Tag Archives: Sita Tharu ‘Nischhal’

गजल : बस्छौ कहाँसम्म नारी ?

~सीता थारू ‘निश्छल’~ सहेर यो यातना, बस्छौ कहाँसम्म नारी ? लुकाएर चाहना, बस्छौ कहाँसम्म नारी ? हत्कडी र जञ्जीर, मिल्यो लगाम जब लगाएर कँगना, बस्छौ कहाँसम्म नारी ?

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : छोरीहरु

~सीता थारू ‘निश्छल’~ जानु पर्ने अरुकै घरमा छोरीहरु । अनि बाँच्ने अर्काको रहरमा छोरीहरु । जन्मघर आमा–बुवा सबथोक छोडेर चिनाउँछन् अरुकै थरमा छोरीहरु ।

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : कस्तो तक्दिर यो ?

~सीता थारू ‘निश्छल’~ कोही जाग्ने कोही सुत्ने कस्तो तक्दिर यो ? थुक्क ! मिलेर पनि छुट्ने कस्तो तक्दिर यो ? जिन्दगीको डोरी बलियो बनाउँदा–बनाउँदै, आधा त्यो बाटोमै टुट्ने कस्तो तक्दिर यो ?

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : तिमी कहाँ थियौ ?

~सीता थारू ‘निश्छल’~ जिन्दगीमा हाले चिठ्ठा, तिमी कहाँ थियौ ? तिम्रै लागि माँगे भिक्षा, तिमी कहाँ थियौ ? हातमा लिएर बरमाला र सिंदूर–थाली घरि–घरि थापें टीका, तिमी कहाँ थियौ ?

Posted in गजल | Tagged , , , | Leave a comment

थारू भाषी गजल : तुह कहाँ रहो ?

~सीता थारू ‘निश्छल’~ जिन्दगीमे दर्नैं चिठ्ठा, तुह कहाँ रहो ? तुहिनहे मँग्नु भिक्षा, तुह कहाँ रहो ? हातमे लैके बरमाला ओ सेंदुर–टीका घनि–घनि दर्नैं झिँका, तुह कहाँ रहो ?

Posted in थारू गजल | Tagged , , , | Leave a comment

गजल : साझा नसोच्नु होला

~सीता थारू निश्छल~ बनाउँछु भनेर साझा नसोच्नु होला । बस् त्यो भन्दा ज्यादा नसोच्नु होला । जिन्दगीमा सधैं अगाडि बढ र बढाऊ लगाउँछु भनेर काँडा नसोच्नु होला ।

Posted in गजल | Tagged , , , | Leave a comment