Tag Archives: राजेन्द्र थापा – Rajendra Thapa

चलचित्र गीत : पहिलो नम्बरमा

~राजेन्द्र थापा~ केटा:फनफनी घुम्याको कम्मरमा औँठी बैना मारे मैले पहिलो नम्बरमा केटी: फनफनि घुम्याको कम्मरमा औँठी बैना मार्ने धेरै पहिलो नम्बरमा केटा: पहिलो नम्बरमा- पहिलो नम्बरमा हाय हाय माकुरी पहिलो औँठी बैना मारे मैले पहिलो नम्बरमा केटी: दोस्रो नम्बरमा- दोस्रो … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

राजेन्द्र थापाका पाँच छोटा कविताहरु

~राजेन्द्र थापा~ छिमेकी छिमेकीहरू हाम्रो साँध आफूतिर तान्छन् हामी चिया प्यूँदै चियापसलमा छिमेकीलाई गाली गर्छौं साथीहरू दिनरात हाम्रो खुट्टा तान्छन् हामी रक्सी प्यूँदै रक्सी पसलमा छिमेकीलाई ठोक्ने घोषणा गर्छौं र दायाँबायाँ पलाकपुलुक हेर्छौं अनि, कोही नदेख्दा राहत भेट्छौँ। हात जोड्नेहरू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : भुइँमान्छे पहिलोदेखि पाचौँसम्म

~राजेन्द्र थापा~ १ जस्का नाममा नेपाली नोट छापिन्छ जस्का नाममा चुनावी भोट छापिन्छ भोको छ नाङ्गो छ, हो त्यै त हो नि भूँई मान्छे जस्का नाममा विदेशी भिख मागिन्छ २ लोकतन्त्र भन्दा खेरी लुगातन्त्र सुन्छ संविधान भन्दा खेरी नयाँ धान … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : बाटोले अब मान्छे हिँड्छ

~राजेन्द्र थापा~ मान्छेले बाटो हिँड्न छाडे बाटोले अब मान्छे हिँड्छ हेपिएको सडकले नै अब मान्छेको शिर टेक्छ एत्ति तल तल ठूला ठूला नि गिरेको देखेपछि पछि लाग्ने शान्त लश्कर आफैँ नै पड्केर फुट्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : ज्यामीको सुख्खा रोटी पढ्नू

~राजेन्द्र थापा~ देश चिन्न मन भए, ज्यामीको सुख्खा रोटी पढ्नू आफू चिन्न आफ्नै मुटु, कमसेकम एकचोटि पढ्नू काठमाडौंले देश पढ्यो, देशले काठमाडौं पढ्यो साँच्चिकै देश पढ्न, कर्णाली र डोटी पढ्नू

Posted in गजल | Tagged | Leave a comment

गजल : आँसु अड्केको हो जिन्दगी

~राजेन्द्र थापा~ आँसु पुछेपछि रुमालमा, आँसु अड्केको हो जिन्दगी, चैते खरबारीमा ठूटोले, आगो भड्केको हो जिन्दगी । के गर्ने, कसरी गर्ने, नजान्दा’नि गरिए जस्तो, पैलो मायाको कलेजो झैँ, बेताल धड्केको हो जिन्दगी ।

Posted in गजल | Tagged | Leave a comment

गजल : नाम चलेको मान्छे

~राजेन्द्र थापा~ तिमी मनपरी गर्नमा नाम चलेको मान्छे खोटै भए ‘नि बजारमा दाम चलेको मान्छे झुकी दर्शन नगरी नदेख्ने कोही हाम्लाई छड्के आँखा तर्दा ‘नि तिम्रो, सलाम चलेको मान्छे

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य : खगेन्द्र दाजु नमर्नूस् प्लिज

~राजेन्द्र थापा~ गत शनिबारको ‘अक्षर’मा खगेन्द्र संग्रौला दाजुले मेरा ‘खेलौना’ खेल्दा पड्केर हो वा हजारौं हजारपाठकले पढिदिएर, पैसा बर्सियो भनेर हो कि आफू मरेको घोषणा गरेकाले म मर्माहत छु। करिब ३८वर्षअघि यौटा उपन्यास लेखेर लेख्न छाडे पनि अहिले खेलौना लेखेर … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

मुक्तक : चल्ला

~राजेन्द्र थापा~ नयाँ नेपाल ल्याइने हल्ला भा’छ तर सल्ला भा’छैन पुरानो नेपाल काँ फाल्ने सल्ला भा’छ तर हल्ला भा’छैन मेरो देश धेरै पटक ओथारो

Posted in मुक्तक | Tagged | Leave a comment

छोक : देश हाँक्ने चैँ कैले

~राजेन्द्र थापा~ गफ त खुबै हाँक्दै हुनुहुन्छ देश हाँक्ने चैँ कैले नि आमूल परिवर्तन भन्नुहुन्छ सिन्का भाँच्ने चैँ कैले नि

Posted in कविता | Tagged | Leave a comment

गीत : भूँईचालो गएपछि

~राजेन्द्र थापा~ भूँईचालो गएपछि हलचल त भईहाल्छ जिन्दगीकै उलटपुलटमा खलबल त भईहाल्छ हृदयको छोड आँसु पुछ्दै साईतमा नयाँ यात्रा थाल्दा केही अलमल त भईहाल्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म त पहिरोभित्र छु

~राजेन्द्र थापा~ म त पहिरोभित्र छु झन झन गहिरोभित्र छु सपना देख्ने आँखा बस्यो म त झन झन कुहिरोभित्र छु फूल त मेरो होइन शीत पनि मेरो होइन सुस्केरा मात्रै होइन गीत पनि मेरो होइन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : जे पनि जन्ताकै लागि

~राजेन्द्र थापा~ जे पनि जन्ताकै लागि नै गरियाको भनियो जन्ताको सूचीमा चैँ खै कोको परियो नौलो बाली नयाँ धान गफ्फा चुटियो मौसम बित्दा नि हलो अड्काकै देखियो

Posted in कविता | Tagged | Leave a comment

गीत : पर लैजाऊ फूलहरु

~राजेन्द्र थापा~ पर लैजाऊ फूलहरु छोपिदेऊ तारा जून बन्द गर गीतहरु तिम्रो याद आउने सबै चिजहरु शहरको भीडमा म एक्लो हल्लाले छुँदैन रानीवनको एकान्तमा पनि मन चुप हुँदैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : दुई मुस्कान

~राजेन्द्र थापा~ १. नेताको मुस्कान उनीहरू जैले नि हाम्रो सामु आउँदा, डराउँदै हाँस्छन् मुसुक्क अनि प्याकेटबाट झिकेर रेडिमेड मुस्कान, ओठमा टाँस्छन् लुसुक्क मुस्काने पुलाउको सुगन्धले भोका जनता जब चिच्याउँछन् जिन्दावाद

Posted in कविता | Tagged | Leave a comment

गीत : शिखरलाई नाग्छु

~राजेन्द्र थापा~ शिखरलाई नाग्छु भनि म त टेक्छु उकालीमा उकालीले टेकिदिन्छ बरा मेरै छातीमा छाती होइन भुईँ हो यो टेक टेक सबले टेक आफन्तैले पनि टेक पराईले पनि टेक

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : झिरमा ऊनिनु

~राजेन्द्र थापा~ झिरमा ऊनिनु त्यो एउटा कुरा पिरमा ऊनिनु त्यो एउटा कुरा नभिज्ने आँखा कसको छ र तर झर्नु नझर्नु त्यो अर्कै कुरा मैले कहाँ भनेँ र पिरै पिर भो भनेर तल तल खस्दा भिरै भिर भो भनेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पोहर साल खुशी फाट्दा

~राजेन्द्र थापा~ पोहर साल खुशी फाट्दा जतन गरी मनले टालें त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालें यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरिसकिस् तेरो भाग्य यति नै … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

मुक्तक : मृगासनमा सिंहको आशन

~राजेन्द्र थापा~ मृगासनमा ढल्केर वस्दा, सिंहलाई दिनरात मोज हुन्छ सिंहको आसन छेऊ वस्दा, मृगलाई दिनरात वोझ हुन्छ सिंहलाई सन्काई सन्काई, जव मृगहरु ढालिन्छन्

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : यो शहरमा

~राजेन्द्र थापा~ हिलो छ्यापी होली खेल्छन्, दिनहुँ यो शहरमा बोल्दा बोल्दै वोली फेर्छन, दिनहुँ यो शहरमा हात मिलाउने कि अङ्गालै, यो छुट्याउनु पैले

Posted in मुक्तक | Tagged | Leave a comment

राजेन्द्र थापाका चार छोटा कविताहरु

~राजेन्द्र थापा~ बाघ राजनीति यौटा बाघ मर्छ – खबर बन्छ त्यै बाघले दिनहुँ मृग मार्छ – खबर बन्दैन थुक्क राजनीति ! सडक बन्द सडक बन्द भन्छ मान्छे, तर सडक बन्द हुँंदैन, मान्छे मात्र बन्द हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो जिन्दगी

~राजेन्द्र थापा~ यो मेरो जिन्दगी वाह कस्तो जिन्दगी जिन्दगीभित्र अल्झेको जिन्दगी जिन्दगीभित्र बल्झेको जिन्दगी फुकाउन नसकिने गाँठो परेको यो मेरो जिन्दगी वाह कस्तो जिन्दगी प्रत्येक बिहान म उठेर

Posted in कविता | Tagged | Leave a comment

गजल : कवूल गर्दैनन् यहाँ

~राजेन्द्र थापा~ मेरो पनि छ दोष भन्दै किन कवूल गर्दैनन् यहाँ घर बिग्री सक्दा पनि मेरो किन भूल भन्दैनन् यहाँ दह तातेर कालो बादल म देख्छु घरको चारैतिर के पानी नपरीकन नै कुनै मूल फुट्दैनन् यहाँ

Posted in गजल | Tagged | Leave a comment

कथा : लिभिङ टुगेदर

~राजेन्द्र थापा~ सरिताले कति सोच्ने ? सोच्दासोच्दै १५ दिन बितिसक्यो । सोचेको सोच्यै छे । पैले रोई उसले । दिनभरि रोई, रातभरि रोई । भोकै रोई, प्यासै रोई । पैले पवनलाई सम्झेर रोई । पछि आफूलाई सम्झेर रोई । आफ्नो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : क्या दामी भो

~राजेन्द्र थापा~ बेहोशी पछि त होशमा आउँदा क्या दामी भो यहाँ पिउने म, पिलाउनेको पो क्या बदनामी भो बाहिर अमृत लेखे पनि भित्र भने बिषादी रैछ माया अमृत पिएदेखि जिन्दगी क्या बिरामी भो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : रहमत भाइ

~राजेन्द्र थापा~ मुसलमान, पहाडिया, मधेसी र इन्डियाका पनि मिसिएको कपिलवस्तुको बहादुरगन्जमा धार्मिक सद्भाव सुरुदेखि नै अद्भुत रहिआएको छ। सहरवासी गर्व गर्छन्, पहाडको बहादुर र मुसलमानको गन्ज- बहादुरगन्ज। तर, धर्मनिरपेक्ष भएपछिरहमतभाइका मनमा अलिकति चिसो भने पसेको छ। हुन त कपिलवस्तु काण्डमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छोइएको छडी

~राजेन्द्र थापा~ ‘अरे मरिक बेचन, फटाफट तँ हाथ थापिहाल् त। अरे…अरे… अरे! दूर रख्, दूर… तेरा काला मैला हाथ। छोइदेलास् फिर, डोम!’ शोभाकान्त झा सरले यसो भन्दै मरिक बेचनको हातमा निर्ममतापूर्वक छडीले ठोक्नुभयो, फटाफट। ‘आ… उ…’ गर्दै कराइरह्यो, तीन कक्षाको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मुक्तक : झिकेर

~राजेन्द्र थापा~ संविधानबाट संवि झिकेर बचेको धान लगेर सुदुरमा खुवाईयोस् कानुनबाट का झिकेर बचेको नुन कर्णालीमा पुर्‍याइयोस् नयाँ संविधान कस्तो बन्छ थाछैन , त्यसैले संविधान बन्नु अधिनै

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : फिर्ता चाहियो

~राजेन्द्र थापा~ मनिषाले डिभोर्सको पेपरमा दस्तखत गर्दै गरिन । पेपरसहित कैले को कैले को नातेदारहरुलाई फकाउन पठाइरहेको छ महेशले पनि लगातार । चारपटक च्यातिसकी डिभोर्स पेपर मनिषाले । तर पनि महेशले कोशिस छाडेको छैन । महेशसित अर्को विकल्पै पनि छैन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment