Tag Archives: Ram Prasad Dahal

लघु-उपन्यास : कालचक्र

~रामप्रसाद दाहाल~ प्राथक्वन उमेरको हदबन्दीले नोकरीबाट अवकाश पाएपछि मेरा फूर्सदका दिनहरू प्रशस्त हुन गए र मैले आफ्नो दैनन्दिनी पल्टाएर हेर्ने अवसर पाएँ। त्यहाँ कति सुखका घटना थिए कति दुःखका। मेरो दैनन्दिनी स्वयम् एउटा इतिहास थियो एउटा नोकरीमा पालिएको मानिसको इतिहास। … Continue reading

Posted in नेपाली उपन्यास | Tagged , , , , | Leave a comment

लामो कथा : दोश्रो अध्याय

~रामप्रसाद दाहाल~ १ रात छिप्पिदै गए पनि काठमाडौको एउटा सम्भ्रान्त समाजको जमघटको मादकतामा कुनै कमी आएको थिएन । साँझ ढल्कि सकेपछि शुरू भएको जमघट पहिले त सधैँजस्तै सामान्य भलाकुसारीबाट थालिएको थियो । ‘भो, भो । नखाऊँ, नखाऊँ’ भन्दै बल्लबल्ल पेग … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , , | Leave a comment

कथा : प्रसङ्ग मानेका पातको

~रामप्रसाद दाहाल~ धनबहादुर छक्क पर्यो्। चतुरे, जसलाई अरूहरूले छोटकरीमा चते भने पनि ऊ मायाले चतु भनेर बोलाउथ्यो, दिन पर दिन शङ्काको दायरामा साँगुरिदै जादो थियो। चतुरेलाई जति विश्वास उसले अरू कुनै नोकरचाकरलाई गरेको थिएन र त्यो गोठालो चतुरे र उसको … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कथा : मिनर्वा

~रामप्रसाद दाहाल~ म सँग चिनापर्ची भएकै दिन बिहाबारीको प्रशंग चल्नासाथ मिनर्वाले भनेकी थिई – “मेरो त चौध वर्षको उमेरमा नै बिहे भएको, सौमी दी ।” तीस वर्षको लग लागेकी मिनर्वाले त्यो तथ्यलाई बढो गर्वका साथ सुनाएकी थिई मानौं कुनै ठूलो … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कथा : समानता

~रामप्रसाद दाहाल~ मुसोले हात्तीसँग विहे गरेको कुरा विश्वभरि फैलियो र सबैले हात्तीको उदारता र मुसाको बहादुरीको प्रशंशा गरे। उनीहरू समानताका अनुपम उदाहरण भए र उनीहरुको कार्यलाई असमानताको अन्त्य गर्ने पहिलो व्यवहारिक खुटकिलो मानियो। त्यही उपलक्षमा भोज भए, उत्सव गरियो र … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कथा : पाहुना

~रामप्रसाद दाहाल~ आखिर जुठेल्नेामा कसैले भाँडा बजारेको सुनियो र आमाको हातबाट चिया समाएर सुर्को तान्नै आँटेकी मञ्जरीले झस्केर सोधी– “के भयो फेरि? कसले भाँडा बजार्छ त्यसरी?” आमाले दिक्क मानेको स्वरमा भनी– “खै ! त्यो लाटी राँडी बौलाएकी छ आज फेरि। … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

लामो कथा : दस्तावेज

~रामप्रसाद दाहाल~ पूर्वकथा टेलिफोनको घण्टी बजिरहेको थियो। डाक्टर अविजितले पहिलो घण्टी नै सुने पनि त्यसलाई उठाउन चाहेन। पुषको मध्यरातमा सिरकभित्र स्वास्नी अँगालो मारेर सुतेको लोग्नेमानिसले त्यो तातोपन छोड्न पटक्कै चाहेन। ऊ डाक्टर नै भए पनि इमर्जेन्सी कल ऊ कहाँ आउदैनथ्यो। … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , , | Leave a comment

लामो कथा : छायारूप

~रामप्रसाद दाहाल~ ढोकाको कल बेलको आवाज सुनेर प्रणिताले सोची – “को हुन सक्छ यति बेला? बाबुछोरीको आउने बेला भएको छैन। साने पनि भर्खरै बाहिर गएको।” उसले पहिलो घण्टीमा नै ढोका खोल्ने विचार गरिन र अर्को घण्टीको आवाज पर्खेर हातको कपडाले … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , , | Leave a comment

लामो कथा : उपपति

~रामप्रसाद दाहाल~ १ ठेलागाडीको सामान आफ्नो डेराकोठामा पुर्या्ई सकेपछि अनिलले एकपल्ट लामो सास फेरेर रित्तो खाटमा बस्दै कोठाका बीचमा थुप्रो लागेका सामानतिर हेर्योख। डेरा सर्ने कामजस्तो झन्झट उसलाई अरू केही पनि लाग्दैनथ्यो तर घरबारविहीनहरूको भाग्यमा लेखिएको बराबर अर्काको घरमा आफ्नो … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , , | Leave a comment

कथा : जयपराजय

~रामप्रसाद दाहाल~ “जा, नफौरी । यो उमेरमा आएर प्रेमका कुरा गर्न थाल्छे । त्यत्रो खहरे खोला जस्तो बैँसभरी के गरेर मरीस् त ? पोइले नपुगे एउटा नाठो समाएर च्वाप्प म्वाइँ खाएकी भए भइहाल्थ्यो नि ।” – रन्जिताले ठट्टामा उडाउँदै शोभनालाई … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कथा : सौता

~रामप्रसाद दाहाल~ मोहनकृष्ण र रुक्मिणीको बिहे भएको पन्द्रह वर्ष नाघI सकेको थियो तैपनि उनीहरूका कुनै सन्तान थिएनन् । घरमा आमाबाबु भएका भए मोहनकृष्णलाई कचकच गरेर, रोएर, कराएर उसको अर्को बिहे गराई सक्ने थिए होलान् तर मोहनकृष्णले उनीहरूलाई बालखकालमै बिदाइ गरी … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कथा : कर्णेल्नी

~रामप्रसाद दाहाल~ त्यो बेला हामीलाई ज्यूँ ज्यूँ गरेर खान मात्र पुग्थ्यो । कुन्नि कहाँबाट हो अन्न पात आउँथ्यो, अलिकति बर्ष भरीको लागि पुग नपुग र कमाउने मेरा बाबु एक जना मात्र भएको र खाने धेरै भएकाले बर्ष टार्न जहिले पनि … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

खण्ड काव्य : सौदामिनी

~रामप्रसाद दाहाल~ मेरी सौमी चंचल थिई, सुन्दर थिई, अबोध थिई तर सौदामिनी जस्तै क्षणमै गई । सौदामिनी                                               … Continue reading

Posted in खण्ड-काव्य | Tagged , , , , | Leave a comment

कथा : गंगामाया

~रामप्रसाद दाहाल~ गंगामायाले फड्को परे झैं आएर थ्याच्च भैंमा मेरो अगाडि बस्दै भनी – “सानोबाबु , त्यसो गरI दिनु चैं भएन ।” मधेसको घरमा यदाकदा मात्र बस्ने भएकोले म त्यहाँको चालचलन, परिस्थिति र बोलीचाली पनि त्यति प्रस्ट बुझ्दिनथें तर गंगामायाका … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कथा : अंशबण्डा

~रामप्रसाद दाहाल~ गंगालालले बाहिरबाट आएर अगेनोको छेउमा बस्दै आगो फुक्दै गरेकी स्वास्नीलाई भन्यो – “तैले सुनिस् हैन बुढाले ‘बिहे गर्छु’ भनेको कुरा ? ” धनमायाले जाडोले नाकको टुप्पोमा अएको पानी मजेत्रोले पुछ्दै भनी – “सुनें त्यो त तर बुढाले आँटे … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कथा : आशंका

~रामप्रसाद दाहाल~ रागिनी बल्दो बैंशमा नभए पनि उसको जवानी ढल्केको थिएन । छरछिमेकमा उसको उमेरका २।४ वटी केटी अझै पनि बिहेलाई पर्खिरहेका थिए भने उसको त छोरो दश वर्षको भई सकेको थियो । त्यसो हुनुमा दोष उसको होइन, उसका आमाबाबुको … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कथा : अनुभूति

~रामप्रसाद दाहाल~ करुणा गरूँ, नगरूँको दोसाँधमा थिई। बन्द भएको बाथरुमको छेस्किनी दुई पल्ट दोहोर्यागएर जाँचिसकेकी थिई र भेन्टिलेटरको छेस्किनी पनि बन्द गरेकी थिई। कसैले चाहेर पनि चियाउन सक्ने सम्भावना थिएन तैपनि कसैले देख्छ कि ? भन्ने आशंका उसको मनमा ठूलो … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कथा : महानगरको एक रात

~रामप्रसाद दाहाल~ रात मध्यतिर छुन लागेको थियो र महानगर भनिने सहरहरू सुनसान र निस्प्राण हुनु पर्ने समय अझ भई नसके पनि काठमाडौं सहर भर्खर प्रहरी छापा परेको रण्डीकोठी जस्तै निस्तेज र चिसो थियो। सडकको बत्तीको प्रकाशमा देखिने धमिलो हुस्सुले त्यो … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कथा : गोमती किन पोइला गई ?

~रामप्रसाद दाहाल~ ‘गोमती पोइल गई’ भन्ने सुनेपछि उसकी भाउजूले भनी – “छि ! के गरेकी होलिन् ती नानीले ? त्यस्तो घर छोडेर मुग्लान किन भासिनु परेको थियो ?” दाजुले नाक फुराएर भन्यो– “कुकुरलाई घिउ नपचेको नै ।नत्र देउता जस्तो लोग्ने … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कथा : श्रापित राजकुमारी

~रामप्रसाद दाहाल~ होशमा आउदा म दुध रंगको पूर्णिमाको जून मनि आकाशमा उडी रहेकी थिएँ। मैले आफूलाई सिमलको भुआभन्दा हलुका अनुभव गरी रहेकी थिएँ। जूनको धमिलो प्रकाशमा यदाकदा टल्किने पानीको सतह बाहेक अरू सबै नछुटि्टने गरी धमिलिएको थियो धर्ती र रात … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कथा : कथाकी कुन्ती

~रामप्रसाद दाहाल~ सन्तान नहँदा दुःख हुन्छ भनेर कसैले भन्दा मानिसहरू श्यामराज र कुमुदिनीको उदाहरण दिने गर्दथे । छोराछोरी नभएर पनि यिनीहरूलाई कहिले पनि असन्तोष भएन । सधैं उज्याला थिए, सधैं खुशी थिए । जहिले पनि जहाँ पनि सँगै हुन्थे । … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कथा : कथा बी

~रामप्रसाद दाहाल~ सरिता आज खुशी थिई। उसले हिजो मात्रै छोरालाई पठाइ दिने तार दिएकी थिई। कति दिन पछि उसले छोरालाई झिकाउने निर्णय लिएकी थिई। फेरि छोरो फर्केपछि उसलाई आफ्नो सम्पत्तिको हकदार घोषणा गर्न चाहन्थी ऊ, उसको आगमनमा सबैलाई निम्त्याएर स्वागत … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

नेपाली लघु-उपन्यास : सहयात्री

~राम प्रसाद दाहाल~ १.यात्राको थालनी कहींकतै टाढाको यात्रा गर्नु पर्दा, चाहे त्यो उडानमार्गबाट होस् या गुडानमार्गबाट, म टिकटमा दिइएको समयमा नै पुग्ने प्रयास गर्दछु तर त्यो प्रयास कहिलेकहीं सफल नभएर मैले मेरो वाहनलाई छुटाउनु पनि परेको छ। कहिले म ट्राफिक … Continue reading

Posted in नेपाली उपन्यास | Tagged , , , , | Leave a comment

कथा : महानगर

~राम प्रसाद दाहाल~ रात मध्यतिर छुन लागेको थियो र महानगर भनिने सहरहरु सुनसान र निस्प्राण हुनु पर्ने समय अझ नसके पनि काठमाडौं सहर भर्खर प्रहरी छापा पारेको रण्डी कोठी जस्तो निस्तेज र चिसो थियो । सडकको बत्तीको प्रकाशमा देखिने धमिलो … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , , | Leave a comment