Tag Archives: Prahlad Pokhrel

कविता : दशैं आयो

~प्रह्लाद पोख्रेल~ दशैं आयो भन्छन् तर पनि दशा छन् दस दिशा! उज्यालो खोजेको तदपि किन गन्तव्य छ निशा! निशाको यो कालो कलुषितपना धुन्छ कसले? अँधेरीमै हामी कति दिन बसौंला सकसले??

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : अभिलषित यात्रा

~प्रह्लाद पोख्रेल~ सधैँ देख्दा आफ्नै वरिपरि नराम्रा गतिविधि तिमी टाढा भागी किन मन दुखायौ यतिविधि ? खनेका छौँ खैरो अपरिमित आन्दोलित बनी जमे हाम्रा सारा मगज, मुटु, नाडी र धमनी।

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : असल मान्छे

~प्रह्लाद पोख्रेल~ ‘ठूलो मान्छे बन्ने रहर नरहोस् कत्ति मनमा सबै बन्दै जाऊन् तर असल मान्छे भुवनमा बनोस् राम्रो छाप्रो गरिब जन बस्ने सुखसित’ सधैँ भन्थ्यौ सच्चा सरल सपना हुन् सुरभित ।

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : आलोक

~प्रह्लाद पोख्रेल~ १. मान्छेले जब भोग्नुपर्छ सहसा अत्याउँदो वेदना चिन्ताको चुचुरो चुलिन्छ जहिले खुस्काउँदै चेतना यात्रामा तब हिँड्नुपर्दछ उँभो हेर्दै गुराँसे वन यात्रा गर्न जुराइए सहजमै बन्ने मनै कञ्चन । २. छन् छाँगा छहरा कतै मनहरा चौडा सफा पोखरी पीडा, … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : स्वाभिमान

~प्रह्लाद पोख्रेल~ छन्द : मन्दाक्रान्ता भाषाभक्ति प्रबल छ जहाँ सुस्तरी छन्द रम्छन् मन्दाक्रान्तासित सरसिला काव्यवाणी वहन्छन् गाउँ प्यारो हरबखत नै मृत्तिका चुम्छ पाउ सुस्केरा छन् व्यथित दिलका देशको दुख्छ घाउ कस्तो रूपान्तरण छ यहाँ संस्कृति प्रेम कस्तो

Posted in छन्द कविता | Tagged | Leave a comment