Tag Archives: Nirmohi Vyas

कविता : चढूँ नित्य आत्मीयताको उकाली

~निर्मोही व्यास~ छ यो मेदिनीसङ्ग नाता पवित्र यही स्वर्ग मेरो, यही पुण्य तीर्थ नखाऊँ कसैको कहीँ गाँस खोसी सकेमा अरूको बसूँ प्राण पोसी म आस्था बिसाऊँ सधैँ पात्रतामा

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

यात्रा संस्मरण : कस्तो लाग्यो कसरा ?

~निर्मोही व्यास~ दिउँसो ठीक १२ बजेको साइतमा रामपुर कृषि क्याम्पसको परिसरबाट भटटटट कसरातिर कुद्यो शारदाजीको ‘बजाज एम ८०’ नाउँको वायुपङ्खी घोडा अलकत्रे चिल्लो सडकमा वैशाखे घामको झाँको झार्दै र मेरो मन–मुटुभरि वासन्ती मादकता भर्दै । ‘साइत’ किन भनेको भने यो अवसर सजिलै र तात्तातै जुरेको नभएर लामो समयदेखिको व्यग्र प्रतीक्षा र प्रयासपछि बल्ल हात लागेको थियो । यो मिति थियो पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नियात्रा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

पुस्तक समीक्षा : एकलव्य साधकको सजीव कृति

~निर्मोही व्यास~ संस्मरणकार राम पराजुली सिन्धुपाल्चोकको अनकन्टार गाउँमा जन्मी, हुर्की कलकलाउँदो नवयुवाकालमा तराईको निजगढमा बसाइँ आएका हुन् । उनी स्वाध्ययनका भरमा साहित्य–सृजनमा एकलव्य भावले समर्पित प्रतिभा हुन् । सरलता, विनम्रता र हार्दिकताका त्रिवेणी वा नुन–चिनी–पानी व्यक्तित्व हुन् । कहिल्यै कसैको कत्ति पनि मन नदुखाउने र आफ्नो स्वाभिमानलाई रत्ती पनि नझुकाउने रसिला, फरासिला, मिलनसार, इमानदार र स्नेही स्वभाव भएका आँखामा राख्दा पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : पुस्तक समीक्षा | Tagged , , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : बग्दै बग्दै

~निर्मोही व्यास~ बैसट्ठी वर्ष लागेको यो वार्धक्य उमेरमा बग्दै समय—गङ्गाको यो अनन्त प्रवाहमा पाँचपुस्ते थलाबाट चटक्कै चुँडिईकन म नयाँ ठाउँमा आएँ जिन्दगानी बिताउन कठै ! नियतिको भोग यो निष्ठुर विडम्बना तीनछक्क परेको छु पोख्नै सक्तिन भावना

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : बग्दै बग्दै

कविता : विनोदी र व्यास

~निर्मोही व्यास~ सौहार्दको सियो-धागो स्नेहको कुसुमावली- सँगाली यत्नले काव्य-माला वा विरुदावली उनियो उनकै निम्ति व्यासका प्रिय मित्र जो बस्छन् नारायणी-तीर ‘विनोदी’ काव्यका मियो ! तपसी, नित्य एकान्त-साधनामा रमाउने दम्भ-दुर्भावका द्रोही, मैत्रीका गीत गाउने

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : विनोदी र व्यास

कविता : अठोट

~निर्मोही व्यास~ सिँचेर स्नेह–धारले सिँगार्छु आज यो धरा तुल्याइदिन्छु प्यारले बसुन्धरा हराभरा अजस्र सृष्टि–स्रोत भै गरीरहन्छु सिर्जना उदासमा, निराशमा नवीन भर्छु जीवन भएर प्राणवायु दिग्दिगन्तमा म डुल्दछु बनेर फूल प्रीतिका जताततै म फुल्दछु

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : अठोट

कविता : काँडा, फूल र मान्छे

~निर्मोही व्यास~ १ काँडाका बोट आफ्नै छन्, छन् आफ्नै बोट फूलका देखिन्छ सह–सम्बन्ध पनि उस्तै जतातता उमे्रकै छन् यहाँ काँडा फूलका बोटमा पनि फुलेकै छन् यहाँ फूल काँडाका बोटमा पनि २ यिनको साथ–सान्निध्य उदाहरणयोग्य छ गुण, आयु भने फेरि सर्वथा विपरीत छ

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : काँडा, फूल र मान्छे

कविता : तिम्रो मोहनीमा

~निर्मोही व्यास~ तिमी मेरी घाम–जून, तिमी मेरी ऊर्जा तिमीविना जिन्दगी यो खालि कलपुर्जा सितारकी तार मेरी ! रुन्झुनाऊ नित्य तिम्रो स्वरै सुन्दा पनि हुन्छ मन मत्त

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : तिम्रो मोहनीमा

कविता : राधाकृष्ण रिसाउँदा ‌. . . . .

~निर्मोही व्यास~ १ यतै तिमी, उतै तिमी, जताततै तिमी तिमी हरेक कोणमा तिमी, हरेक मोडमा तिमी तिमी हरेक फूलमा र पातपातमा तिमी तिमी दिवा र रातमा, प्रभातमा तिमी तिमी । २ तिमी त पाइलैपिछे र धड्कनैपिछे तिमी हरेक तिर्सनापिछे र सम्झनैपिछे तिमी

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : राधाकृष्ण रिसाउँदा ‌. . . . .

कविता : आँगनमा आज मेरा प्रियतम आए…

~निर्मोही व्यास~ कस्तो हुन्थ्यो यो दिनलाई साँची राख्न पाए ! आजै जस्तो मेरो हजूर फेरि पनि आए ! छातीभरि छचल्किने आज खुसी कति मन मेरो चुल्बुलिने आज अति अति । कस्तो हुन्थ्यो यस्तै मन सधैँ सधैँ पाए ! आजै जस्तो मेरो हजूर फेरि पनि आए !

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : आँगनमा आज मेरा प्रियतम आए…

पुस्तक समीक्षा : निर्मोहीको मोहनीमय कलम !

~इन्द्रकुमार श्रेष्ठ~ निर्मोही व्यास (खास नाम वेदव्यास न्यौपाने, जन्म : २००४ भदौ ९, कलैया, भवानीपुर,बारा), नेपाली साहित्यका एक विशिष्ट एवं बहुमुखी प्रतिभा हुन् । उनका काव्य, कवितासंग्रह, कथासंग्रह र उपन्यास प्रकाशित छन् । यीभन्दा पनि बढी संख्यामा चाहिं उनका यात्रा संस्मरणात्मक तथा स्मृति निबन्ध संग्रहहरू (आधा दर्जनभन्दा बढी) प्रकाशित छन् । (विद्यावारिधि पनि उहाँले, यात्रा साहित्य वा नियात्रा साहित्यमै गर्नुभएको पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : पुस्तक समीक्षा | Tagged , , | Comments Off on पुस्तक समीक्षा : निर्मोहीको मोहनीमय कलम !

गीत : काँडाहरू बाटो छेक्छन्

~निर्मोही व्यास~ आँखाहरू रातदिन हजूरकै स्वप्न देख्छन् नजिकिन पाउ चाल्दा काँडाहरू बाटो छेक्छन् एकान्त यो दुख्छ मलाई भीड झनै साह्रो दुख्छ आँसु लुक्छ हाँस्दा–बोल्दा मन हजूर कहाँ लुक्छ

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली गीत | Tagged , | Comments Off on गीत : काँडाहरू बाटो छेक्छन्

पुस्तक समीक्षा : निर्मोही व्यासको ‘बोधिवृक्षको छायामा’ पढदा

~सदानन्द अभागी~ बेधिबृक्षको छायामा यो तृषित आत्माले शान्तिको प्यालामा शितलता पिउन पाउँदा कस्लाईपो आनन्द लाग्दैन होला ?निर्मोही व्यासले पिएर नै छाड्नु भयो । यस्ता बोधिवृक्षको छायालाई मायागर्ने व्यक्तित्व हुनुहुन्छ –निर्मोहीव्यास । उहाँको जन्म बारा जिल्लाको कलैया भवानीपुरमा २००९साल भदौ ४ गते कुसेऔँसीका दिन भएको थियो । निर्मोही व्यासको खास नाम वेदव्यास उपाध्याय भएता पनि साहित्यमा उहाँ निर्मोही व्यासका रूपमा सुपरिचित पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : पुस्तक समीक्षा | Tagged , , | Comments Off on पुस्तक समीक्षा : निर्मोही व्यासको ‘बोधिवृक्षको छायामा’ पढदा

संस्मरण : हिस्सीदार मुहार

~निर्मोही व्यास~ यो २०६८ सालको कार्त्तिक महिना हो । अस्ति भदौको ४ गतेदेखि उमेरको साठीऔँ खुड्किलो उक्लिसकेको छु म । केही दिनअघि प्रज्ञाको सभाकक्षमा आयोजित एउटा साहित्यिक कार्यक्रममा निम्त्याइएर गएको बेला कार्यक्रमको समापनपछि बाहिर लबीमा खाजा खान लाग्दा पहिले अन्त कतै पनि नदेखे-नभेटेकी एउटी सम्मोहक रूप र जीउडालकी किशोरी झुलुक्क देखा परिन् । त्यसरी अचानक उनलाई त्यहाँ देखेपछि एकछिन म पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : हिस्सीदार मुहार

यात्रा संस्मरण : भानुतीर्थको यात्रामा

~निर्मोही व्यास~ २०४८ साल असारको २८ गते। बिहान ६ बजेको समय। सात दिन जति पहिलेको आपसी सल्लाह र निधोअनुसार केशव दाइ (डा. केशव उपाध्याय) र म असार २९ गते भानुजयन्तीको साइत पारेर रम्घादर्शन गर्न जाने आफ्नो वर्षौदेखिको सुकुमार धोको मेट्न सहयात्रामा निस्कन्छौं कााधमा एकुन्टा झोला भिरेर। बस चढ्न लाग्दा म गद्गद्हुा दै आकाशमा धुम्मिएको कालाम्मे बादललाई मन्दाक्रान्ता छन्दमा सम्बोधन गर्छु: पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नियात्रा | Tagged | Comments Off on यात्रा संस्मरण : भानुतीर्थको यात्रामा

कविता : बडा घरको बडै चाला…

~निर्मोही व्यास~ “काला गए गोरा आउँछन्” सुन्दा दिन–राती पर्खी बस्थेँ स्वागतमा लाखबत्ती काती नआउन्जेल को हो, के हो, आएपछि था भो यस्ता गोराभन्दा बरु काला नै पो जाती

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : बडा घरको बडै चाला…

गजल : हजूर बादलुको ताँती

~निर्मोही व्यास~ म त काकाकुल, हजूर बादलुको ताँती प्यास मेट्ने आसमा छु सधैँ दिन–राती 0 हिजोमात्र होइन हजूर ! आजमात्र होइन जीवन यो भोलि पनि हजूरकै थाँती

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : गजल | Tagged | Comments Off on गजल : हजूर बादलुको ताँती

कविता : थिचेजस्तै अग्ला–अग्ला पहाडले

~निर्मोही व्यास~ खासै प्रसन्नता दिन्नन् मलाई चाडबाडले उल्टै, लाग्छ थिचेजस्तै अग्ला–अग्ला पहाडले 0 विधर्मी हैन, प्यारो छ मलाई निज संस्कृृति किन्तु विकृतिले मेरो बिग्रेको छ मनःस्थिति

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : थिचेजस्तै अग्ला–अग्ला पहाडले

पुस्तक समीक्षा : यात्रासाहित्यको पहिलो सैद्धान्तिक ग्रन्थ

~कपिल अज्ञात~ निर्मोही व्यासले साहित्यका प्रमुख विधा कविता, निबन्ध र आख्यानका क्षेत्रमा कलम चलाएका भए पनि उनी निबन्ध विधाअन्तर्गत पर्ने नियात्रा र संस्मरणमै बढी सक्रिय र त्यसैमा लोकप्रिय पनि रहेका छन् । आरम्भतिर कविता–काव्यका दुई पुस्तक प्रकाशित गराएका व्यासमा झन्डै तीनदशक लामो अन्तरालपछि जीवनको उत्तराद्र्धतिर आएर पद्य कवितातर्पm फेरि पनि रुचि बढेको तथ्य उनका निकै सुन्दर र मार्मिक गीत–कविताहरूको सङ्ग्रह पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : पुस्तक समीक्षा | Tagged , , | Comments Off on पुस्तक समीक्षा : यात्रासाहित्यको पहिलो सैद्धान्तिक ग्रन्थ

व्यङ्ग्य कविता : हजूरैहजूर

~निर्मोही व्यास~ आँखा खोल्दा पनि हजूर, चिम्लिराख्ता पनि हजूर ! जैले पनि जता पनि झलझली हजूरैहजूर ! सपनीमा सँगै हजूर, बिपनीमा सधैं हजूर ! सम्झनाको देउरालीमा रातोदिन हजूरैहजूर ! अचम्मै पो हुँदो रैछ पिरतीको टुना हजूर !

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता, हास्य - व्यङ्ग्य | Tagged , | Comments Off on व्यङ्ग्य कविता : हजूरैहजूर

कविता : के दसैँ ? के तिहार ?

~निर्मोही व्यास~ खोक्रो नाता हुनु–नहुनुको हुन्छ औचित्य के र ? ‘बोक्रे मायाँ’ पछि कुदिरहे जिन्दगी जान्छ खेर आफन्तीका मधु–मिलनमा खुल्दछन् चाडबाड आफन्ती नै रिपु** बनिगए के दसैँ ? के तिहार ?

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : के दसैँ ? के तिहार ?

छन्द कविता : बुद्धको देशमा

~निर्मोही व्यास~ छन्द : स्रग्विणी १ बुद्धको देशमा युद्धको जग्जगी सिद्धको भेषमा गिद्धको बिग्बिगी जाल बुन्दो छ झन्झन् खुनी माकुरा निल्नलाई सधैँ शान्तिका आँकुरा २ डुक्रँदै छन् मदोन्मत्त साँढेहरू छन् मुसार्दै जुँघा धूर्त ढाडेहरू

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : छन्द कविता | Tagged , | Comments Off on छन्द कविता : बुद्धको देशमा

संस्मरण : दुर्योधनको नियति

~निर्मोही व्यास~ २०५८ सालको पहिलो साताको प्रारम्भमा म पीएच.डी.को प्रवेशपरीक्षामा सफल भएको खबर पाएर भर्ना हुनका लागि काठमाडौं आएको थिएँ । विद्यावारिधिको अध्ययन गर्ने वर्षौंअघिदेखिको आफ्नो बलियो धोको पूरा हुने साइत जुरेकोमा खुसीले झुसी थिएँ । काठमाडौं टेकेको भोलिपल्ट दस बजे नै कीर्तिपुर गएर त्रि.वि मानविकी तथा सामाजिकशास्त्र सङ्कायको कार्यालयमा पुगेर आवश्यक प्रक्रिया पूरा गरी नामाङ्कन गराएँ । शोधनिर्देशक चयनका पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : दुर्योधनको नियति

कविता : परेवा छ बन्दी र उन्मुक्त बाज

~निर्मोही व्यास~ १ “पुजिन्छन् जहाँ धूर्त, लुच्चा, अयोग्य र हुन्छन् जहाँ दण्ड-भागी सुयोग्य जहाँ ‘चाकरी’ योग्यताको कसी छ जहाँ चेतना-सिर्जना अप्जसी छ २ जहाँ राज गर्छन् छुचा केतु-राहु जहाँ छन् कुँजा न्यायका हात-पाउ

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : परेवा छ बन्दी र उन्मुक्त बाज

संस्कृत कविता : प्रेमसिंहासने राजितोऽयं जगत्

~निर्मोही व्यास~ प्रेम सृष्टेः परं सारमेकं महत् प्रेमसिंहासने राजितोऽयं जगत् इन्दुना सार्धमाह्लादिता चन्द्रिका भ्राजिता वारिवाहेन सौदामिनी अम्बरश्चुम्बति क्वापि नूनं धरां रागिणी यत्र त्तत्रैव वीणा–ध्वनिः

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्कृत कविता, कविता | Tagged , , | Comments Off on संस्कृत कविता : प्रेमसिंहासने राजितोऽयं जगत्

कविता : आजका चन्द्रमा हेर्दा

~निर्मोही व्यास~ उक्लिइन् नभमा धर्ती, धर्तीमा नभ ओर्लियो, यी दुईमाझको मानौं आज अन्तर मेटियो अथवा बिपनामै म कि पुगें स्वप्नलोकमा या कुनै पुण्यले ज्यूँदै म पुगेँ स्वर्गलोकमा

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : आजका चन्द्रमा हेर्दा

कविता : पर्खँदै छु उज्यालो म

~निर्मोही व्यास~ छ भस्मासुरको राज्य, चौतर्फी अन्धकार छ पिशाची हूल गस्तीमा बस्तीमा वार–पार छ विवेकी र इमानीका निम्ति तैयार छन् चिता कर्कलोझैं गलेको छ रापिएर मनुष्यता भूतका भागमा भोज, भनिन्छन् ‘भतुवा’ हली

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : पर्खँदै छु उज्यालो म