Tag Archives: रुपिन्द्र प्रभावी ‘कटु’ – Rupindra Prabhawi ‘Katu’

गजल : के थाहा ?

~रुपिन्द्र प्रभावी ‘कटु’~ अचानोको पीर खुकुरीलाई के थाहा ? झुपदीको पीर त्यो हुरीलाई के थाहा ? आफन्ताको भीडमा पनि एक्लै भएजस्तो बाआमाको माया टुहुरीलाई के थाहा ?

Posted in गजल | Tagged | Leave a comment

कविता : कुमारी गुफा

~रुपिन्द्र प्रभावी ‘कटु’~ शङ्ख फुकेर कुमारीले आव्हान गरिरहेझैं लाग्छ अन्धकारको मलामी जान उज्यालोका उपासकहरुलाई । गर्भमा कछुवाको आकार बोकेर कछुवाको व्यवहार बोकेर कुमारी

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्यागुताको गीत

~रुपिन्द्र प्रभावी ‘कटु’~ ट्यार्–ट्यार् ट्यार्–ट्यार् भ्यागुताको गीत न लय छ न ताल छ र पनि मच्चिएर गाउँछन्– ट्यार्–ट्यार् ट्यार्–ट्यार् । मन परोस्÷नपरोस् सुन्नेहरुलाई

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : चेतनाको बिजाङ्कुरण

~रुपिन्द्र प्रभावी ‘कटु’~ संसदीय निर्वाचनमा भक्तबहादुुरलाई जिताउनका लागि के मात्रै गरेनौं र ! भैंसी काटेर गाउँलेलाई भोज खुवाइएन कि ! दलले दिएको पैसा गाउँलेलाई बाँडिएन कि ! त्यतिमात्र कहाँ हो र ! मतदानकेन्द्र पूरै कब्जा गरेर विपक्षीलाई भोट हाल्नै दिइएन, हामीले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कठै !

~रुपिन्द्र प्रभावी ‘कटु’~ “सबैका छोराहरू कमाउने भए, हाम्रो त ……!” बुबा आज पनि कराइराख्नु भएको छ । पढेपछि जागिर खानेैपर्छ भन्ने मानसिकताबाट ग्रसित हुनुहुन्छ –मेरा आमाबुबा । हुन पनि हाम्रो पारिवारिक अवस्था जग्गाजमिन भए पनि दुःख गर्नुपर्ने नै छ । बुबाआमाको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सुकुम्बासी बस्ती

~रुपिन्द्र प्रभावी ‘कटु’~ झट्कारेर जीवन– गति ओर्लिरहेको जोवन साक्षी राखेर पड्काउँदै तोप गोला सुकुम्बासी बस्ती खोजिरहेछ जिन्दगी मात्रै जिजीविषा बोकेर । गाँस त काबुमा रहेन खुल्ला आकासमुुनिको बास पनि उजाड बनाउने शस्त्रास्त्रको दुरुपयोग उम्लिन्छ मानौं, यो मुलुककै नागरिक होइनन् उनीहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : झ्याउँकिरीको गीत

~रुपिन्द्र प्रभावी ‘कटु’~ हृदयभरि उज्यालो आराधना बोकेर आँखाभरि कैदी भएका अपाच्य दृष्यावलोकनमा उद्वेलित झ्याउँकिरीहरु मरुभूमिको उँट बास्छन्– सपनामा पानी पिएको लैबरी गीत ।

Posted in कविता | Tagged | Leave a comment

गजल : जिन्दगी सिंगार्छ

~रुपिन्द्र प्रभावी ‘कटु’~ संघर्षले सबैको जिन्दगी सिंगार्छ निराशाले सबथोक त्यसै बिगार्छ भाग्यको भर पर्नुहुँदैन मित्र

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : फेरि पनि सीमान्तकृत वर्गीय प्रस्तुतीमा घामकिरीका पाण्डे

~रुपिन्द्र प्रभावी ‘कटु’~ सीमान्तकृत वर्गीय जनजीवनका कथाव्यथाका कुशल प्रवक्ता हुन् नयनराज पाण्डे । पाण्डेको घामकिरी अलि ढिलै पढिसकें । ‘उलार’ र ‘लू’कै पृष्ठभूमि तर फरक विषयवस्तु रहेको घामकिरीले तिनीहरुले जत्तिकै तानिरह्यो सुरुदेखि अन्त्यसम्म । मलाई पुस्तकले तान्नुपर्छ । नत्र पछिसम्म नै … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : गीति बगानमा–थुँगाथुँगा जिन्दगानी

~रुपिन्द्र प्रभावी ‘कटु’~ “कम्तिमा पनि गीत समीक्षाको विषय होइन, गीत अनुभूति हो । अनुभूति गर्न जान्नेले गीतलाई आफैं आत्मसात् गर्छ, नजान्नेले जे पाण्डित्याइँ छाँटे पनि गीतको परिभाषा र मान्यता अपूरो र अधुरो नै रहन्छ ।” प्रसिद्ध गीतकार प्रकट पगेनी ‘शिव’ ले … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : के पो हुँदो रहेछ र

~रुपिन्द्र प्रभावी ‘कटु’~ बालुवामा पानी हालेर के पो हुँदो रहेछ र कुकुरलाई जुरुक्क उचालेर के पो हुँदो रहेछ र यदि नयाँ केही बनाउन सकिँदैन भने पुरानालाई मात्र फालेर के पो हुँदो रहेछ र

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : लोकतान्त्रिक आन्दोलनमा पोखरेली श्रष्टा

~रुपिन्द्र प्रभावी ‘कटु’~ जनतालाई मुसा नसम्झ जनता त बाघ हो जनशक्तिको अगाडि शाहीशक्ति मुलाको साग हो पटक –पटक अब हामी सधैं आन्दोलन चाहँदैनौं हाम्रो आन्दोलन सीधै गणतन्त्रको माग हो । (दीपक समीप) विश्वका हरेक परिवर्तनका पछाडि त्यहाँको साहित्य,संगीत,सस्कृतिको अह्म भूमिका रहन्छ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : बाटो र वेदना

~रुपिन्द्र प्रभावी ‘कटु’~ बेला कुबेला दुखिरहने टाउको देखेर पटकपटक दुखिरहन्छ यो टाउको आज फेरि दुखेको छ– बिरानो ठाउँमा । यस पल तिम्रो कोमल हात ढाडसको उच्च संवेदना सुसेल्दै निधारतिर सल्बलाएको झझल्कोले झन्दुखाएको छ टाउको जब कि ती हातहरु अचूक औषधी हुन्मेरा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्रमको राज्यसत्ता

~रुपिन्द्र प्रभावी ‘कटु’~ उत्पीडनको अन्त्यहीन शृङ्खलाबाट आक्रान्त देश उत्पीडितहरुको मौनताबाट विशृङ्खलित क्रन्दन हो, त्यही देशमा मौलाइरहेछ पीडकहरुको साम्राज्य हो, मेरो देशमा फस्टाइरहेछ अन्धो राज्यसत्ताको बहिरो शासन । राष्ट्रिय स्वाभिमानको प्रश्न

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : महाकवि लक्ष्मीप्रसाद देवकोटा र उनको ‘भिखारी’ कवितामा मानवतावाद

~रुपिन्द्र प्रभावी ‘कटु’~ परिचय : नेपाली माटोमा जन्मेका कैयौँ प्रतिभाहरुमध्ये ‘अग्रणी नाम’का रुपमा स्थापित नाम हो – लक्ष्मीप्रसाद देवकोटा । वि.सं. १९६६ कार्तिक २७ गते लक्ष्मीपूजाका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्यलक्ष्मीदेवीका साहिँला सुपुत्रका रुपमा काठमाण्डौंको डिल्लीबजार, धोवीधाराटोलमा जन्मेका तीर्थमाधव … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : दुःस्वप्नहरुको निर्मम आत्महत्या

~रुपिन्द्र प्रभावी ‘कटु’~ धमिलिएको आँखाले ऊ जलतरङ्ग चल्मलाउँदा ज्वारभाटा छचल्किँदा पानी धमिलिएको दृष्य आँखाभरि सजाउँदै माछा मार्ने दुःस्वप्न टोलाइरहन्छ । सङ्लो पानी त देख्नै सक्दैन ऊ कञ्चन दह त कल्पना गर्नै सक्दैन ऊ कुदृष्टिको भ्यागुता हाम्फालेर स्वयम् धमिल्याउँछ निर्मल जलाशय … Continue reading

Posted in कविता | Tagged | Leave a comment