Tag Archives: Samba Dhakal

कविता : रक्त क्यानभासको सम्मुखमा

~साम्ब ढकाल~ पृष्ठभूमिमा अहम्को छाती बोकेका धवल हिमाल लहरै छन् छेउछाउमै जीवनलाई गति बुझाउने झरना छङ्छङ खसिरहेछ केही तल घमण्ड तेजोबध भएका अग्ला/होचा शृङ्खलाबद्ध/ शृङ्खलाहीन पहाडहरू छन् तलतल फराकिला मन जत्तिकै समथर भूमि लम्पसार छन्,

Posted in कविता | Tagged | Leave a comment

कविता : किन नगाऊँ हँ म वैशाख ?

~साम्ब ढकाल~ मान्छे नजिकैबाट हिँडिरहेको प्रत्येक निमेषले अविराम एउटा लय गाउदै हिँड्यो मान्छेको नवगीत वैशाखको नाममा । आइरहृयो मान्छेका यात्रामा उबडखावडको अन्त्यहीन पथहीन पथ गाइरहे त्यसरी नै मान्छेले वैशाखलाई दुःखमा मिसाएर भित्रैदेखि

Posted in कविता | Tagged | Leave a comment

कविता : अविराम लयः जस्तै जिन्दगी

~साम्ब ढकाल~ मत्स्यन्द्र दाइ हो रहेछ जिन्दगी त अविराम लय नै हो रहेछ । यो कसैगरी कतै जोडिएकै छ नटुटाइकन आमाको काखमा घुँक्कघुँक्क आँसुको गीत हरेक लडाइँमा हारको माला

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्यभामालाई सम्बोधन

~साम्ब ढकाल~ प्रस्थान विन्दुबाट तिम्रो नाममा सत्यभामा तिम्रो बिदाइमा तिम्रै नामले अन्तिम सम्बोधन गरिरहेछु । सत्यभामा तिमीलाई यो माटोले रोक्न सकेन यी पाखापखेरा यो बनेली गोरेटो यो जुनेली आँगन

Posted in कविता | Tagged | Leave a comment

कविता : दिनेशसिंहको जुत्ता पसल

~साम्ब ढकाल~ केही समयदेखि मेरो शहरमा दिनेश सिंहले जुत्ता बेचिरहेको छ । दिनेश सिंह जुत्ता बेच्छ केवल जुत्ता बेच्छ दिनेश सिंहको नजरमा खुट्टा बेच्नु हुन्न दिनेश सिंह खुट्टा बेच्दैन जुत्तै बेच्छ । दिनेश सिंह जुत्ता बेच्नु र खुट्टा बेच्नु बिल्कुल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एक हस्को सम्झना

~साम्ब ढकाल~ मसँग तिम्रालागि दिन केही बाँकी छैन सिर्फ सम्झनाका केही हिक्का बाडुली सपनाका बहुरङ्गी तरङ्गहरू र एक हस्को सम्झना । आठै प्रहर जागा हरिया पहाडका टाकुरीमा अल्झेका ध्वाँसे बादलका लर्कन ठेसै लागे पनि हिँडौहिँडौँ लाग्ने उबडखाबड ढुङ्गेबगर कत्तिखेर बगाउनै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यसपालि गाउँको कविता गाउँमै छोडेँ

~साम्ब ढकाल~ पाठक महोदय, मैले यसपालि गाउँको कवितालाई गाउँमै छाडेर आएँ । अघिपछि शहरलाई सुनाउन गाउँबाटै खुबै ओसारें कविता गाउँमा फुक्काफाल हुने गरेका कविताका हुल शहरमा संकुचित बनाइए धानका रोपोमाथि वयलीमा रमाइरहेका हावाका लहरहरूले कवितालाई शहर पठाउन मान्दै मानेनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : अक्षरको विरासत

~साम्ब ढकाल~ अक्षरहरु हिँडिरहे नपुगुन्जेल हिँडिरहे अक्षरहरु हिँडिरहे / हिँडिरहे । मान्छेहरुलाई भेट्न हिँडिरहे मान्छे भेटुन्जेल हिँडिरहे मान्छे फेला पार्न हिँडिरहे मान्छे फेला नपारेसम्म हिँडिरहे अक्षरहरु हिँडिरहे/हिँडिरहे ।

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : कविता पढ्दै थोराङला

~साम्ब ढकाल~ अन्नपूर्ण संरक्षण कोषको संरक्षण कविता यात्राले जुराइदिएको यात्राका रसिक कविहरू थिए । अजङ्गका चट्टाने पहाडको काखै-काख रेखिएको गोरेटोमा गोराहरूको दोहोरीलत्तो थियो । ढेस्सिएर हिँड्नुपर्ने । खोकिलामा हिमाली जडीबुटीको खुद्रापसल थाप्न र कलिला केटाकेटीलाई च्यापेर पढाउन बेँसी झरेका थिए, … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : भन वृन्दा त्यसपछि के भयो !

~साम्ब ढकाल~ भन वृन्दा त्यसपछि के भयो ? पहेँलपुर तोरीबारीमा हावा बयेली खेलिराखेका छन् कि छैनन् तिमीलाई मैले पठाउने चिठीका अक्षरजस्ता चराहरू ..माथि आकाशमा लामबद्ध उड्छन् कि उड्दैनन् बाले रुन छाडे कि छाडेनन् भन वृन्दा त्यसपछि के भयो ? भाउजू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अखबारमा एकाबिहानै

~साम्ब ढकाल~ चराहरूको चिरबिर कलरव कोलाजले घरकरेसा नसजिँदै आँगनको धुलोमाथि लुरे हक्करले ताजा अखबार फ्यात्त हुत्याउँछ। अखबारमा त छिरोलिएका आँसु ओभाएकै रहेनछ अखबारमा त आततायीले बगाएको आलो रगत सुकेकै रहेनछ

Posted in कविता | Tagged | Leave a comment

कविता : उक्लेर दु:खको पहाड ओर्लेर

~साम्ब ढकाल~ दु:खको पहाडमाथि पहाड ढसमस्स उभिईरहेको छ अतिसय जब्बर भएर कताकता झन दुरुह भएर । गुन्द्रीमा गोमाहरु बिस्कुन सुकाउँछन् उस्तै गरी दु:खको र उठाउँछन् मानापाथीमा झुसी र निम्ठोमा नापेर दु:खलाई भर्छन् मनका मान्द्रे भकारीमा टनाटन दु:खका दु:ख ।

Posted in कविता | Tagged | Leave a comment

कविता : वैशाख मलाई नयाँ घाम देऊ !

~साम्ब ढकाल~ म युगौँदेखि परिबन्दको शिशिरले कक्रिएकोले मेरा सुन्दर भन्दा सुन्दर प्रदेशहरूमा सधैँ दुर्गतिको सिमसार पल्टिएकोले न्यानो अति न्यानो पहार खोजिरहेको मेरो इच्छारूपी डँडाल्नुमा वैशाख मलाई नयाँ घाम देऊ ।

Posted in कविता | Tagged | Leave a comment