Tag Archives: श्रवण मुकारुङ – Shrawan Mukarung

भलाकुसारी : बुँद राना, श्रवण मुकारुङ र रमेश श्रेष्ठसँग गरिएका कुराकानीहरू

~तुलसीहरि कोइराला~ नेपाली साहित्यका क्षेत्रमा सबैभन्दा प्राचीन भएर पनि पछिपरेको विधाका रुपमा हेरिन्छ काव्य क्षेत्रलाई । उपन्यासमा आधारित सिनेमाहरू बन्छन्, नाटकहरू मञ्चन हुन्छन्, कथाहरूमा पनि सिनेमा बन्छन्, टेलिभिजनका छोटा टेलिचलचित्रहरू बन्छन् तर काव्य विधाका क्षेत्रमा भने धार्मिक ग्रन्थहरूमा आधारित भन्दा … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , , , | Leave a comment

कविता : पुरानो मान्छे

~श्रवण मुकारुङ~ यस धर्तीको सबभन्दा पुरानो मानिसलाई मार्न सबभन्दा नयाँ कुरा चाहिन्छ । तिमीसित अब के छ त्यस्तो कुरा… ? सुधारिएको प्रजातन्त्र ? गणतन्त्र ? अत्याधुनिक बन्दुक ट्याङ्क, मिसाइल, रकेट लञ्चर

Posted in कविता | Tagged | Leave a comment

कविता : कलाकार चन्द्रको सपना

~श्रवण मुकारुङ~ पृथ्वीनारायण शाहको सैनिक भएर युद्ध लडेका जाबर शेख र उसको सन्तान– रियाद शेखको अग्लो तर पुरानो घर र त्यसको भुईंतलाको आधा अँध्यारो छिँडीमा प्रथम किराती राजा यलम्बरको एक थोपा खुन कलाकार चन्द्र रानाहँछा जग्गा दलालको नयाँ गाडीको नम्बरप्लेट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~श्रवण मुकारुङ~ छोरी! जब तिमीले जानैपर्ने भयो स्कूल तिम्रो हात समाउन आयो ऊ पुर्‍यायो उसले स्कूलको ढोकासम्म र आफ्नो काँधबाट झिकेर दियो तिमीलाई झोला र टिफिन। फर्किने बेला फेरि पुग्यो ऊ त्यही ढोकामा

Posted in कविता | Tagged | Leave a comment

कविता : अभियुक्त हेल्थपोष्ट

~श्रवण मुकारुङ~ द्वन्द्वकालमा- शहर पसेका जमिनदार फर्किए गाउँ र गरे- जग्गादान अरब गएका युवाले खोले संस्था र पठाए- आर्थिक सहयोग ढुङ्गा, माटो, काठ, पानी जुटायो गाउँले गाउँलेले गरे- श्रमदान एनजीले हालिदियो- टिनको चम्किलो छाना

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमगीत

~श्रवण मुकारूङ~ यी जन्तीजस्ता पर्वत चराको माला बुकी र बतास यी सनईजस्ता भन्ज्याङ लोकन्ता खोला गोधूलि र मौनता यी मान्छेका आदिम र आधुनिक दुःखहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : माझी गाउँको हल्ला

~श्रवण मुकारूङ~ नदीमा ताराहरू डुबेका छन् भन्ने गाउँभरि हल्ला चलेपछि ऊ सबेरै बल्छी बोकेर हिँड्यो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सनकी तारा

~श्रवण मुकारूङ~ सनकी तारा कसैलाई वास्ता छैन– उसको आगमनको । बरु छ– भर्खरै, त्यो तरुनी चन्द्रमाको हातबाट एउटा निरीह फूल झरेको खेतको आकाशलाई सानो झरीको दाग लागेको धानको बाला थोरै उठेको

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलको कथा

~श्रवण मुकारूङ~ उहिल्यै–उहिल्यै फूलहरू कविता लेख्थे । फूलहरू– आदिकवि थिए महाकवि थिए युगकवि थिए जनकवि थिए उहिल्यै–उहिल्यै

Posted in कविता | Tagged | Leave a comment

कविता : मोहन कोइराला

~श्रवण मुकारूङ~ कति हिँडेँ हुँला यो जीवनमा म कति हिँडेँ हुँला यसरी– कतिपल्ट बिसाएँ हुँला– यो अडेसोमा ? मेरो सपनाजस्तो बगिजाने यो खोलाको पानी कहाँ पुग्यो होला अहिले कठै ! यो रुख

Posted in कविता | Tagged | 1 Comment

कविता : पुरानो मानिस

~श्रवण मुकारूङ~ यस धर्तीको सबभन्दा पुरानो मानिसलाई मार्न सबभन्दा नयाँ कुरा चाहिन्छ तिमीसित अब के छ त्यस्तो कुरा ? सुधारिएको प्रजातन्त्र ?

Posted in कविता | Tagged | Leave a comment

कविता : आँसु

~श्रवण मुकारुङ~ आँसु नआउँदै– तस्वीर आउँछ आँसु पलाउँदा– सम्झना झाँगिन्छ÷क्षितिज धमिलिन्छ आँसु झर्दा– आँखामा खस्छ÷बालक चलमलाउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : बिसे नगर्चीको बयान

~श्रवण मुकारुङ~ मालिक ! म यो गोरखा राज्यमा अर्ढाई सय वर्षछि बौलाएँ । मेरो टाउको फनफनी घुमिरहेछ जमिन आकाशतिर आकाश जमिनतिर भइरहेछ आँखा तिर्मिरतिर्मिर भएर हजुरको शिर दसवटा देखिरहेछु खोई मेरो पैताला कहाँनिर छ – कहाँनिर छ बिसे नगर्ची – … Continue reading

Posted in कविता | Tagged | 1 Comment