Tag Archives: रामगोपाल आशुतोष – Ramgopal Ashutosh

कविता : ईश्वर र फूलहरू-१

~रामगोपाल आशुतोष~ इश्वरद्वारा इश्वरहरूकै लागि इश्वरकै स्पर्षले फुल्छन् फूलहरू इश्वर कै इशारामा सुगन्ध फैलाउँछन् मनमोहक फूलहरू इश्वरकै देशमा । फूलहरू इश्वरको स्पर्षमा फक्रन्छन् फूलहरू

Posted in कविता | Tagged | Leave a comment

कविता सङ्ग्रह : गणतन्त्रको खेती: आन्दोलन कविता २०६३

जनआन्दोलन २०६२-२०६३ मा सहादत प्राप्त गर्नु भएका सबै ज्ञात-अज्ञात सहीदहरूमा ससम्मान समर्पण गणतन्त्रको खेती: आन्दोलन कविता २०६३ – भाग – १ संयोजक नेपालीकविता डट कमको लागि विक्रम सुब्बा

Posted in कविता सङ्ग्रह | Tagged , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , | Leave a comment

कविता : सन्देह

~रामगोपाल आशुतोष~ सफलताको पहाड झरेर पीडाको नदी तर्नु आकाश बिछ्याएर छातीमा पाताल ओढ्नु विश्वासको छाताबाट छलको छुरी मुटुमाथि तपतप खस्दा रगत जमेको घाउ सिएर बाँच्नु कठिन हुँदो रहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा र बुद्ध

~रामगोपाल आशुतोष~ शिरमाथि नीलो आकास शिरमुनि ब्रह्मनालको तकिया ओछ्याएर चित्ता, ओढेर कात्रोको सिरक मेरी आमा स्वैरकल्पनाको विशाल घर निर्माणमा छिन् । क्षतविक्षत मेरी आमा बालेर आफ्नै शरीर दनदनी

Posted in कविता | Tagged | Leave a comment

कविता : आई हेइट यु ज्यान

~रामगोपाल आशुतोष~ आई मिन इट इमानदारीका साथ भन्छु — आई हेइट यु । तिमी मलाई अचम्मकै लाग्छौ अ मिस्टेरिअस मिस्ट्री । युगौं भयो — तिमीसित साइनो गाँसेको — तिमीलाई चिन्न थालेको — तिमीलाई बुझ्न चाहेको लाग्छ

Posted in कविता | Tagged | Leave a comment

नेवारी लोककथा: बिस्केट जात्रा

~सङ्कलन : रामगोपाल आशुतोष~ उहिले म दरबार स्क्वायरको नजिकैको स्कुलमा पढ्थेँ। चालीस या पचास मिटरको दूरीमा छ मेरो घर। हाम्रो लागि खुल्ला सङ्ग्रहालय थियो भक्तपुर। दरबार परिसरको उनान्सय चोक हाम्रा लागि लुकामारी खेल्ने आँगन थियो। त्यहाँका प्रत्येक चोकको आफ्नै अस्तित्व … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : शब्दहरू, ए शब्दहरू !

~रामगोपाल ‘आशुतोष’~ ए शब्दहरू किन ढुङ्गाजस्तै मौन तिमीहरू बोल, चिच्याऊ, फलाक फोहर शब्दहरू लेख अघोरी भित्तामा अश्लिल शब्दहरू भट्याऊ जँड्याहा देउसीहरू उराल रक्स्याहा नाराहरू ! तिमीहरूलाई सुहाउँदैन मौन मरेको पागलबनपागल वाचालबनवाचाल

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमीलाई सम्झिरहें

~रामगोपाल ‘आशुतोष’~ भुल्ने एक बहानामा तिमीलाई सम्झिरहें फुल्ने एक बहानामा तिमीलाई सम्झिरहें ।। छातीभरि वेदनाका छालहरू छचल्किँदा घुल्ने एक बहानामा तिमीलाई सम्झिरहें ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : बोध: एक दर्शन

~रामगोपाल आशुतोष~ उज्यालोको आशा देखाएर अँध्यारोतिर धकेलिदिएको म असारपुत्र छायाँको जीवन हुन्न भनेर भर्खर बुझ्दै छु । असफल प्रेमीले झैं बुझ्दै छु छायाँ जीवनको अभिशप्त नियति पिताले झैं बुझ्दै छु भीमकाय जीवन, गरिबी र अभाव शिशिरको ठिही- अभिशप्त तृष्णा

Posted in कविता | Tagged | Leave a comment

कविता : घामपानी घामपानी

~रामगोपाल आशुतोष~ घामपानी घामपानी स्यालको बिहे घाम पनि चम्किरहेको छ पानी पनि परिरहेको छ किनकि यतिबेला स्यालको जनसंख्या पनि बढिरहेको छ !!

Posted in कविता | Tagged | Leave a comment

गजल : मस्त निन्द्रा सुतेको छ

~रामगोपाल आशुतोष~ कात्रो ओढी सिंहसदन मस्त निन्द्रा सुतेको छ विश्वासको भ्रम सदन भ्रष्ट निद्रा सुतेको छ ।। इन्द्रेणीलाई धरतीमा ल्याई बाँड्ने वाचा थियो एकै रङ्ग मात्र सदन व्यस्त निद्रा सुतेको छ ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : पिएर मदिरा

~रामगोपाल आशुतोष~ खाएर मेरो मृत्युको भोज पिएर मदिरा जीवन धितो लिएर गयो दिएर मदिरा ।। उक्लियो आफू उकालो एक्लै मलाई टेकेर राखेको धितो लिलाम भयो लिएर मदिरा ।।

Posted in गजल | Tagged | Leave a comment