Tag Archives: सरुभक्त – Sarubhakta

संस्मरण : लोककविज्यू, आकाशमा बादलु डम्मै छ !

~सरुभक्त~ लोककवि अली मियाँ (विसं १९७५ फागुन १५–२०६३ साउन १८) ले जीवनका दुःखहरुको गीत रचे, प्रकृतिको गीत रचे, संस्कृतिको गीत रचे, क्रान्तिको गीत रचे । अली मियाँसँग असल संगतमा रहेका कवि सरूभक्त भन्छन्, ‘उनका गीतहरु कविता थिए, कविताहरु गीत थिए … Continue reading

Posted in संस्मरण | Tagged , | Leave a comment

संस्मरण : चाइना कम्पनी

~सरुभक्त~ गीतका अनेक परिभाषा होलान्, तर मलाई विद्यार्थीकालमा पीबी शेलीले ‘अड् टु स्काइलार्क’मा अभिव्यक्त गरेको एउटा परिभाषाजन्य वाक्य साह्रै सुन्दर लाग्थ्यो- आवर स्विटेस्ट संग्स आर दोज् द्याट टेल अफ् स्याडेस्ट थट । यो विक्रमाब्द तीस-चालीस दशकको कुरा थियो, पोखराको पीएन … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : कालो कालखण्ड : दिब्योपदेशका क्षतविक्षत आत्माहरु

~सरुभक्त~ कुहिरो दूर्घटित छन् अनिदो मनको देश चितास्तम्भ जलेका छन् खोई कहाँ लागे हाम्रा राष्ट्रनिर्माताहरु ? सम्यताहरुको युद्ध ढुङ्गा वर्सिने घरहरु हेर ! हेर ! वाइबल हातमा लिइहिड्ने जुगाहरु भागवत् व्यापारमा व्यस्त छन् ब्रेनड्रेनः गुरुकुलीय व्यामोहहरु हामी जीउमा मइलका कत्ला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मिथक उत्खनन सम्बोधिमा हराएका बुद्धहरु

~सरुभक्त~ समय-संक्रमण युगीन क्रन्तिका अविछिन्न भ्रान्तिहरु दुखेको बेला किराँतचुलितर सलामाण्डरहरु सिकार खेल्दै हिंडे जीवन अझेको छ दुम्सीकाँडैमा म प्रेमको मुठो बोकेर ‘यो जाति भागी हिंड्दैन’ भन्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : मारिया, म तिमीलाई प्रेम गर्न सक्तिनँ !

~सरुभक्त~ तिम्रो देशमा कङ्क्रिटका बिशाल जङ्गलहरू छन् सुन्दर, चौडा एभेन्यूहरू छन् रेलहरू पनि पारमाणिक विद्युत ऊर्जामा भूमिगत – भूमिगत चल्छ भन्छन् र बाटाहरूमाथिका फ्लाईओभर बाटाहरूमा गतिशील लुकामारीको खेल खेल्दा उदेकको आनन्द आउँछ भन्छन् तर मारिया, माफ गर अविकसित देशको बासिन्दा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : टापु

~सरुभक्त~ समय सरिसृप रगतका हिसावहरु माग्दै बाँदरका पहाड उक्लिरहन्छन् नर्कटका घारीहरु द्विविधाग्रस्त हुन्छन् जुल्स वर्नका क्याप्सुलहरुमा ठेगाना हराएको जिन्दगीमा सुव्बाप्रजा र टिकामायाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : पीडाका यामहरु र जिन्दगी

~सरुभक्त~ मायामन्दिर ढुङ्गाका मनहरु रोएर हामी समयका प्रायोरीहरु निर्माण गरिरहेका छौं जिन्दगीका त्रासदी गाथाहरुमा नरभक्षीहरुको अवतरण छ पीडाका यामहरु दुखेर भगुवा विश्वाशहरु ज्वालामुखी पर्वततिर लागे जाउँ बसाई सरौं अन्तरक्षतिर अहिले नेपालमा बस्नु ठीक छैन

Posted in कविता | Tagged | Leave a comment

सरुभक्तका ३० मुक्तकहरू

~सरुभक्त~ एउटा यस्तो प्रेम गर, मरेर पनि बाँचिरहू मानवताको लागि भनी अमृत केही साँचिरहू समय बग्छ नदीझैं अज्ञात-अनन्त सागर छुन तिमी अरूका सम्झनाभरि आस्था बनेर नाचिरहू । ००० प्रत्येक दिवस प्रेम दिवस हो, यौटा सत्य जानिराख प्रेमभन्दा मूल्यवान केही अरू … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : बहुलाही आमाहरूको जुलुस

~सरुभक्त~ जुलुसमा कुनै झन्डा छैन किनभने बहुलाही आमाहरूको कुनै झन्डा हुँदैन जुलुसमा कुनै नारा छैन किनभने बहुलाही आमाहरूको कुनै नारा हुँदैन सम्सुद्दीनका आक्रमणहरूदेखि बेखबर पशुपतिनाथ र स्वयम्भूनाथका बाँदरहरू पिंजडामा तित्रा बोकेर छाती भरिभरि छातीमा नअटाउने गरी ‘मञ्जुश्रीपट्ट’का विशिष्ट पदकहरू टाँसेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पासविक अवतरण

~सरुभक्त~ देश र दागवत्तीः अकष्मात् हराएका वा बिर्सिएका सुन्दर विम्वहरुझैं अर्ध–इन्द्रियका मानवहरु वालुवाका पहाडहरु चढिरहेछन् वफर जोनः सुरक्षा सन्त्रासहरु सतत् कायरतापूर्ण हत्याका बहादुरीहरु आउ जिन्दगीको कोर्टमार्शलमा डमीहरुको जुलुस निकालौं

Posted in कविता | Tagged | Leave a comment

कविता : अकल्पनीय देशको यात्रा

~सरुभक्त~ ‘के इतिहास चक्रीय सिद्धान्तनिष्ठ छ ?’ पुनरावृत्तिमा लिगलिगकोटे युगहरु प्रतिश्पर्धा दौडमा छन् छुमन्तर ! गोर्खाली जिनका रसायनिक भाषाहरु खोई हुस्सुले छेकेको घाम कहाँ ‘ब्रेनड्रेन’ भई हिडेको छ ? युग वदलियोः हामी एक अकल्पनीय

Posted in कविता | Tagged | Leave a comment

कविता : भित्तो

~सरुभक्त~ सम्प्रति यातनालय खुम्बू हिमनदीका खरपसजाल हुडिनीजात्राहरुमा हामीले पाएका छौ आखेटोपहार – मुक्त कमैयाका वन्धनहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : पुनरावृत्त सिसिफसका पुराकथाहरु

~सरुभक्त~ खप्पडहरुको पहाड चढेर साइवरेश्वर इन्टरनेटका दानवहरु खेलाउँछ शालिग्रामछाप चिसो मरुभूमिका ताता सपनाहरु गलैचाका फुलहरु फुलेर आह ! म जिन्दगीका हिउँदहरुद्वारा लखेटिन्छु चिप्लेकिरो ब्रह्माण्डभरि लाजवन्ती झारका सम्वेदनाहरु कहाँ छन् ? अक्सीजन खोसाखोस लामकाने वाँदरहरु छक्क छन् किन हावा

Posted in कविता | Tagged | Leave a comment

कविता : देश मृत्यु शैयामा छ

~सरुभक्त~ माफ गर, यो कुनै समाचार होइन सुनाखरी नफुल्ने देश धतुरीमैयाहरु बेचिएका छन् भ्याकुमक्लिनर जिन्दगीका हलसाराहरुमा बाबुहरु भैंसीसित छोरी साट्दैछन् मुहनोचवा – आतङ्ककारी कीराहरु एन्थ्राक्स आतङ्क ग्रस्त छन् ए हिमालका जुनकीरीहरु ! के हामी डाइमिथाइल मर्करीका ताण्डवपूर्ण मिनामाता रोगका खाडीमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धराप

~सरुभक्त~ कुमारी घर तलेजुका रक्तिम अनुष्ठानहरुमा सर्वकालीन नम्छरा राष्ट्रगानहरु घटस्थापित छन् ज्याम्वुरी हामी परापूर्वकालदेखि खड्गजात्रा मनाइरहेछौ भीर भूगोलमा

Posted in कविता | Tagged | Leave a comment

कविता : इश्वर बल्लवका आमाहरुले आत्महत्या गर्छन्

~सरुभक्त~ सुकुटीभेडाः चिलाएका गर्दनहरु घिन्टीका माला उनेर हिड्छन् जीवन सम्वेदना – त्यो राक्षसहरुको वस्तीमा कहाँ हुन्छ ? वन्द असिलेशनः टुकुचामा डुवेका धरहराहरु तेत्सिमोकाई – स्वः ममीकरण वाँचेका छन् शान्त जलका अशान्त गैंडाहरु कर्मापाहरुको सिकार खेल्दैछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्ध र शान्ति

~सरुभक्त~ यथावत संक्रमण लामखुट्टे तुफान चलेको वेला रोल्वालङतिरका च्छो रोल्पाहरुमा आइपुगेका छन् उड्ने प्याउराका अन्तहीन वथानहरु हत्याको फरमान जारी छ यसर्थ गंगटाहरुको जुलुश निस्केको छ जिन्दगीको मृत्यु शडकहरुमा

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : नौडाँडा र ‘पागलबस्ती’

~सरुभक्त~ मलाई कालो मोसो दल्ने योजना रहेछ ०६७ मङ्सिरको अन्तिम शनिबार । बिहानको समय । पोखराको महेन्द्रपुलस्थित दीपशिखा होटलको सभाकक्षमा मेरो उपन्यास ‘समय त्रासदी’माथि परिचर्चा कार्यक्रम आयोजना गरिएको थियो । साहित्यकार राजेन्द्र चाँपागाईं ‘आहत्’ को अध्यक्षतामा केही महिनाअगि मात्र ‘र्‍यान्डम … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : जाडो

~सरुभक्त~ देश परिवेशः पुरातनपन्थी थकाइमा मस्त निदाइरहेको बेला एकथरी देशहरु कालापहाड तर्फ लागेका छन् मुटू कलेजो हराएर बूढा सुब्बाका जोखनाहरु मूच्छित छन् सर्वत्र विद्रोही र छापामारका कुरा भूकम्पीय क्षतिका भविष्यवाणीसहित आह ! पालतिर हामीले थुप्रै ट्रमा सेन्टर खोलेका छौं

Posted in कविता | Tagged | Leave a comment

कविता : त्रासदी गाथा

~सरुभक्त~ चिसो मरुभूमिमा ध्वजावाहक काला जादुगरहरु इन्क्युवेटरमा वालुवाका सपनाहरु कोरल्दैछन् अपधर्मका पैगम्वरहरु कुहिरोको सुरुङभित्र पसेर मरुद्यान – ओयसिस तृष्णाका पूmलहरु फुलाउँदैछन् ठिंगुराभित्र वालुवाका मान्छेहरु अल्झिरहेछन् जिन्दगीका प्रायोरीहरु अकालमुखे बच्चाहरु प्लाष्टिकका दूधेमुन्टा चुस्दैछन् सोनीहरु कविता खोज्दै रारा पुगे

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे भनेको …

~सरुभक्त~ ब्रह्माण्डमा महाविस्फोट छः देशमा वमविष्फोट छ पहाडहरुका मन भैचालाका शान्तिहरु रोएका छन् हेर ! हेर ! असनका साँढेहरु फ्रायडका दुःस्वप्नहरुमा यौनाङ्गवादी प्रेमरचना गर्दैछन् डेथ जोनः खरपसकालीन मनस्थितिमा चराहरु वसाइसराइ गर्दैछन् दाँतेका दैवी सुखान्तहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : पहाडहरुको मृत्युः घाटेवैद्यहरु

~सरुभक्त~ पहाडहरुको मृत्युः घाटेवैद्यहरु रगतका वीभत्स छिटाहरु पोतेर प्रेमपत्रहरुको तस्करी गर्दैछन् फेरि युद्धविराम फेरि युद्धका सन्त्रासहरु दुर्दान्त वैताल तालहरु वन्दी वेपत्ता अनुष्ठानः मण्डलेदेखि कमण्डलेसम्म दिमागमा खाक्सी लाएर सफाया अभियान चलेको छ उः ! सभ्रान्त भूतवङ्गलावासीहरु सधैं गोलमेच सम्मेलनका तयारीमा छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल कम नेपाल

~सरुभक्त~ कालो चट्याङ्गः पीडाका खरपसहरु दुखेर जीवनका मृत सागरमा म रोलर कोस्टरका सपनाहरु देख्दैछु ढापसुङ वस्तीतिर कठपुतली आत्माहरु साइवरयुगीन ‘किस्.कम्’ नाट्यरचना गर्दैछन् संघात तरङ्गः दन्दनाउँदा रथहरु भुत्याहा जाहाजहरुमा सवार छन् पग्लिएका ढुङ्गाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : इतर समय

~सरुभक्त~ मृत्युमहोत्सव पीडाहरुको कोलाहल वगेर आखेटिक विश्वासहरुमा धुमकेतु उदाएको वेला म हब्वलका आँखाहरुले हेर्दैछु मान्छेका अन्तरिक्षहरु उन्मीलित ताराहरुको देश च्याउ फुलेका ब्रह्माण्ड वीथीभरि किरणस्नान गर्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : खतरा

~सरुभक्त~ मृत्युपर्वत हिमयुगदेखि हिमयुगसम्म आफ्नै भारले नुहेका चुलीहरु साइवरयुगीन महाभारत रच्दैछन् अन् लाइन च्याट्का हिमावर्तनहरु नियति सञ्जालग्रस्त छन् चतुर्थ महाकल्पका आविर्भावहरुदेखि किन मानवता एक अन्त्यहीन युद्धमा होमिएको छ ? हेर ! हेर ! जीवाष्महरु वटिकाष्म उपकरण बोकी डायनासोरस र महागजहरुको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : साइवरपीडाः तारकयुद्ध सञ्जालहरु

~सरुभक्त~ जिन्दगीका मिथकयात्राभरि छन् खोई कहाँ हराए हाम्रा स्वनामधन्य ख्रिचुङ र आनिकहरु ? अफिमखेतीः च्वेस्याङ र फाहियानहरु श्रापित विरुपाक्ष भूमितिर आजभोलि वाढीग्रस्त छन् मितेरी साँधुहरु ए ! के भईरहेछ प्लाजा डि टोरोसतिर

Posted in कविता | Tagged | Leave a comment

कविता : सूची

~सरुभक्त~ सिकारी हावाः प्यारापिटमा उभिएका जुलुशहरु किचकवधका पूनरावृत्तिहरु हेर्दैछन् खरायो वर्षभरि सफाया अभियान चलेको छ वेलुनको पृथ्वी स्लोथगतिमा घुमेको छ हामी कृषकामा आत्माहरु चमेरा फल्ने रुखहरु मन्तिर चिडियाखानामा खैनीखाने वाघहरु हेर्दैछौं

Posted in कविता | Tagged | Leave a comment

कविता : परजीवी आतंक र देश

~सरुभक्त~ आप्तकामः जीवनका कार्निवलहरु पदार्थहरुको सम्वेदनामा घडीको सुई रोपिएर उल्कापातका “ऋत” जन्मन्छन् अन्धो इतिहास धृतराष्ट्रहरु जन्माउँछ कार्निभोर – वहुला मान्छेका डायरीहरुमा श्रापित पदचिन्हः पातलो हावाका उच्चताहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : पीडाका याम हरू

~सरुभक्त~ मायामन्दिर ढुङ्गाका मनहरु रोएर हामी समयका प्रायोरीहरु निर्माण गरिरहेका छौं जिन्दगीका त्रासदीगाथाहरुमा नरभक्षीहरुको अवतरण छ पीडाका यामहरु टेकेर भगुवा विश्वासहरु ज्वालामुखी पर्वततिर लागे जाउँ, वसाईं सरौं अन्तरिक्षतिर अहिले नेपालमा बस्नु ठीक छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : हे बरै

~सरुभक्त~ म अग्निपर्खाल चढेर संसदीय चोरबाटासम्म आइपुगेको छु वायोनिक – यान्त्रिक माछाहरु रोयल डिस्कोका भिडन्तहरु आउ, मुखमा सुइरो रोपी हिडौं सांघातिक आक्रमणहरु सामान्य छन् वेरुजुमा परेको देशः कथित वन्दहरु खुल्ला छन् हामी मिशनरीहरुका मिशनहरु देशमा के–के अफापसिद्ध भएको छ फापसिद्धहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मुटु धडकिने ढुंगाहरुको गाउं

~सरुभक्त~ भुगोलमा नहराएको एउटा देश र देशमा नहराएको एउटा गाउं जब गाउंलेहरुका मन भित्र हराउंछ उत्तरीय क्षितिजको पर्दा खुलेर कहिले हिउंका चिसा चिसा फूलहरु रुन्छन् धुरु धुरु नरोउ भन्दै छोंगों डांडांमा

Posted in कविता | Tagged | Leave a comment

कविता : कठघराको मृत्‍युदण्ड

~सरुभक्त~ गौंडा कुरेर धनधान्याञ्जल महायज्ञ यात्राहरुमा स्याल आक्रमण हुँदा केही सुराकीहरु इहलौकिक सब वेहसमा वेचिरहेछन् स्वास्थ्यवर्धक च्यवनप्रासहरु शिलालेख हेर अभिलेख हेर विज्ञप्तिकालीन कैफियत प्रतिवेदनमा मात्र कुद्दैनन् गाजापट्टीतिर

Posted in कविता | Tagged | Leave a comment