Tag Archives: पूर्ण ओली – Purna Oli

पुस्तक समीक्षा : कथाकार पूर्ण ओलीको कथासङ्ग्रह “जितौरी”को अध्ययन

~कमलमणि देवकोटा~ कथाकार पूर्ण ओलीद्वारा रचित कथाहरूको सन्दर्भमा समीक्षात्मक चर्चा गर्नुपूर्व उनको वारेमा थोरै केही कुरा पस्किन सान्दर्भिक लाग्यो । सुरुमा इष्टमित्रको नाताले तथा एक राष्ट्रसेवकको हैसियतले मात्रै उनलाई मैले अलि अलि चिन्ने मौका पाएको थिएँ । जब म सरुवा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : मुसी नाटकको समीक्षा

~मुकुन्दप्रसाद शर्मा~ क) नाटक पूर्वकथन पुसले दुर्गम पहाडको कुनाकन्दरा ठिहिर्‍याइरहेको बखत पहाडी जिल्ला रुकुमको तापक्रमको पारो भने एउटा समाचारले उकालोतिर लागिरहेको थियो । त्यो थियो मुसिकोट राज्य स्थापना सम्बन्धी कथानकमा आधारित रही साहित्यकार पूर्ण ओलीले लेखेको मुसी नाटक  छिट्टै प्रदर्शित … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कथा : भान्दाइ

~पूर्ण ओली~ रात आधा घर्किसकेको हुनुपर्छ । तथापि निद्राले उसको नजिक पर्न अल्छि गरिरहेको छ । टाढाटाढा भागिरहेको निद्रा छोप्न कसैगरी सकेको छैन उसले । कोठा निष्पट्ट अँध्यारो छ । अँध्यारोमा नजर डुलाउनु पनि साह्रै सकसपूर्ण हुँदोरहेछ । अतः उसले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गलफन्

~पूर्ण ओली~ “छिटो कयनपानी गैहाल्, गारापारेका डिङाबाछा ग्वालाबाट फर्किने बेला भो, बारीमा पसे भने माटोढुङ्गो केही बाँकी राख्तैनन् ।” आमाले मलाई हकार्नुभयो । कयनपानी खोल्साको छेउमै रहेको हाम्रो बारीमा गाईवस्तु पस्नबाट जोगाउने काम सधैँ ठूल्दाइको हुन्थ्यो, पहिलोपटक हुनुपर्छ, ती गाईवस्तु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : प्रवासी

~पूर्ण ओली~ ऊ मेरो सबैभन्दा सानो शिष्य । उमेरले छ वर्षको मात्र । मेरो शिक्षण पेशाको अन्तिमतिरको शिष्य पनि ऊ नै भयो र सबैभन्दा छोटो समयको शिक्षार्थी पनि ऊ नै भयो । उसलाई मैले एउटा स्कूलको शिक्षकको नाताले जम्मा चारपाँच … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : न्याय मरेको दिन

~पूर्ण ओली~ “के भयो ?”  मैले नसोध्नु थियो । उनको आँशुले सिरानीलाई भिजाएर मेरो कुहिनोसम्म भिजेकोले प्रश्न गर्नुपर्ने बाध्यता सिर्जना भैदिन्छ । मेरो प्रश्नले उनी झनै जलमग्न हुन थाल्छिन् । “लामखुट्टे लागे ।” मेरो प्रश्नको सहज उत्तर आउँछ उनीबाट । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शम्भू दाइको विदाई

~पूर्ण ओली~ ‘को हो यो किचकिच गर्ने ? अरु काम छैन यसको ?’ भर्खरै हाम्रो कार्यअवस्थाको निरीक्षण गर्न आएका थिए निर्देशक कृष्ण बजगाईं । केही निर्देशनहरु दिएर उनी कोठाको द्वारबाट एकपाइला मात्र बाहिर निकालेका थिए । त्यहीबेला शम्भु दाइले निर्देशकको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समयका साथी

~पूर्ण ओली~ “तँ माथि कोठामा जाँदै गर्, म यो ठाँडोलाई थन्क्याएर एक सेकेनमै आइहाल्छु है त ।” उनी गाडी ग्यारेजमा थन्क्याउन पट्टि लागे । अकस्मातको ‘तँ’ सम्बोधनले म झसङ्गै झस्किए पनि केही नभएजस्तो गरी म हल्का ढप्काइएको ढोका उघारेर मूलद्वारबाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौन कविता : उनी र म

~पूर्ण ओली~ नितान्त एक्लैएक्लै छौँ आँखा अलगअलग अड्काएर खुट्टा पसारेर घरि मुठ्ठी बटारेर घरि औँला फड्कारेर हामी जन्माउने प्रतिष्पर्धामा छौँ । उनी तुना फुकाउँदै जान्छिन् म पनि तुना फुकाउँदै जान्छु

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : मुस्कान छर्नेहरु

~पूर्ण ओली~ आफ्नो घाउ जचाउँ, जाउँ म कहाँ ? सोच्दै थिएँ के गरुँ ? देख्नासाथ पसेँ सफेद् महलमा सोच्दै निवेदन् गरुँ देखेँ नाथ त्रिदेव ईशहरुको पूकार गर्नेहरु मागेकै वरदान पाइ क्षणमा आकार फेर्नेहरु । कोठा चिन्न कठीन भयो कुन थिए … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : माथीसारा

~पूर्ण ओली~ म भर्खरै नेपाली साहित्यमा उच्चशिक्षाको पढाइ सकेर साहित्यमय भएर गाउँ फर्किएको थिएँ । आफ्नै कदमहरु छन्दमय लाग्थ्यो । आफ्नै ढुकढुकीबाट निस्कने मीठो सङ्गीतको धुन सिरकभित्र गुटमुटिएर सुनिरहूँजस्तो लाग्थ्यो । आफूलाई विशाल शब्दभण्डार ठान्दथेँ । आफ्नो ओठबाट फुत्तफुत्त निस्कने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : केइ-हैना !

~पूर्ण ओली~ “ए.. ए.. ए.. यसमा नचड् । यो बस कइँ जाँदैन भन्या, काँ जान्चस् ? “ “कइँ पनि हैन ।” “स्साला ! यो तेरा बाउको सम्पत्ति हो ? उस्सै कोच्चिन खोज्छ । खुरुक्क निक्लीजा बाइर ।” म एउटा नगरबसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तिम्रो जन्मदिवस

~पूर्ण ओली~ तिम्रो चौबीसौँ जन्मदिवस आई गयो परी तिमीविना यो हामीले यहीँ मनायौँ, तिमीले कहाँ मनायौ ? चौबीसलाख पाला माझेर स्मृतिका सङ्गालिएका अश्रुधारा खन्यायौँ सल्कायौँ दिल फिजियो अँध्यारो कहाली लाग्दो क्षण यो के बनायौँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

यात्रा संस्मरण : प्रत्येकको मन हरिलिएको त्यो क्षण !!!

~पूर्ण ओली~ मेरो फोनको लामो घण्टी उताबाट रिसिभ हुनेबित्तिकै मैले तताइहालेँ, “सिडियो साब्, ६ त बज्नै आँट्यो ।” चैत्र महिनाको बिहानको ६ बज्न भने अझै २० मिनेट बाँकि छँदै थियो । उताबाट सिडिओसाबको जवाफ आयो, “म त रेडी भैसकेँ । … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : किन कर्की हिर्‍यौ ?

~पूर्ण ओली~ यो मुटुमा ठेस लगाई अस्ति तर्की हिर्यौ नजरिलो घाउमाथि भ्रम छर्की हिर्‍यौ । निस्सासिएँ भेटको ढोका बन्द भाको ठानेँ त्यै ढोकाको कापबाट हिजो फर्की हेर्‍यौ ।

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : गर्भदानकर्ताहरुलाई रक्तमुच्छेल गर्भेणाको पीडामिश्रित साधुवाद

~पूर्ण ओली~ (५) मैले वनासिसजस्तै कलाक्षेत्रबाटै धनी हुने बच्चा जन्माउन खोजेको होइन ! राजेश हमाल र रेखा थापालाई मात गर्ने कलाकारलाई जन्माउन पनि सक्तिन म ! म लैला मजनुको प्रेमलाई मात गर्ने प्रेमलाई जन्म दिन सक्तिन ! मभित्र शेक्सपियरको संवादलाई … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : राहत भर्सेस आहत

~पूर्ण ओली~ मध्यरात अघि नै निन् निन् निन् निन् सुमधुर गीत गुनगुनाउँदै तिम्रा ती सुडौल लामालामा हातले यी अनिदा गाला मुसार्दै निरन्तर चुम्बन गर्छ्यौ मेरो ओठमा म बिर्सन्छु दिनभरिका पीडाहरु तिम्रो मायाँ मलाई राहत लाग्छ ।

Posted in कविता | Tagged | Leave a comment

कथा : नीता म तिमीलाई फ्रेम गर्छु

~पूर्ण ओली~ “तिमीलाई कहाँ खोजिन मैले ? सबै फेसबुक भित्ताहरुमा उधिनेँ, सबै वेबपेजहरु खोतलखातल पारेँ । अँहँ कति भेटिएनौ । सधैँ गायबको गायब । आज कसरी झुल्कियौ अकस्मात ? सकियो तिम्रो जाँच ?” “मैले त तिमीलाई नीलो गगनभरि नै खोजेँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य गीत : सुन ए हजुर

~पूर्ण ओली~ सुन ए हजुर मेरी ‘जिएफ्एन्’ भनाउँदी लास्टै रैछे झुर ! अस्ति मात्रै ‘फेसबुक्फ्रेन् एड’ भई त्यसपछि त छिनछिनमै भेट भई ‘हेलो’ भनेँ ‘हाइ’ सम्म भन्दिन ‘सियु’ भन्दा ‘बाइ’ सम्म भन्दिन सुन ए हजुर मेरी जिएफ्एन् भनाउँदी लास्टै रैछे … Continue reading

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छन्द कविता : दियो

~पूर्ण ओली~ गोरो वर्ण, कपाल त्यो बुलबुले, अग्लो न होचो कद डोलो, सुन्दर जीउडाल, पहिरन्, बोली मिठो बेहद मुस्काईरहने सदा, चुलबुले, बेजोड आकर्षण को हौ ए ? किन पार्दछ्यौ थिलथिलो, व्यर्थै अरुको मन ? गाढा रात थियो तिमी म बिचमा, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अब सगर जोतिन्छ !

~पूर्ण ओली~ कत्ति छेकिनू त्यो सगरबाट हुटिट्याऊँका झिना खुट्टाहरुको ओतमा फगत थुतुनो बालुवाभित्र धसेर ! ओ, मेरी जोरी ! आँशु, अल्छ्याइँ, अन्धभक्तिलाई रछ्यानमा मिल्काएर जर्‍याकजुरुक्क उठ, च्याप कोदाली चपक्क

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : के संविधान आउला ?

~पूर्ण ओली~ खेलेनौ अगुवा निस्वार्थ भुमिका, नेपालको खातिर संविधान नआउने लक्षण यो, देखिन्छ चारैतिर जानेभो अब फुत्किई पकडको सम्भावना सुन्दर !… तिम्रो मात्र दलीय आग्रह छ रे ! हाम्रो यहाँ के छ र ? हाम्रो देश इतिहासकै कठिनतम् यो मोडमा … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

मनोवाद : संरक्षक

~पूर्ण ओली~ म सकाण्ड सोत्तरिएको आज होइन । यी काण्डहरु बिचेत छन् । यी पत्रहरु पत्कर हुँदै झरिरहेका छन् । यी मुरहरु मुर्झाइसकेका छन् । म भने ठाडठाडै ठिङ्ग्रिङ्ग ठिङ्ग्रिएको छु । म जिङ्रिङ्ग जिङ्ग्रिएको छु । सुस्त चल्ने बतास … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कविता : बाबा ! बुबु !!

