Tag Archives: राजेन्द्र तारकिणी – Rajendra Tarakini

कविता : दुःखको कला

~राजेन्द्र तारकिणी~ खुसी कति हलुँगो चिज हो, हेर्नुहोस् सिमलको भुवालाई दुःख कति गहु्रँगो चिज हो, हेर्नुहोस् फलामको डल्लोलाई पट्ट फुट्छ सिमल र उड्छ माथि

Posted in कविता | Tagged | Leave a comment

कविता : अदुःख

~राजेन्द्र तारकिणी~ अदुःख त मृत मात्रै हुन सक्छ जीवन्त त सदुःख हुन्छ। दुःख जीविका काँधमाथि चढेर कपटपूर्ण सुखभोग गर्नेहरू सत्ता/शक्ति/सम्पत्तिको भागिदार बन्नेहरू मूल्यवान् कात्रो ओढेका लासजस्ता लाग्छन् (लास पनि एक समय शक्तिशाली हुन्छ तर्साउँछ दुनियाँलाई)।

Posted in कविता | Tagged | Leave a comment

कविता : काँक्रो

~राजेन्द्र तारकिणी~ तिमी काँक्रोझैँ भर्खरकी छौ । हरियो टीनएजको उकालो चढेर तिमी प्रवेशरत छौ– गुराँसको पछ्यौरी ओढ्ने लेकतिर त्यहाँ असाध्यै उथलपुथल हुरी चल्छ यौवनको । तिमी त भञ्ज्याङमा छौ, सुस्ताइरहेछौ सङ्क्रमणमा छ तिम्रो हरियो जामा

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्पत्ति विवरण

~राजेन्द्र तारकिणी~ सरकार ! तिम्रो मण्डलका मन्त्रीहरूको झैँ मणि–माणिक्य, हीरा, पन्ना र सुनचाँदी, देश–विदेशमा घर/घडेरी र जमिन, कार, बैंक ब्यालेन्स र शेयर नहोला मसँग तर नठान्नू कि म कङ्गाल छु । सरकार ! मसँग पनि छ सम्पत्ति–

Posted in कविता | Tagged | Leave a comment

कविता : नानीहरुको समय

~राजेन्द्र तारकिणी~ यो समय नानीहरुको हो, नखेल तिनका अगाडि खरानीको खेल । नबाल द्वेषको आगो नछाप तिनका युनिफर्ममा रगतका नारा नदेखाऊ धुजाधुजा झन्डाहरु नअथ्र्याइदेऊ— तिनका मस्तिष्कका करोड नसाजस्तै छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : मङ्गली बज्यैको बिहे

~राजेन्द्र तारकिणी~ उबेला मङ्गली बज्यैको बिहेमा को को रोएका थिए, को को नाचेका थिए ? उनको साँझ कसरी लजाउँदै पसेको थियो कालो गाजलभित्र, कलस्यौलीहरूले कसरी सिँगारेका थिए

Posted in कविता | Tagged | Leave a comment

कविता : आत्महत्याराको देश

~राजेन्द्र तारकिणी~ यो देशको प्रथम प्राइममिनिस्टरले घोर अपमानको विष पिएर आत्महत्या गरेदेखि महाशय, देशले कति क्युबिक मिटर विष पियो के मापन गरेका छौ कहिल्यै आत्महत्याको गणित? लण्डन म्युजियमबाट भीमसेनको टाउकोले क्यालकुलेशन गरिरहेको भए

Posted in कविता | Tagged | Leave a comment

कविता : प्यारा दुःखहरू

~राजेन्द्र तारकिणी~ अस्तु खरानीमा मिल्नुअघिको तर डिम्बाशयको म्याराथन जितेदेखिको बाँचिरहेको यो अन्तरिम कालखण्डमा मलाई त दुःखहरू सबैभन्दा प्यारा लाग्छन्। दुःखबिना संसारमा केही/कोही जन्मेको थिएन/छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वरको अदालतमा बयान

