Tag Archives: Pindaalu Pandit

लघुकथा : विलक्षणी शिशु

~वासुदेव गुरागाईं~ डाक्टरहरु हस्याङफस्याङ गर्दै घरी यो सामान ल्याऊ भन्थे, घरी त्यो औषधि ल्याऊ भन्थे । आत्तिनु पर्ने त खासै केही थिएन । तर पनि डाक्टरले तोकेको समयभन्दा झन्डै एक महिनाअघि नै अनुजा आमा बत्र लागिरहेकी थिइन् । त्यसैले डाक्टरहरु … Continue reading

Posted in लघुकथा | Tagged , , , , | Leave a comment

लघुकथा : जात

~वासुदेव गुरागाईं~ करिब पचास वर्ष जति अघिको कुरा हो । हर्षजित र यदुनाथ एउटा सामान्य गाउँले परिवेशमा जन्मेहुर्केका अलग–अलग जातिका केटा थिए । हर्षजित ‘तामाङ परिवार’ र यदुनाथ ‘ब्राह्मण परिवार’ का गहना थिए । उमेरमा यदुनाथ हर्षजितभन्दा झन्डै दुई वर्षले … Continue reading

Posted in लघुकथा | Tagged , , , , | Leave a comment

व्यङ्ग्य निबन्ध : लाइन माने लाइन

~पिँडालु पण्डित~ मैले जानेबुझेसम्म ‘लाइन’ अंग्रेजी शब्द भण्डारबाट नेपाली शब्द भण्डारमा खुलेआम स्वागत गरी भित्र्याइएको शब्द हो । अङ्गे्रजी शब्द भण्डारभित्र रहँदा बस्दा यो शब्दले त्यहाँ के के करामत ग¥यो मलाई थाहा छैन । तर, नेपाली शब्द भण्डारमा भित्रिएपछि भने … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , , , , | Leave a comment

कथा : कृष्णपथ

~वासुदेव गुरागाईं~ ‘भाञ्जा बाबु, उमेर सानै भए पनि काममा निकै पाको हुनुहुँदो रहेछ । घाँस काट्ने, गाईवस्तु चराउने, खसीबाख्रा फुने केही काम पनि अह्राइरहनु पर्दैन । आफैँ जानेर गर्नु हुन्छ । भाइबहिनी खेलाउने काममा त अझ निकै सिपालु । मलाई … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , , | Leave a comment

व्यङ्ग्य निबन्ध : निरन्तरताको क्रमभङ्ग

~पिँडालु पण्डित~ उसलाई देख्नेबित्तिकै पहिला त म झसङ्ग भएँ । नहुनु पनि किन ! दुईचार दिनअघि मात्र नाकका दुवै ओडारमुनि जति खाए पनि नअघाउने हन्तकाली मुखको माथितिरका पाखो चउरमा दुवैतिर टत्रै छ्वाली जुँगा देखेको थिएँ । आज आधा भागको जुँगा … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , , , , | Leave a comment

कथा : उपहारभित्र उपहार

~वासुदेव गुरागाईं~ अमिलोमा नअलमलिने आइमाई र उपहारमा नअलमलिने उपभोक्ता खोज्ने कार्य सगरमाथा चढ्ने कामभन्दा पनि गाह्रोे छ । तैँले कहिले सगरमाथा चढिस् ए ! नाथे ? भनेर तपाईंहरू मनमनै मलाई हपार्नु होला । ठीकै हो । म पनि मनमनै के … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , , | Leave a comment

व्यङ्ग्य निबन्ध : वनतन्त्र

~पिँडालु पण्डित~ मानवबस्तीमा नियमित भइरहेका खैलाबैला, अनेक रङतरङ र उतारचढावका घटनाले उनीहरुमा पनि पलपल चेतना थपिँदो छ । जागरण पलाउँदो छ । प्रत्यक्ष रुपमा भाषा नबुझे पनि मानवीय हाउभाउ, चिच्याहट, भाषणबाजी, नारा, जुलुस, आपसी वैमनस्यता आदि क्रियाकलापको मनोबिज्ञानमार्पmत् उनीहरु आफ्नै … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , , , , | Leave a comment

कथा : वास्तविकता

~वासुदेव गुरागाईं~ छेत्रीको कुलमा जन्म लिएर पनि धर्मकर्मका विषयमा कुलबहादुर आधुनिक ‘जात’ का ब्राह्मणका त के कुरा ! राम्रै नाम चलेका मै हूँ भत्रे पुराना ‘कर्म’ का पण्डितहरुलाई पनि आच्छुआच्छु पार्थे । परम्परादेखि चलिआएको रीतिरिवाजमा उनी अडिग थिए । धर्मकर्ममा … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , , | Leave a comment

कथा : सन्तुको सपना

~वासुदेव गुरागाईं~ ‘बुबा’, चिया लिस्योस् । ‘मम्मीहजुर’ लाई पनि बोलाइस्योस् । चिया सेलाउला । म जान्छु । सन्तुमायाको दैनिकी हो यो । जाडो होस् वा गर्मी । शिशिर होस् वा बसन्त । बाह्रै महिना बाह्रै काल बिहान चार बजे उठिसकेकी … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , , | Leave a comment

व्यङ्ग्य निबन्ध : पुच्छर भएको पार्टी

~पिँडालु पण्डित~ उहिले उहिले उस्तै उस्तै छट्टूलाई उत्तिकै तौलेर नाम राख्नुपर्दा घिउबेचुवा र तरबारबेचुवा भनेर बूढापाकाले भत्रे गरेको आफ्नै कानले सुनेको । सुनेको प्रमाण म जुटाउन सक्तिन । बरु मौका परे त्यस्ता बूढाखाडालाई उपस्थित भने गराइदिन सक्छु । यो कुरा … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , , , , | Leave a comment

नियात्रा : गोठीकाँडा डाँडादेखि काँक्रेबिहारसम्म

~वासुदेव गुरागाईं~ ‘उः त्यो माथि देखिने गोठीकाँडा हो ।’ पूर्णमानजीले मेरो ध्यान आकर्षित गर्दै चोरी औँला ठड्याएर पहाडका शिरतिर सङ्केत गर्नु भयो । गोठीकाँडाका विषयमा कहिल्यै कहीँ केही नसुनेको मान्छेलाई गोठीकाँडा चराचुरुङ्गीको नाउँ हो कि मान्छेको नाउँ ! के थाहा … Continue reading

Posted in नियात्रा | Tagged , , , , , | Leave a comment

नियात्रा : चेपाङबस्ती चियाउँदै उपरदाङगढी

~वासुदेव गुरागाईं~ १)  ‘सर ! करसाहेबलाई त टाउको पो दुख्न थाल्यो रे । माथि जान सक्नु हुन्न जस्तो छ । र्फकने कुरा गर्दै हुनुहुन्छ । उहाँ त अझ निकै तलै पो हुनुहुन्छ त ।’ ‘स्वाँ स्वाँ’ गर्दै उकालो चुम्न आइपुगेका … Continue reading

Posted in नियात्रा | Tagged , , , , , | Leave a comment

नियात्रा : एउटा प्रसङ्ग अर्को यात्रा: दुप्चेश्वर महादेव

~वासुदेव गुरागाईं~ ‘आउँदो दसैँको ‘को जाग्रत ?’ पूर्णिमाको अघिल्लो दिन सबैजना नुवाकोट जानुपर्छ । अन्यत्र कुनै कार्यक्रम नराख्नु होला ।’ काठमाडौँ सीतापाइला निवासी साढुदाजु गोविन्द खनाल र दिदीको अनुरोध थियो यो । कुरो २०६७ असार साउनतिरैको हो । दसैँको यो … Continue reading

Posted in नियात्रा | Tagged , , , , , | Leave a comment

लघुकथा : समसेरबहादुर

~वासुदेव गुरागाईं~ समसेरबहादुर जागिरमा लागेको त्यति धेरै पनि भएको थिएन । तर उसको रोबरवाफ र फुइँफाइँ देखेर उसका टोलछिमेकी र जागिरदार साथीभाइहरु चकित थिए । जागिरमा उसको तरक्की र रोजाइअनुसार ठाउँ सरुवा उसले चाहनेबित्तिकै भइरहेको थियो । तर साथीभाइ र … Continue reading

Posted in लघुकथा | Tagged , , , , | Leave a comment

व्यङ्ग्य कविता : कालो

~पिँडालु पण्डित~ कालो चस्मा चट्ट मिलेको खोजी खोजी लाउँछौ कालै बोको झट्ट जुटाई देवी द्यौता धाउँछौ ।। कालै जुँगा कालै केश कृत्रिमता तिमी खोज्छौ कालै पाइन्ट कोट मिलाई कालै जुत्ता रोज्छौ ।।१।। भात खाँदामा कालो मास घिउ हालेको दाल कालो … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , , , , , | Leave a comment

व्यङ्ग्य लघुकथा : डिएनए रिपोर्ट

~वासुदेव गुरागाईं~ रविमान बसको कन्डक्टर बनेको धेरै साल भइसकेको थियो । तथापि उसले आजसम्म यस्तो घटना व्यहोरेको थिएन । ऊ एकनाससँग दायाँबायाँ नहेरी इन्स्पेक्टरले सोधेका प्रश्नको जवाफ दिँदै थियो,— ‘हो, इन्स्पेक्टर सा’प ! यी सबै बसभित्र मरेका मान्छेका लाश हुन् … Continue reading

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , , , , , | Leave a comment

नियात्रा : दुल्लुको दौड र पञ्चकोशी–दर्शन

~वासुदेव गुरागाईं~ हेमन्तको उत्तराद्र्ध । बिहानको पारिलो घाम । कर्णालीको कञ्चन पानी । वारिपट्टि पाउमा दैलेख, पारिपट्टि आँखाभरि अछाम । दुवै उत्तिकै रमाएका छन् । आञ्चलिक हिसाबले वारि भेरी, पारि सेती । त्यति मात्र हो र ! वारि मध्यपश्चिमाञ्चल, पारि … Continue reading

Posted in नियात्रा | Tagged , , , , , | Leave a comment

व्यङ्ग्य निबन्ध : आलु पार्टी, २०६६

~पिँडालु पण्डित~ कागभन्दा बाठा हास्य–व्यङ्ग्यकार । हास्य–व्यङ्ग्यकारमध्येका पनि बडाबाठा रामकुमार पाँडे । वर्षको एकचोटि मात्र भए पनि काजी खान्दान देखाएर पाजी पामरहरुको पेट भराइदिने महान् उद्देश्यले बजार पसे । पैसामा सस्तो खानमा मीठो के होला ? खल्ती छाम्दै दिमाग दौडाए … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , , , | Leave a comment

व्यङ्ग्य निबन्ध : अन्तरेहरुको अनौठो अभियान

~पिँडालु पण्डित~ ‘इन्क्लाब जिन्दाबाद ।’ ‘जिन्दाबाद । जिन्दाबाद ।’ ‘जन्मने अधिकार सुरक्षित होस् ।’ ‘सुरक्षित होस् । सुरक्षित होस् ।’ ‘हाम्रो हकहितका लागि संवैधानिक व्यवस्था होस् ।’ ‘व्यवस्था होस् । व्यवस्था होस् ।’

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , , , | Leave a comment

कथा : अनौठो संस्कार

~वासुदेव गुरागाईं~ धनीलाल आधुनिक जमानाका मानिस भएर पनि छ सन्तानका बाबु थिए । तीनवटा छोरी, तीनवटा छोरा । यसमा उनलाई कत्ति पनि पछुतो थिएन । आफ्नो गच्छेअनुसारको पढाइलेखाइ गरिदिए । विद्यमान सामाजिक परम्पराअनुसार तिनको विवाह कर्म गरिदिने सोच उनमा जागृत … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , , | Leave a comment

व्यङ्ग्य निबन्ध : बाजेको सेकुवा

~पिँडालु पण्डित~ मेरो आनीबानी मात्र होइन स्वभाव पनि त्यस्तै छ । पैसालाई ‘अर्थ’ र मिनिङलाई ‘माने’ बुझ्न थालेपछि यस्तो नहुनु पनि किन ? ‘नेपाल’माने ‘नेपाल’, ‘अमेरिका’ माने ‘अमेरिका’, ‘फ्रान्स’ माने ‘फ्रान्स’ भनेर एकोहोरो पढिराखेका बेलामा ‘इन्डिया’ माने ‘भारत’ भनेर पढ्न … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , , , | 1 Comment

व्यङ्ग्य कविता : कालो

~पिँडालु पण्डित~ कालो चस्मा चट्ट मिलेको खोजी खोजी लाउँछौ कालै बोको झट्ट जुटाई देवी द्यौता धाउँछौ ।। कालै जुँगा कालै केश कृत्रिमता तिमी खोज्छौ कालै पाइन्ट कोट मिलाई कालै जुत्ता रोज्छौ ।।१।।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , , , , | Leave a comment

व्यङ्ग्य कविता : आऊ वार्ता गरौँ

~पिँडालु पण्डित~ सँगै बस्नुको एउटा मज्जा छ सँगै उठ्नुको अर्को मज्जा छ मज्जै मज्जाको यो उठबसमा आऊ, अर्को मज्जाको लागि फेरि एउटा वार्ता गरौँ जनता हाँस्दै गर्छन् हामी हेर्दै गरौँ । कसलाई पो किन रुवाउनु ?

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , , , , , | Leave a comment

व्यङ्ग्य कथा : शीलाको लीला

~पिँडालु पण्डित~ मान्छेको मति न सप्रिन बेर लाग्छ, न बिग्रन । न उत्ताउलिन बेर लाग्छ, न भलाद्मीन । मान्छेको मति साँच्चै भत्रे हो भने झन्डैझन्डै घरकी श्रीमती जस्तै छ,— छिनमा कालो, छिनमा उज्यालो । छिनमा पानी पार्न तम्सिएको मेघमाला जस्तो, … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , , , , | Leave a comment

व्यङ्ग्य निबन्ध : जुँगा निर्मूल अभियान

~पिँडालु पण्डित~ ‘जुँगा’ को विषयमा नसुत्रे र लुगाको विषयमा नजात्रे मानिस पाइयो भने सरासर बेलायत गएर गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाउँ लेखाइदिए हुन्छ । तपाईं भत्रुहोला,— ‘जुँगा’ नेपालीभाषी शब्द भएकाले जुँगाका विषयमा नेपालीले मात्र जान्दछन् । तर त्यसो होइन … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , , , | Leave a comment

व्यङ्ग्य कविता : गाईजात्राकी मेरी बूढी

~पिँडालु पण्डित~ बूढी मेरी कस्ती कस्ती साँच्चै नेता जस्ती काम पर्दा चिप्लो घस्छे नत्र ढुङ्गो जस्ती ।। जनताको सुशासनी राष्ट्रसेवी जस्ती पैसा पाए जस्तो पनि नत्र कस्ती कस्ती ।।१।।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , , , , , | Leave a comment

कथा : सुनको ब्रा

~वासुदेव गुरागाई~ कार्यक्रम धुमधामसाथ चलिरहेको छ । कान्छी बुहारी अस्तिमात्र भित्रिएकी छन् । अब बाँकी छ भोजभतेरको काम । व्यापक तयारी छ यसका लागि । यसअघि तीन छोराको बिहे यसैगरी सम्पन्न गरिसकेका थिए उनले । बिहे गर्न बाँकी एउटै कान्छा … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , , , | Leave a comment

कथा : सत्ताको सिनु

~वासुदेव गुरागाईं~ विश्व ब्रह्माण्डको कुनै एक कुनामा एउटा सानो देश थियो । सानो भईकन पनि त्यस देशमा उपलब्ध नहुने चिजवस्तु केही थिएन । सबै किसिमको भौगोलिक उपलब्धता रहेको त्यस देशमा प्रचुर मात्रामा नदीनाला र वनजङ्गल पनि थियो । हराभरा डाँडापाखा, … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , , , | Leave a comment

कथा : लिलाम बढाबढ

~वासुदेव गुरागाईं~ सफासँग कम्प्युटर टाइप गरिएका सबै अक्षर कहीँ कतै एउटा अल्पविरामसम्म पनि नबिराई बडो सतर्कतापूर्वक पढ्यो उसले । ‘लौ यसमा सही गर्नुस् ।’ अगाडि बसेर उसलाई ती अक्षर वाचन गराउँदै गर्ने महाशयले मौखिक आदेश गरे । मनमा कुनै किसिमको … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , , , | Leave a comment