Tag Archives: Ramesh Kandel

कविता : म समय

~रमेश कंडेल~ मान्छे उत्तरार्द्द खोज्न निस्कदा हिमशिखर कालो मुख लाउदैछ हरियो ड़ाडा फुस्रो हुदैछ नदीहरु यात्रा छोट्याउदै छन् उत्तरी दक्षिणी गोलार्द रुदैछ्न तर मान्छे घपक्क अहमताले गाँज्दा एटम बमको चुरी फुरी लाउछ र निर्दोष आत्माहरु माथि गोलि बर्षाउँछ

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : मरुभूमिको सडकमा एक रात

~रमेश कंडेल~ रातको नौ बजिसकेको थियो। सडकहरु सुनसान झै थिए। मेरो फोन जुमानले उठाइरहेको थिएन। म भित्र शंका उपशंकाले डेरा जमाउन थाल्दै थियो। हतार हतार मेरा पाईलाहरु नाइफ स्क्वायर देखी होर्लान्जसम्मको सडक नाप्न आतुर भइरहेथे। बेला बेला सडक खाली भएको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : अबचेतन मनभित्रको एउटा प्रश्न

~रमेश कंडेल~ साखुल्ले जीवनका पन्नाहरु निबृतिले भरिएका मनफुलहरु अन्तस्करणभित्र पहिरोले थिचिदै गर्दा निरोको धुनमा राष्ट्रप्रेम झल्कला र? शब्दहरु भित्र आफैलाई निख्लम सत्यको बिहङगम पर्दाले ढाकिरहेकै बेला अबचेतन मनभित्र एउटा प्रश्न उब्जन्छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्यकताका विविधता र विचरण

~रमेश कंडेल~ मरुभुमिमा श्रमको खेती गर्न रुचाउने सिमलचौरका आदिबासी हामी बेद-बेदान्त घोकेर पाखुरी बजार्न रुचाउने अनुपम प्रकृतिका सन्तान हामी जीवनलाई जान्न र बुझ्न हिचकिचाउँदै

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘म अमेजन उकालो बग्छु’-एक पाठकको आँखामा

~रमेश कंडेल~ अब उप्रान्त म ‘म’ नै बाँच्छु- म ‘बग्छु, र ‘बाँच्छु’ ‘अमेजन नदी’ खोला जीवन हो सम्झेर बग्नु बाँच्नु हो नबग्नु मर्नुको निधोले तिमी बग्न नसक्नु ईतिहासमा तिम्रो दु:खद मृत्‍यु त्यो स्थावर हलुको मृत्‍युलाई ईतिहासले थुक्नेछ छि: थु:, छि: … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : चैतन्य बोधको नाट्यशाला

~रमेश कंडेल~ मैले देखेका सपनाहरु उछिट्टियर सडक भरी पोखिदै गर्दा त्यहि संगाल्न कहीले यता उता भौतारिरहेको यो मन दासताबाट छलाङ्ग मार्न नसकेर क्षितिज पारी अस्ताउनै लागेछ/ तर पनि विश्वासको पूल तयार गर्दै दुर्बोधी उकालो चढ्न सामाल तुमल जोड जाम गर्दैछु

Posted in कविता | Tagged | Leave a comment

कविता : उपहार

~रमेश कंडेल~ सामुन्द्रीक छालहरुमा घोर लघुताभाषले खुम्चिएको म स्मृतिको पानामा टोटलिन्छु र चिमोटिन्छु, दुख्छु, पोलिन्छु प्रेम गर्नु र प्रेमको कविता लेख्नु उस्तै लाग्छन दुरुहपथमा चल्नु भन्दा कठिन यथार्थबोधको अचेटाईले

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वरसँग सह-अस्तित्वको सम्झौता

~रमेश कडेल~ ईश्वरीय प्रमादमा रुमलिएका पल्लव पात्रहरु र गुरुकुलका केही सदश्यहरु मलाई लम्पसार पर्न आघोष गर्छन। अनी ति तिरस्कृत क्याक्टसहरुद्वारा विरुढ मनमा एकपक्षिय प्रहार गर्छन् फेरी अन्तिम संस्कारमा लामबद्द हुन्छन। मलाई तिमीहरुले बनाएको बाटो मञ्जुर छैन र हुन्न पनि आफ्नो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्यक बिचिन्तनाको मनमाधुर्यता

~रमेश कंडेल~ सौन्द्रर्य चेतनका अवशेष मन माधुर्यताका बशमा उष्णताका छालहरु अधैर्यता अनि अर्थहिन गाम बेशिमा लुकामारी खेल्छ अक्षरहरुको साम्राज्य बन्छ बनाउनु चेतले कल्पेको कुरा तासका महल नबनाउनु ति ढल्दा तिमी सडकमा हुन्छौ

Posted in कविता | Tagged | Leave a comment