Tag Archives: Rameshwor Raut ‘Matridaas’

कविता : हामी हुरीका चराहरू

~रामेश्वर राउत ‘मातृदास’~ देश भएका हामी देशबिहीनहरू जागिर खाएइका बेरोजगारहरू नेता बनेका नेतृत्वहीनहरू सास फेर्दाफेर्दैका ज्यूँदा लाशहरू । हामी सबैले दाह्रा किटेर मुड्की उठाएर भनौँ एउटै थलोमा उभिएर हामी सबैले अन्तिम निर्णय गरौँ उप्रान्त, हामी ज्यूँदा लाशहरूबाट यो त्रिकालदर्शी समयले … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : एऽ घामका जुहार हो…

~रामेश्वर राउत ‘मातृदास’~ एऽ घाम जुहार हो मुहार कोटिकोटि धरती/आकाश जुटाएर नाँचौं एकै चोटि धुर्त छली जति बढुन् दुष्ट बेइमानी बस्नै छ यो अन्धकारलाई एक झोक्का ठानी एऽ फूल हो आँसु झारी रुन्छौ आज किन ? घाम/जून मुस्कुराउँदै आउँछन् एक … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

गीति कविता : कहिले इज्जत गाँस्ने ?

~रामेश्वर राउत ‘मातृदास’~ हामी सबै एउटै ड्याङका भ्यान्टा आलु मुला गुन्द्रुक सिन्की भएका छौँ केको साना ठूला देशको सान इज्जत जहिले उठ्छ विशाल छाती मातृभूमि नहँसाइ हुन्नौं कहिल्यै माथि

Posted in गीति कविता | Tagged , , , , , | Leave a comment

बाल कविता : पर्खंदैन समय

~रामेश्वर राउत ‘मातृदास’~ लौरो टेक्ने बूढाले थर्थर गोडा कमाए, यताउति हेरेर रूखका जरा समाए । पढ्ने लेख्ने बेलामा गुच्चा हान्थे ठेलामा अहिले आँसु झारेर रून्छन् कठै हेलाँमा ।

Posted in बाल कविता | Tagged , , , | Leave a comment

कविता : राण शक्ति/देशभक्ति

~रामेश्वर राउत ‘मातृदास’~ जाग्न सकोस् हृदयमा हरपल परम शक्ति सृष्टि/आकाश अमर हुन्छ प्राण देशभक्ति देश नै हो जीवनको लक्ष्य-मूल बाटो देश नै हो जीवनको प्राणेश्वर माटो

Posted in कविता | Tagged , , , , | Leave a comment

गीत : घनघोर हो भूल

~रामेश्वर राउत ‘मातृदास’~ जीवन सङ्लो समुद्र यो अजम्बरी फूल साझा घर धरती आकाश एउटै मानव मूल अग्लिएर हिमालझैँ मुस्कान चुलीचुली अन्धकारको बादल च्यात्न हरफल लागौँ खुली निरीहमै बस्नु कठै घनघोर हो मूल

Posted in नेपाली गीत | Tagged , , , | Leave a comment

कविता : हरेक नयाँ वर्षमा…

~रामेश्वर राउत ‘मातृदास’~ हर्षैहर्ष वर्षा होस् अनेक नयाँ वर्षमा, सुख शान्ति समृद्धि फैलियोस् जीवन कर्षमा सेवा भाव जागृत होस् हरेक पल अंशमा, अनन्त अमृत बर्षियोस् वशिष्ठ कुल वंशमा ।। झमक्क झम्के–साँझमा प्रसन्न जून लम्किऊँ, प्रखर पौरख पसिना समुन्नत सृष्टि चम्किऊँ … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

गीति कविता : गुन गर्‍यो बैगुन हुन्छ

~रामेश्वर राउत ‘मातृदास’~ गुन गर्‍यो बैगुन हुन्छ के युग हो यो कस्तो ? अमृतको वृक्षभरि विषै फक्रेजस्तो । आउने हरेक अबगाल र अपजसलाई थिची कर्म गर्नैपर्छ उत्सव बैगुन किचिमिची ।

Posted in गीति कविता | Tagged , , , , , | Leave a comment

कविता : एक सपना देख्याँ

~रामेश्वर राउत ‘मातृदास’~ बीस वर्षका उमेरमा गोरखा राज्यका अभिभारा काँधमा बोक्याँ जता हेर्योँ उतै लड्याका, भत्क्याका दारुण अवस्था देख्याँ टुक्राटाक्री सबैलाई जोडजाम गर्न्या र सुन्दर शान्त विशाल देश बनाउन्याँ एक सपना देख्याँ ।।१।। गोरखनाथ बाबाको आशीर्वाद औ गजवीर–भाइभारदार र दुनियाँदारको

Posted in कविता | Tagged , , , , | Leave a comment

बाल कविता : बाल लोकले

~रामेश्वर राउत ‘मातृदास’~ केटाकेटी मिलेर हान्न थाले मटेङ्ग्रा बगैँचाका फूललाई लात्ती हान्छन् फटेङ्ग्रा फूल रोप्ने मालीको मीठो मुस्कान बालीमा सबको हित चित्तले

Posted in बाल कविता | Tagged , , , | Leave a comment

गीति कविता : थाङ्नो हुन्छ तास कुचिन

~रामेश्वर राउत ‘मातृदास’~ थाङ्नो हुन्छ तास कुचिन प्रयोजनहीन झुम्रो विषाक्त आफ्नै शरीरबाट निस्कन्छ जसरी जुम्रो । चुपचाप कहिल्यै मौन हुन्न जिन्दगी बग्ने खोला हाास्नुपर्छ निर्झर नाच्नै गतिशील जीवन चोला ।

Posted in गीति कविता | Tagged , , , , | Leave a comment

कविता : परिणामका पाइला

~रामेश्वर राउत ‘मातृदास’~ परिणामले आफ्ना पाइला जतासुकै मोडोस् अन्धकारले जस्तोसुकै उसको विषाक्त व्यूह रचोस् म सत्यको मियो, न्यायको शिर सधैं झलमलाउँदो दिग्विजयी हिमाल हरपल मुस्कुराउँदै म अदम्य भाष्कर/अजश्र ओजस्वी ब्रह्मज्योति, अविरल अनन्त कोसी/पवित्र पावन शिखर गंगा बगिरहन्छु/बगिरहन्छु, म अभिछिन्न सृष्टिको … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment