Tag Archives: Sama Shree Raut

कविता : जंगबहादुर कहिल्यै मर्दैन

~समाश्री~ यो देश जहाँ हरेकले हरेक दिन बांगो रुख हेरेर आफ्नो गर्दन छाम्छ भने कसले भन्यो जंगबहादुर मर्यो भनेर यो देश जहाँ हरेकले हरेक दिन नाना माना र छाना बक्सिस माग्छ भने कसले भन्यो जंगबहादुर मर्यो भनेर

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : पँलास पनि फूल हो

~समा श्री~ गमलामा तिमीले रोपेको बोट कठ्यांग्रिएको छ तुषारोले खाएर पातहरू पँहेलपुर हुँदै झरेका छन् थुप्रिएका छन् बोट मुनि यादहरू बनेर सम्झ त

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : आमालाई प्रश्नहरू 

~समा श्री~ आमा सानैमा तिमीले मेरा आँखामा सपना छर्दै फुल्याएथ्यौ त्यो आउँछ भनेर खै ! त्यो आयो र आमा ? त्यो आएको उही नै हो र आमा ? तिमीले भनेकी थियौ त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै कम्मरमा शीतजस्तै टल्कने हतियार … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : टुँडिखेल भित्रको ङिच्च हाँसो

~समाश्री राउत~ ऊ ङिच्च हाँस्यो म पनि ङिच्च हाँसे हामी ङिच्च हाँस्यौ थाहा छ हामीलाई यो आवरण हो बिवसता लुकाउँने हामी बुझ्दछौं अरूको परिबन्द आफ्नो कमजोरी र त

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : छोरी र धर्काहरु

~समाश्री राउत~ छोरी र धर्काहरु अनवरत केही लेख्ने धूनमा धुलाम्मे आँगनलाई पाटी बनाउँदै हाँस्दै गुन्गुनाउँदै मेरी सानी छोरी केही कोर्छे, फेरि मेट्छे फेरि कोर्छे, फेरि मेट्छे धर्काहरुमा शायद सपनाहरु तुहिए होलान् र त मेट्छे विषाद भरिएका धर्काहरु

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : वंशलोचन !

~समाश्री राउत~ झरीका प्रत्येक वूँदसंगै बर्षिएका अमृतले सिंचिएका घाँसहरु वसुधालाई एकपटक फेरी जवानी दिंदैछन् सोचें जंगलमा डढेलो लाग्दा पुरै जंगल सखाप भएन सखाप भएका थिए यिनै घाँसहरु घाँस जो कहिल्यै मर्दैन डढेलो पश्चात पनि उम्रन्छ, फैलन्छ ओइलाउँछ, सुक्छ र पोलिए … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : तिम्रो याद

~समाश्री राउत~ संझनाको छारोले आँखा बिझाउँदा धमिलिएका आँखाहरुले देखें चुपचाप भुईमा संगै टाँसिएका एक जोडी छाँया सर्दै सर्दै गएको माथी घाम प्रखरै थियो अझै मैले छुट्टिनुमा बेलाबेलामा छेलिने घाम दोषी देखें र

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : गुनकेशरी

~समाश्री राउत~ गुनकेशरी कुमारी आशाका पुन्तुरो हृदयमै थाँती राखी आँखाभरी बिस्कुन फैलाउँदा अतिक्रमित हुन्छन् समय बडो निर्दयी छ चुपचाप टेक्ने पाईलाले फुलहरुलाई बक्सँदैन रहरका फोकाहरुलाई बिना संकोच फोडेर बेसरम समय निर्लज्जताका साथ हाँस्छ

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : आवाज

~समाश्री राउत~ रविका मद्धिम किरणको फैलावटसँगै पखेटा फड्फडाएर चराहरुका कोकिल कण्ठबाट करतल चिरबिराहट निस्कन्छ हरेक घरबाट निन्द्रा भाग्दछ जगत जाग्दछ यो आवाज नै त हो जस्को छायाँका पछिपछि एउटा गोरेटोमा हामी आफूलाई डोर्याउँछौं, आफ्नो चेतना खोल्छौं आफ्ना मधुर वाणीले हृदयलाई … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : पुनर्जन्म !

~समाश्री राउत~ मायाको भाषा हुँदैन मायाको परिभाषा हुँदैन आँखा प्रयुक्त भएर सोचको आकार र रंगहरु नाक प्रयुक्त भएर तृष्णाको गन्ध र वासना पृथक भाव पृथक सोच पृथक बिम्ब मस्तिष्कमा माया खण्डिकृत गरिए पछि सुविधा अनुसार परिभाषित भए पछि बिस्तारलाई संकुचित … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : मृत्यु एक कविता हो

~समाश्री राउत~ आदि देखि अनादित्व बोकेर अनन्त बिद्यमान अटल अक्षुण सास्वत बज्र सत्य मृत्यु स्वर सप्तकमा तरंगीत हुँदै प्रत्येक श्वाशप्रश्वाशमा अजपा मन्त्र झैं अलापीत भईरहन्छ शव्दमा भय बिभत्स कठोर मृत्यु

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : संयमित मनुष्य

~समा श्री~ देख्छु अचेल जताततै क्याक्टस उम्रिँदो छ को हो त्यो शान्तिवाटिकामा क्याक्टस उमार्ने ? कहाँबाट आए यी ? धरती पुत्र हुन या गगनका देव ? कुन सिद्धान्तले रोपे कुन धर्मले रोपे ? अभिष्ट के हो क्याक्टसको ? न त … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : आमा

~समाश्री राउत~ सपनाका फूलहरु फुलेर मन बादल बिहिन सहस्र तारा जगमगाएका रात झै भएथ्यो होला नौ मास सम्म नै हजारौं हजार सपनाका फूलहरु हरेक दिन फुले होलान् पवित्र यज्ञ फलिभूत हुँदा रजपिण्डले सास फेर्न पायो स्थिती र अवस्था बदलिएर तिमी … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : बालुवाको घर

~समाश्री राउत~ “म एक्लो छु” वाक्य या अवस्था संकेत या जनाउ जानकारी या गुनासो हरेक ओठमा लिपीएका छन् कैद छन् अगाडीको दर्पणमा जस्ले राम्रो “म” मात्र देखाउँछ मन टाँसिएको छ ऐनामा या ऐना मनमा टाँसिएको छ चमत्कारी ऐना !

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : चाहना

~समा श्री~ र पनि यो कस्तो शून्यता ! कतै कुनै कुनामा चुपचाप आफैमा खुम्चिएर तिम्रा यादहरू बसेका छन् हावाको मन्द वेगसँगै तिम्रा पाइलाका ध्वनी गुञ्जित हुन्छन् तिम्रो शरीरबाट बहने मन्द सुवास छरिएका छन् र पनि यो कस्तो शून्यता !

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : ए मान्छे

~समाश्री राउत~ ए तथाकथित् (मान्छे) मान्छे हौ भने त ! मान्छे जब बोल्दछ तब कसैलाई सम्बोधान गर्छ कोही सम्बोधित हुन्छ बिचार बाँडिन्छ, दुःखसुख बाँडिन्छ चिरा परेका हृदयमा वाणी स्नेह–मल्हम बन्दछ आँसु पुछ्दै अधरमा हाँसो फुटाउँछ तर खै ! तिम्रो गर्जन … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

लघुकथा : दाइ

~समाश्री राउत~ आज भोलि दाईलाई गाउँ गनाउन थालेको छ गाउले हरु मुर्ख हुन्छन भन्नु हुन्छ , दाजुले आज भोलि राजनीतिक र साहित्यिक लेखहरु लेख्न थालेका छन् |

Posted in लघुकथा | Tagged , , , | Leave a comment

कविता : सुमेरु, तिम्रो नाम

~समाश्री राउत~ हृदयमा जब भुल्काहरु उठछन् यसमा संचारित तरंगहरु मधुरता लिएर अधरभरि फिंजिइदिन्छन् अपरिमीत मायाको सागरका लहरहरुमा लहराउँदै माथि उठेर आउँछ एक नाम तिम्रो नाम शिशिरको कोपभाजनमा परेर नाङ्गिएका रुखमा बसन्त बनेर फैलिएसरी अतुलनिय तरंग मिठास बनेर मनलाई काउकुती लगाउँछ

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : सिपाहीको स्वास्नी

~समाश्री राउत~ बाहिरी परतमा बसन्त पालुवा लागेका फूल फुलेका यौवन लहलहाउँदो तर संगिना केलाएर हेर त मेरो बसन्तको पतझड पक्ष आँखा दृष्य देख्छ दुविधा देख्दैन आँखा भाव देख्छ भावना देख्दैन परिधान भित्रको कोढ ऊ आए पनि चहर्याउँछ ऊ गए पनि … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment