री – Sudhir Chhetri

कविता : शक्तिप्रदर्शन

~सुधीर छेत्री~ लेम्पपोस्टको नाकभरि मुस्लो धुँवा फ्यॉंक्दै, तीतेपातीको शरीरमा चोटको ट्याट्टु नै ट्याट्टु खोपेर, नयॉं लुगामा उभेकी दुबोलाई मिचेर , थिचेर शक्तिप्रदर्शनको आत्मपरकता बोकी घरमुनिबाट जॉंदैछन् झण्डाहरू। हातमा भिटामिन बोकेर उभेकी रायोसाग, पधिना।

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~सुधीर छेत्री~ यदि तिम्रा तिलस्मी कोखिलाहरूमा विकासका प्वाँखहरू उम्रेका भए धुलो हटाउँदै, तुवाँलो चिर्दै, खेतहरू उफ्रँदै माटोले लिपेको गाउँमा नाङ्गै उफ्रिरहेको भोको बालकलाई छाम्न जानू। उसका सुकेका आन्द्राभित्र शीत भएर पस्नू।

Posted in कविता | Tagged | Leave a comment

कविता : सडक सडक सहर सहर

~सुधीर छेत्री~ मैला भरिया झुल्दैछ चियादोकानको बन्द झरापअघि। चिसो मृत्युको खोला स्वाट्ट पसेको छ सहरबाट त्यसको शरीरभित्र। धमिला गल्लीहरू छातीमा चकमन्नता चेपेर पिसाबको गन्ध सुँघ्दै दयनीय आँखाले डङ्गुर कुचैला हेरिरहेछ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तातो हावा

~सुधीर छेत्री~ एउटा तातो हावाले शरीर फड़्कार्‍यो, प्वॉंखमा टॉंसिएका पानीथोपाहरू झड़्कार्‍यो अनि कम्मर कसेर उठ्यो आवाजहरूको थैला कॉंधमाथि भिरेर। तातो हावा अब

Posted in कविता | Tagged | Leave a comment

कविता : दावानल

~सुधीर छेत्री~ दन्दनी दावानलमा जलिरहेछ माटो। सॉंपले दंश बिछ्याएर नीलो हावामा खैरे मरूभूमि अनुवाद गर्नचाहन्छ अनि बस्तीबाट निस्केका पराक्रमी रॉंकोहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : हुलिगन्स

~सुधीर छेत्री~ खबरमा छ : नव-फासीवादका गीत सुनिरहेछन् सेता ब्वाँसाहरुले। काला स्यालहरु दगुर्छन् विस्फोटका चोइटाले बिझाएर।

Posted in कविता | Tagged | Leave a comment

कविता : माइलालाई रमिता छ

~सुधीर छेत्री~ अहिलेदेखि झण्डा बोकेको होइन माइलाले। माइलालाई रमिता छ। माइलाले नै बोक्नुपर्छ जातीय अस्मिताको भारी अनि भारीमाथि सुपारी। माइलाले बाँधिबस्नु छ सधैँ राष्ट्रिय अपरिचयको हेम्मरी,

Posted in कविता | Tagged | Leave a comment

कविता : हिप्पोक्रिट संवेदनशीलता

~सुधीर छेत्री~ “साहित्य, कविता, सत्यं, शिवं, सुन्दरम् -यी के हुन् ? सब अक्षरका खेलमात्र हुन्, अक्षरको एक विशेष मर्यादाक्रम हुन्। आजको भोलि नै यिनलाई बदलिन सकिन्छ, यिनलाई म अहिले नै बदलिनसक्दछु।” -शङ्कर लामिछाने एब्स्ट्र्याक्ट चिन्तन प्याज कार्निभल चल्दैछ। कार्निभल। समुद्री … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बुढी औँला

~सुधीर छेत्री~ सबैभन्दा पहिले तिमीले मेरो तोते भाषा खोस्यौ। त्यसपछि खोस्यौ उघ्रेको भाग्य, मेरो ढुङ्गाको देवता, हिट्टीको पानीधारा, चिन्डेको मुन्टा, सिमरायोको पुरानो गन्ध, मेरी बज्यैको कुर्कुच्चा र कुङ्फुसु,

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ बिहानको कोलाज

~सुधीर छेत्री~ पूर्वेली आकाशको कुनाबाट घामले रातो रुमाल हल्लाएर एकदिवसीय म्यारेथनको घोषणा गऱ्यो। फुच्चे दुबोहरू शितमा खुट्टा चोप्दै उफ्रिए। हावाले घाँटी फुलाएर सुसेली बजायो।

Posted in कविता | Tagged | Leave a comment