Tag Archives: Pradeep Nepal

नियात्रा : टाटा सुमो हाईवे

~प्रदीप नेपाल~ बिहान ११ बजे कार्यक्रम उद्घाटन गर्ने निम्तो पाएको थिएँ मैले। पुग्नुपर्ने थियो हेटौँडा बजार। सिमराको पहिलो उडान गुण एयरवेजको रहेछ बिहान १० बजेको। काठमाडौं-सिमरा यात्राको समय १२-१५ मिनेटको मात्र हुने भएकाले जहाजबाटै जाने निश्चय पनि गरियो। बेलैमा उड्न … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नियात्रा | | प्रतिकृया छोड्नुहोस्

निबन्ध : ऋग्वेदमा देवीदेवता

~प्रदीप नेपाल~ म संस्कृतको ज्ञाता होइन, त्यसैले म यहाँ जे लेख्न गैरहेको छु त्यो नै अन्तिम सत्य हो भन्ने दाबी पनि म गर्न सक्दिन । संस्कृत साहित्य मेरा लागि स्तुत्य छ र आफूले हिजो संस्कृत पढ्न नपाएकोमा यतिबेला मभित्र पछुतो … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : निबन्ध | | प्रतिकृया छोड्नुहोस्

कथा : उदास साँझ

~प्रदीप नेपाल~ रातलाई १२ घन्टा जिम्मा लगाएर एउटा उदास साँझ भर्खरै बाहिरएिको थियो । घर ठूलो थियो । चारैतिर दर्बिलो पर्खाल र पर्खालमाथि तिखा सुइरा भएका फलाम ठड्याइएको त्यो घर रातको अन्धकारमा एउटा भुताहा गढीजस्तो लाग्थ्यो । तर, त्यो कुनै … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

संस्मरण : आत्मस्वीकृति: नयाँ अध्यायको

~प्रदीप नेपाल~ शरीर थाकेको हो कि मन थाकेको थाहा छैन । हिजोको तुलनामा शरीर थाक्ने समयचाहिँ भइसकेको छ । राजनीति गर्नेले थकाइ मान्नुहुँदैन भन्नचाहिँ सजिलै हुन्छ । तर, शरीर सिद्धान्त होइन, त्यो जीवविज्ञान हो । केटाकेटीमा त्यो घिस्रिन्छ । युवावस्थामा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : संस्मरण | | प्रतिकृया छोड्नुहोस्

कथा : अप्रत्यासित

~प्रदीप नेपाल~ चार बजेपछि बाक्लो कफीको स्वादमा रमाउन मलाई यही कफी पसल मनपर्छ । यहाँको शान्ति, मौनता र सरसफाइ मेरो रुचिसँँग ठयाक्कै मिल्दछन् । म यहाँ चार बजे आउँछु अनि एक घण्टा यहाँको मौनतासँग रमाउँछु । कफी खाने सोख मैले … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

लघुकथा : सङ्घीयताको रूप

~प्रदीप नेपाल~ रेडियोबाट साझा सवाल कार्यक्रम आइरहेको थियो । विषय थियो सङ्घीयता । सबै आफ्आफ्ना तर्कहरू प्रस्तुत गरिरहेका थिए र आफूले भनेजस्तो सङ्घीय संरचना नभए संविधान नै अस्वीकार गर्ने उद्घोष गरिरहेका थिए । मिठै लाग्दै थियो बहस तर बहस नसकिँदै … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

पुस्तक समीक्षा : वैदिक इतिहासको नालीबेली

~प्रदीप नेपाल~ ‘कुनै पनि व्यक्ति जन्मले मात्र ब्राह्मण हुँदैन । त्यसमा कर्मका साथै ज्ञान हुनु पनि आवश्यक हुन्छ ।’ तीन हजार वर्षपहिले मिथिला राज्यका जनकले एउटा दासीपुत्रलाई शास्त्रार्थमा सहभागी बनाउन अनुमति दिँदै भनेको यो वाक्यले नेपालको उच्चस्तरीय चेतनालाई अहिले हामीले … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक समीक्षा | , | प्रतिकृया छोड्नुहोस्

संस्मरण : बराहक्षेत्रका महिमा गायकहरू

~प्रदीप नेपाल~ हाम्रा नेपालीले असाध्यै धेरै भक्तिभाव राख्ने बदरीनाथधामको यात्रा संस्मरणमा मैले बराहक्षेत्रको महिमाका बारेमा लेखेको थिएँ झण्डै दुई दशक अघि । बदरीनाथ यात्रामा जाँदा मैले थाहा पाएँ – हाम्रा नेपालीहरूमा बदरीनाथप्रति जति भक्तिभाव हुन्छ, त्योभन्दा धेरै भक्तिभाव हुँदोरहेछ बराहक्षेत्रप्रति … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : संस्मरण | | प्रतिकृया छोड्नुहोस्

नियात्रा : मन दुख्यो लोमन्थाङ्गमा

~प्रदीप नेपाल~ धेरैका टिप्पणी, परिचयात्मक लेख र चियोचर्चाहरूले लोमन्थाङ्गलाई मेरो स्वप्नसंसार बनाइदिएका थिए । हिँडेर जाने जाँगर टरेको हुनाले ससानो टिम बनाएर जाउँ कि भन्ने त लागेन, तर अवसर पाइयो भने एकपल्ट त्यो लोमन्थाङ्ग कस्तो रहेछ भनेर थाहा पाउन चाहिँ … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नियात्रा | | प्रतिकृया छोड्नुहोस्

संस्मरण : पुरस्कारसँग जोडिँदा

~प्रदीप नेपाल~ लेखनीको थालनी नै पुरस्कार प्राप्तिबाट भएको हुनाले लेख्नु भनेको पुरस्कार पाउनु हो भन्ने ज्ञानचेतना मभित्र हुर्किएकै थियो। गाउँकै सरस्वती मिडिल स्कुलमा पढथेँ म। कथाकार परशु प्रधान हुनुहुन्थ्यो हाम्रो स्कुलको हेड सर। पहिलोपटक तीन क्लासमा पढ्दा हुनुपर्छ, मैले एउटा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : संस्मरण | | प्रतिकृया छोड्नुहोस्

कथा : निर्वाचनपछि…

~प्रदीप नेपाल~ काठमाडौंको बालुवाटारमा निर्वाचन परिणामले आतङ्कै मच्चायो । भीमप्रसाद कट्टेलको घरमा एउटा बैठक बस्यो । “अब नेपाल बस्ने दिन सकिए,”भीमप्रसादले भन्यो, “काङ्ग्रेस, एमाले स्वाहा भए, माओवादीको राज आयो । अब नेपालमा बस्न नसकिने भैयो । माओवादीले सबैथोक राष्ट्रियकरण गर्ने … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

नियात्रा : दार्जीलिङको दौरा-सुरुवाल

~प्रदीप नेपाल~ तपाईं दार्जीलिङ जानु भा’छ – भनेर कसैले सोध्दा म न गा’छु भनेर जवाफ फर्काउन सक्थे”, न त गा’छैन भनेर नै जवाफ दिन सक्थे” । दार्जीलिङ गा’छैन भनु” भने दर्ुइ-तीनपटक त्यो बाटो म हि”डेको छु । गा’छु भनौ” भने … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नियात्रा | | प्रतिकृया छोड्नुहोस्

संस्मरण : नेपाल आमाको सेवामा यतिकै दिन रहेछन् भन्ने लाग्यो

~प्रदीप नेपाल~ तिबेला पार्टीले मलाई मेची अञ्चलको जिम्मेवारी दिएर काम सम्हाल्न पठाएको थियो । एउटा अनौठो द्वन्द थियो मुलुकको राजनीतिमा । ०३६ सालको विद्यार्थी आन्दोलनले एकातिर राजनीतिलाई थोरै भए पनि खुकुल्याएको थियो । विद्यार्थी समुदायका गतिविधिहरू धेरै खुल्ला भएका थिए … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : संस्मरण | | प्रतिकृया छोड्नुहोस्

कथा : सहमति

~प्रदीप नेपाल~ रात बिस्तारै उकालो लाग्दै थियो । ‘इन्डियन क्विजिन कर्नर’मा जमेर बसेका थिए चार जना । नाम जे भए पनि विदेशी रक्सीको रङ पहेँलो हुने भयो । सेकुवा भन्नेबित्तिकै जीव्रोमा पानी आउने नै भयो । एक टुक्रो सेकुवाले दुई … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

पुस्तक समीक्षा : महाकाव्यमा कर्णकथा

~प्रदीप नेपाल~ महाभारतको कथाका बारेमा हामी सबै जानकार छौँ। पाण्डव र कौरवबीच बाँडिएको यो युद्धकथामा धेरै उपकथा जोडिएका छन्। महाभारत कथामा सबैभन्दा ठूलो अन्यायमा परेका दुई पात्र छन्- बर्बरकि र कर्ण। दुवैलाई अन्यायमा पार्ने काम कृष्णबाटै भएको हुनाले मानिसहरू यी … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक समीक्षा | , | प्रतिकृया छोड्नुहोस्

पुस्तक समीक्षा : ‘जीवन एक, संघर्ष अनेक’मा क्यान्सर संघर्ष

~प्रदीप नेपाल~ रोग लुकाउनुपर्छ भन्ने नेपाली मानसको रोग हो । सामान्य जनताको के कुरा, ठूला भनिने नेता, प्रशासकसमेत रोगलाई लुकाउनुपर्छ भन्छन् । रोग लुकाउन हुन्न भन्ने पंक्तिकारजस्तो मान्छेले साथी पाउन सकेन लामो समयसम्म । सबै त्यस्ता छैनन् । आफ्नो पुस्तक … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक समीक्षा | , | प्रतिकृया छोड्नुहोस्

पुस्तक समीक्षा : सिमानाको कथा

~प्रदीप नेपाल~ नेपाली भाषामा पृथक् परिचयको उपन्यास हो, गुलरको फूल । नेपालतिर नारायणी भनिएको नदी सिमाना काट्नेबित्तिकै भारतमा किन गण्डक हुन्छ भन्ने बालसुलभ प्रश्नको खोजीलाई तपाईंले उपन्यासको एउटा परिचय भनिदिनुुभए हुन्छ । यो उपन्यासमा सिमानाकृत र सिमान्तकृत दुवै खाले जनताको … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक समीक्षा | , | प्रतिकृया छोड्नुहोस्

कथा : माधुरी दीक्षितको डायरी

~प्रदीप नेपाल~ केही वर्षपहिले भारतीय सिनेतारिका माधुरी दीक्षित काठमाडौँ आएकी थिइन्। उनले नेपाललाई भारतकै प्रान्त भनेर कतै प्रतिक्रिया दिएपछि नेपालमा ठूलै होहल्ला मच्चिएको थियो। माधुरी दीक्षितले खेलेका फिल्महरू बहिष्कार गर्नेसम्मको आन्दोलनको धम्की गयो। माधुरी दीक्षितले सायद कुनै सञ्चारमाध्यममार्फत माफी मागेर … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

नियात्रा : दिउँसोको मस्को र उज्यालो रातको लेनिनग्राड

~प्रदीप नेपाल~ मस्कोमा मलाई हेर्न मन लागेको अब एउटा मात्र स्थान थियो – भूमिगत रेल । चर्चा खुबै सुनिएको थियो मस्को मेट्रोको । चर्चा गरिनलायक पनि रहेछ त्यहाँको भूमिगत रेल । मैले अमेरिका, चीन, हङकङ, भारतमा पनि मेट्रो चढेको छु … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नियात्रा | | प्रतिकृया छोड्नुहोस्

समीक्षा : पुराणको अन्यायमा परेका इन्द्र

~प्रदीप नेपाल~ हिन्दुहरूका एउटा देवताको नाम इन्द्र हो । इन्द्रको सामान्य चिनारीमा उनी असुरपुत्री शचीका पति हुन् । शचीलाई पनि उनले अपहरण गरेरै ल्याएका होलान् । उनी असाध्यै स्त्रीलम्पट पनि छन् । स्वास्नीमान्छे देख्नै नहुने । उनी अत्यन्तै काँतर पनि … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : समीक्षा | | प्रतिकृया छोड्नुहोस्

कथा : अनायक नागरिक

~प्रदीप नेपाल~ कथा कसैका लागि ? साता दिनदेखि म भौँतारएिको छु कथाको विषयवस्तु नभेट्टाएर । कथा खोज्न म एकदिन बूढानीलकण्ठमाथि जंगलमा पुगेँ । केको देओस् जंगलले कथाको विषय । एकदिन चन्द्रागिरकिो ढिस्कोमा गएर आकाशका बादलहरू पनि नियालेँ दिउँसोभर । अहँ, … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : पण्डितजी खोइ मेरो जात !

~प्रदीप नेपाल~ यस्तो दिन देख्नु पर्ला भनेर मैले कल्पना पनि गरेको थिइनँ। मेरै मूर्खता होला यो। कुनै दिन यस्तो अप्ठ्यारो आउँछ भनेर हिजै कल्पना गर्न नसकेको पनि होला। यतिबेला म कसैलाई गाली गर्न सक्ने अवस्थामा पनि छैन। जानेर होस् या … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : राजमार्ग

~प्रदीप नेपाल~ (१) “ढोका खोल्,” भात खाएर सुतेको धेरैबेर भैसकेको थियो । पहाडको सानो घर, कोठाहरु धेरै थिएनन् । भुइँतलालाई जयबहादुरले सानो पसल बनाएको थियो । गाउँ पनि ठूलै थियो अनि उनीहरुको घर पनि जुम्ला जाने मूल बाटैमा पर्दथ्यो । … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : कारखाना

~प्रदीप नेपाल~ कुरो काठमाण्डौकै हो । अहिलेसम्म गाउँघरतिर यस्ता काम हुन सकिरहेका छैनन् । यस्तो काम गर्न ज्ञानवुद्धि पनि चाहिन्छ । ज्ञान र वुद्धिको दुरुपयोगको राजधानी पनि काठमाण्डौ नै रहेको छ । होला भोलिका दिनमा यो पूर्वतिरको साँगाभन्ज्याङ र पश्चिमतिरको … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

आञ्चलिक उपन्यास : पुर्वतिर

~प्रदिप नेपाल~ पुर्वतिर (आञ्चलिक उपन्यास) | नेपाली उपन्यास | प्रदिप नेपाल आगमन घुरबिसे पञ्चमीबाट फाक्देवको ओरालो झरेपछि इवाँ खोलो आउँछ । फिदिम र ताप्लेजुङ जाने धेरै जसो यात्रीहरु घुरबिसेबाट ओरालो झरेर फाक्देव गाउँका बरपीपलका चौतारीहरुमा उभिएर उत्तरपूर्वको कुनामा पर्ने पौवा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली उपन्यास | | प्रतिकृया छोड्नुहोस्

नेपाली उपन्यास : नन्दिता

~प्रदिप नेपाल~ नन्दिता | नेपाली उपन्यास | प्रदिप नेपाल भूमिका  मेरी मायालु मामु,  तपाईंले देखेको सपना पुरा गर्न सकें, फेरि अर्कोपल्ट मलाई आशिर्वाद दिनुहोस् । पढाइ समाप्तीसम्मै सन्तोषजनक रह्यो । तपाईंको परिश्रम, तपाईको दुःख र तपाईंको पसिनालाई मैले अँध्यारो अनुहार … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली उपन्यास | | प्रतिकृया छोड्नुहोस्

संस्मरण : जसले प्रतिदान लिएन

~प्रदीप नेपाल~ २०६५ साल, भदौ ६ गतेको बिहान । पाँच बज्न केही मिनेट मात्र बाँकी थियो । हिमाञ्चल भट्टराईको फोन आयो, “एउटा अत्यन्तै दुःखद समाचार सुनाउँदैछु – अग्निशिखा हामीसँग रहनु भएन । म गङ्गालाल हृदयरोग केन्द्रबाट बोल्दैछु ।”

विधा : संस्मरण | | प्रतिकृया छोड्नुहोस्

नेपाली उपन्यास : अनौठो प्रेमकथा

~प्रदीप नेपाल~ अनौठो प्रेमकथा | नेपाली उपन्यास | प्रदीप नेपाल समर्पण, अभिव्यक्ति स्वतन्त्रताका संवाहकहरूमा लेखकको भनाइ प्रेम कथाहरू मेरो रूचीका विषय होइनन्। प्रेमलाई केन्द्रविन्दु बनाएर २०२४/०२५ सालमा लेखेका तीन चार कथाहरूलाई मैले त्यतिबेलै नष्ट गरिदिएको थिएँ। यद्यपि त्यतिबेला प्रेममा आधारित कथा उपन्यासहरू … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली उपन्यास | | 5 प्रतिकृयाहरु

कथा : काठमाडौं फ्लु

~प्रदीप नेपाल~ काठमाडौंबासीलाई रामरी सिध्याउन सकिन्छ भनेर चार वर्ष पहिले बर्डफ्लु पस्न खोजेको थियो । खुला ट्रकमा बसेर आएका सय थान बर्ड फ्लुहरू ढुङ्गाअड्डाबाट ओरालो लाग्दानलाग्दै हिक्हिक् गर्न थाले । कलङ्कीको जाम र बल्खु खोलाबाट उठेको दुर्गन्धको निश्वासले पचास थान … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्