Tag Archives: Ram Chandra Karki

गजल : जस्तो लाग्छ

~रामचन्द्र कार्की~ उनको मरो भेट पैले भाको जस्तो लाग्छ, रानी बनमा संगै गीत गाको जस्तो लाग्छ । बल्ल मलाई याद आयो सँगै स्कूल पढ्दा एउटै मिठाइ पालैपालो खाको जस्तो लाग्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : म जस्तै मरुभुमी

~रामचन्द्र कार्की~ बास्ना पो दिउँ कसरी, ओईलाई सक्या फूल म त, यात्रुहरु किन आउथे, भाँचिई सक्या पुल म त । स्वार्थी यो दुँनियाँमा, आफ्नै भाग खोज्छन् सव, ओड्ने आशा कस्ले गर्ने, च्यातिई सक्या झुल म त । सवले लात्ती हानी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : माया रुपी बिष

~रामचन्द्र कार्की~ काँडा बन चाहे तिमी, फूल बनि बास्ना देउ, पर पर सर्यौ तिमी, किन आउथ्यौ मेरो छेउ । डाँडाकाँडा पहाड पर्वत, स्वर्गरुपी संसारमा, मेरो माया थन्काई दियौ, धुरी चुहिने धन्सारमा । जति अग्लो बन्छु भन्छ, हेर बाँस निउरी राछ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गोठाले दिनको संझनामा

~रामचन्द्र कार्की~ गाईबाख्राको पछिपछि, ढाडखोलाको पानी पिउदै, ऐसेलु र कटुस खान्थ्यौ. च्यातिएको भोटो सिउदै । पल्लो घरकी गंगा बैनि, गोठालाकी असल साथी, छिइन् अचेल कुन संसारमा, आज सपनीमा आथी । माथिल्ला घरको कृष्णे पनि, अरव तिर पसेपछि, तल्लो घर नि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : हिजै जस्तो लाग्छ

~रामचन्द्र कार्की~ तिमीसँग खेलेको हिजै जस्तो लाग्छ, कोलमा उखु पेलेको हिजै जस्तो लाग्छ । चिच्याउदा तिमी फुकाइ दे थे मैले, लहराले जेलेको हिजै जस्तो लाग्छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : हुदैन बुझ

~रामचन्द्र कार्की~ बोकाले दाई हुदैन बुझ, आँशुमा खाइ हुदैन बुझ । पिडाको तिर नहान बरु, दौरामा टाइ हुदैन बुझ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : आउँछु आमा म आउँछु

~रामचन्द्र कार्की~ आउँछु आमा म आउँछु, आफ्नै खेतबारी अनि बनपाखामा धाउँछु । यहाँ त, बाँच्न नै रुनु परेको छ, आँशुले मुहार धुनु परेको छ । प्रजातन्त्र आयो भन्छन्, गणतन्त्र आयो भन्छन्, राजा प्रजा भए भन्छन्। तर

Posted in कविता | Tagged | Leave a comment

गजल : मुखमा रामराम छ

~रामचन्द्र कार्की~ जनताको मुखमा रामराम छ, यता सरकारमा धुमधाम छ । म्याद थपी तलब भत्ता पकाए तर, तरबारको धारमा संबिधान छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : यस्तो पिरती

~रामचन्द्र कार्की~ पिरतीको के कुरा भो ज्यानै गलाउने, माछो माछो भ्यागुतो सरी छलाउने । चल्न गाह्रो यो संसार पिरतीको खातिर, स्वर्ग नर्क घामपानी देखाइ छाड्यो आखिर । हाम्रो सानो संसार थियो पिरतीको आडमा, भबिस्यका कुरा हुन्थे सिट हुन्थ्यो काखमा । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : साबधान लामखुट्टेहरू

~रामचन्द्र कार्की~ क्रान्तिको नाँउमा चिच्याटलाग्दो बिगुल फुकेर रगत चुस्न नखोज लामखुट्टेहरू तिमीहरूको सुँडको तिख्खरता सजिलै नाप्छ हाम्रो शरीरले । ओसिलो र चिस्यानको बास छिनमै सागर र मरुभुमी बन्नेछ, त्यति बेला दया त मलाइ लाग्नेछ तिमीहरू माथी किन की तिमीहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो जिन्दगी

~रामचन्द्र कार्की~ क्यारी हेरुँ जिन्दगीलाई, माकुराको जालो जस्तो, टन्न रक्सी धोके पछि, निस्किएको राल जस्तो । हात रोकेँ खुट्टा बढ्छ, खुट्टा रोकेँ टाउको चैतमास आँधिसग,ै उडिजाने पाल जस्तो । क्षणिक छ कि दिर्घकालीन, सागरको छाल जस्तो, ढुङ्गो कुटि सरापिने, तुच्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हिंडे म त बिदेश

~रामचन्द्र कार्की~ आफ्नै देशमा केही गरौ भन्ने जोश थियो, सुन्दर शान्त हराभरा राख्ने सोच थियो । यहि माटोमा पसिना पोखी पोखि हासौ, भन्थेँ हामी एकै घरका मिलिजुली बाचौँ । तँ यो पाटी म यो पाटी घरमै हानाथाप, पदको लागि तछाड … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जङ्गल

~रामचन्द्र कार्की~ पूर्व पहेलो भएन यहाँ भालेको डाँक छुटेन, चरीको चिरिबिरी यो कोलाहल क्रंकिट र रोडाको जङ्गलमा । एकै थरी जङ्गल साथ दिइरहेछन फलामे रडले निर्दयी मान्छे भत्काइरहेछ प्रकृति ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रै सम्झनाले

~रामचन्द्र कार्की~ मेरो प्रत्येक रातको निन्द्रा, तिम्रो यादमा भागिदिन्छ, मनलाई रोक्न बार हाल्छु ,तैनि उफ्रि नाघिदिन्छ । गाँस टिपी मुखमा लग्यो, तिम्रो मुखले आँ पो गर्छ, प्रत्येक पलमा तिम्रो फोटो, आँखाबाट खाँशु झर्छ । भोक प्यास निन्द्रा सवै, तिम्रै यादमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : फेरौ सास पिरतिको

~रामचन्द्र कार्की~ आउ हामी संगै फेरौ सास पिरतिको, आउ हामी संगै खाउ गास पिरतीको । छुटिएर के बस्नु खै हामी वारी पारी, आउ हामी संगै रोपौ घास पिरतीको ।

Posted in गजल | Tagged | Leave a comment

गजल : आँशु झार्दैमा हुन्न

~रामचन्द्र कार्की~ रोएर आँशु झार्दैमा हुन्न, आगो र पानी बार्दैमा हुन्न । सोचेर हेर गलत पो छ कि, बसाँइ मात्रै सार्दैमा हुन्न ।

Posted in गजल | Tagged | Leave a comment

कविता : बलत्कार गरिरहेछन ६०१

~रामचन्द्र कार्की~ ऐया आत्थु निरन्तरताको चित्कारलाई हासोमा उडाउदै बलत्कार गरिरहेछन ६०१ । स्वतन्त्रतालाई मुठ्ठिमा कसेर बोत्तलको आडमा जिब्रो फट्कार्दै हासिको फोहोरामा निर्दोष संबिधानलाई बलत्कार गरिरहेछन ६०१ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : बिदाइ गरेकी हैनौ

~रामचन्द्र कार्की~ हाँसेर बिदाइ गरेकी हैनौ, जुन झै मुस्कान छरेकी हैनौ । बेशीको मेला धाउने निहुमा, मलाइ भेट्न झरेकी हैनौ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : म अचेल

~रामचन्द्र कार्की~ हाँसेर बाँच्न सिक्दै छु म अचेल, नाचेर बाँच्न सिक्दै छु म अचेल । लुकाइ पिडा देखाउदै पिरति, गाँसेर बाँच्न सिक्दै छु म अचेल ।

Posted in गजल | Tagged | Leave a comment

गजल : अतितलाई बिर्स नेता

~रामचन्द्र कार्की~ जेजे भयो भइ गयो, अतितलाई बिर्स नेता, संबिधान बनाउन, सबै मिली घिर्स नेता । कयौ बिते जेठ चौध, भदौसंगै मङ्सिर पनि, तिमीलाई मस्ती भाछ, जनतालाई पिर्छ नेता ।

Posted in गजल | Tagged | Leave a comment

कविता : माया

~रामचन्द्र कार्की~ डाँडाकाडा हरिया छन्, निलो आकाश कञ्चन, जिन्दगीमा माया लगाई हाँसी जिउनु भन्छन् । खेतका गह्रा धान सरी, झुलाउनलाई माया, जिन्दगीलाई हिमालसरी,े चुलाउनलाई माया । शिशिरको कुहिरोले, बरिखामा डाँडा ढाक्छ, पे्रम पनि एउटा फल हो, मलजल पाए पाक्छ । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म, गरिवी र विवशता

~रामचन्द्र कार्की~ कलकल चिसो धाराको पानी, तातो छ कुवामा, हल गोरु नारी खुर्पेटो बजाई, घुम्या छु जुवामा । बाझो छ बारी चिर्नु छ मैले, झरी र खडेरी, रुखको फेदमा बास छ मेरो, साहुको हो घडेरी । चमेली सित काले र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लक्ष्यको तिमी र म

~रामचन्द्र कार्की~ किरण खोज्दंै जाउ तिमी, मै डुलँुला अध्यारोमा, हेर्नु तिमी शहर बजार, मै घुमुला पधेरोमा । मै जोतुला खेत बारी, घैया मकै गोड्दै, तिमी खानु मःम चाउमिन, भट्ट–मकै छोड्दै । खरबारीको खरमा म, कटुस घारी घारी, शहरको स्वाद लिनु, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : लाचार नबन

~रामचन्द्र कार्की~ देशका लागि केही गर लाचार नबन, जन्तालाई दुखी पार्ने समाचार नबन । शासन गर्ने पापी भए देश नै डुबाए, रक्सीसँग खान मिल्ने अचार नबन ।

Posted in गजल | Tagged | Leave a comment

कविता : विफलताको मेरो साथी न्याउली

~रामचन्द्र कार्की~ फुल्यो फुल हावा आई उडाई लग्यो हुरीले, यो मनचाहि छिया छिया, बचन रुपी छुरीले । बिश्वास गरि आँट गरेँ चढाउनलाई ताँदो, तित्रा जस्ती तिमी सामु, अन्जान म त आँदो । जत्रो रुख छ उत्रै छायाँ, पीपल र पाती, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

रामचन्द्र कार्कीका ४६ मुक्तकहरु

~रामचन्द्र कार्की~ १. आँशुको मुल्य बुझ र बोल, मनको देउता पूज र बोल । निर्धालाई अब हँसाउ अनी, पहाड सँग जुझ र बोल । २. सक्छु भन्छौं मलाई ढाँट्न, मनभित्रको ईश्वर हेर, जता फर्क हामी तिम्रै, सोचि देउन एकफेर । … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

रामचन्द्र कार्कीका केही हाइकुहरू

~रामचन्द्र कार्की~ १. चिसा यी आँखा मायाको बियोगमा हाँसेको मन । २. घाम न पानी रमाउदै छातामा साझको बेला ।

Posted in हाइकु | Tagged | Leave a comment

कविता : आमा

~रामचन्द्र कार्की~ रुन्छौं आमा बनपाखामा, म शहरको माझमा, दियो बाली सम्झँदै हौली, मलाई झम्के साँझमा। बनका माझ खेतका आली, पानी धारा सँगै, रातदिन एकैनाश, आकाशका तारासँगै। गोठालो र घाँस दाउरा, जंगलको बास, मेलापात पधेरोले छैन, बेलामा गाँस। सगै हुदाँ साथ … Continue reading

Posted in कविता | Tagged | Leave a comment