Tag Archives: Rasmila Kawan

कविता : पारिलो किरणका ओसिला रेखाहरु

~रश्मिला कवाङ ‘रश्मि’~ पारिलो किरणका ओसिला रेखाहरु झिस्मिसे उज्यालो संगै काला मडारिएका सेताकाला वादलबाट उकुसमुकुस संगै तेर्सिएका तिम्रा आशाका सुनौला दिपशिखाहरु पक्कै पनि सपनाका सुन्दर संवाहक होलान् अरन्यरोदनमा रुमल्दै रुमल्दै बढेका होलान् पथहरु सायद कृतिम स्वार्थ पुर्ण युगमा पटकपटक दोहोरिए … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : गुलाबको बासना

~रश्मिला कवाङ ‘रश्मि’~ गृष्मयामको उखरमाउली घाम बतास चलेपनि टन्टलापुर गर्मी आकाशबाट जति नै झरी दर्के पनि चारैतिर मगमग बासना फूलको स–साना किराफटयाङ्ग्रा छरप्रष्टै बाटाभरि र लाग्छ प्रगतिपथमा लम्केका पाइलाहरु त्यही गुलाबी बासनासँगै सदैव फैलिरहोस् दुई पाइलापिच्छे राता र हरिया बत्तीहरु … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

गजल : छानी छानी

~रश्मिला कवाङ ‘रश्मि’~ छानी छानी नसमाउनुहोस यी हात हजुर कहिले काहीँ सुनिदिनुस् हाम्रो पनि बात हजुर । सबैको रगत रातो हुन्छ, सबले यसो भन्छन् शहरबजार तैपनि किन भन्छ जात हजुर ।

Posted in गजल | Tagged , , , | Leave a comment

कविता : असारे जीवन

~रश्मिला कवाङ ‘रश्मि’~ पानीका हरेक थोपाथोपासँगै सम्बन्धहरु टल्केका छन् गृष्मयामका उखरमौली गर्मीमा हिलाम्य बनाउँदै सारा पर्यावरण वर्ष दिनका लागी जसरी अन्न रोप्छन् छुपुछुपु गर्दै ती किसानहरु, उस्तै वेगले जीवनको असारमा रोपिँदैछ मीठा – मीठा सपनाहरु

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : अब दशै कहिले लाग्छ?

~रश्मिला कवाङ ‘रश्मि’~ आमा, अब दशै कहिले लाग्छ? बालापनका ती रहरलाग्दा दिनहरु ती निश्चल हाासो र उमंगहरु रोटेपिडमा मच्चिएका झट्काहरु मिठो खाने राम्रो लाउने निउका कर्कशहरु अनि त्यो अभावमय दशैको टिका र जमरा कालान्तरमा सम्झिन्छु म एकएक कलाएर

Posted in कविता | Tagged , , , , | Leave a comment

नेवारी कविता : पलेस्वँ

~रश्मिला कवाङ `रश्मि`~ ना वगु न्हाँनँ मुंग नं पिनेया लकसता लयलय तायक हवइगु स्वँ न्हिल न्हिल वांवांथाय सद्भावया बास्ना होल स्वार्थ मरुगु पुखुचाय न्हयापुसे च्वंगु थगु म्हासिका बियो हवाय् च्वंनिमा छ ख पलेस्वँ जीवनया खुसी बः नपनपां चुइक वायच्वङामा जी … Continue reading

Posted in नेवारी कविता | Tagged , , , | Leave a comment

कविता : चश्मा

~रश्मिला कवाङ ‘रश्मि’~ नीलो आकाशमुनि एउटा नीलो सागर जहाँ उर्लिरहेका छन् जीवनका ज्वारभाटाहरु एउटा विशाल ज्वालामुखी जहाँ विविध सुखदुःख समाहित छन् अनि नीलगिरीमाथि चम्कने एउटा नीलो चाँद अनि त्यही चाँदनी सुन्दर छ साँच्चै तिमीजस्तै सुन्दर लाग्छ नीलो धरातलमा एउटा सेतो … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

गजल : बर्सियो अबिरल झरी

~रश्मिला कवाङ~ बर्सियो अबिरल झरी ,छाता लिएर जाऊ तिम्रो मेरो मायाको खाता लिएर जाऊ तिमी भन्छौ मतलब छैन यो दुनियाँको त्यसैले दियका चोटको ताता लिएर जाऊ

Posted in गजल | Tagged , , , | Leave a comment

कविता : जीतको झ्याली

~रश्मिला कवाङ~ सन्धयाकालिन पर्यावरणभित्र शून्यता बाटा खालीखाली पथिक खाली लुरुलुरु हिडिरहेकी म लाग्यो आज मेरै रैछ बाटो कुन देशकी महारानीझै अदम्य साहसले आदिर नेपालकी विरगाना छोरी न परे आफ्नो राष्टको निम्ति मरिमेट्तै

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : सुन्दरता

~रश्मिला कवाङ~ पैसामा बिक्दैछौ अचेल तिमी इमानदारिताको बाटो पहिल्याउँदै हिजो हिंडिरहेका थियौ धनी थियौ मनको, मानवताको माया अनि स्नेहको सौन्दर्य थियो तिमीमा सौन्दर्यकी खानी थियौ तर, युग विस्तारै बदलिरहेको छ र त बदलिरहेकी छौं तिमी पनि तिम्रा ती सत्यताका प्रतीकहरू

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : थप उचाई जीवनको

~रश्मिला कवाङ~ एक दिन थियो जून आफ्नै थियो आफ्नै समय, आफ्नै महत्व बधाई तथा शुभकामनाका पुष्पहरु लाग्छ आफू हुनुको गर्व लागिरहेछ थियो सधैजस्तै साधारण नै नित्यकर्म उही, मान्छे उही, स्वभाव उही फरक छ त मात्र अनेक रुपरंगहरु बिशेष समयको महत्व … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

गजल : पढेलेखेकाहरु

~रश्मिला कवाङ~ पर्दाखेरी आउन्दैन पढेलेखेकाहरु चहिने ठाउँमा धाउदैनन् पढेलेखेकाहरु । धर्तीदेखि आकाश सवै खोतले भन्छन् आखिरमा खास केहि पाउँदैनन् पढेलेखेकाहरु ।

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : पहेंला चुराहरु

~रश्मिला कवाङ~ हातैभरि हरिया र पहेंला चुराहरु साउनको महिना यो मेहेंदीका कुराहरू । जलबिनाको वर्त बस्छन् हिन्दु नारीहरू बदलामा पाउने गर्छन् तीता छुराहरु ।

Posted in गजल | Tagged , , , | Leave a comment

कविता : ए समय..पर्ख

~रश्मिला कवाङ~ ए समय..पर्ख तोतेबोली सँगै लहराएका लहरहरु उच्चतम् उचाइमा पुगेर फन्को मार्दैछन् गतिशील समय सँगै भिड्न नसकेका पथहरु बीचबाटोमै विश्राम लिन्दैछन् ठुलो ठुला सपनाहरू मात्र गगन्चुम्बी आकारका त्यसभित्र न त धैर्यता छ न त लगाव नै छ त केवल … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : तिम्रो अनि मेरो देश

~रश्मिला कवाङ~ उ भन्छ तिम्रो देश स्वर्ग हो म भन्छु तिम्रो देश भुस्वर्ग हो सम्पनतामा लहराएका उसका वालापन उसलाई कतिपनि रमाईलो लाग्दैन यस भौतिकताको सुविधायुक्त युवापन अनि बोझयुक्त बृद्धावस्थाकाृ क्षणहरु दिक्दार लाग्छ अरे, कृतिम लाग्छ प्रकृतिको सुन्दर छटाले मोहित भएका

Posted in कविता | Tagged , , , , | Leave a comment

गजल : झिनो रहरमा आज

~रश्मिला कवाङ~ जीन्दगी यो बिताउनु हुन्न झिनो रहरमा आज बेकार छ ठुस्किनु छालका लहरमा आज । समय बित्दैछ छ निरन्तर, मान्छे बदलेन परिवर्तनका कुरा नगर तिम्रो सहरमा आज

Posted in गजल | Tagged , , , | Leave a comment

कविता : प्रेम र मित्रता

~रश्मिला कवाङ~ एक्कासी सम्झना लिएर आयौ तिमी उषाको लालि जस्तै उजेली बनेर मौन रहेरै बसेका थियौ मनमा र त त्यसैत्यसै हरायौ स्मृतीपटमा सपनाका लहरमा तैरिँदै तैरिँदै मिठै निन्द्रामा सफलताको शिखर चुम्दै

Posted in कविता | Tagged , , , , | Leave a comment

गजल : हिँड्न जाने

~रश्मिला कवाङ~ हिँड्न जाने राम्ररी बाटो कतिकति जिन्दगीमा घाउको खाटो कतिकति आँसुमा तैरिएका मनका ती आशाहरु चिन्नसके खुसिको पाटो कतिकति अकबरे बिश्वासलाई ढाल्न त्यसै हुन्न

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : आफू पग्ली

~रश्मिला कवाङ~ आफू पग्ली अरुलाई दीप छर्छे यी नर्स सेवा गर्न सच्चा भावले सर्छे यी नर्स दह्रिलो मन, आँटिलो पाइला चालेर सदा घामपानी नभनी निश्वार्थ सेवा गर्छे यी नर्स

Posted in गजल | Tagged , , , | Leave a comment

कविता : म झुक्न सक्तिनँ

~रश्मिला कवाङ~ प्रत्येक कोणकोणभित्र वीरता पानीको हर बुँदामा ऐतिहासिकता तापनि हरेक योद्धाहरुबीच रहेर पनि तिमीले जस्तै म गोली थाप्न तयार छैन नालापानीमा तिमीले देखाएको अदम्य साहस मन, मुटु छेदन घमासान युद्ध अहँ म देख्नै सक्तिनँ तिम्रो समर्पणको भावले म पग्लिन … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment