Tag Archives: Pratha

गित : किन बग्छ नदी आफै

~प्रथा~ किन बग्छ नदी आफै, सङ्घर्षको गति हो कि सागर भेट्ने लक्ष्य बोकी, जीबनयात्रा हिड्दै छ कि ? समरको यो बाटो छेकी नछेकिँदो पो रहिछ पानीको यो बेग रोकी नरोकिँदो पो रहिछ ।। किन बग्छ नदी आफै…।

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

कविता : स्वाधीनता

~प्रथा~ यहि माटोका सहस्र रङहरू टिपेर धर्तीको मन रङ्ग्याउन थियो ! आधा इन्द्रेणी झारेर लगाउनु थियो सीमानामा – राष्ट्रीयताको पर्खाल ! तर उफ, रामसाइँला ! यो बेला मन दुखेको हो कि माटो ?

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : नाकाबन्दी

~प्रथा~ ******** हिउदको च्यादर ओढेर हिमकन्याहरू जमिनमा झरेपछि चौँरीगोठ बोकेर सोनाम दोर्जे टुटुवान लेकतिर झर्दैछ ! थाहै पाइँनन् उनले खै कतिखेर पग्लियो – मनको हिउँ ? एकाएक मौन औँलाहरू नाच्न थाले छमछमी कुरुसको धागोसँगै र आङफुटीले बुनिदिइन् – गलबन्दी ! … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : मावाखोलाको मन

~प्रथा~ वैँसको घोडामा चढेर बतासले जुल्फी लर्काउन थालेपछि उस बेला– छानाबाट फर्सी झरुञ्जेल थेवाले बजाएथे रे ! आफूजस्तै जब्बर च्याब्रुङ च्याब्रुङ ब्रुङ ! च्याब्रुङ ब्रुङ !! त्यही आदिम धुन सुनेर युगौँदेखि निदाइरहेको यो नदीले– जीवनको गति हालेछ

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : म त्यही लोप्साङ हूँ

~प्रथा~ ओहो ! कस्तरी फुलेछ यो वन मा¥साङको जोवन फुले जस्तै ! साच्चै ! सपना लहराएका यी फुलहरू यो वनको बाटो भएर कुन गाउँको आँगनमा पुग्दा हुन् ?

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्