Tag Archives: राजु स्याङतान – Raju Syangtan

कविता : दाइ हराएको सूचना

~राजु स्याङ्तान~ म थुनिएको छु यतै गाउँमा तिमी हरायौ उतै बिरानो सहरमा लकडाउनको पहिलो साँझ फोनमा भनेका थियौ– ‘इँटाभट्टाको साहुले कामबाट निकाल्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह

~राजु स्याङ्तान~ ए जिउँदा मान्छेहरू ! मेरो शरीरको पोस्टमार्टम गर्नुअघि एउटा आग्रह छ कृपया मेरो शरिरलाई चक्कु र कैँचीले होइन कलमले पोस्टमार्टम गर मेरो हृदयमा दबाइएको देशभित्रको अर्को देश पर्गेल्न सक्दैनौ चक्कुले सक्छौ भने कृपया कलमले पोस्टमार्टम गर

Posted in कविता | Tagged | Leave a comment

कथा : अपरिचित मान्छे

~राजु स्याङ्गतान~ उपत्यका बाहिरबाट काठमाण्डौंमा केहि गर्छु भनेर आउँनेहरुका लागि बाह्रमासे डिउटी हो कोठा खोज्नु । गाउँ घरमा लठेप्रोले जिवनसाथी सजिलै पाउला तर यहाँ कोठा पाउँन मुस्किल छ । बल्ल-बल्ल पाए पनि विविध अड्चन झेल्नु पर्छ । करिव तिन हप्ता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सेल्फिले नखिचेको जिन्दगी

~राजु स्याङतान~ आज देशकै खास मान्छे मरेछ सिङ्गारिएको छ आर्यघाट गरिबको विवाह मण्डपभन्दा धेरै । लाम लागेका छन् मलामीहरू भावविह्वल छन् आफन्तजन साइरन बजाउँदै आइपुग्यो देशकै अर्को ठूलो मान्छे ओढाइदियो झन्डा अग्लो भुँडी छोपिनेगरी ।

Posted in कविता | Tagged | Leave a comment

युद्ध कथा : कमरेड नमुना

~राजु स्याङतान~ म एमाओवादीको महाअधिवेशनमा भात पकाउन एउटा टेन्टबाट खटिएको थिएँ । मेरो काम भाडाँ माझ्ने थियो । भाडा माझ्ने ठाँउबाट माओवादीको भाषण बेलाबेलामा कानैमा गुन्जिन आउँथ्यो । दोस्रो दिन एउटा नारी आवाज वरपर गुन्जियो । कतै सुने सुने जस्तो, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एउटा दासको घोषणा–पत्र

~राजु स्याङ्गतान~ आफ्नै चिहान माथि चुपचाप निधाइरहेको यस युगको असली दास हुँ म कोर्रा लगाएको छैन आज तर कुटिएको छु आफ्नै हातले नेल देख्दिनँ खुट्टामा तर बाँधिएको छु आफ्नै मस्तिष्कले निधारमा छैन कुनै मूल्यसुची तर बेचिएको छु प्रत्येक पल यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कैदी नं २१

~राजु स्याङ्तान~ वर्षौं पुरानो बार्दलीको डिलमा बसेर एउटा पन्छी कराइरहेको छ गोपीकृष्ण कहु पट्टु गोपीकृष्ण कहु पट्टु । उसको आफ्नै सुनको दरबार छ चाँदीको थाली छ र छ, छेस्कारूपी हीराको बिछ्यौना पनि । हुरीमा, धूपमा, झरीमा, निष्पट्ट रातमा, उजाड बिहानीहरूमा

Posted in कविता | Tagged | Leave a comment

कथा : बौलाहा मास्टर

~राजु स्याङ्तान~ “माफ गर्नुहोला सर, स्कुलमा तपाईको गतिबिधिका कारण तपाईलाई स्कुलबाट निकाल्न हामी बाध्य भयौं,” अफिस पस्नै लाग्ने बेला स्कुलका प्रधानाध्यापकले उसलाई ढोका मै रोकी बिदाइ पत्र पो थमाई दियो । उ केही नबोली फनक्क फर्केर स्कुलको प्राङगन बाट लुरुलुरु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वतन्त्रता

~राजु स्याङ्तान~ ……..त्यस पछि उनले आफ्नो केश डल्लो पारी, अनि दुई लालावालाको मुखतिर पुलुक्क हेरिन् । हेराई असामान्य थियो । अनुहारमा विछिप्त कहानीहरू मडारिरहेको थियो । दुई बच्चाहरूलाई खस्रा हातले सुम्सुम्याए पछि गाडीको झ्यालबाट पर पर हेर्दै आफैसँग हराउन थालीन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment