Tag Archives: Prakash Sunuwar ‘Nirakar’

कविता : किनार

~प्रकाश सुनुवार ‘निराकार’~ खोलामा बग्ने स्वतन्त्र पानीलाई दिशानिर्देश गर्छ किनार पानीको वहकाईसंगै पलपल आफु काटिइंदै, खिइंदै खोला/ नदि इत्यादिलाई आकार दिन्छ समुन्द्र सम्मको यात्रा तय गरिदिन्छ हरेक पल तिरस्कृत नयाँ छालहरुसित चुम्वन गर्छ उनीहरुको नुनिलो बेदनालाई आफुमा समाहित गर्छ स्वागत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पत्रे अनुरोध

~प्रकाश सुनुवार ‘निराकार’~ पहाडहरु सिञ्चित भए सेतो हिमालका छाती चिरिए तराईहरु पनि रक्ताम्मे भए नदीहरु रंगिए जंगली पातहरु छिर्केमिर्के भए गाउँ अनि शहरहरुका स्कुलका भित्ताहरु पोतिए कच्ची अनि पक्की सडकहरुमा रातो भएर पोखिए

Posted in कविता | Tagged | Leave a comment

कविता : तोरावोरा देखि अबोतावादसम्म

~प्रकाश सुनुवार ‘निराकार’~ ओसामा तिम्रो हत्यालाई विश्व शान्ति भनिंदैछ तिम्रो हत्यालाई न्याय हो भनिंदैछ । गोप्य र अनौठो खाले एक प्रकारको शान्ती पर्सिएको छ र न्याय पस्किएको छ ग्राउण्ड जीरोमा ह्वाइटहाउसले ।

Posted in कविता | Tagged | Leave a comment

कविता : व्यस्त मान्छे

~प्रकाश सुनुवार ‘निराकार’~ फुर्सद लिएको लामो समय पछि पिडादायी निन्द्रा निदाएर विउंझिए पछि एउटा मान्छे अहिले अलिकति व्यस्त छ विगतका समयहरुमा पुरा गर्नपर्ने सवै कामहरु अबको बाँकि समयमा पुरा गर्न चाहेको छ प्राथमिकताको लामो सूचि तयार गरेको छ पुराना र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्दरताको कुमारित्व

~प्रकाश सुनुवार ‘निराकार’~ कायरहरु सुन्दरताको बलात्कार गर्न चाहन्छन् कुरुप बनाएर छोड्न खोज्छन् तर पनि हामी अझै सबकासब सुन्दर छौं । हामी भित्र सुन्दरता छ सुन्दरता भित्र मन छ मनले मौनतालाई बांधेर राखेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : बर्तमान मेरो प्रयास

~प्रकाश सुनुवार ‘निराकार’~ अहिले म समस्यामा छु आत्तिएको छु फाल्टो कुरोहरु सोच्न सकिरहेको छुइन आफ्नै ब्यबहारिकताको बन्दी भएको छु । मेरा विगतका सोचाइहरु गलत थियो भन्नेहरुले यतिखेर मलाई समस्यामा पारिरहेका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : धुलोहरुको ताकत

~प्रकाश सुनुवार ‘निराकार’~ तिमीले हामीलाई धुलोमुलो सम्झियौ त्यहि धुलोभित्र तिमीले हामीलाई लाधेका पिडाहरुको पहाड चुलिएको थियो तिमी र तिम्रा सन्ततीहरुबाट पालैपालो बलात्कृत हुँदाको चित्कारहरु निस्सासिएका थिए तिम्रा बैदार डिट्ठाहरुले इमान्दारिताको छातीमा घुमाएका

Posted in कविता | Tagged | Leave a comment

कविता : बुर्काले ढाकिएको मरुभुमि

~प्रकाश सुनुवार ‘निराकार’~ ओ, मरुभुमि तिम्रो पक्षमा साक्षि नराख मलाई तिम्रो खिलाबमा उठेको कुनै बहसमा न त म बोल्न सकिरहेको छुँ न त म स्मरण गर्न सकिरहेको छुँ न त म सुन्न सकिरहेको छुँ न त म केहि देख्न सकिरहेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सारंगी हुँ म

~प्रकाश सुनुवार ‘निराकार’~ सारंगी हुँ म सजाएर नराख बैठक कोठामा सजाएर राख्नुको सट्टा मलाई बेस्सरी रेट ताकी उत्पिडनका तरङहरुको ज्वालामुखी फुटोस् र एउटा तेस्तो बेग लियोस् जसले पिडकहरुको शैलीलाई परिवर्तन गरोस् अनी दमनको शृंखलाहरु रोकियोस् जसले पिडितहरुलाई चट्टान जस्तै कठोर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वर्गकी परीको कथा

~प्रकाश सुनुवार ‘निराकार’~ स्वर्गकी परी हो मोदी मोदी राक्षस पनि हो रङ बदल्ने छेपारो हो मोदी तहसनहस भएको स्वर्गकी परी । अस्ति उ नै परी भएर आए मिठो भाषण गरे सुनौलो परेवा भएर आए भ्रम बाँडे र स्वर्गलाई चाहेको जति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्धका सिपाही हामी

~प्रकाश सुनुवार ‘निराकार’~ युद्धका सिपाही हामी युद्धभुमिमा होम्मिन बिदाई हुँदैछौं बिदाईको समय बुद्धको पुजा गरेका छौं देबिमाताको चरणमा फुल चढाएका छौं अल्लाहको नाममा ढोगेका छौं जिससको क्रस अघि प्रार्थना गरेका छौं आफु बिजय हुन सकुं भनेर भएभरका सबैखाले आस्थाका धरोहरलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रिसाइकल मनहरु

~प्रकाश सुनुवार ‘निराकार’~ भत्किंदै चुलिएका मनहरु लगातार प्रहार भइदिंदा एस्तो लाग्छ रोपिएको कोमल प्रेम फेरि पनि ढले भने सजाय विछोड सम्झी भोगी सहिदिउँला बरु । भत्किनुको पिडा बोकेर सुनामी भन्दा विभत्स छाल छछल्कीएर

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्तीमा समाधिस्थ एउटा फुल

~प्रकाश सुनुवार ‘निराकार’~ एउटा त्यस्तो प्रतिक्षा जुन अत्यन्तै लामो पनि अनि छोटो पनि । छातीभित्र तिम्रो आगमनको कैयौं तरङहरु सल्वलाए अनगिन्ती फुलहरु फुलिदिए एउटा अदभुत तृष्णालाई हामी नजिकवाट स्पर्ष गरिरहेका थियौं ।

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा खुराफाती मष्तिस्क

~प्रकाश सुनुवार ‘निराकार’~ अनगिन्ती अभावहरुको दोभानहरु छिचोल्दै कठोर प्रवृति संगै अहम, मपाइत्व र पश्चताब भाव बोकेको त्रिवेणीमा एउटा खुराफाती मष्तिस्क घुमिरहन्छ जो राजनितिमा हाबी छ जो पत्रकार पनि वन्न खोज्छ जो व्यापारी पनि हुन खोज्छ जो सम्पादकीय पनि लेख्छ जो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वायत्त विचारहरु

~प्रकाश सुनुवार ‘निराकार’~ बदलिंदो विचारलाई सलाम अनि शुभकामनाको विकल्प छैन यतिबेला शोषकहरु मुर्छा अनि वेहोस हुंदै विउंझिन वाध्य छन् वचेखुचेका अभिमानलाई जुटाएर वसेका वात्साहहरु अब उप्रान्त शोषण गर्ने अवसर गुमाइन्छ भन्ने त्रासमा छन् । विचारहरु वदलिए आप्mनो निमित्त आफैले सोंच्ने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अपहरण

~प्रकाश सुनुवार ‘निराकार’~ वाहिर उज्यालो भैकनपनि भित्र अन्धकार छ अन्धकार दीर्घकालिन होइन क्षणिक हो भन्ने पनि थाहा छ त्यहि अन्धकारमा भौतिक रुपमा अपहरणमा परेको छुं । वन्दी वनाइएको छु । तर मेरा विचारहरु आजाद छन् । केहि नकारात्मक सम्वाद सुन्दैछु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फुलहरुको कथा

~प्रकाश सुनुवार ‘निराकार’~ वैसले घर्लक्क भएकी पूmल चूंडेर आफु सुन्दर देखिन चुल्ठोमा सिउरी दिन्छ कसैको सुन्दरता वढाउन आज एउटा पूmल जवानीमा नै मर्नु पर्छ भोली अर्कोले आहुती दिन पर्छ । फुल भएर वाँच्न पाउँदैनन् यहाँ फुलहरु अर्काको जवानी भर्दाभर्दै मर्नुपर्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जित्नेहरुको इतिहास

~प्रकाश सुनुवार ‘निराकार’~ जित्नेहरुले लेखेको इतिहास पढेर म हारेकाले के सिक्न सक्छु ? त्यहाँ मलाई मुख बन्द गराउन बनाइएका योजनाहरु वाहेक केहि नौलो पााइंदैन । मैले उठाइएका आवाजहरुलाई गलत सावित गराउन चलेका वहसहरु पाउंछु

Posted in कविता | Tagged | Leave a comment

कविता : आँखा छोप्दैमा अरुले नदेख्ने त होइन

~प्रकाश सुनुवार ‘निराकार’~ खालीपेट पाल्नका लागि आउँछ आँखा चिम्लिन्छ, खोल्छ, घुर्छ फेरि सास फेर्छ वरिपरि बस्नै नसकिने गरि गन्हाएको छ अरुको सुबिधा काट्छ आफ्नो सुबिधा बृद्धि गरिरहेको हुन्छ एसो गर्दा खुसी हुन्छ दरिद्रतामा अझ भासिंदै गएको हुन्छ उस्ले आफैलाई छल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बस्तीको व्यथा

~प्रकाश सुनुवार ‘निराकार’~ थिलोथिलो पारिएका वस्तीहरु स्वतन्त्रताको नामसंगै अनुहार कोपरिनु परेका छन् बलात्कृत हुनु परेका छन् रस चुसेर खोस्टा पारिएका छन् बिनासिएका छन् आँसु चुहाउनुको विकल्प छैन सवै रोएका छन् म अपबाद होइन म पनि बेस्कन रोएको छु । मैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्यालेण्टाइन रोज

~प्रकाश सुनुवार ‘निराकार’~ युगान्तकारी इतिहास संगालेको हाम्रो मिलनले कहिल्यै अन्त्य नहुने हाम्रो प्रेमलाई एउटा भ्यालेण्टाइन रोज साँचेको छ शक्तीशाली छ त्यो रोज संबेदनशील पनि त्यत्तिकै छ हामी माझका उतारचढाबहरुलाई समथर उर्बरभुमि बनाइदिन्छ क्षणिक बिछोडमा उर्लेर उठेका ज्वालामुखिहरुलाई शितल बनाइदिन्छ मनमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अप्रिल फुल

~प्रकाश सुनुवार ‘निराकार’~ अप्रिल फुल आज मात्र होइन हरेक दिन हामी ढांटिएका हुन्छौ पलपल हामी छलकपटको शिकार हुन्छौं हामी माथि झुठका खेती गरिएको हुन्छ सदियौं देखि हाम्रो भावना माथि खेलिएको हुन्छ यहि एउटा प्रचलन वसेको छ हामीलाई पटकपटक निस्सासिने वनाएको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : च्यातिएको कश्मीर

~प्रकाश सुनुवार ‘निराकार’~ प्रकृतिको सुन्दरतामा सजिएको एउटा कश्मीर जति सुन्दर छ भित्र त्यति नै छियाछिया भएर वाँचेको छ÷ जलिरहेको छ विभिन्न आकारमा चोइटा चोइटा भएर टुक्रिएको छ । प्रकृतिमाथि मान्छेहरुले अपमान गरेको छ मान्छे आप्mनो स्वार्थपुर्तिको लागि निर्दयी भएको छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तेल उघाएर पानी खोजिरहेका बालुवाहरु

~प्रकाश सुनुवार ‘निराकार’~ शाक्तिका भोका लालचीहरु युद्धमा सल्केको कालो बादलमा रमाउंछन् युद्ध जितेर जनताको सार्वभौमसत्ता लुट्ने नियती बोकेर प्रजातान्त्रीक प्रणालीलाई धाराशाही वनाएर वहुसंख्यक जनताको अस्तित्वलाई मास्ने इरादाले सारा देश जलाउन युद्धको घोषणा गर्छन् । तातो हावाले बालुवाहरु पोलिइरहेका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : आकार

~प्रकाश सुनुवार ‘निराकार’~ ठुलाठुला नक्साहरु माझ एउटा आकार चेप्पिएको छ जस्को हातपाउ, ज्यान अनि मस्तिस्क खिया लागेर पुरानो अनि काम नलाग्ने हुंदै गएको छ खियिंदै गएको छ । उनको हातहरु वाँधिएका छन् सिमानाका विभिन्न नाकाहरुले वाँधिएका छन् आप्mनो पाउमा आफै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खिच्चा कुकुरहरु

~प्रकाश सुनुवार ‘निराकार’~ टोलटोलका खिच्चा कुकुरहरु ढाकरमा बोकेर नुन खाने ढाकरेहरुको देशमा मार्बल ओच्छाएको महलभित्र भेला जम्मा हुन्छन् । मालिकलाई रिझाउन बहस चलाउंछन् बादविबाद गर्छन् मालिकलाई कसरी वढि भन्दा वढि रिझाउन सकिन्छ भनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : चर्चा चलेको छ

~प्रकाश सुनुवार ‘निराकार’~ शहरमा होस् या गाउँमा खुब चर्चा चलेको छ तर विकासको चर्चा चलेको छैन नयाँ विद्यालय निर्माण गर्नु त कताकता भत्किएको विद्यालय मर्मत गर्ने चर्चा सम्म चलेको छैन अस्पतालको कुरा छोडौं हेल्थपोष्ट वनाउने चर्चा सम्म चलेको छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्ध लल्कारिन्छ

~प्रकाश सुनुवार ‘निराकार’~ अहंता कोचिएका टाउकाहरु अरुबाट सम्मानित हुन मात्र चाहन्छन् तर आफुले आफैलाई सम्मान गर्न सक्तैनन् हरपल आप्mनो नजरवाट आफै गिरिरहेका हुन्छन् अरुलाई सम्मान गर्न जान्न सके एस्तो हुंदैन्थ्यो र, विचार यस्तो पालेको छ –

Posted in कविता | Tagged | Leave a comment

कविता : अम्बर तिमी साँच्ची कै धर्ती हौ

~प्रकाश सुनुवार ‘निराकार’~ अम्बर तिमीले गाएको गीत जस्तै दुनियाँको सारा दुखपिडा निलिदिने अम्बर तिमी साँच्ची कै विशाल धर्ती भएर वाँचिदियौ बेदना बोकेर वाँचेका हामीहरुलाई तिम्रो छातीमा बस्न दियौ सवै दुखका छालहरुलाई शान्त गराइदियौ

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरि अर्को खोक्रो शुभकामना

~प्रकाश सुनुवार ‘निराकार’~ पोहोर सालको शुभकामना जस्ताको तस्तै चाँग लागेर वसेको छ पुरा गर्नपर्ने कामहरु त्यसै उब्रिएर अधुरै छ फेरि पनि पोहोर साल जस्तै आज पनि नयाँ वर्षको शुभकामना भिरेर आइपुग्यौ । उज्यालो वाटोहरु खन्ने योजनाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : बाल मजदुर

~प्रकाश सुनुवार ‘निराकार’~ आज श्रमिक दिवस जताततै हार्षोल्लास छाएको छ सारा दुनियाँका मजदुरहरु रमाइरहेका छन् संसार निर्माण गर्न सफल भएकोमा नाचगान गरिरहेका छन् संसारलाई अझ सुन्दर वनाउने संकल्पहरुका साथ एकआपसमा शुभकामनाहरु वाँढिरहेका छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्धले थाकेको देश

~प्रकाश सुनुवार ‘निराकार’~ युद्धले थाकेको देश बल्लतल्ल शान्तिको सास फेरिरहेको बेला इष्र्याले कसैको छाती भत्भति पोलेको छ अनि देशलाई शान्त भएर भन्ने गर्छ – तिमी शान्त हुनुहुंदैन तिमी अशान्तमा व्यतित हुनु पर्छ । कहिले बेपत्ता पारिएकाहरुको कुरो झिकेर देशको पाइतालामा … Continue reading

Posted in कविता | Tagged | Leave a comment