~राजेन्द्र तारकिणी~ गरिखानु जत्रो ठूलो अपराध शिरछेदन गर्नु होइन ! ईश्वर, म अपराधी थिएँ ! मरन्च्याँसे आइमाईको पेट च्यातेर जबरजस्ती लोकमा छिर्नु पहिलो अपराध थियो चुहिने छानामुनि भोकले आन्द्ररा खोतलेपछि

Posted in कविता | Tagged | Leave a comment

कविता : झर्न बाँकी पातहरू

~राजेन्द्र तारकिणी~ समयले एउटा पात खसाल्यो ! (कि या, मान्छेले जबरजस्ती झा¥यो समयको रूखबाट ?) पुरानो रङ्गको आफ्नै अनुहार च्यात्यो समयले र, रगतजस्तै जमिसकेको नालीमा फाल्यो अर्को नयाँ तेजिलो रङ्गको अनुहार उसले लामो हात तानेर टिप्यो क्षितिजबाट र, च्यातिएको ठाउँमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिगन रामको मादल

~राजेन्द्र तारकिणी~ रातभरि पेटीमा जाडोसँग ‘लभ’ गरेर बिगन राम बिहानै पुलमाथि सरेको छ कठ्यांग्रिएका औंला ठोक्किएर मादलको खरी रुन्चे भएको छ ! (मानौं, मादलभित्र छ भोकैभोकको ताल खस्रा हातको चड्कनसँगै घिन्ताङ-ताङ… रोइरहन्छ) जान्दैन ऊ- साम्प्रदायिकताको राग/राष्ट्रवादको कोरस

Posted in कविता | Tagged | Leave a comment

कविता : टेरोरिज्म

~राजेन्द्र तारकिणी~ ओडारजस्ता भास्सिएका पेटबाट सिउँडी फुल्ने भीरजस्ता ओठबाट स्वप्नले आत्महत्या गरेको रित्ता आँखाका दहबाट या, कंकाल कलाकृतिजस्तो निग्रो बालकको हत्केलाबाट जन्मिन्छ भन्ठानेका छौ टेरोरिज्म ? महाशय, यो शताब्दीको टेरोरिज्म ह्वाइट हाउसको गोरो शुक्राणु

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : नोटको नक्कल

~राजेन्द्र तारकिणी~ धेरै थरी मान्छे चिन्न सकेँ । कुरा के भने, भरखरै मैले एउटा कलाको रचना गरेथेँ । पाँच सय रुपैयाँको नोट हुबहु नक्कल गर्न तम्सिएँ । दुरुस्तै आएन । अलि फरक परिगो । त्यो नोट सक्कली थियो । यन्त्रद्वारा … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : नयाँ जीवनको खाका

~राजेन्द्र तारकिणी~ (सायद मान्छेले धरतीलाई पिलाइदिएको थियो– एक शिशी विष र, धरती बहुलायो– नियम उल्टापुल्टा परे बाङ्गाटिङ्गा तरङ्ग विनाश प्युँदै आए जीवन टुक्रिए/आशा चुँडिए सपना कच्याककुचुक परे) कति खरानीमय बगर मात्रै हेरिबस्नु अब ?

Posted in कविता | Tagged | Leave a comment

कविता : कविता लेख्न बस्दा…

~राजेन्द्र तरकिणी~ हजुरबाले पहिलोपल्ट सिकाएका हुन्– निगालोको कलम बनाउन पहिलोपल्ट सिकेको हुँ– आमाको ‘अ’ लेख्न, बाबाको ‘ब’ पढ्न । घाँसेरङका सपनाहरूको गुँड बनाएर पेटभरि भोकको सारङ्गी रेट्दै चारोको खोजीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : नआएको भुइँचालो

~राजेन्द्र तारकिणी~ कहाँ आयो र भुइँचालो ? तिमी भन्छौ– आयो, आयो भुइँचालो आयो ! खाटमा/निद्रामा बाथरुममा/भान्सामा अफिसमा/क्यान्टिनमा तिमी निकै ठूलो भ्रम चिच्याइरहेछौ– भुइँचालो आयो, भुइँचालो… ! ए ! बेवकुफ हल्लाहरू कहाँ आयो र ! खोइ भुइँचालो ?

Posted in कविता | Tagged | Leave a comment