Tag Archives: Sabina Sindhu

कविता : उज्यालो विहान बोकेकी सुन्दरी केटी

~सबिना सिन्धु~ झिस्मिसे हुने अगावै उठेकी तरुनी केटी स्वयम् निस्सासिएर घैलाहरूसँगै नदीले हुत्याउन खोजेका रहरलाग्दा छालहरूमा बुनिरहन्छे पसिनाका नीला सपनाहरू, बाटोभरि निमोठिएर जूनका कृत्रिम आँखाहरूबाट, यज्ञको रापिलो अग्निकुण्डमा चिरकालदेखि होमिएकी बलिरहेकी शरीरका शून्य मुस्कान बोकेर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाको महल

~सबिना सिन्धु~ प्रेमी शहरको न्यानो आलिङ्गनमा निथु्रक्क भिजाएर आफुलाई यौवनका मुस्कुराहट साटिरहेकी छ्यौ । खेती गरिरहेकी छ्यौ आफ्ना कथाहरुको । मेरी लोरिमा ! आगो बाँचेर पानी निल्ने समयका निर्लिप्त ओठहरुसँगै

Posted in कविता | Tagged | Leave a comment

कविता : उज्यालो बिहान बोकेकी सुन्दरी केटी

~सविना सिन्धु~ उज्यालो बिहान बोकेकी सुन्दरी केटी झिस्मिसे हुने अगावै उठेकी तरुनी केटी स्वयम् निस्सासिएर घैलाहरुसँगै नदीले हुत्याउन खोजेका रहरलाग्दा छालहरुमा बुनिरहन्छे पसिनाका नीला सपनाहरु, बाटोभरी निमोठीएर जूनका कृत्रिम आँखाहरुबाट, यज्ञको रापीलो अग्निकुण्डमा चिरकाल देखी हेमीएकी बलिरहेकी शरीरका शुन्य मुस्कान … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : स्पन्दन भरी नेपाल

~सबिना सिन्धु~ दृष्यहरु हेर्ने सुन्दर आँखाहरु शितलता रोज्ने खुर्पे चन्द बन्नुपर्छ बदलहरु जून नियालेर मोतीका कणहरु ताप्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अँध्यारो गल्लि

~सबिना सिन्धु~ सबेरै यसै गरी डुल्ने गर्छन् हावाका नियमित झोक्काहरु गल्लिको अँध्यारो हुँदै हराउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : चिहान उठ्छ

~सबिना सिन्धु~ क्रान्तिको रक्तरन्जित खोलो फेरी बौरिएर मुटुको ढिक्कामा परिवर्तन हुन्छ र चिहान उठ्छ, हतियार बोकेर मान्छे मान्छे भएर उठ्छ । न्यायको खातिर मान्छे इतिहास भएर उठ्छ सत्यको खातिर ! पाखण्डी इजलास फेरी विस्थापित हुन्छ जे होस् चिहान उठ्छ । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : पूजा गर्न गयौ मन्दिर, रित्तै देख्छु थालीहरु

~सविना सिन्धु~ पूजा गर्न गयौ मन्दिर, रित्तै देख्छु थालीहरु आस्था बोकी हर्ुर्की रहे, बेमौसमी बालीहरु आँखाबाट वषर्ातको झरी टेकी रुझ्नु पर्ने

Posted in गजल | Tagged | Leave a comment

कविता : माछो, एक्वेरियम र परिधि

~सविना सिन्धु~ माछो, एक्वेरियम र परिधि सबिना सिन्धु म बाँचेको कथाको देश आँशु र भेलको सामुन्दि«क देश डग्मगाउँछन् सपना, बाढी बढ्दा बढ्दै स्वयम् निल्न थाल्छ मलाई म मान्छे भएर बाँच्दिन माछो भएर बाँच्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : घण्टाघर र सपना

~सविना सिन्धु~ प्रत्येक दिन नयाँ प्रणयसाथ म उभिन्छु घण्टाघरझैं समयले अँगाल्छ मलाई । र रातमा पोल्टटाभरीका जून निलेर निदाउँछु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नदेखिन्जेल अमेरिकाको शौन्दर्य

~होमनाथ सुवेदी~ नदेखिन्जेल अमेरिकाको शौन्दर्य सजिएर आयो, पुगेपछि अमेरिका त्यो अनौठो भूत बनेर आयो । नजिकको तीर्थ हेला पाएपछि सस्तो के विधान हो! हुनुभन्दा न हुनुमै त्यो हिमाल काल चढेर आयो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : शताब्दीकी नायिका !

~सबिना सिन्धु~ ओ शताब्दीकी नायिका ! तिमी, उभिएर सडकमा शताब्दीको उन्मुक्त हाँसो हाँस्न सक्छ्यौ । हार्दिकता स्विकार्न सक्छ्यौ चिहान टेकेको त्यो पुरानो समय युवतीको रातो ओठ र लत्पत्तिएको त्यो रातो अक्षर एकैसाथ सम्झिएर सडकको धूवाँदार गीत स्वतन्त्रतापूर्वक गुन्गुनाउन सक्छ्यौ ।

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : जूनटिकी

~सबिना सिन्धु~ मेरो जन्म जूनेली रातमा भएको थियो । त्यसैले वैज्ञानिकहरूले मेरो नाम जूनटिकी राखे । मलाई पनि आफ्नो नाम खुब राम्रो लाग्छ । सर्वप्रथम मलाई वैज्ञानिकहरूले खेलौनाको रूपमा जन्माए । म भित्र एउटा साउन्डबक्स राखिएको थियो । मेरो ढाडको … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : ब्रेन बल

~सबिना सिन्धु~ अपरेसन फेल्ड ! डा जोन्सन् एक्कासि चिच्याए । शैलीको अचेतन मन अत्तालियो । उनको मस्तिष्कलाई डाक्टरहरुले झिके र फुटबल जस्तो आकारको गोलो वस्तुमा प्वाल पारेर त्यस भित्र शैलीको मस्तिष्क गिदी र टाउकामा भएका नशाहरुलाई हाले । त्यसपछि त्यसको … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : अनुष्काले नबुझेको कुरा

~सबिना सिन्धु~ अनुष्का हिजो देखि स्कुल जान थालेकी छ । बुवाले उसलाई Nursery क्लासमा भर्ना गरिदिनुभएको छ । बिहानै खाना खाएपछि आमाले उसलाई स्कुल dress लगाईदिनुभयो । नीलो सर्ट खैरो स्कर्ट कालो जुत्ता अनि टाई र बेल्ट पनि । अनुष्काले … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : हजुरआमा र बाह्रखरी

~सबिना सिन्धु~ हजुरआमाले आकृतिलाई धेरै माया गर्नुहुन्थ्यो । उहाँ धेरै कुराहरू सिकाउनु हुन्थ्यो । खाना खानु अघि हात धुनु पर्छ आफ्नो कोठा सफा राख्नु पर्छ । सामानहरू व्यवस्थित रूपमा मिलाएर राख्नु पर्छ आदि इत्यादि । केही कुरा बुझिन भने ऊ … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment