Tag Archives: शशीकला थापा सुब्बा – Shashikala Thapa Subba

गीत : प्रेमको कथा

~शशीकला थापा सुब्बा~ तिम्रो मेरो प्रेमको कथा युगौ2 बाँची रहोस् तराई पहाड नदी नाला हिमचुलीमा हाँसी रहोस् तराई फाँटमा हावा चल्दा हाम्रो प्रीत लहराउन पहाडी भेगमा चाँप फूल्दा पिरतीको बसना छरुन

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

गीत : धरान पोखरा

~शशीकला थापा सुब्बा~ माछापुछ्रे हासिदिदा सप्तकोशी नाचिदिउकी धरानसित पोखराको चोखो प्रित गासिदिउकी भेडेटारको चिसो कुहिरो गुप्तेश्वरलाई ओढाईदिउला सर्दु सेउती सुक्दाखेरी सेतीको जल पैचोलिउला

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

गीत : प्यारो गाउँ

~शशीकला थापा सुब्बा~ आज मेरो मन पुग्यो आफ्नै प्यारो गाउँमा चिट्ठी लेखी पठाउदैछु आमा तिम्रो नाउँमा परदेशमा छु कहिले काही भोकै पनि हुन्छु मकै भट्मास् सम्झिएर धुरुधुरु रुन्छु कहिले आउ दु:ख बिसाउन तिम्रो कोमल पाउमा

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

गीत : जिन्दगी

~शशीकला थापा सुब्बा~ जिन्दगी कहिले दियो भै बल्छ,कहिले आफै आँधी झैँ चल्छ बुझ्न खोज्दाखोज्दै यसले ,हरमोड़मा आफ्नो रुप बदल्छ युगौदेखि जन्म्यो तर हरेकचोटी मरेकै छ अजम्बरी बन्छु भन्दै भ्रमको खेति गरेकै छ

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

कविता : जिउँदो हुनुको पिडा

~शशीकला थापा सुब्बा~ मैले सुने यसपालि पहेलै भएर सुन्तलामा फल्यौ रे मकैको जमरामा निस्क्यौ रे धानको बालामा लहरायौ रे खै मलाई धिक्कारयौ भन्ने कतैबाट सुनिन खै मलाई सरापेयौ भन्ने कहीबाट आएन तिमी विकट पहराहरुमा मृत्युसंग लुकामारी गर्दै गर्दा मा मलमलमा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

गीत : फूल को कहानी

~शशीकला थापा सुब्बा~ तिमी पराग म सुगन्ध छाईरहू फूलभरि हाम्रो प्रीत खेलिरहोस सधैँ फूल कै वरिपरी कहिँ मन्दिरभित्र बसी, चोखो आभा छरिदिउ कतै भमराको चुम्बन, जुठो सम्झी झरिदिउ

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

गीत : परदेशीलाई……

~शशीकला थापा सुब्बा~ निद छैन परेलीमा, डाँडापरि जून उदायो किरण झर्यो आगनीमा ,फेरी तिम्रो याद आयो मनको डोरी चुडाएर एकलै किन छाडीराख्यौ कलिलो यो जोबनलाई,कुन बन्धनमा पारीराख्यौ

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

गीत : यो जुनीमा

~शशीकला थापा सुब्बा~ म त डुब्ने घाम थिए जून संगै उदाइ दिये आफ्नो मन दुखाएर तिम्रो चित्त बुझाई दिये बन्द थिए ओठहरु छात्तीभरी आँधी थियो आँखा रसाएर आँशु झर्न मात्र बाँकी थियो

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

गीत : मायाको संसार

~शशीकला थापा सुब्बा~ यो कस्तो विवशता कस्तो बिडम्बना न सम्हाल्न सके न पन्छाउन सके माया को संसार गाह्रो भो मलाई २ यस्तै जिन्दगी हो भन्दै,कोहि बाची दिन्छ मन पखाली आँशुले, कोहि हांसी दिन्छ

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

गीत : रात

~शशीकला थापा सुब्बा~ मेरो गाँउमा उदाउने घाम तिम्रो गाँउमा अस्ताउँछ भए भरका पिडा बोकी रात मलाई जिस्काउछ यात्रा हिड्दा जिन्दगीको, धेरै टाडा पुगिएछ फर्की हेर्दा अतीतलाई, एकटुक्रा मन छुट्टीऐछ

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

गीत : जीवनको मध्यान्तर

~शशीकला थापा सुब्बा~ बुझ्न खोज्छु आफै सँग, मर्नु बच्नुको अन्तर मेरो/ सायद यंही नै हुनु पर्छ जीवनको मध्यान्तर मेरो// तृप्त मनका दह हरू ,सुकेर त्रीष्ना भयो आज/ जे,जे थिए जो,जो थिए,सम्झना मात्र रह्रयो आज//

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

शशीकला थापाका तीन हाइकुहरु

~शशीकला थापा सुब्बा~ १. हिमाली चरो चारोको खोजीमा बालुवा माथि २. थाप्लोमा ऋण अरबको जागिर

विधा : हाइकु | | प्रतिकृया छोड्नुहोस्

गीत : आमा को मन

~शशीकला थापा सुब्बा~ आशिसको टिको थापेर भन्थेऊ परदेशमै कमाउने धेरै दिन बित्यो कहाँ पुगेऊ बरा खबरै नआउने भुल्दिन भन्थेउ जहाँ गएपनी आमाको माया यो लेकको कुहिरो बेशीको घाम बर,पिपल छाया यो

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

गीत : पहरामा रोपेको मन

~शशीकला थापा सुब्बा~ पहरामा रोपेको मन, सिरूसंगै काटीएछ दोभानमा बगाई दिए, किनारा पो साटीएछ पछयौरी यो लत्रिएर, भुइँ तुसारो छुन खोज्छ हागां माथि अल्झिएर, रहर गुरासं हुन खोज्छ

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

गीत : नखाएको बिष

~शशीकला थापा सुब्बा~ गल्ती मेरो हुदैहोइन तर किन दोष लाग्यो मनबुझाउने के ले हजुर नखाएको बिष लाग्यो बिस्वासको घरभत्क्यो बालुवाको महलसरी मैले चिन्न नसकेको शत्रु रैछन वरिपरी

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

गीत : धरान

~शशीकला थापा सुब्बा~ ताप्लेजुंगबाट तेह्रथुम पुगे धनकुटा बासबसे. तम्बरै तरी धरानै झर्दा मायामा म फसे लुङ्गा मायामा म फसे. धराने ठिटी साह्रैनै राम्री भन्थेनि गाउँघरमा. फर्कूकि घर कि यतै बसू परेनी दोधारमा.

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

गीत : मनको कुना

~शशीकला थापा सुब्बा~ आजभोलि चित्त दुखाइ छाडेकोछु रुन फेरी किन अध्यरोछ मनको एउटा कुना न कसैले राम्रो भन्यो न त लायो खोट न आफ्नोले धोका दियो न पराइले चोट

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

गीत : आफ्नै प्यारो गाउँ

~शशीकला थापा सुब्बा~ आज मेरो मन पुग्यो आफ्नै प्यारो गाउँमा चिट्ठी लेखी पठाउदैछु आमा तिम्रो नाउँमा परदेशमा छु कहिले काही भोकै पनि हुन्छु मकै भट्मास् सम्झिएर धुरुधुरु रुन्छु कहिले आऊ दु:ख बिसाउन तिम्रो कोमल पाउमा

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

गीत : बाँचीदिएकै छु

~शशीकला थापा सुब्बा~ टुक्रा-टुक्रा जिन्दगी यो, बाँचीदिएकै छु. मन्द-मन्द निस्वास यो,साँचीदिएकै छु. सधैभरी बसन्त नै, कहाँ झुलिरहंछ. ऋतुसंगै जीवन यो, यहाँ डुलीरहन्छ. चाहनाको फूलहरु, झर्न नपाउदै.

शशीकला थापाका दुई तङ्काहरु

~शशीकला थापा सुब्बा~ १. पहाडी ठिटो विदेशी पहिरन थाकेको मन शहरी घरबार हप्तादिने राशन २. आस्थाको भार

विधा : तङ्का | | प्रतिकृया छोड्नुहोस्

गीत : मन

~शशीकला थापा सुब्बा~ पहरामा रोपेको मन, सिरूसंगै काटीएछ दोभानमा बगाई दिए, किनारा पो साटीएछ पछयौरी यो लत्रिएर, भुइँ तुसारो छुन खोज्छ हागां माथि अल्झिएर, रहर गुरासं हुन खोज्छ न त आकाश न त धर्ति आफैलाई ढाँटीएछ

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

गीत : मनको भित्ता

~शशीकला थापा सुब्बा~ मनको भित्ता छामी हेरें,घाम छेक्ने कुहिरो भेटे । जूनको छाती ताकि हेरें,त्याहा पनि पहिरो देखे।। रुखो हाँसो कती हाँसु ,खडेरीको बन जस्तो । कतै भार कतै भुवा ,बिधुवाको मन जस्तो ।। आफ्नो मन नापी हेरें,नभेटिने गहिरो भेटे … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

कविता : सम्झनुलाई तितामिठा याद भए पुग्छ ……..

~शशीकला थापा सुब्बा~ सम्झनुलाई तितामिठा याद भए पुग्छ । भूल्न परे फेरि हजूर मुटु सार्है दुख्छ ।। अचानोलाई चोटैमात्र खाने बानी हुदो रहेछ । त्यसैले त खुकुरीलाई सम्झीसम्झी रुदो रहेछ ।। चोटै खानु कसैलाई आफ्नो भने पुग्छ । भूल्न परे … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्