Tag Archives: सीमा आभास – Seema Aabhas

कविता : उ इश्वर फूटाइरहन्छे

~सीमा आभास~ पहिलो पटक कुन कालिगढले उदास बनेर भगवान कुँदयो होला ? कुन भक्तले कुन मितिमा कुन फूल चढायो होला र कस्ले राख्यो होला मन्दिरमा चुपचाप बस्न सिकाएर, यो निर्वासित भगवान कहिलेसम्म

Posted in कविता | Tagged | Leave a comment

कविता : ऋतुको गीत

~सीमा आभास~ घङ्गारुको लौरो टेकेर कोशी किनारमा उभिएकी हजुरआमा रित्ता गिजा मजेत्रोले छोप्दै अन्जुलीभरि पानी उघाएर भन्छिन्- फेरिएनन् यी रुखका पातहरु संग्लिएन सप्तकोशी चरा ब्यूँझनुअघि हराएकाहरु भेटिएनन् ऋतुको पोल्टाबाटै हराए बसन्तबहार बाबै !

Posted in कविता | Tagged | Leave a comment

कविता : मायालु…!

~सीमा आभास~ मेरो आँगनमा उसले घाम पठायो शीत पठायो खामभित्र चराको सुसेलीसँगै उसले गुनगुनाउने धून पठायो । म मौन बसेपछि छोडेर गयो मलाई उडाउन नसक्ने आँधी भनेर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : देशको सिमाना

~सीमा आभास~ मेरो देशको सिमाना हराएपछि सप्तकोशी किनारै किनार सगरमाथा छ छैन थाहा पाउन बैशाखी टेकेर म लगडो नागरिक जादैछु नाम्चेतिर सप्तकोशी ब्यारेजबाट हुत्तिएर जब मेरो देश पारिपट्टिको बगरमा पछारियो तब दन्दनी बल्न थाले तेली र मुसहर बस्तीहरु ब्यारेजमुनिबाटै डुब्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चिडियाखानाको सिंह

~सीमा आभास~ अँध्यारो गुफामा बसे पनि चिडियाखानामा थुनिए पनि सिंह त सिंह नै हुन्छ। गर्भबाट पनि सिंह नै जन्माउँछ। युगयुगदेखि भोको पारिए पनि खाँदैन घाँस हजार पहरेदारले घेरिए पनि गर्दैन आत्मसमर्पण

Posted in कविता | Tagged | Leave a comment

कथा : अन्तिम पुरस्कार

~सीमा आभास~ यो हिउँदका अन्तिम दिनहरूमा दिदी–भिनाजु खूबै घुम्नु भो। दिदीले बच्चालाई दूध छुटाएपछि निकै सजिलो भएको हो घुम्नलाई। भिनाजुकै करले हो दिदीले अठार महीनामै बाबुलाई दूध छुटाएको। दूध छुटाएसँगै ओछ्यान पनि छुटाउनुभयो। राति घरीघरी दिदी मेरो कोठामा आएर नानीबाबुलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उद्घोष

~सीमा आभास~ तपाईंले लेखेको किताब तपाईंको विद्वत्ता, दर्शन र अध्यात्म मै हुँ मै हुँ यो सभ्यताको धरोहर तपाईंको सभ्य शैली मन्त्र जस्ता तपाईंका पवित्र वाणी पनि मै हुँ । तपाईंको निन्द्रा र सपना ध्यान, जप, तप मै हुँ म नै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सरला

~सिमा आभास~ आगोमा पानी घोप्ट्याएझैँ निभेथ्यो उसको तरुनी बैँस बिजुली चम्किएर चट्याङ पर्दै गर्दा हिँडी सिस्नुको घुम ओढेर एक्लै । भत्काइ आफैँले बनाएका गौडा र गल्छेडा बदली बोलीरहेको भाषा भत्कँदै गइ पहिरोझैँ सललल… तलसम्म र रुख बनेर लडी बाढीमा ।

Posted in कविता | Tagged | Leave a comment

कथा : साइको

~सीमा आभास~ गोप्य विद्या उसको रुचिमा पर्छ । कलात्मक ढंगले अरूका गोप्य कुरा सुनाउनु उसको क्षमता हो । एक दुईचोटि संगत गरेका मान्छेका नितान्त व्यक्तिगत कुरा भन्न सक्छ । अरूका कुरा काट्नु ऊ सन्तुष्ट हुने अर्को पाटो हो । मान्छे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ईश्वरलाई सुझाव

~सीमा आभास~ पूर्खाले बनाएका छाना आगो जोरेका अँगेना धान गहुँ फल्ने खेतका आली आँगनदेखि पँधेरासम्म कोरिएका गल्ली जति रिस उठे पनि नभत्काएस् ईश्वर ! ए ईश्वर ! तँलाई पनि थाहा छैन कसले ? किन ? कुन दिन ? कति बजे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : बेपत्ता

~सीमा आभास~ छोराको बाटो हेर्न थालेको सात वर्ष बितिसक्दा पनि फर्किएन। ६० वर्ष पार गरेका बाबुआमाको सपना जीवितै छ, एक मात्र सन्तान फर्किएर आएपछि बिहे गरििदने र घरमा पालेको खसी जन्तेबाख्रो बनाउने। हिँड्दा झोला बोक्ने बानी भएको छोरो सपनामा झोला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : रक्सी छुनुअघि

~सीमा आभास~ ‘जननी जन्म भूमिश्चः स्वर्गादपी गरीयसी’ भन्दै मैले टेक्ने भूमिलाई दिनहुँ प्रणाम गर्छु म आध्यात्मिक रक्स्याहा हरेक बिहान रक्सीले मुख धोएर सूर्यस्नान गर्छु रक्सीकै जल चढाएर ‘ॐ सूर्यायः नमः’ भन्छु । बैरागी काइँला ! तिमी कविताका हरफ–हरफमा मातेझैँ मेरो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्ध सङ्ग्रहालय

~सीमा अाभास~ यही घरको भित्तामा पहिलोचोटि लेखेकी थिई मुक्तिको नारा सग्लो सूर्यले नुहाएको तेज ल्याउँछु भनेर कसेकी थिई मुट्ठी। छोरो डोर्‍याँउदै फेरि फर्केर आएकी छे छोडेर गएको घरमा। यो दश वर्षसम्म लगातार ऊ समाचार बनी घाइते बनी

Posted in कविता | Tagged | Leave a comment

गजल : दुनियाँले नटेकेको मेरो शहर तिमीलाई

~सीमा आभास~ दुनियाँले नटेकेको मेरो शहर तिमीलाई कसैसँग नसाटेको मेरो रहर तिमीलाई । डाँडा पाखा फूल चौर सङ्गीतको धूनसँगै पूर्णिमामा फूल्ने जून तारा लहर तिमीलाई ।

Posted in गजल | Tagged | Leave a comment

कविता : म स्त्री अर्थात आइमाई

~सीमा आभास~ युगैपिच्छे तिमीलाई प्रेम गर्नै जन्मिएकी म । तिमीले खसालेका छायाहरु मन पराउँछु तिमीले छोडेको स्वास पिउँछु तिम्रो धोद्रो ध्वनी छोएर तिम्रा आँखाभित्र डुल्दैडुल्दै अमर गीत गाउँछु । तिम्रा आँखीभौँमा उभिएको देख्छु पुरानो सभ्यता म भिज्दा, तिम्रा छातीका रौँहरुमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : म रूने सिरानी छोडेर आएँ

~सीमा आभास~ म रूने सिरानी छोडेर आएँ फूलको जवानी छोडेर आएँ पछ्याई तिम्रो पदचाप-छायाँ म हिँड्ने बिहानी छोडेर आएँ

Posted in गजल | Tagged | Leave a comment

कविता : योगमायाको काँचो वायु

~सीमा आभास~ त्रिपुण्डक धारिणी साध्वी म योगिनीको काँचो वायु झ्ााँक्रोको चम्मर हल्लाउँदै बल्ल उत्रिएको छ आङमा १९९८ असार २२ गतेदेखि भड्किएको आत्मा। खबरदार! अग्निको लप्का भएर मेरो कपाल सिरु उमि्रएको छ। जलसमाधिमा अरूण भएका पुण्यात्माहरु साक्षी राखेर धामीले ढ्याङ्ग्रो ठटाए … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : घरज्वाइँ राख्न लान्छु कान्छा

~सीमा आभास~ मसँग आजै हिँड घरज्वाइँ राख्न लान्छु कान्छा दिनभरि घर रुँघ्नु अफिस म नै जान्छु कान्छा । चुरा, धागो सिन्दुर पोते केहि दिनुपर्ने छैन चुलाचौका धान्यौ भने सहयोग ठान्छु कान्छा ।

Posted in गजल | Tagged | Leave a comment

कविता : छोडेर जानेहरू

~सीमा आभास~ बग्ने पानीमुनिको ढुङ्गोझैँ लेउ लागेर छोडिएपछि पिँधमा कहाँ चिसो भन्न पाए र ? इन्द्रेणी ओराल्ने गरेका उपत्यका कहाँ बिलाए ? माझीले चलाउन छोडेको डुङ्गा किनारमा छोडी जलकुम्भीझैँ तैरदै कुन बाटो रोजे सेता हाँस बनेर,

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : मृत्यु एक कला हो ।

~सीमा आभास~ सिल्भिया ! बौद्धिकता अस्तित्वबोध युगबोध काब्यिक चिन्तन दर्शन र एक घनघोर बिद्रोह हो तिम्रो मृत्यु । मृत्यु मित्रु हो । अवसरसँगै अस्वीकृत सत्य जिवन अनि गहिरो निद्रा त्यसपछि एक सपना हो मृत्यु । ओ आत्मदाहकी देवी ! तिम्रा … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : घोडा दौड

~सीमा आभास~ सडकमाझ् नग्न उभिएर सुस्केरा छोडें भने ब्यूँझ्नेछ इतिहासको चौघेरामुनि निदाएको बूढो पाले तर्सिएर उड्नेछन् मलाई डर देखाउने बाजहरू थर्किएर लड्नेछन् आकाशतिर बढ्दै गरेका टावरहरू घोडेजात्राको दिन टुँडिखेलका घोडा छाँदेर जानु छ महाराजका ढोकासम्म देखाउनु छ लट्टा परेको कपालको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अंश

~सीमा आभास~ अंश लैजानु, दुम्सीले माडेको फापरबारी बाँदर लागेको मकैबारी पछ्यौरीले छोपेको सोलीको कोदाको बीउ आँगनको कुखुराको खोर बुन्दाबुन्दै छोडेको डोको एकमुठी सुकेका चोया खेतमाथि बगेको बाढी घरपर्तिरको खहरे रित्ता किला-दाम्ला

Posted in कविता | Tagged | Leave a comment

कविता : उद्घोष

~सीमा आभास~ तपाईंले लेखेको किताब तपाईंको विद्वत्ता, दर्शन र अध्यात्म मै हुँ मै हुँ यो सभ्यताको धरोहर तपाईंको सभ्य शैली मन्त्र जस्ता तपाईंका पवित्र वाणी पनि मै हुँ । तपाईंको निन्द्रा र सपना ध्यान, जप, तप मै हुँ म नै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : काठमान्डू प्रति

~सीमा आभास~ काठमान्डू छिरेपछि स्वयम् काठमान्डू बन्न खोज्छ मान्छे । चोभार थुनेर पौडिन खोज्छ, सक्तैन महाराज बन्न खोज्छ, बन्दैन आफूले थेगेको आकाश हेर्छ, जमिन हेर्दैन विक्षिप्त हुन्छ र काठमान्डूको नाकैमा उभिएर गर्छ सत्तोसराप । आफ्नो उचाइ नाप्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : यो शान्ती भूमि हो नजाउ लडाँइमा

~सीमा आभास~ यो शान्ती भूमि हो नजाउ लडाँइमा । गोली र बारुद नखाउ लडाँइमा ।। बिश्वास छ बुद्ध जन्मनेछन् ओम माने पेमे हुँ नगाउ लडाँइमा ।।

Posted in गजल | Tagged | Leave a comment

कथा : उज्यालो खस्नुअघि

~सीमा आभास~ विगत तीन महिनादेखि ऊ यो खाटमा सुतेकी थिई । ऊ यो कोठामा एक्लै भएको झण्डै चार महिना भयो । यस घरमा भित्रिएको दिन ऊ र उसको लोग्नेले पहिलोपल्ट यही खाटमा सिरानी बाँडेका थिए, सपना साटेका थिए । उनीहरू … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment