Tag Archives: Ram Kumar Elan

कविता : उस्तै नियत, उस्तै नियती

~रामकुमार एलन~ थाहै छ सानू, क्षमतावानहरु पछि पारिन्छन् । लखेटिन्छन्, खेदाइन्छन्, उस्तै परे मारिन्छन् । यी सबै सहेर, नदीजस्तै बगेर पुग्यौँ भने गन्तव्य, दिउँला मन्तव्य यसपालि भो हामी मौन बसौँ हो यसपालि भो हामी यहाँ नबसौँ हो ।

Posted in कविता | Tagged | Leave a comment

गजल : हृदयाघात हुन्छ?

~रामकुमार एलन~ किन धनीमानीलाई मात्र हृदयाघात हुन्छ? गरिबलाई भने सधैँ दुःख खाताखात हुन्छ कुरुवा भो बिरामी, सड्छ रोगी अस्पतालमै फर्के पनि घर अर्को रोगको सुरुवात हुन्छ

Posted in गजल | Tagged | Leave a comment

पुस्तक अंश : लोग्नेका नाममा कलंक

~रामकुमार एलन~ स्याउलीबाङ गाविसका दुःखसँग मकवानपुर जोडिएको छ । अधिकांश तामाङ जातिको बाहुल्य भएकाले गरिबी, दुःख, अभावमा उनीहरू नै पिल्सिएका छन् । त्यसमाथि चेपाङ, मगरहरू पनि छन् । विकट र दुर्गमले सिङ्गो जिल्ला पिसिएको छ । शिक्षा केही हुनेखानेको पहँुचमा … Continue reading

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

पुस्तक अंश : कमरेडलाई कुन रुखमुनि भेट्ने ?

~रामकुमार एलन~ प्रहरीले स्याउलीबजारबाट छेगु मुक्तानलाई फेरि समात्यो । उनलाई ठकुरीको घरमा माओवादी हुलेको मुद्दा छ । प्रशासनले ९० दिनको नजरबन्दमा वीरगन्ज पठायो । विद्रोह र निराशामा बाँचेको पिचुर गाउँ छाडेर हिँडेको थियो । एकातिर अपमान र अभाव । अर्कातिर … Continue reading

Posted in पुस्तक अंश | Tagged , | 1 Comment

बाल कथा : गलैँचाबाट फर्किएपछिको खुशी

~रामकुमार एलन~ म¥याङकोट गाउँका दुई बालक पराङ र कुन्साङ घरबाट भागेर काठमाडौं गए । उनीहरु गाउँकै स्कुलमा कक्षा ४ र ५ मा पढ्दै थिए । एकदिन गाउँमा आएका नयाँ मानिसले उनीहरुलाई फकाए । गाउँमा प्राथमिक तहको पढाईपछि थप पढ्न विद्यालय … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

पुस्तक-अंश : सुकुमारी भोटिनी झ्याइँ पार

~रामकुमार एलन~ बिहानै स्याउलीबजार नजिकको नर्कटघारीमा चराहरू कल्याङकुलुङ गर्दै लाखापाखा हुन्छन्। नजिकैको भरेङ धारामा नुहाउन जाने पनि कम हुन्नन्। गाउँबाट बजार जानेको उस्तै हल्लीखल्ली हुन्छ। गाउँमा धारा सुकेको हल्लाखल्ला हुन्छ, यस्तै त छ स्याउलीबाङ दैनन्दिनी। कहाँ फेरिएको छ र गाउँ।

Posted in पुस्तक अंश | Tagged | Leave a comment