~पूर्ण ओली~ “बाबा ! बाबा !” को कर्णपृय दूधे स्वरले म ब्यूँझिएँ झल्याँस्स आधी रातमा, तिमी गुन्द्रीको छेउ लागेर दुवै आँखाबाट मोटा आँशु बगाउँदै नाकमुखबाट र्‍यालसिँगान चुहाउँदै हिक्क हिक्क गर्दै सानासाना हात मुठ्ठी पारेर “बाबा ! बाबा !” भन्दै आँखा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ईः पर्छ

~पूर्ण ओली~ परिवर्तित मौसम यथावत बर्बर छ बगलीमा छिपाएर अन्यायको तरबार खुल्ला आकाश ओढ्नेहरुको घाँटी रेट्न तत्पर छ । मौसम होइन यो हिउँ वा पानी पार्ने अब आक्कलझुक्कल न्याय पार्छ कल्प, पर्ख ! तिम्रै खप्परमा पर्नुपर्छ अलि पर कटेराहरुको घेरघार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : देशी चश्मा

~पूर्ण ओली~ “ए कविराम कति ढिला गरि’रा ? मैले चारचारवटा तन्नाहरु धोइसक्दा पनि जाबो दुइटा सिरानीको खोल धुन पनि दिनै फाल्छ, बजिया । … छाड् ! यीः यसरी धो न ! दुइटा त खोल नै धुन नै बाँकी छ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ज्योतिर्पुञ्ज

~पूर्ण ओली~ ज्योतिर्पुञ्ज उदाउँदो धरतिको प्यारो सबैको थियो कल्लाई इख भो र बल्न नदिई झ्याप्पै निभाईदियो पापीले कुन फाइदा लि मुटुको टुक्रा खसालीदियो भित्रैभित्र कदापि झिक्न नहुने काँडा पसालीदियो । ढाल्ला जीउ सरी बतास चल्छ मनमा रोकेर रोकिन्न यो चारैतिर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लामो कथा : मिलन

~पूर्ण ओली~ उसको मिसकल आएको देखेपछि मैले उसलाई फोन लगाएँ । फोनको एक घण्टी पनि नजाँदै उसले उठाइहाली । के भनूँ भनी भेउ नै पाइन मैले । उसैले भनी, “हेलो !” मैले पनि जवाफ फर्काएँ, “हेलो ?” उताबाट घुर्की आयो, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नौलो सेवा जेड्प्रेस

~पूर्ण ओली~ “कहाँ आइपुग्यौ ?” मोबाइलमा उसको निरन्तर घण्टीले आतुरी जनाएपछि मैले उसलाई सोधेँ । “खोइ ? अँध्यारोमा ठाउँको नाउँ थाहा भएन । अब एकसय किमि बाँकि लेखेको छ ।” “ए हो ? यताबाट पनि एक सय किलोमिटरको दूरी छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कृष्ण सुदामाको कथा

~पूर्ण ओली~ यो कथा कलीयुगकै तीनजना मित्रहरुको हो । नेपाल मुलकको हिमालखण्डतिर एकजना कालीबहादुर नामको केटो बस्ने गर्दथ्यो । ऊ गरीब परिवारमा जन्मेको थियो । त्यसबेला गाउँमा पढ्ने चलन आइसकेकोले उसका बाबुले गाउँकै विद्यालयमा पढ्न हालिदिएका थिए । सायद उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment